पूर्व युवराज पारस पोखराको फूलबारी रिसार्टबाट प्रहरी नियन्त्रणमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Paras Arrested पारस आफैले हेलिकप्टरको व्यबस्था गरेपछि उनलाई चितवन लिनका लागि पोखराको फुलवारी रिसोर्टमा फिष्टेल एयरको हेलिकप्टर पोखरा २८ मंसिर (दैनिकी) पूर्व युवराज पारस शाहलाई चितवनमा गोली प्रहार गरेको आरोपमा प्रहरीले पोखराको फूलबारी रिसोर्टबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पारसविरुद्ध पक्राउ वारेन्ट जारी गरे लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको हो । पारस शाहलाई एसएसपी केशव अधिकारीको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो । उनलाइ हेलिकप्टरबाट चितवन लगिने भएको छ । पारस आफैले हेलिकप्टरको व्यबस्था गरेपछि उनलाई लिनका लागि पोखराको फुलवारी रिसोर्टबाट फिष्टेल एयरको हेलिकप्टरले चितवन लाने भएको हो । यसअघि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले स्कटीङ गरेर पुर्व युवराज परासलाई पक्राउ गरी गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरुको सयुक्त बैठकले पोखरास्थित फुलवारी रिसोर्टमा रहेका पारसलाई उनकै गाडीमा पोखराबाट चितवन लैजाने टुङ्गो गरेको थियो । चितवनमा लगेर पारससंग वयान लिने र उनको म्याद थपेर राख्ने पनि बैठकले तय गरेको छ । उनलाई केही समयपिछ चितवन लगिदैँ छ । गण्डकी प्रहरी प्रमुख एसएसपी केशव अधिकारी र कास्की प्रमुख एसपी पुस्कर कार्कीले गोली काण्डमा मुछिएका पारस शाहसंग उनी बसेकै रिसोर्टमा प्रारम्भिक बयान लिएको सुरक्षा स्रोतले जनाएको छ । यसअघि आजै गृह मन्त्रालयले मातहातका सुरक्षाकर्मीलाई घट्नाभएको जिल्लामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिए लगत्तै चितवन जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी पुर्वयुवराज पारस शाहलाई पक्राउ गर्न उनी भेटिने संभावित जिल्ला काठमाडौं र पोखराका प्रहरीलाई उपस्थित गराउन पत्रचार गरेको हो । सोही आदेश अनुसार पोखरामा रहेका पारसलाई क्षेत्रीय प्रहरी कार्यालयको निर्देशनमा नियन्त्रणमा लिएको हो । अहिले पोखराको फुलवारी रिसोर्टमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गत शनिबार पूर्व युवराज पारसले उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाँई रुबेल चौधरीसँग विवाद हुँदा हवाई फायर गरेका थिए । Last edited: 14-Dec-10 07:31 AM

WikiLeaks · Dec 14, 2010 7:28 AM · 19,953 views

15 Replies

Mysansar take on this मुद्दा नं. १६६: पारस गिरफ्तार By Salokya, on December 14th, 2010 राजतन्त्र समर्थकहरुले ‘१६ मिनेट मात्र पक्रेर देखाऊ सरकारले’ भनेर चर्का कुरा गरिरहेका बेला पूर्व युवराज पारस शाह आज जीवन मै पहिलो पल्ट गिरफ्तार भएका छन्। ज्यान मार्न खोजेको भन्दै चितवनको जिल्ला प्रहरी कार्यालयमा मुद्दा नम्बर १६६ दर्ता भएपछि उनीविरुद्ध पक्राउ पूर्जी आजै जारी भएको थियो। पक्राउ पूर्जी जारी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतको उपस्थितिमा पारस बसेको पोखराको फूलबारी रिसोर्टलाई घेरा हाली नियन्त्रणमा लिइएको थियो। पारससित गोलीकान्ड बारे गण्डकी प्रहरी प्रमुख केशव अधिकारी र कास्की प्रमुख पुस्कर कार्कीले रिसोर्टमै प्रारम्भिक बयान लिएका थिए। अब उनलाई घटना भएको जिल्ला चितवनतिर लगिँदैछ। पारसलाई सुरुमा उनकै गाडीमा राखेर चितवन लगिने भनिए पनि पारसले स्वास्थ्यको कारण हेलिकप्टरमा जान पाउँ भनेर माग राखे पछि उनलाई हेलिकप्टरमा राखेर चितवन लगिने भएको छ। हेलिकप्टरको व्यवस्था पारस आफैले गरेका रहेछन्। चितवनमा फेरि उनीसँग बयान लिइनेछ। त्यसपछि उनी हिरासत मै रहने छन्। उनलाई कहाँ राखिने भन्ने निश्चित नभए पनि प्रहरीको भरतपुरस्थित तालिम केन्द्रमा हिरासतमा राख्‍ने अनुमान गरिएको छ। के कारबाही हुन्छ पारसलाई ? राष्ट्रियताको कार्ड फ्याँकेर मैले गोली चलाएकै हो भनी वक्तव्य निकालेर पारस बचेका हैन फँसेका छन्। उनले हतियार राख्‍ने लाइसेन्स लिएका छैनन्। त्यसैले अवैध हतियार राखेकोमा उनलाई सीधै कारबाही हुनसक्छ। ज्यान मार्ने गरी गोली चलाएको भन्ने अर्को मुद्दा उनीविरुद्ध पर्न सक्छ। तर त्यसका लागि साक्षी प्रमाणहरुको के कस्तो भूमिका हुन्छ, त्यो हेर्नुपर्ने हुन्छ। प्रवीण गुरुङलाई गाडीले हानेर मार्दा अर्कै नक्कली ड्राइभर खडा गरिए जस्तो साक्षी प्रमाणहरुलाई उनको विरुद्धमा बयान नदिने बनाउन सकियो भने पारसलाई कारबाही नहुन सक्छ। गोली चलाएको हुँ भनेर पारसले आफ्नै मुखबाट कहीँ बोलेका छैनन्। एउटा उनको नाममा आएको भनेको वक्तव्य उनको नाम मात्र राखी हस्ताक्षर बिना आएको थियो। त्यसैले उनले बयान फेर्न सक्ने संभावना छैन भन्न सकिन्न। जे होस्, आफूले जे गर्दा पनि जसो गर्दा पनि प्रश्न उठाउने कोही नभएको राजतन्त्रतात्मक व्यवस्थाको बानी भएका पारसलाई अब मुद्दामामिला, बयान आदि जस्ता झण्झटहरुको सामना गर्नुपर्ने भएको छ। यसले उनी जिम्मेवार नागरिक हुनमा सहयोग पुगोस् ! साथमा नेपाली काँग्रेस लगायत अरु दलहरुले जिम्मेवार भएर सोच्नुपर्ने कुरा- के पारसले सुजाताका ज्वाइँ बाहेक रामबहादुर वा श्यामबहादुर वा त्यो रिसोर्टका कुनै कर्मचारीमाथि त्यसरी पेस्तोल ताकेको भए यत्तिकै छिटो कारबाही प्रक्रिया अघि बढ्थ्यो त ? कानुन सबका लागि समान् हुन्छ भन्ने चेत दलहरुमा र त्यसका नेताहरुमा पनि पलाओस्- यो पनि कामना !

WikiLeaks · Dec 14, 2010 7:31 AM

राम हरि श्रेष्ठको हत्यारा जस्तो मान्छेलाइ माओबादीले  संरकछेन गरेका छन्  तर ओरालो लागेको बाघलाइ मृगले पनि लखेट्छ भने झैँ अहिलेको सरकार पारस माथि जैलागेको छ

grgDai · Dec 14, 2010 9:53 AM

एउटा कुजाता र बंगाली सुन्गुरको लागि जनताको कर तिरेको कोष खर्च गरी-गरी VIP सुर्रक्छ्या दिने माकुने अब कोइरालाको खेलौना नै बन्ने भो |

Khumbule · Dec 14, 2010 10:05 AM

paras lai karbahi garne bhaye prachanda lai pani chodna hudaina.he should be prosecuted under war crime...what about babban yadav? what about all the maoist cadres at camps??

kaji sahab · Dec 14, 2010 10:27 AM

UNN's Press Release बिषय - राजनैतीक दबाबमा युबराजलाई कारबाही गर्ने प्रयास गरेकोमा भर्त्षना                                  मुलुकमा गणतन्त्रको औचित्य समाप्त हुन लागेको अवस्था जनतामाझ  राजसंस्थाको लोकप्रिय बढ्दै गएको झोकमा मुलुकमा प्रजातन्त्र नचाहने शक्ती तथा अधिनायकबाद कम्युनिष्टहरुले मौकाको फाईदा उठाई राष्ट्र, राष्ट्रियता राजतन्त्र र प्रजातन्त्रको पक्षधरमा फुट ल्याउन युबराजलाई राजनैतीक दबाबमा कारबाहीकको नाटक गरेको कतपुतली सरकारको घोर भर्त्सना गर्दै यथा सिग्र यस्तो नौटन्की बन्द गर्न यो बिज्ञप्ती जारी गर्द छ। १३,००० नेपाली को निर्मम हत्या गरेको माओवादीलाई कुनै सरकारले केही नगरेको र एक सामान्य नागरिक र देश्भक्तको सामु बेङाली माफियाले आएर नेपाल र नेपालीको सिर निहुरौने कुरा गरेको बेला युबरज पारसले नेपाली को इजत बाचाउन खोजेको कारण आज नेपाली समाज गौरवन्वित भएको छ। एस्तो नेपाली को मजाक उडाउने कुनै पनि बहिरी मुलुकको नागरिकलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ। हामी आज यसै विग्यप्ती मार्फत बेङाली माफिया चोउधरी को नेपाल को नागरिकता र उस्को सासुको नेपाली नागरिकताको अनुसन्धान गर्न नेपाली सरकारलाई चेतावनी दिन चाहन्छौ। धेरै वर्श देखी नेपाल को इज्जत को खेल्बाड् गर्ने हरुलाई कुनै सरकारले केही नगरेको र युबराज परसले आफ्नो देश र प्रतिस्ठाको कुर सहन नसकेर आफ्नो मुलुकको इज्जत बचाउन सफल भएकोमा सम्पूर्ण नेपाली क्रितग्य छ। आज मुलुक ले युबरज पारसको रुप मा देश्भक्त हिरो पएकोमा नेपाल गौरवन्वित भएको छ।     छोरी  पुर्णिकाको जन्म दिन मनाउन गएका युबराज पारस , नेपाल र नेपालीलाई अपमान गर्ने तस्कर रुबेल चौधरीलाई  अनुसन्धान गर्न यसै काठपुतली सरकारलाई दबाब दिन सम्पूर्ण राष्ट्रभक्ती नेपालीलाई अनुरोध गर्दछौ।

nagarikreport · Dec 14, 2010 10:46 AM

If one goes by what is written on the newspapers I do not understand how did this guy insulted Nepal or Nepalese. Paras has been shamelessly  trying to hide behind the curtain of nationalism. Lets not forget it is Paras that has treated Nepalese  like dirt when he was a prince. It is pathetic that in the name of nationalism some people are making hero of a coward who used his gun against an unarmed guy.Guys it is no crime to be a Bangladeshi in Nepal or Nepalese in America. I agree there are many more criminals who have gone unpunished in Nepal but that is no excuse to threaten somebody with a gun.

Laureni · Dec 14, 2010 2:31 PM

If one goes by what is written on the newspapers I do not understand how did this guy insulted Nepal or Nepalese. Paras has been shamelessly  trying to hide behind the curtain of nationalism. Lets not forget it is Paras who treated Nepalese  like dirt when he was a prince. It is pathetic that in the name of nationalism some people are making hero of a coward who used his gun against an unarmed guy.Guys it is no crime to be a Bangladeshi in Nepal or Nepalese in America. I agree there are many more criminals who have gone unpunished in Nepal but that is no excuse to threaten somebody with a gun.

Laureni · Dec 14, 2010 2:34 PM

dude, this is all conspiracy !! chill out.

dolphin · Dec 14, 2010 3:12 PM

Dont forget to read comments !!!! Nepal's former crown prince arrested From Manesh Shrestha, For CNN December 14, 2010 -- Updated 1426 GMT (2226 HKT) Paras Shah is alleged to have fired several rounds at the son-in-law of the deputy prime minister after an argument. STORY HIGHLIGHTS Paras Shah allegedly fired a pistol at the son-in-law of the deputy prime minister Shah accused him of conspiring to abolish the country's monarchy The former crown prince has a history of reckless behavior RELATED TOPICS Nepal Kathmandu, Nepal (CNN) -- Nepal's former crown prince was arrested Tuesday on charges of firing a pistol in a public place and threatening others, authorities said. Paras Shah allegedly fired several rounds at Rubel Chaudhary, a Bangladeshi national and the son-in-law of Nepal's deputy prime minister Sujata Koirala, after an argument Saturday in a wildlife resort in Chitwan, about 100 kilometers (62 miles) south of Kathmandu, according to reports. No one was injured. "The ex-prince took out a pistol and started to open fire, accusing the Koirala family of conspiring to abolish the monarchy in this country," Chaudhary said Monday, according to media reports. Police spokesman Bigyan Raj Sharma told CNN the investigation is ongoing. Koirala's Nepali Congress party, the nation's second-biggest political party, demanded Shah's arrest on Monday. He was arrested in the tourist resort of Pokhara, about 200 kilometers (124 miles) west of Kathmandu, and police were questioning him, according to Ramesh Kharel, superintendent of police. Shah, 39, traveled to Pokhara from Chitwan on Sunday following the incident. Nepal abolished the monarchy in 2008, and members of the royal family became commoners. At the time, Koirala's father, Girija Prasad Koirala, was the prime minister. The hard-partying Shah reportedly has a history of reckless behavior. There have been previous reports of his using firearms in public places in the past. He was also believed to have killed a popular singer, striking him with his car, about a decade ago, when Nepal's monarchy was in place. However, Tuesday was the first time police have arrested Shah, who splits his time between Kathmandu and Singapore. Link http://edition.cnn.com/2010/WO...

8848m · Dec 14, 2010 4:08 PM

See this link

kalo_chasma · Dec 14, 2010 4:25 PM

CNN knows nothing about Nepal.  Look at the public forums.  This guy is emerging as a National Hero.

UNN · Dec 14, 2010 4:54 PM

This is more of a personal issue than national, Paras should be hanged by his balls; I do not sympathize with him at all for the sake of nationality. If I need to lose my nationality, so be it, but I think Paras has shown he still wants to rule the country criminally. What he should do is follow the path shown by his wife. If he continues to use guns and threat in this age, the monarchy is gone for good.

eklo · Dec 14, 2010 5:11 PM

You are right UNN! I still remember how CNN sensationalized so called janaandolan -II as if genocide had happened. I still remember then CNN reporter Satindra Bindra, how he exaggerated every little thing. These western media do not have the capacity to understand ground reality nor they give true report. Not to mention, these are the same media which publicized " Buddha was born in Nepal". Well, Nepalese were so sensitive on that part Buddha's issue (ironically no one is on that path) , but when it comes to the issue of Nationalism, some idiots are so dumb and  that they are ready to give up their nationality-those must be the puppets of current political parties. You moron, look at the history of developed countries, they prospered as they always put their nation and nationality in a first place. I am amazed we have some morons who are ready to give their nationality-you moron go find solace under the " dhoti" and "lungi"-u deserve only those sort of places! people open your eyes  before it is too late!   Last edited: 14-Dec-10 09:03 PM

shantipriya · Dec 14, 2010 8:45 PM

Shantipriya you are absolutely right. Most of nepalese people cannot analyze the internal cause. If people have supported king in his stand to protect nepalese nationality and soverginity day like this would not come in nepal. I wonder why people support (Nepali?????) congress even if it the most treacherous party in Nepal. They do politics in the name of nepal and nepali but for the interest of their indian master. they are making bussiness out of so called 'democracy' What is the definition of democracy? Koirala raj? Selling of our natural resources? selling passports to indians ? These MoFo should be eradicated from country. NALAPANI......GORKHALI SPIRIT NEVER DIES !!!!!!!! 

NALAPANI · Dec 14, 2010 10:11 PM

If there is one organization who is speaking for the nation, it's United Nationalist Nepalese.  तानाशाह सुजाता जोस्टको बङाली ज्वाँई द्वारा नेपाली राष्ट्रियता माथी आक्रमण राजनैतीक दबाबमा युबराजलाई कारबाही गर्ने प्रयास गरेकोमा भर्त्षना मुलुकमा गणतन्त्रको औचित्य समाप्त हुन लागेको अवस्था जनतामाझ  राजसंस्थाको लोकप्रिय बढ्दै गएको झोकमा मुलुकमा प्रजातन्त्र नचाहने शक्ती तथा अधिनायकबाद कम्युनिष्टहरुले मौकाको फाईदा उठाई राष्ट्र, राष्ट्रियता राजतन्त्र र प्रजातन्त्रको पक्षधरमा फुट ल्याउन युबराजलाई राजनैतीक दबाबमा कारबाहीकको नाटक गरेको कतपुतली सरकारको घोर भर्त्सना गर्दै यथा सिग्र यस्तो नौटन्की बन्द गर्न यो बिज्ञप्ती जारी गर्द छ। १३,००० नेपाली को निर्मम हत्या गरेको माओवादीलाई कुनै सरकारले केही नगरेको र एक सामान्य नागरिक र देश्भक्तको सामु बेङाली माफियाले आएर नेपाल र नेपालीको सिर निहुरौने कुरा गरेको बेला युबरज पारसले नेपाली को इजत बाचाउन खोजेको कारण आज नेपाली समाज गौरवन्वित भएको छ। एस्तो नेपाली को मजाक उडाउने कुनै पनि बहिरी मुलुकको नागरिकलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ। हामी आज यसै विग्यप्ती मार्फत बेङाली माफिया चोउधरी को नेपाल को नागरिकता र उस्को सासुको नेपाली नागरिकताको अनुसन्धान गर्न नेपाली सरकारलाई चेतावनी दिन चाहन्छौ। धेरै वर्श देखी नेपाल को इज्जत को खेल्बाड् गर्ने हरुलाई कुनै सरकारले केही नगरेको र युबराज परसले आफ्नो देश र प्रतिस्ठाको कुर सहन नसकेर आफ्नो मुलुकको इज्जत बचाउन सफल भएकोमा सम्पूर्ण नेपाली क्रितग्य छ। आज मुलुक ले युबरज पारसको रुप मा देश्भक्त हिरो पएकोमा नेपाल गौरवन्वित भएको छ। छोरी  पुर्णिकाको जन्म दिन मनाउन गएका युबराज पारस , नेपाल र नेपालीलाई अपमान गर्ने तस्कर रुबेल चौधरीलाई  अनुसन्धान गर्न यसै काठपुतली सरकारलाई दबाब दिन सम्पूर्ण राष्ट्रभक्ती नेपालीलाई अनुरोध गर्दछौ।

nagarikreport · Dec 14, 2010 11:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all