*Sajha Consolidated Nepali News Wednesday, December 15, 2010

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sajha Info · Dec 15, 2010 7:40 AM · 11,721 views

2 Replies

यस्तो पो र'छ सुजाताको ज्वाइँको अवैध धन्दा प्रहरीलाई राम्रोसँग थाहा छ, एउटा मान्छेले करोडौँ रकम अवैध तवरले विदेश लगिरहेको छ। त्यसलाई पक्राउ गर्दा र कानुनी कारबाही गर्दा देश जनताको भलो हुन्छ। तर सँगै प्रहरीसँग आफ्नो समस्या पनि छ, अपराधको लहरो तान्दा त्यसबाट गर्जने पहरोको। पूर्व युवराज पारसको हवाई फायरकान्डका सूत्रधार, अर्थात् उनीसँग चितवनको सौराहामा भनाभन गर्ने सुजाताका ज्वाइँ रुबेल चौधरी अहिले प्रहरीका लागि मात्र हैन देशको सञ्चार उद्योगका लागि पनि एक जना घाँडो व्यक्ति रहेछन। यसको प्रमाण खोज्न कि त तीन महिनापहिले ललितपुरको खुमलटारबाट पक्राउ परेका तीन बंगलादेशी नागरिक जो हाल केन्द्रीय कारागरमा बन्दी छन्, उनको बयान हेर्नुपर्छ कि पर्वत खानीगाउँ ३ घर भई काठमाडौँमा पढ्न बसेका विष्णुप्रसाद तिवारीको पीडा बुझ्न सक्नुपर्छ। काठमाडौँ प्रहरीका इन्सपेक्टर कुमुद ढुंगेलको सादा पोशाकवाला टोलीले तीन महिना पहिले खुमलटारबाट दूरसञ्चार प्रविधिको दुरुपयोग गरी अर्बौँ रकम नोक्सानी गर्ने गिरोहका व्यक्तिलाई पाँच करोड बराबरको कल बाइपास उपकरणसहित पक्राउ गरेको थियो। ती बंगलादेशी नागरिकले पक्राउ लगत्तै आफूहरु रुबेलबाबुको मान्छे भनी चिनाएका छन्। तर रुबेलबाबुको नाम न उनीहरुको कुनै बयानमा कसैले लेख्‍ने हिम्मत गरेको छ, न कुनै मिसिल मै। कल बाइपास अर्थात् भीओआइपी जसलाई अंग्रेजीमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ,  यो सञ्जालको अन्तर्कथा भने बेग्लै छ। नेपाल प्रहरीको नक्सालस्थित हेडक्वार्टरभित्र अपराध अनुसन्धान ब्युरो सीआईबी नामको टोली यस्ता अपराधको अनुसन्धानमा निकै पोख्त मानिएको छ। प्रविधिको दुरुपयोग गरी हुने अपराधबारे अनुसन्धानको जिम्मेवारी पाएका छन् इन्सपेक्टर गौतम केसीले। यो टोलीले भीओआइपीसम्बनधी अपराधबारे गहिरिएर अनुसन्धान गर्‍यो। तर निश्कर्ष यस्तो निस्कियो कि हाकिमहरु तैँ चुप मै चुपको अवस्थामा पुगे। भीओआइपी रहेको स्थानबारे बुझ्नका लागि नेपाल टेलिकमसँग एउटा बेग्लै प्रविधि छ। तर पहुँचवाला नै यस्तोमा लाग्नाले टेलिकम त्यस्तो प्रविधिमार्फत् अपराध अनुसन्धानमा लागेको छैन वा त्यो कामका लागि प्रहरीलाई टेलिकमले सहयोग गरेको छैन। यसपछि प्रहरीको सीआइबी टोलीले इन्टरनेटबाटै बुझ्न सकिने उपाय निकाल्यो। तीन महिना पहिलेसम्म मन्डिखाटारमा भीओआइपी सञ्चालनमा रहेको बकाइदा देखिएको थियो। मन्डिखाटारमा रुबेल बाबुकी सासु सुजाता कै घर वा आसपासमा त्यस्तो देखिएको प्रहरी स्रोतले जनाएको छ। तर, खुमलटारमा छापा हानेसँगै त्यहाँको भीओआइपी पनि गायब छ। केही साता पहिलेसम्म त्यही प्रविधिबाट जाँच्दा उपराष्ट्रपति परमानन्द झाको घर आसपास भीओआइपी प्रयोग भएको प्रहरी स्रोत बताउँछ। घटनाक्रमले पनि रुबेल चौधरीको संलग्नलाई अस्वीकार गर्दैन। तर शक्ति हुनेले सकुन्जेल लुट्न पाइने देश न हो यो, कसैको केही लाग्दैन। अहिले यो पिरलोमा परेका छन् हनुमानढोकास्थित अपराध महाशाखाका प्रहरी। पर्वतको खानीगाउँ ३ घर भई काठमाडौँमा अध्ययनरत विष्णुप्रसाद तिवारीले आफूलाई सँधैजसो ज्यान मार्ने धम्की आइरहेको उजुरी दिएका छन्। दोषी फलानो हो भन्ने आधारमा प्रहरीसँग छ, तर अहिले मण्डिखाटार निर्मल निवासभन्दा शक्तिशाली र डरलाग्दो छ प्रहरीका निम्ति।

northface · Dec 15, 2010 7:43 AM

यस्तो पो र'छ सुजाताको ज्वाइँको अवैध धन्दा प्रहरीलाई राम्रोसँग थाहा छ, एउटा मान्छेले करोडौँ रकम अवैध तवरले विदेश लगिरहेको छ। त्यसलाई पक्राउ गर्दा र कानुनी कारबाही गर्दा देश जनताको भलो हुन्छ। तर सँगै प्रहरीसँग आफ्नो समस्या पनि छ, अपराधको लहरो तान्दा त्यसबाट गर्जने पहरोको। पूर्व युवराज पारसको हवाई फायरकान्डका सूत्रधार, अर्थात् उनीसँग चितवनको सौराहामा भनाभन गर्ने सुजाताका ज्वाइँ रुबेल चौधरी अहिले प्रहरीका लागि मात्र हैन देशको सञ्चार उद्योगका लागि पनि एक जना घाँडो व्यक्ति रहेछन। यसको प्रमाण खोज्न कि त तीन महिनापहिले ललितपुरको खुमलटारबाट पक्राउ परेका तीन बंगलादेशी नागरिक जो हाल केन्द्रीय कारागरमा बन्दी छन्, उनको बयान हेर्नुपर्छ कि पर्वत खानीगाउँ ३ घर भई काठमाडौँमा पढ्न बसेका विष्णुप्रसाद तिवारीको पीडा बुझ्न सक्नुपर्छ। काठमाडौँ प्रहरीका इन्सपेक्टर कुमुद ढुंगेलको सादा पोशाकवाला टोलीले तीन महिना पहिले खुमलटारबाट दूरसञ्चार प्रविधिको दुरुपयोग गरी अर्बौँ रकम नोक्सानी गर्ने गिरोहका व्यक्तिलाई पाँच करोड बराबरको कल बाइपास उपकरणसहित पक्राउ गरेको थियो। ती बंगलादेशी नागरिकले पक्राउ लगत्तै आफूहरु रुबेलबाबुको मान्छे भनी चिनाएका छन्। तर रुबेलबाबुको नाम न उनीहरुको कुनै बयानमा कसैले लेख्‍ने हिम्मत गरेको छ, न कुनै मिसिल मै। कल बाइपास अर्थात् भीओआइपी जसलाई अंग्रेजीमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ,  यो सञ्जालको अन्तर्कथा भने बेग्लै छ। नेपाल प्रहरीको नक्सालस्थित हेडक्वार्टरभित्र अपराध अनुसन्धान ब्युरो सीआईबी नामको टोली यस्ता अपराधको अनुसन्धानमा निकै पोख्त मानिएको छ। प्रविधिको दुरुपयोग गरी हुने अपराधबारे अनुसन्धानको जिम्मेवारी पाएका छन् इन्सपेक्टर गौतम केसीले। यो टोलीले भीओआइपीसम्बनधी अपराधबारे गहिरिएर अनुसन्धान गर्‍यो। तर निश्कर्ष यस्तो निस्कियो कि हाकिमहरु तैँ चुप मै चुपको अवस्थामा पुगे। भीओआइपी रहेको स्थानबारे बुझ्नका लागि नेपाल टेलिकमसँग एउटा बेग्लै प्रविधि छ। तर पहुँचवाला नै यस्तोमा लाग्नाले टेलिकम त्यस्तो प्रविधिमार्फत् अपराध अनुसन्धानमा लागेको छैन वा त्यो कामका लागि प्रहरीलाई टेलिकमले सहयोग गरेको छैन। यसपछि प्रहरीको सीआइबी टोलीले इन्टरनेटबाटै बुझ्न सकिने उपाय निकाल्यो। तीन महिना पहिलेसम्म मन्डिखाटारमा भीओआइपी सञ्चालनमा रहेको बकाइदा देखिएको थियो। मन्डिखाटारमा रुबेल बाबुकी सासु सुजाता कै घर वा आसपासमा त्यस्तो देखिएको प्रहरी स्रोतले जनाएको छ। तर, खुमलटारमा छापा हानेसँगै त्यहाँको भीओआइपी पनि गायब छ। केही साता पहिलेसम्म त्यही प्रविधिबाट जाँच्दा उपराष्ट्रपति परमानन्द झाको घर आसपास भीओआइपी प्रयोग भएको प्रहरी स्रोत बताउँछ। घटनाक्रमले पनि रुबेल चौधरीको संलग्नलाई अस्वीकार गर्दैन। तर शक्ति हुनेले सकुन्जेल लुट्न पाइने देश न हो यो, कसैको केही लाग्दैन। अहिले यो पिरलोमा परेका छन् हनुमानढोकास्थित अपराध महाशाखाका प्रहरी। पर्वतको खानीगाउँ ३ घर भई काठमाडौँमा अध्ययनरत विष्णुप्रसाद तिवारीले आफूलाई सँधैजसो ज्यान मार्ने धम्की आइरहेको उजुरी दिएका छन्। दोषी फलानो हो भन्ने आधारमा प्रहरीसँग छ, तर अहिले मण्डिखाटार निर्मल निवासभन्दा शक्तिशाली र डरलाग्दो छ प्रहरीका निम्ति। http://www.mysansar.com/archiv...

northface · Dec 15, 2010 7:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all