भाडामा कोख

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तीन वर्षकी पिंकी -नाम परविर्तन)को कानुनी हैसियतबारे झन्डै डेढ वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनका बाबु उज्ज्वलशमशेर राणा र आमा साम्भवीबीच पिंकीलाई अंश दिने कि नदिने भन्ने प्रश्नमा अदालत पनि रनभुल्लमा परेको छ। नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतमा आएकाले यो मुद्दा बढी जटिल त छँदैछ, त्यसमाथि यसबारे समाज पनि खासै जानकार छैन। जटिलता जोडिएको छ, पिंकीको जन्मसँग। उनको जन्म आमनेपाली बालबालिकाभन्दा फरक ढंगले भएको हो। आधुनिक प्रविधिको प्रयोगबाट जन्मिएकी उनी 'टेस्ट ट्युब बेबी' पनि होइनन्, बरु त्यसभन्दा पनि फरक प्रविधिको हात छ उनको जन्मका पछाडि। हो, पिंकी 'सरोगेसी' अर्थात् भाडामा लिइएको गर्भबाट जन्मिएकी हुन्। उज्ज्वलका दाबीम्ाा निःसन्तान उनी र उनकी पत्नी साम्भवीको मञ्जुरीमा सपना नगरकोटी -नाम परविर्तन)को कोखबाट जन्मेकी हुन्, पिंकी। अर्थात्, सपना पिंकीकी सट्टाआमा -सरोगेट मदर) हुन्। तर, साम्भवी पिंकीलाई आफ्नो सन्तानका रूपमा स्वीकार गररिहेकी छैनन्। साम्भवीले पिंकीलाई 'सरोगेसी'बाट जन्माउन आफूले सहमति नदिएको भन्दै उज्ज्वलसँग सम्बन्धविच्छेदको माग गरेकी छन्। उनले आफू सन्तान जन्माउन सक्षम रहेको पनि दाबी गर्दै अदालतमा उनले कुल सम्पत्तिको आधा अंश आफूले पाउनुपर्ने जिकिर गरेकी छन्। उज्ज्वल भने पिंकीको समेत अंश छुट्याएर साम्भवीले तीनमध्ये एक हिस्सा पाउनुपर्ने दाबीमा छन्। चार वर्षअघि उज्ज्वल र सपनाबीच सम्झौता भयो। सम्झौता अनुसार, प्रविधिको माध्यमबाट उज्ज्वलको शुक्रकीट सपनाको गर्भाशयमा पठाएर पिंकीलाई जन्माइयो। उज्ज्वलका अनुसार, यसमा उनकी पत्नी साम्भवीको सहमति थियो तर साम्भवी भने यस्तो दाबीलाई सोझै नकाररिहेकी छन् र उज्ज्वलसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन्। सबैका आँखा अदालततिर छन्, पिंकीको भावी हैसियत के हुने भन्नेबारे। उज्ज्वल र सपनाबीचको समझदारी अनुसार, गर्भाधानदेखि बच्चा जन्मँदासम्मको सम्पूर्ण खर्च उज्ज्वलले बेहोरेका हुन्। उनीहरूबीचको १५ बुँदे समझदारीपत्र काठमाडौँ महानगरपालिका वडा नं १ मा समेत दर्ता छ। समझदारीपत्रमा बच्चा जन्मेको एक वर्षसम्म सट्टाआमा -सपना) को खाने, बस्ने खर्चबापत मासिक बीस हजार र औषधी उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने उल्लेख छ -हेर्नूस्, समझदारीपत्र)। जिल्ला अदालतले ११ कात्तिकमा प्रतिवादी उज्ज्वललाई कहाँको कुन अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरएिको हो, १५ दिनभित्र प्रमाण उपलब्ध गराउन भनेको छ। अस्पतालका सबै कागजपत्र अहिले विदेशमा रहेकी सपनासँग रहेको भन्दै उज्ज्वलले प्रमाण उपलब्ध गराउन थप १५ दिनको समय मागेका छन्। उनले अदालतमा आफूले भारतको कुनै अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरएिको बताएका छन्, अस्पतालको नाम खुलाएका छैनन्। यो प्रकरणले अदालतका अगाडि यस्तो नयाँ प्रजनन विधिलाई कुन दृष्टिले हेर्ने भन्ने प्रश्न तेस्र्याइदिएको

switu · Dec 13, 2010 4:52 PM · 5,371 views

2 Replies

and

switu · Dec 13, 2010 4:52 PM

तेस्र्याइदिएको छ। हुर्किर्दा परम्परा उज्ज्वल र साम्भवीबीचको यो मुद्दा नेपाली समाजमा पनि सट्टाआमाको प्रचलन सुरु भएको सग्लो प्रमाणसमेत हो। नेपाली समाजमा निःसन्तान दम्पतीहरूले सट्टाआमाबाट बच्चा जन्माउने परम्परा सुरु भइसकेको भन्न अब कठिनाइ छैन। किनभने, यस्तै अर्को उदाहरण हो, ललितपुरमा बस्ने एक मारवाडी दम्पती। यस जोडीका पतिले आफ्नी भाउजूको पाठेघर प्रयोग गरेर बच्चा जन्माएका छन्। पाटन अस्पताल स्रोतका अनुसार, उनको आफ्नै पत्नीको पाठेघरमा गर्भधारण हुन नसक्ने प्रमाणित भएपछि आफ्नी भाउजूको पाठेघरमा भ्रूण प्रत्यारोपण गरेर बच्चा जन्माएका थिए। यसमा भने वीर्य र डिम्ब दुवै त्यही दम्पतीका थिए, जसलाई निषेचित गरी भाउजूको गर्भाशयमा प्रत्यारोपण मात्र गरएिको थियो। केही महिनाअघि मात्रै ललितपुरकै एक अर्को दम्पती सट्टाआमा प्रयोग गरेर बच्चा जन्माएपछि कुनै कानुनी उल्झन झेल्नुपर्छ कि पर्दैन भनेर सल्लाह माग्न अधिवक्ता सपना प्रधान मल्लको कार्यालयमा पुगेका थिए। उनीहरूको बच्चा अहिले तीन वर्षको भइसक्यो। स्थानीय चिनजानकै महिलाको गर्भाशय प्रयोग गरेर त्यस दम्पतीले बच्चा जन्माउन लगाएका थिए। सट्टाआमाले जन्माएदेखि नै बच्चाको स्याहार-सुसार दम्पतीले नै गरेका थिए। बिजुलीबजारस्िथत निःसन्तान केन्द्रकी डा लता वज्राचार्यकहाँ बर्सेनि आधा दर्जन दम्पती यसरी सट्टाआमाबाट बच्च्ाा जन्माउने भन्दै सल्लाह माग्न आउँछन्। डा वज्रार्चायका अनुसार, यसरी आउनेहरूमध्ये अधिकंाश विदेशमा बसेका नेपालीहरू छन्। ग्वार्कोको ग्लोबल हस्िपटलकी डा सानुमैया श्रेष्ठकहाँ केही महिनाअघि मात्रै एक दम्पती श्रीमान्की दिदीको पाठेघर प्रयोग गरेर बच्च्ाा जन्माउने भन्दै आएका थिए। तर, 'आईभीएफ' -टेस्ट ट्युब बेबी जन्माउनका लागि अपनाइने प्रक्रिया) नै असफल भएपछि बच्चा जन्माउने प्रक्रिया सफल हुन सकेन। आईभीएफ त्यो प्रक्रिया हो, जहाँ डिम्ब र शुक्रकीटलाई प्रयोगशालामा मिलाई शरीरबाहिर गर्भाधान गराइन्छ र गर्भाधान गरएिको भ्रूणलाई तीनदेखि चार दिनभित्रमा पुनः पाठेघरमा नै राखिन्छ। माथिका उदाहरणहरूले नेपाली समाजको नौलो तस्िबर प्रस्तुत गर्छन्। केही वर्षअघिसम्म पनि टेस्ट ट्युब बेबीको अवधारणालाई स्वीकार गर्न अप्ठ्यारो मानेको नेपाली समाजमा यतिखेर सट्टाआमामार्फत सन्तान जन्माउने प्रचलन भित्रिएको छ। २४ वर्षपहिले अमेरकिाबाट सुरु भएको यस्तो प्रविधि भारत हुँदै नेपालसम्म आइपुगेको हो। शुक्रकीट र डिम्ब स्वस्थ हुँदाहुँदै पनि सन्तान जन्माउन नसक्ने नेपाली दम्पतीहरू यतिखेर सट्टाआमाबाट भए पनि सन्तान जन्माउन सक्ने भएका छन्। टेस्ट ट्युब प्रविधिमा सामान्यतः दम्पतीको शुक्रकीट र डिम्ब प्रयोग गरी गर्भाशयभन्दा बाहिर भ्रूणलाई निषेचित गरेर पत्नीकै पाठेघरमा राखिन्छ। 'सरोगेसी'मा भने अर्कै महिलाको गर्भाशय प्रयोग गरन्िछ। कोख भाडामा लिन सहमत पत्नीको डिम्ब निषेचित हुन नसक्ने अवस्थामा चाहिँ सट्टाआमाकै पनि डिम्बको प्रयोग हुने गरेको छ। टेस्ट ट्युबमार्फत सन्तान जन्माउने नेपाली चिकित्सकहरू सरोगेसी प्रविधिमा पनि सक्षम छन्। चाबहिलस्िथत ओम अस्पतालका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा भोला रजिालका अनुसार, अब नेपाली समाजमा सट्टाआमाहरूले अरूका लागि बच्चा जन्माउने प्रचलन नौलो रहेन। वंश परम्पराको सांस्कृतिक मान्यताका कारण नेपाली समाजमा अधिकांश दम्पतीले आफ्नै भ्रूणबाट सन्तानको अपेक्षा राखेका हुन्छन्। अरूको बच्चा स्याहार्नुभन्दा जसरी भए पनि आफ्नै भ्रूणबाट बच्चा चाहने दम्पतीहरूको संख्या उल्लेख्य छ। डा रजिाल भन्छन्, "सन्तान नहुनेहरू समाजबाट खेप्नुपर्ने सामाजिक अवगालका कारण पनि अधिकांश सन्तान प्राप्तिका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन्।" पश्चिमेली मुलुकहरूमा सट्टाआमा बनिदिएबापत महिलाहरूले ३६ लाख नेपाली रुपियाँसम्म पाउने गरेको सरोगेसी सेवा प्रदान गररिहेका संस्थाका वेबसाइटहरूमा उल्लेख छ। छिमेकी मुलुक भारतमा भने चारदेखि छ लाख रुपियाँसम्ममा सट्टाआमाहरू पाइन्छन्। डा रजिालका अनुसार, उनीकहाँ आएका दुई दम्पतीले सट्टाआमाबाट सन्तान जन्माउन आफूहरू तयार रहेको बताएका थिए। तर, कानुनी जटिलताका कारण ती दुवै दम्पतीले भारतसम्म पुगेर भाडाकै महिलाद्वारा सन्तान जन्माएका थिए। त्यसरी सन्तान जन्माउन ती दम्पतीले पाँच लाख रुपियाँ खर्च गरेका थिए। डा लता वज्राचार्यकहाँ आएका एक दम्पतीले पनि सट्टाआमाबाट सन्तान जन्माउने सल्लाह लिए। लामो समयसम्म बेलायत बसेका उनीहरू लन्डनमा भाडाका महिला महँगो पर्ने र त्यहाँको कानुन अनुसार ३८ वर्ष उमेर कटेपछि सरोगेसीबाट बच्चा पाउन नमिल्ने हुनाले नेपाल आएका थिए। पत्नी ४० वषर्ीय र ५० वर्ष कटेका पतिको त्यो दम्पतीले राजधानीकै एक महिलालाई भाडामा बच्चा जन्माइदिन सहमत पनि गराएका थिए। दुई/तीन सन्तानकी आमा भइसकेकी र श्रीमान्ले छोडेकी एक महिला ती दम्पतीका लागि बच्च्ाा जन्माउन तयार भएकी थिइन्। कानुनी सम्झौताका बेला त्यो प्रक्रिया रोकिएको डा वज्राचार्यको भनाइ छ। नेपाली दम्पतीले मात्रै होइन, भारतबाट समेत दम्पतीहरू भाडाकी महिलाको खोजीमा नेपाल आउने गरेका छन्। भारतमा भन्दा नेपालमा सस्तोमा सन्तान जन्माइदिने महिलाहरू भेटिने भन्दै निःसन्तान भारतीय दम्पतीहरू पनि नेपाल आउने क्रम सुरु भएको छ। खासगरी त्यस्ता दम्पतीले नेपालमै रहेका आफ्ना इष्टमित्रहरूको सहयोग लिने गरेका छन्। नेपालमै व्यापार/व्यवसायमा रहेका कतिपय निःसन्तान भारतीयहरूले पनि नेपाली महिलालाई सट्टाआमाका रूपमा प्रयोग गरेका छन् -हेर्नूस्, बक्स, एक सट्टाआमाको कथा)। नेपालस्िथत एक भारतीय कम्पनीमा कार्यरत जोडी भाडामा बच्चा जन्माइदिने महिलाको खोजीमा डा वज्राचार्यकहाँ पुगेका थिए। आफ्ना लागि सन्तान जन्माइदिनेलाई जति पैसा पनि तिर्न तयार रहेको बताएका थिए उनीहरूले। डा वज्रार्चाय भन्छिन्, "भित्री रूपमा भए पनि नेपाली समाजमा भाडाका महिलाको खोजी जारी छ।" ग्लोबल अस्पतालकी प्रमुख डा सानुमैया श्रेष्ठकहाँ सन्तानको इच्छा भएका तर सन्तान जन्माउन नसक्ने दम्पतीहरू सट्टाआमाको खोजीमा आउने गर्छन्। तर, भाडाका महिला सहज रूपमा भेट्न नसकेका कारण कैयन् दम्पतीहरू आफ्नो चाहना त्याग्न बाध्य हुन्छन्। डा श्रेष्ठ भन्छिन्, "समाजले स्वीकार्ने हो भने भाडाका महिलाहरूबाट सन्तान जन्माउने प्रक्रिया अप्ठ्यारो कुरा होइन।" कानुनी अड्चन नेपालमा सट्टाआमासम्बन्धी कुनै कानुन छैन। त्यसैले सट्टाआमामार्फत जन्मिएका सन्तानको कानुनी हैसियत पनि प्रस्ट हुने अवस्था छैन। जस्तो ः उज्ज्वल-साम्भवीबीच काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सम्बन्धविच्छेदको मुद्दाले पनि यसलाई पुष्टि गर्छ। कानुनको अभाव भए पनि नेपाली समाजमा सट्टाआमाबाट बच्चा जन्माउने प्रक्रिया भने भित्रभित्रै हुर्किरहेको छ। समाजबाट अस्वीकृत हुने डरले न सट्टाआमाहरू खुलेर अगाडि आउन सकेका छन्, न त भाडाका महिलाबाट सन्तान जन्माउनेहरू नै। सट्टाआमाबाट बच्चा जन्माउने प्रचलनमा द्विपक्षीय विश्वासले नै काम गरेको छ। तर, भाडामा बच्चा जन्माइदिने महिलाको स्वास्थ्य-सुरक्षाको प्रश्न महत्त्वपूर्ण छ। साथै, जन्मँदा बच्चा विकलांग भयो भने दम्पतीले नस्वीकार्ने खतरा पनि उत्तिकै छ। जस्तो कि, केही समयअघि मात्रै भारतमा सट्टाआमा भएर बच्चा जन्माएपछि एक महिलाले वास्तविक पितालाई बच्चा दिन मानिनन्। पछि यो मुद्दा अदालतसम्मै पुगेको थियो। उज्ज्वल-साम्भवीको मुद्दाको प्रकृतिले पनि सट्टाआमासम्बन्धी कानुनी व्यवस्थाको माग गरेको छ। अधिवक्ता सपना प्रधान मल्ल कानुनी मौनताका कारण सट्टाआमाको परम्पराले नेपाली महिलाको शोषण हुनसक्ने सम्भावना रहेको बताउँछिन्। डा वज्राचार्यका अनुसार, कानुनले नै यसको परििध नतोक्ने हो भने प्रसवपीडाबाटै बच्नका लागि भाडाका महिलाबाट बच्चा जन्माउने क्रम बढ्न सक्छ। त्यति मात्रै होइन- बेलायत, सिंगापुर र अस्ट्रेलियाका दम्पतीका लागि सन्तान जन्माइदिने भारतीय महिलाकै जस्तो अवस्था नेपाली महिलाहरूको पनि हुनसक्छ। यौन तथा प्रजननविज्ञ डा खेम कार्की भाडाका महिलाद्वारा बच्चा जन्माउने विषयमा नेपाली समाजमा बहस हुनु जरुरी ठान्छन्। भन्छन्, "कानुनले नै यसलाई निर्देशित नगर्ने हो भने यो काम पेसामा पनि परण्िात हुनसक्छ ।" तर, डा वज्राचार्य भने भाडामा अरूको बच्चा जन्माउने परपिाटीलाई कानुनी परििध तोकेर पेसाकै रूपमा विकसित गर्नुपर्ने तर्क गर्छिन्। भन्छिन्, "पैसाका लागि यौन पेसामा लाग्नुभन्दा दुई/चार सन्तान जन्माइसकेका नेपाली महिलाले अरूका लागि सन्तान जन्माएर तिनीहरूको आर्थिक अवस्था सुधि्रन्छ भने यसबारे किन नसोच्ने ?" सरोगेसीलाई कानुनी मान्यता दिएका अन्य देशहरूमा यसका निश्चित सीमाहरू तोकिएका छन्। अधिवक्ता मीरा ढुंगानाको भनाइमा दम्पती र भाडाकी महिलाबीच समझदारीमा कुनै सम्झौता हुन्छ भने त्यसलाई कानुनले रोक्न सक्दैन। तर, यस्तो विषयमा विद्यमान कानुनी मौनतालाई तोड्नुपर्ने उनी बताउँछिन्। भन्छिन्, "भोलि बच्चा जन्माउन सक्षम महिलाले पनि अरूलाई बच्चा जन्माउन दिने परपिाटी हुर्कियो भने के हुन्छ ?" अघिल्लो साता राजधानीको अन्नपूर्ण होटलमा आयोजित लैंगिक हिंसाविरुद्धको कार्यक्रमका वक्ताहरूले सट्टाआमाबाट बच्चा जन्माउने परपिाटी नेपाली समाजमा हुर्कन लागेको र यसले समस्या निम्त्याउन सक्ने चिन्ता पोखेका थिए। अहिलेसम्म गर्भधारणको समयलाई छोट्याउन मिल्ने प्रविधिको आविष्कार भइसकेको छैन। कतिपय विकसित देशमा व्यस्तता र झन्झटका कारण भाडामा शिशु जन्माइदिन लेनदेन हुने गर्छ। तर, आपसी विश्वासका आधारमा मात्रै भाडाका महिलाले बच्चा जन्माइदिने परपिाटीले विसंगति जन्माउन सक्ने खतरा पनि उत्तिकै छ। अधिवक्ता ढुंगाना भन्छिन्, "भाडामा बच्चा जन्माइदिन तयार महिला र दम्पतीबीच कुनै कारणले गर्भाधानपछि सम्झौता भंग भए महिलाको अवस्था के हुने भन्ने प्रश्न निरुत्तर छ।" उनका अनुसार, भाडामा बच्चा जन्माइदिने महिलाको सामाजिक हैसियत कस्तो हुने भन्ने विषयमा पनि बहस हुनु जरुरी छ। प्रसूतिगृहकी डा केशरी वज्राचार्य नेपाली समाजमा सट्टाआमाको विषयमा सोच्नुपर्ने बेला आइनसकेको बताउँछिन्। उनी विद्यमान सामाजिक परपिाटीका कारण अहिल्यै यो विषयमा उतिसाह्रो गम्भीर हुनुपर्ने बेला नभएको बताउँछिन्। प्रविधिको विकासले मानव प्रजननको क्षेत्रमा पनि दखल दिइसकेको छ। सट्टाआमा प्रविधिका पनि सकारात्मक र नकारात्मक पक्षहरू छन्। नेपाली समाजले कस्तो पक्षलाई समेट्ने हो भन्ने पनि राज्यकै जिम्मेवारी हो। यसलाई सम्बोधन नै नगर्ने कि छाडा छोड्ने भन्ने कुराले नै नेपाली समाजको भावी चरत्रि निर्धारति गर्ने हो। यससम्बन्धी बहसको एउटा पाटो त उज्ज्वल र साम्भवी राणाबीचको मुद्दाको फैसलाले नै निक्र्योल गर्नेछ। इसाई धार्मिक ग्रन्थमा समेत सट्टाआमाबारेमा उल्लेख छ। जेनिस भाग १६ मा उल्लेख भए अनुसार करबि दुई हजार वर्षपहिले अर्थात् जेसस क्राइस्ट जन्मिनुअघि, अब्राहमकी पत्नी सराह गर्भवती हुन नसकेपछि विवाहित कारन्िदा हेगरलाई सट्टाआमा बनिदिन आग्रह गरएिको थियो। बाँझोपनाका कारण पनि अहिले विश्वमा सट्टाआमाबाट सन्तान जन्माउने क्रम बढ्दो छ। ३० वर्षयता विश्वमा २० लाखभन्दा बढी मानिसको जन्म सट्टाआमाबाट भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका ८ देखि १२ प्रतिशत महिलामा बाँझोपनको समस्या छ। स्वास्थ्यविज्ञहरूका अनुसार, नेपालमा छ प्रतिशत बाँझोपनको समस्या रहेको छ। नेपालको कानुनले विवाह गरेको १० वर्षसम्म जीवित बच्चा जन्मन नसके पतिले अर्को विवाह गर्न पाउने छुट दिएको छ। अस्ट्रेलियालगायतका कतिपय देशमा समलिंगी जोडीहरूले पनि भारतीय महिलाहरूको कोख भाडामा लिने गरेका तथ्यहरू भेटिएका छन्। अस्ट्रेलियाको कानुनले समलिंगी जोडीले भाडामा कसैको कोख लिएर सन्तान जन्माउने छुट दिएको छ। यो हो 'सरोगेसी' पुरुषको वीर्य र महिलाको डिम्बलाई शरीरबाहिर नै कृत्रिम रूपमा निषेचन गराई तेस्रो महिलाको पाठेघरमा राखी गर्भाधान गराउने प्रक्रियालाई नै चिकित्सा विज्ञानमा 'सरोगेसी' भनिन्छ। यसरी अरूको डिम्ब र वीर्यमार्फत बच्च्ाा जन्माइदिने आमालाई 'सरोगेट मदर' अर्थात् सट्टाआमा भनिन्छ। तर, कतिपय अवस्थामा महिलाको डिम्ब पनि काम नलाग्ने र पाठेघरले पनि काम नगर्ने अवस्थामा पुरुषको शुक्रकीटलाई सट्टाआमाको डिम्बसँग निषेचन गराएर पनि बच्चा जन्माउने गरन्िछ। बाहिरै निषेचन गरी जन्मिने बच्चामा भने सट्टाआमाको कुनै पनि जैविक गुणहरू भेटिँदैन।   कथा एउटी सट्टाआमाको म अहिले २८ वर्षकी भएँ। बिहे गरेकै वर्ष हो, म पहिलोपटक नुवाकोटबाट काठमाडौँ छिरेको। गाउँमा पनि हाम्रो सम्पत्ति थिएन। बिहे हुँदा म १८ वर्ष पनि पुगेकी थिइनँ। मैले ३ कक्षा मात्रै पढेकी थिएँ। श्रीमान्को अनुहार नै नदेखीकन मैले बिहे गरेँ। काठमाडौँ आएकै दिनदेखि पैसाको समस्याले हामीलाई सताउन थाल्यो। श्रीमान् दिनहुँ रक्सी पिएर आउँथे र मलाई पिट्थे। पशुपतिको धर्मशालामा मात्रै हामीले १५ दिनभन्दा बढी बितायौँ। श्रीमान् न्युरोडमा भरयिाको काम गर्थे। १५ दिनपछि मात्रै हामीले डेरा भेट्यौँ, बागबजारमा। अँध्यारो र चिसो भए पनि धर्मशालामा बस्नुभन्दा उचित ठान्यौँ हामीले। गाउँमा हुँदा श्रीमान् उतिसाह्रो रक्सी पिउँदैनथे। तर, काठमाडौँ आएपछि भने उनको रक्सी पिउने आदत ह्वात्तै बढ्यो। जति कमाउँथे, रक्सी पिएर सक्थे। सुरुका दिनमा त म उनीसँग झगडा गर्थें तर मैले कराएको उनले सुने पो ! केही महिनापछि नै मैले पनि काम सुरु गरेँ। अरूका घरघरमा गएर बिहान र बेलुकाको भाँडा माभने। त्यसरी काम गरेबापत महिनाको चार हजारभन्दा बढी त मै कमाउँथेँ। तर, श्रीमान्को रक्सी पिउने र मसँग झगडा गर्ने आदत टुटेन। दुःखीको कर्मै उस्तो भनेर म सधैँ सहेरै बसेँ। वर्षदिनपछि नै हाम्रो छोरो जन्मियो। पहिलो वर्ष त जेनतेन बित्यो। तर, त्यसपछिका दिन सजिला रहेनन्। छोरा जन्मेपछि मैले अरूको घरमा गएर काम गर्न छाडेँ। तर, श्रीमान्को आदत सुधि्रएन। मैले पनि कमाउन छाडेपछि घरमा बिहान-बेलुका भातकै समस्या पर्न थाल्यो। समयमा भाडा बुझाउन नसकेपछि घरबेटीसँग पनि झगडा पर्न थाल्यो। त्यसपछि हामी त्यहाँबाट असन सर्‍यौँ। पछिपछि श्रीमान् तीन-चार दिन नै घरमा आउँदैनथे। हाम्रो झगडा हरेक दिन बढ्दै गयो। हरेक दिन हात हालाहाल हुन्थ्यो। सुतेको काखे छोरो पनि उठेर बेस्सरी रुन्थ्यो। एकदिन मैले पनि रसिको झोँकमा श्रीमान्लाई बेस्सरी पिटेँ। त्यसैका कारणले उनी दुई दिनसम्म बिरामी परे। बिरामी भएर उठेपछि केही दिन सुध्रेको जस्तो देखिए। तर, उनको आदत फेर िपहिलेको जस्तै हुन थाल्यो। त्यसपछि म उनीसँग छुट्टएिर बस्न थालेँ। वर्षदिनपछि सुनेकी थिएँ, उनी काठमाडौँबाट काम गर्नका लागि खाडी मुलुक गएका छन् भन्ने। मैले फेर िपहिलेकै काम सुरु गरेँ। पछिपछि त म बिहान र बेलुका चार-पाँच घरका भाँडा माभन भ्याउँथेँ। त्यसो गर्दा महिनाको पाँच/छ हजार रुपियाँसम्म कमाइ हुन्थ्यो। एकदिनको कुरो हो, मैले भाँडा माभने न्युरोडकी साहुनी दिदीले मलाई 'पैसा कमाउने मन छ ?' भनेर सोधिन्। मैले 'पैसा कमाउन कसलाई पो मन हुँदैन र दिदी !' भनेँ। हुर्कंदै गरेको छोरोलाई राम्रो स्कुल पढाउने मेरो धोको थियो। तर, बिहानै-बेलुकी अरूका जुठा भाँडा माझेर भात खानकै धौ-धौ पथ्र्यो। सुरुका दिनमा त डान्सबारमा वेटरको काम गरे राम्रो पैसा कमाइन्छ भन्ने पनि सुनाएका थिए, छरछिमेकका साथीले। मेरी एउटी फुपूकी छोरी पनि ठमेलकै डान्सबारमा काम गर्थी। काम त वेटरको हो भन्थी तर त्यसको चुरीफुरी देख्दा भने मलाई शंका लाग्थ्यो। किन-किन होटलको काम भनेकै जीउ बेच्ने काम भन्ने मेरो मनमा बिझेको थियो। त्यसैले म पैसा कमाउने उपायको खोजीमा त थिएँ तर आफैँलाई बेच्ने कल्पना भने कहिल्यै गरनिँ। पहिलो दिन त ती दिदीले केही कुरा खोलिनन् तर दोस्रो दिन उनैले कोठामा बोलाएर मलाई सबै कुरा भनिन्। उनका श्रीम्ाान्को न्युरोडमा बिजुलीको सामान बेच्ने पसल छ भन्नेसम्म मलाई थाहा छ। उनको फ्ल्याटमा उनी, उनका श्रीमान् र एउटा काम गर्ने केटो मात्रै बस्थे। उनीहरूले बिहे गरेको वर्षौं भए पनि सन्तान भएका रहेनछन्। डाक्टरले ती दिदीलाई बच्चा जन्माउन नसक्ने भनिसकेको रहेछ। तर, उनले किन बच्चा जन्माउन सक्दिनन् भन्ने कुरा भने मलाई थाहा भएन। मलाई सम्झना छ, त्यस्तो कुरा गर्दा उनका आँखाभर िआँसु भरएिको थियो। त्यति धनी र सम्पन्न मान्छे पनि दुःखी हुन्छन् भन्ने मलाई कहिल्यै लागेको थिएन। त्यति भनेपछि उनले मलाई भनिन्, "तिमीले हामीलाई सहयोग गर्नुपर्‍यो।" मलाई अचम्म लाग्यो, मैले कसरी तिनीहरूलाई सहयोग गर्न सक्छु ? धेरै बेरपछि तिनैले मुख खोलिन्, "तिमीले हाम्रा लागि सन्तान जन्माइदिनुपर्‍यो।" म छाँगाबाट खसेजस्तै भएँ। त्यो दिन म केही बोल्दै नबोली डेरा फर्कें। त्यसको केही दिनपछि ती दिदीले फेर िपुरानै कुरा दोहोर्‍याइन्। मलाई सबै कुराको बेलिविस्तार लगाइन् र त्यसबापत भनेजति पैसा दिन तयार रहेको पनि बताइन्। भोलिपल्ट उनका श्रीमान्ले पनि त्यही कुरा दोहोर्‍याए। सुरुमा त मैले मानिनँ। तर, एकैचोटि त्यति धेरै पैसा आउने भएकाले मैले रातभर त्यही कुरा सोचिरहेँ। आखिर छोराको भविष्य पनि हेर्नैपर्‍यो। पैसा कमाउनकै लागि अरूको ओछ्यान बन्नुभन्दा ती दिदीको कुरा ठीक लाग्यो मलाई। कमसेकम मैले बच्च्ाा जन्माइदिएर कुनै घरमा खुसी त भित्रिन्छ। तर, अरूका लागि बच्च्ाा जन्माउने काम सजिलो होइन भन्ने पनि मैले नसोचेको होइन। पछि ती दिदीले मलाई धेरै सम्झाइन्। सबै कुरो बुझेपछि म बच्च्ाा जन्माउन तयार भएँ। तर, छोरालाई के गर्ने भन्ने समस्या आइलाग्यो। तिनै दम्पतीले छोराको समस्या पनि टारििदए, छोरालाई पनि सँगै लिएर दिल्ली जाने। सबै ठाउँको नाम त मलाई सम्झना छैन। ०६४ को चैत महिना हुनुपर्छ, गते भने मलाई यकिन छैन। म तिनै दिदीसँग दिल्ली पुगेँ। गुडगाउँ भन्ने ठाउँमा तिनको भव्य घर रहेछ। हामी माथिल्लो तल्ाामा बस्थ्यौँ। भोलिपल्टै उनका श्रीमान् पनि दिल्ली आइपुगे र मलाई डाक्टरकोमा लगेर स्वास्थ्य जाँच गराए। डाक्टरले पनि त्यतिखेर मलाई धेरै कुरा बताएका थिए। त्यहाँ मजस्तै अन्य गर्भवती महिला मास्क लगाएर बसेका थिए। पछि पो मैले थाहा पाएँ कि तिनीहरू अरूको बच्चा जन्माउने काम नै गर्दा रहेछन् भन्ने। त्यही साता मेरो पाठेघरमा भ्रूण राखियो। तिनका श्रीमान् त त्यही साता नेपाल फर्के। तर, दिदीले भने मेरो रेखदेखमा कुनै कमी राखिनन्। आफ्नै बहिनीजस्तो मानेर उनी मेरो हेरचाह गर्थिन्। हरेक महिना डाक्टरकोमा लगेर जचाउँथिन्। नौ महिनापछि मैले अप्रेेसन गरेर अस्पतालमा बच्चा जन्माएँ। छोरो थियो, ठ्याक्कै ती दिदीजस्तो। त्यसपछिका पाँच महिना म त्यहीँ बसेँ। त्यसपछि मलाई तिनका श्रीमान्ले काठमाडौँसम्म ल्याएर छाडिदिए। मलाई दुई लाख रुपियाँ पनि दिए। छोरा र मेरा लागि तिनले किनिदिएका कपडा मात्रै एक झोलाभन्दा बढी थिए। आफैंले पाएको भएपछि अरूको सन्तान भए पनि माया त लागिहाल्छ नि ! आखिर त्यसले दूध त मेरै खाएको थियो। मेरै कोखमा हुर्केको थियो। छाड्ने दिन म बेस्सरी रोएकी थिएँ। बच्चा पनि मैले छाड्ने बेला रोला भनेर ऊ निदाएका बेला मैले त्यो ठाउँ छाडेँ। मेरो आफ्नै छोरो पनि आमा भाइलाई किन सँगै नल्याएको भनेर खुब रोेयो। पछि काठमाडौँ आएपछि पनि त्यसले धेरैपटक 'भाइ खोइ ?' भनेर सोधीखोजी गर्‍यो। तर, मन बुझाउनैपर्‍यो। तिनका श्रीमान् अहिले पनि काठमाडौँमै व्यापार गरी बस्छन्। मैले जन्माएको त्यो छोरो कत्रो भयो होला भन्ने मलाई अहिले पनि लागिरहन्छ। कतिपल्ट मैले सपनामा त्यसलाई देखेकी थिएँ। अलिक कालो वर्णको, मोटो जीउ भएको थियो। छोरा पाएको दिन त ती दिदीले मेरो खुट्टै ढोगेकी थिइन्। काठमाडौँ आएपछि मैले काम गर्न दिल्ली गएकी थिएँ भनेर सबैलाई ढाँटेँ। सबै कुरा त कसले पत्याउँछ र फेर िपनि! मैले पाप गरेकी भए पो ! बरु धर्म गरेरै पैसा कमाएजस्तो लाग्छ। अहिले मेरो छोरो यहीँकै निजी विद्यालयमा पढ्छ। त्यही पैसाको ब्याजले उसलाई पढाउन पुगेको छ। (उल्लिखित महिलाकै आग्रहमा गोपनियता कायम राख्न यहाँ उनको नाम उल्लेख गरएिको छैन।) उज्ज्वलशमशेर राणा र सपना नगरकोटीबीच भएको समझदारीका मुख्य बुँदा सिाधनसम्पन्न नेपाल, भारत वा अन्य तेस्रो मुलुकको अस्पतालको सहयोगमा आधुनिक चिकित्सा पद्धति आईयूआई वा आईसीआई वा अन्य यस्तै प्रविधिको माध्यमबाट प्रथम -उज्ज्वल) पक्षको वीर्य ग्रहण गरी गर्भाधान गरी 'सरोगेट मदर'का रूपमा बच्चा जन्माई प्रथम पक्षलाई दिन दोस्रो -सपना) पक्ष मञ्जुर गर्दछ। सो बच्चालाई लिन प्राकृतिक रूपमा गर्भ रही जन्मिएको बच्च्ाासरह नै सो बच्च्ाालाई माया, स्नेह र कानुनी हकअधिकार प्रदान गरी बाबुको कर्तव्य निर्वाह गर्न प्रथम पक्ष पनि मञ्जुर गर्दछ। गिर्भमा रहेको बच्च्ााको स्वास्थ्यमा हानि पुग्ने गरी दोस्रो पक्षले कुनै पनि प्रकारको क्रियाकलाप गर्ने छैन र बच्च्ााको जन्म नभएसम्म दोस्रो पक्ष यौन क्रियाकलापबाट टाढै रहन स्वीकार गर्दछ। बिच्चा जन्मिएपछि कम्तीमा तीन वर्षसम्म दोस्रो पक्षले आफ्नो साथमा राखी बच्च्ााको स्याहार-सुसार गर्न एक वर्षसम्म स्तनपान गराउने र आवश्यकता अनुसार समय-समयमा लगाउन पर्ने खोपहरू लगाउने कर्तव्य दोस्रो पक्षको हुनेछ। कथम्कदाचित दोस्रो पक्षको काबुबाहिरको परििस्थति परी उक्त पूरै अवधिसम्म दोस्रो पक्षले बच्चाको जिम्मा लिई स्याहारसुसार गर्न असमर्थ भएमा प्रथम पक्षलाई जानकारी गराउनुपर्नेछ र त्यस्तो अवस्था सिर्जना भएका बच्चाको जिम्मा प्रथम पक्षले लिनेछ। बिच्चा तीन वर्षको भएपश्चात् दुवै पक्षले आवश्यक ठानेको र दुवै पक्ष सहमत भएको अवस्थामा थप अवधिसम्म बच्चा दोस्रो पक्षको जिम्मामा राख्न सकिनेछ। अन्यथा प्रथम पक्षलाई हस्तान्तरण गर्नु पर्नेछ। बिच्चामाथि बाबुको हैसियतले प्राप्त गर्ने सम्पूर्ण हक प्रथम पक्षले प्राप्त गर्नेछ र बच्च्ााले पनि प्रथम पक्षको वैध सन्तानको कानुनी, धार्मिक, सामाजिक, सम्पत्तिसमेतको सम्पूर्ण हक प्राप्त गर्नेछ। दोस्रो पक्षलाई सरोगेट मदरको रूपमा हाल प्रचलित र भविष्यमा लागू हुने नेपालको कानुन तथा हाल विद्यमान अन्तर्राष्ट्रिय प्रचलन, मान्यता अनुरूपको हकअधिकार प्राप्त हुनेछ। यिस समझदारीपत्रको उद्देश्य व्यावसायिक सरोगेसी नभई परोपकारी सरोगेसी अर्थात् दोस्रो पक्षले प्रथम पक्षलाई सहयोगस्वरूप सरोगेट मदरका रूपमा बच्चा जन्माइदिने उद्देश्य भएकाले सरोगेट मदरका रूपमा कार्य गरेबापत माथि विभिन्न दफाहरूमा उल्लिखित खर्चबाहेक प्रथम पक्षबाट कुनै आर्थिक लाभ प्राप्त गर्ने छैन। (उज्ज्वलशमशेर राणा र श्रीमती सपना नगरकोटीबीच २९ असोज ०६४ मा भएको समझदारीपत्रबाट) विदेशमा के छ ? पहिलोपटक अमेरकिामा सन् १९८६ मा सट्टाआमाबाट सन्तान जन्माउने काम सफल भएको हो। सट्टाआमाबाट बच्चा जन्माउने कामलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा विश्वभर मतभेद छ। प्रजनन क्षमता नभएकाहरूले सट्टाआमाबाट सन्तान जन्माउन लगाउने चलनसँगै यो प्रक्रिया आरम्भ भएको हो। तर, अधिकांश विकसित देशहरूले सट्टाआमाबाट बच्चा जन्माउने कार्यलाई कानुनी रूपमा व्यवस्िथत पार्ने प्रयास गरेका छन्। भारतमा सन् २००२ मा विधेयकमार्फत यसलाई व्यवस्िथत गरएिको छ। तर, कतिपय समाजशास्त्रीहरूले भने भारतमा यसलाई प्रजनन पर्यटनको पनि संज्ञा दिने गरेका छन्। उनीहरूले शुल्क लिएर अरूका लागि बच्चा जन्माउने कामले भारतीय ग्रामीण क्षेत्रका महिलाहरूको गरबिी हटाउन मद्दत पुर्‍याउने पनि बताएका छन्। अहिले सट्टाआमाको आवश्यकता बुझिए पनि कतिपय देशमा यसले वैधानिकता पाएको छैन। अस्िट्रया, जर्मनी, नर्वे, स्वीडेन, प|ान्स र संयुक्त अधिराज्य अमेरकिाका केही राज्यहरूमा यसलाई निषेध गरएिको छ। यद्यपि, कानुनी मान्यता नदिइए पनि बेल्जियम, ग्रीस, आयरल्यान्ड र फिनल्यान्डमा यसको अभ्यास भइरहेको छ। कतिपय देशमा भने गैरव्यावसायिक प्रयोजनमा यसलाई आंशिक वैधता दिइएको छ। सट्टाआमाले पैसाको कारोबार गर्न नपाउने, विज्ञापन गर्न नपाउनेजस्ता प्रावधानसहित अस्ट्रेलिया, बेलायत, डेनमार्क, इजरायल, स्पेन, क्यानाडा, नेदरल्यान्ड र केही अमेरकिी राज्यहरूमा यसलाई मान्यता दिइएको छ। त्यस्तै, व्यावसायिक वैधतासहित दक्षिण अपि|का, रसिया, जर्जिया, युक्रेनमा भने सट्टाआमाबाट सन्तान जन्माउने छुट दिइएको छ। कानुनी मान्यता दिइएका अधिकांश देशहरूमा सट्टाआमा बन्न चाहनेहरूको योग्यता पनि तोकिएको छ। अधिकांश देशमा सट्टाआमाको उमेर १८ देखि ३५ वर्ष तोकिएको छ। खासगरी, पश्चिमा मुलुकहरूमा विवाहित दम्पतीहरूले सन्तानप्रतिको मोह पूरा गर्नका लागि सट्टाआमाबाट बच्चा जन्माउने प्रक्रियालाई प्रभावकारी विकल्प ठान्छन्। यस्तो प्रक्रियामा सट्टाआमा र सम्बन्धित दम्पतीहरू एकअर्काबाट शोषित हुनु नपरोस् भनेर बेलायत तथा अमेरकिालगायतका देशमा प्रस्ट नीति र नियम बनिसकेका छन्। भारतमा यो बर्सेनि लाखौँ डलरको व्यवसायसरह हुने गरेको छ। गुजरातको आनन्दगाउँ भारतमा सबैभन्दा धेरै सट्टाआमा भएको गाउँ हो। वैधता दिनु हुँदैन' नैनकला थापा .अध्यक्ष, महिला आयोग सट्टाआमालाई कानुनी रूपमै निषेध नगर्ने हो भने नेपाली समाजले ठूलो समस्या खेप्नुपर्ने देखिन्छ। मौन कानुनी व्यवस्थाले गर्दा नेपाली महिलाहरूले कुनै दिन भाडाका आमाहरू बन्न सक्ने सम्भावना प्रबल छ। अधिकांश गरबि नेपाली महिलाहरू पैसाको लोभमा सट्टाआमा बन्न तयार भए भने नेपाली समाजको संरचना के होला ? सट्टाआमालाई कानुनी रूपमा वैधता दिनेबित्तिकै नवधनाढ्य वर्गका महिलाहरूले प्रसवपीडाबाट बच्नका लागि अरूलाई नै बच्चा जन्माउन दिने प्रवृत्ति हुर्किन सक्छ। वीर्य र डिम्ब जोसुकै दम्पतीको होस् तर बच्चा जन्माउने र महिनौँसम्म दूध चुसाउने सट्टाआमाको बच्चासँग भावनात्मक सम्बन्ध स्थापित भएको हुन्छ। यस्तो सम्बन्धलाई पैसासँग तुलना गर्नु त मातृत्वको अधिकारमाथि नै आक्रमण गर्नु हो। सट्टाआमालाई कानुनी रूपमा खुला गर्ने भनेको नेपाली महिलाको शोषणको अर्को कानुनी वैधता प्रदान गर्नु हो। यस्तो भयो भने पैसाकै लागि अरूको बच्चा जन्माउने मेसिनका रूपमा नेपाली आमाहरूको परचिय स्थापित हुनसक्छ। राज्य यो विषयमा सचेत हुनु जरुरी छ। 'वैधता दिनुपर्छ' सपना प्रधान मल्ल ,सभासद् सट्टाआमाको कुराबाट त्यति धेरै डराइहाल्नुपर्ने अवस्था छैन। हरेक दम्पतीको आफ्नो वंश परम्परालाई निरन्तरता दिन पाउने अधिकार हुन्छ। सट्टाआमाको प्रक्रियामा जानु पनि निःसन्तान दम्पतीका लागि त्यस्तै अधिकारको खोजी गर्ने प्रक्रिया हो। अहिलेसम्म नेपालको कानुन यो विषयमा मौन छ। तर, यस्तो काम भने नेपाली समाजमा भित्रभित्रै भइरहेको

switu · Dec 13, 2010 4:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all