नभएको किरातकाल’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नभएको किरातकाल’ सौरभ मंसिर २४ - माओवादीको जातीयताको आधार बनेको एउटा लेखोटमाथि प्रश्न उठाउनु अनिवार्य भएको छ किनभने सेसिल वेन्डलले पत्ता लगाएको भनिएको वंशावलीमा आधारित रहेर उपत्यकामा ३२ किरात राजाहरूले शासन गरेका थिए भन्ने संस्कृति नै बनिसकेको छ -बज्राचार्य र मल्ल १९८५) । विलियम कर्कपेटि्रक र डेनियल राइटजस्ता गोरा छालाले मान्यता दिएपछि त शिलापत्रमै खोपिएको ध्रुवसत्य हुने नै भयो । अब लिम्बूवानको इतिहास -२०६६) मा त्यसभित्र एकलव्य र वर्वरिकलाई थपेर ३४ शासक पुर्‍याइएको छ । तिनको यथार्थमाथि यहाँ समीक्षा गरिनेछ । पहिलो नायक एलम जसलाई यलम्बर पनि भन्ने गरिन्छ । नभन्दै इस्वीको ३७४ देखि ४०० सम्म प्रथम हुण नायकका रूपमा प्रख्यात वालामिरको अर्को नाम बोलाम्बर पनि हो । बोलाम्बर शासक परिवारको सदस्य र युद्धनायक अवश्य हो तर मंगोलियाको ओर्दोस प्रदेशको । अमानियस मार्सेलिनसअनुसार हुणहरूमा राजा हुँदैनथ्यो र नायकले मात्रै शासन चलाउँथ्यो । दोस्रो नायक पेलम । यो नाम दोस्रो हुण नायक वल्दिनसँग मिल्न खोज्छ जसले इस्वीको ४०० देखि ४१० सम्म शासन गर्‍यो । तेस्रो नायक मोलम । यो नाम मन्कुकसँग नजिक छ जसले इस्वीको ४१५ देखि ४२२ बीच शासन गर्‍यो । चौथो नायक चंमिं । यो नाम मन्कुकको उत्तराधिकारी छोरा बैंडाको हो कि जस्तो लाग्छ जसले इस्वीको ४३४ देखि ४४५ बीच हुण नायकत्व सम्हाल्यो । पाँचौं नायक धस्कं । यो नाम डेन्जिसिकको ठ्याम्मै रूपान्तरण हो । ऊ इस्वीको ४५४ देखि ४६९ बीच हुण नायक थियो । रोमनहरूले उसको टाउको काटेर इस्तानबुलमा प्रदर्शन गरेपछि हुण साम्राज्यको वास्तविक पतन भएको मानिन्छ । छैटौं नायक बलुंच । यो नाम डेन्जिसिकको दाजु इलेकको नजिक छ जसले इस्वीको ४५३ देखि ४५४ बीचको थोरै अवधि मात्र शासन सम्हालेको थियो । सातौं नायक हुंति । यो वैंडाको सहशासक भाइ अट्टलिाको सेनापति हुण इटेकोसँग मिल्न खोज्छ । ऊ अट्टलिाको हत्याको मुख्य योजनाकार थियो । आठौं नायक हुरमा । यो हेर्नाकको ठ्याम्मै रूपान्तरण हो । ऊ अट्टलिाको कान्छो छोरो हो । उसले साम्राज्यको सानो साइथिया भनिने बचेखुचेका दक्षिणी भागहरू अर्थात् वर्तमान बल्गेरियामा इस्वीको ४३७ देखि नै नायकत्व सम्हालेको थियो । नवौं नायक तुस्कें । यो हेर्नाकको छोरो कोवातको निम्ति उपयोग भएजस्तो लाग्छ तर यति बेलासम्म नेपाली वंशावलीकारलाई अन्योल भएको देखिन्छ किनभने ऊ हुण साम्राज्यको पतनबारे अलमलमा छ र नयाँ उत्तराधिकारीबारेे उसले थाहा पाइरहेको छैन । यसैले यहाँबाट नभन्दै टिपोटले यसरी अर्को रूप लिन्छ । दसौं नायक प्रसफुं र एघारौं नायक पव । यो नाम हुणहरूसँग लड्दै आएको पश्चिमी रोमन नायक पि्रस्कस अट्टालससँग मिल्छ जसले नभन्दै इस्वीको ४०९ र ४१४ मा गरी दुईपल्ट शासन गर्‍यो । बाह्रौं नायक दास्ती जसलाई जितेदास्ती भन्ने गरिन्छ तर अगस्टससँग यो मिल्न पुग्छ । यो अगस्टस माक्सिमस निम्ति प्रयोग भएको बुझिन्छ । उसले ४०९ देखि ४११ सम्म मात्र अगस्टस पद सम्हाल्यो । तेह्रौं नायक चम्ब तर यो जोभिनसलाई जोम्भी बनाएको देखिन्छ जसले इस्वीको ४११ देखि ४१३ सम्म शासन गर्‍यो । चौधौं नायक कंक । यो नाम कन्सटान्टिनको सोझै संस्कृतीकरण हो जसबाट कंस नाम पनि बन्छ । नभन्दै कन्सटान्टिन तृतीय इस्वीको ४०७ देखि ४११ सम्म र कन्सटान्स द्वितीय इस्वीको ४०९ देखि ४११ सम्म पश्चिम रोमन साम्राज्यका शासक थिए । रोममा एकैपल्ट अगस्टस -वडा सम्राट) र सिजर -कान्छा सम्राट) बहाल रहन सक्ने व्यवस्था थियो । पन्ध्रौं नायक स्वनन्द । यो सेवास्तियनको रूपान्तरण हो जसले इस्वीको ४१२ देखि ४१३ सम्म सम्राट पद सम्हाल्यो । सोह्रौं नायक फुकों । यो प|mान्कियामा पश्चिम रोमन सम्राट योहानेसको निम्ति प्रयोग भएको बुझिन्छ । प|mांकको नेपाली र भारतीय रूप हो नै फिरंगी । भारतमा भिरंगीलाई फिरंग रोगले चिनिने भए पनि फिरंग शब्दले सबै गोराहरूको प्रतिनिधित्व गर्दैन । उसले इस्वीको ४२३ देखि ४२५ बीच शासन गर्‍यो । सत्रौं नायक शिंघु । यो सिजर थियोडोसियसका निम्ति प्रयोग भएको बुझिन्छ । उसले इस्वीको ४२५ देखि ४५५ सम्म शासन गर्‍यो । उसलाई ४२४ मा सिजर पद दिइएको थियो । ४२५ मा मात्रै अगस्टसको उपाधि दिइयो । यहाँनेर बुझ्नुपर्छ वंशावलीकारको टिपोट ४२४ को हो र ऊसँगै पश्चिम रोमन साम्राज्यको अवसान सुरु भएको मानिन्छ । अठारौं नायक जुलम । यो नाम जुलियस नेपोजका निम्ति हो जसले इस्वीको ४७४ देखि ४८० बीच शासन गर्‍यो । उन्नाइसौं नायक लुकं । यो नाम रोमुलस अगस्टसका निम्ति प्रयोग भएको देखिन्छ । उसले इस्वीको ४७६ मा मात्रै शासन गरेको थियो तर जुलियस नेपोजको मृत्युपछि पनि बाँचिरहेको थियो । यसपछि हाम्रा वंशावलीकारलाई एकपल्ट फेरि टिपोटमा समस्या पर्‍यो । बीसौं नायक थोरम । यो नाम होनोरियसका निम्ति प्रयोग भएजस्तो लाग्छ जसले इस्वीको ३९५-४२३ बीच पश्चिम रोममा शासन गर्‍यो । एक्काइसौं नायक थुंको । नेपालीमा स्थुंको पनि भनिने यो पात्र भन्डाल सेनापति स्टिलीको हो । हुण नामबाट बनेको हंगेरीबाट उदाएका भन्डालहरूले स्टिलीको बितेेपछि इस्वीको ४३९ मा पश्चिम रोमन साम्राज्यलाई धक्का दिए जब तिनले कार्थेज -वर्तमान ट्युनिसिया) मा हमला गरे । उसले इस्वीको ३९४ देखि ४१४ बीच होनोरियसलाई थपना बनाएर पश्चिम रोममा स्वयं शासन गरेको पनि थियो । ब्रह्माण्डपुराण कार्थेज हमलाको अर्धकाल्पनिक आख्यान हो । यसमा खलनायक भन्डको एक सेनापतिको नाम थुक्लस छ पनि र अर्को सेनापतिको नाम छ कंक जसबारेमा भनिसकियो कन्सटान्टिनको संस्कृतीकरण हो र अर्को सेनापतिको नाम छ पुल्कस जुन पि्रस्कस अट्टालसका निम्ति हो । यसैले भागवतमा परेको पुल्कसगणको अर्थ रोमन फौज हो र नै भागवतलाई इस्वीको ५५० मा लेखिएको ठानिएको हुनुपर्छ । यही भन्डबाट नेपालीमा भाँड र भँडुवा शब्द एवं भन्डाल्सबाट अंग्रेजीमा तोडफोड बोधक भन्डाल्स र भन्डालिज्म शब्द बनेको छ । बाइसौं नायक वम्र्म । यो गुन्डवारिकका निम्ति हो । स्टिलीकोलाई झुक्याएपछि उसले इस्वीको ४१९ देखि ४२७ सम्म भन्डाल नायकका रूपमा शासन गर्‍यो । तेइसौं नायक गुंजं । यो नाम गुन्डवरिकको छोरा गाइसेरिकका निम्ति हो जसले इस्वीको ४२७ देखि ४७७ सम्म कार्थेजमा पश्चिम रोमन साम्राज्यको भन्डाल नायकका रूपमा शासन गर्‍यो । त्यसपछि फेरि वंशावली अल्मलिन्छ र अर्को टुक्रा जोडिन्छ । चौबिसौं नायक पुस्क जसलाई नेपालीमा पटुकको नामले पनि चिनिन्छ । थुंकोबोधक थुन्कोको नेपाली अर्थ ढिस्को लाग्ने भएकाले त्यो देखेर पाटनको पटुकद्वों -नेवारीमा पटुक ढिस्को) को समेत उत्खनन पनि भएको हो तर कथित पटुक दरबारको भग्नावशेष मिल्ने कुरै थिएन किनभने पुस्क नाम नायक साम्राज्ञी गाल्ला प्लाकिडियाको हो जसले छोराका नाममा इस्वीको ४२३ मा शासन गरेकी थिइन् । पच्चिसौं नायक त्यमपि । यो नाम रुलाभियस एटियसका निम्ति हो । ऊ इस्वीको ४३३ देखि ४४५ सम्मको वास्तविक शासक थियो । नभन्दै भन्डको एक सेनापतिको नाम अट्टहास हो । छब्बिसौं नायक मुगमम । यो नाम पेट्रोनियस माक्सिमसका निम्ति हो जसले इस्वीको ४५५ मा साढे २ महिनासम्म शासन गर्‍यो । सत्ताइसौं नायक शसरू । यो नाम रशीमरका निम्ति हो जसले पश्चिम रोमन साम्राज्यको केही भागमा इस्वीको ४५६ देखि ४७२ सम्म शासन गर्‍यो । अट्ठाइसौं नायक गुंणं । यो नाम रशीमरको भतिजा गुंडोवादका निम्ति हो जसले इस्वीको ४७२ देखि ४७३ सम्म शासन गर्‍यो । उनन्तिसौं नायक खिमवुं । यो नाम अलिबि्रयसका निम्ति प्रयोग भएजस्तो लाग्छ । उसले इस्वीको ४७३ मा शासन गर्‍यो । उपरिचरबाट खोजी शब्द बन्न पुगेको मानिएको छ । अ बाट ह हुँदै ख हुन पुगेका धेरै शब्द विद्यमान छन् पनि । खुन शब्द नै पनि हुणबाट बनेको हो । तीसौं नायक गिरिजं । यो नाम ग्लाइसेरियससँग मिल्न पुग्छ जसले इस्वीको ४७३ देखि ४७४ सम्म शासन गर्‍यो । एकतीसौं नायक खुरांज । यो नाम ओरेस्टेजका निम्ति प्रयोग भएजस्तो लाग्छ । इस्वीको ४७५ देखि ४७६ बीच वास्तविक शासक थियो र कुनै बेलाको अट्टलिाको सहयोगी पनि । बत्तीसौं नायक खिगुं । यो नाम ओगासरका निम्ति प्रयोग भएजस्तो लाग्छ जो हुण मूलको थियो । पश्चिमी रोमन साम्राज्यमा भारी अन्तरद्वन्द्व भएका बेला इस्वीको ४७६ मा गद्दीमा बहाल भएको थियो । यसपछि नभन्दै पश्चिम रोमन साम्राज्यको एक अध्यायको अन्त पनि भयो । माथिका पंक्तिहरूले के स्पष्टै भन्छन् भने इस्वीको पाँचौं शताब्दीको ७६ वर्षसम्म एउटा उपत्यकावासी सार्थवाहु -व्यापारी) ले हुणहरू र पश्चिम रोमनहरूबीच साम्राज्य विस्तारका निम्ति मध्ययुरोपमा भइरहेको भिडन्तबारे साह्रै ठूलो अभिरुचि राखेर त्यसलाई लिपिबद्ध गरिरहेको थियो । उसले सम्भवत गरम मसलाका फोनेसियन -लेबनान, सिरिया आदि) व्यापारीहरूले मिथिलामा ओसारेका द्वन्द्वनायकहरूका अपभ्रंश नामहरूलाई रुचिपूर्वक सुनिरहेको थियो । सम्भवत सिन्धुलीको बाटो हुँदै ऊ धनुषासम्म ओहोरदोहोर गथ्र्यो गागलफेदीमा आराम गर्दै । पुरानो मैथिलीमा गागलको अर्थ भोगटे हो र लाहानको दुसाध राजा सलहेशको सातौं शताब्दीको प्रसंगमा पहाडी भोगटेको प्रसंग आउँछ पनि । बेलाबेला आपूर्ति बिथोलिन जाँदा उसले किन र कसरी भनेर सोध्ने क्रममा युरोपमा चलिरहेको भिडन्तबारे जानकारी पाइरहेको हुँदो हो किनभने मेथी, सुप, धनियाँ, मुंग्रेलो, ज्वानो, कालो जिरा यी छ वटै गरम मसलाको उत्पत्ति थलो दक्षिण युरोप र त्यसको परिवेश हो एवं धेरैजसोको मौलिक नेपाली र हिन्दी नामचाहिँ मैथिल हो । जसरी लिम्बूवानको सेकमुरी दक्षिण युरोपमा पुगेर सेलरी -अपियम ग्राभेलन्स) नाउँको मसला हुन पुगेको बुझिन्छ । यसरी पटकपटक भनिँदै आइएको किरात शासनको कथित १७०१ वर्ष पाँचौं शताब्दीको ७६ वर्षमा टुंगिन्छ ।  थप दुई टिप्पणी पहिलो, बेन्डल हुँदै आएको वंशावलीलाई अनुसरण गर्नु परेकाले इस्वीको ४१० देखि ४१५ सम्मको हुण नायकको नाम माथि छुटेको छ । उसको नाम हो करांतो । ऊ नै नवीन किरात शब्दको सूत्रधार हो । दोस्रो, यलम्बरलगायतलाई नाममा राजाबोधक हाङ जोड्ने चलन छ तर बादशाहबोधक चिनियाँ शब्द ह्वाङदीबाट यो बनेको हो । चीनमै पनि ह्वाङदीको पहिलो प्रयोग गे्रटवालका निर्माता शीका निम्ति इपू २२१ मा मात्र प्रयोग गरियो । किरात याक्थुङ चुम्लुङले वेबसाइटमा जितेदस्तीलाई इपु ६०० का र उनीसँग लिम्बू शासक भाइपुथहाङले लडी जितेका लेख्नुको आधार खुलाए राम्रै हुन्थ्यो । मोरङहाङ इस्वीको १४ सयमा पूणिर्याको जलालगढ पुगेको लेखिएको छ तर जलालगढको निर्माण अठारौं शताब्दीमा मात्र भएको हो जब कि मोरङको खास अर्थ स्थानीय थारू भाषामा धाप, दलदल, सिमसार आदि हो । नभन्दै हजारौं वर्षदेखि बाटो फेरिरहेको कोसीले सिमसारहरू बनाउने नै भयो र सिमसारमा गोगराहा -विराटनगरको पुरानो नाम) हुने नै भयो । जसरी संस्कृतमा गोगराहाले गोही, मकरँहाले घडियाल, गोमनले कोब्रा र गोनसले भाइपर बुझाउँछ ।  केशरशमशेरले नयाँ नाम दिए पनि यसैले विराटनगरमा विराटको र किचक अर्थात् नर्कटघारीमा किचकको दरबार अर्थात् महाभारतकालीन भग्नावशेषहरू नपाइएको हो । पवातकहाङले इसापूर्व ३१७ मा चन्द्रगुप्त मौर्यलाई सघाए भनी लेखिएको छ तर चन्द्रगुप्त ३२० मा मात्र सत्तासीन भए । यथार्थ के हो भने अलेक्जेन्डरविरोधी चन्द्रगुप्तजस्तै उनका समकालीन प्रभातेश्वर पनि थिए जुन पन्जाबका राजा पोरसको अर्को नाम हो । बरु अलेक्जेन्डर बोधक सिकन्दरबाट सिकिस्त बनेजस्तै प्रभातेश्वरबाट नेपालीमा परीभ्राट शब्द बनेको हो । स्रङ चङ गम्पोले सातौं शताब्दीमा सम्भोटा लिपि भित्र्याउनु, उनकैै नामको रूपान्तरण सिरिजङ्गा, सरङचङ वा सिरिचङले पनि सातौं शताब्दीमै लिम्बूलिपि आविष्कार गर्नु अनि चेम्जोङअनुसार मोरोङहाङले पनि सातौं शताब्दीमै लेप्चाहरूको रोङ लिपि आविष्कार गर्न पुग्नु कस्तो काकताली ? बुद्धका जीवनका तीन वैशाख पूणिर्माजस्तो । बालामिर नै बलिहाङ त हँुदै हो । यस्ता प्रसंग धेरै भएकाले अरू नलम्याऊँ । अमानियसकै मतसँग मिल्दो मत आफूले ४२ वर्ष लगाएर लेखेको प्राचीन किरात इतिहासमा स्वामी प्रपन्नाचार्यले व्यक्त गरिसकेकै थिए । ती नामहरू स्थानीय ठालुहरूका हुन्, राजाका होेइनन् । आफूलाई शुद्ध ठान्ने जुनसुकै बाहुनले पनि गुरुकुलले मात्र दिन सक्ने उच्चतम शैक्षिक उपाधि उपाध्याय धारण गरेजस्तै, कुलमण्डनले मात्र पाएको शाह पद सबै ठकुरीले बोकेजस्तै, अरीले प्राप्त गरेको पदवी मल्ल उनका उत्तराधिकारी सबैले आफ्नो थर बनाएजस्तै यथार्थलाई नहेर्ने होे भने खम्पा विदोही कर्णेल वाङदी -हुवाङदीको तिब्बती रूपान्तरण) खाम प्रदेशका र उपनाम तेन्जिङ शेर्पाले चिनिने पर्वतारोही नामग्याल वाङदी पनि खुम्बुका बादशाह हुन पुग्छन् । http://www.ekantipur.com/kanti...

_____ · Dec 11, 2010 9:28 AM · 13,097 views

5 Replies

धागोको लागि _______लाई धन्यवाद! हुनत: म ईतिहासको विध्यार्थी होइन तर जति जति नेपालको ईतिहास सम्बधी नयाँ नयाँ लेखहरु पढ्छु मलाई के अचम्म लागेर आउँछ भने के ईतिहासको अध्ययनमा विकसित भएको नविनतम प्रविधी भनेको खाली कुन शब्द कुन शब्दसँग मिल्छ भनेर शब्द मिलाएकै भरमा सारा ईतिहास रच्नु हो? के उत्खनन् र अन्य पुरात्वत्विक सामाग्रीहरुको महत्व हुँदैन ईतिहासलेखनमा? कि यस्तो नेपालमा मात्र हुन्छ? किराँत राजाहरुको नामलाई विश्व ईतिहासका विभिन्न व्यक्तिहरुसँग जवर्जस्ती मिलाएर किराँतकाल नै थिएन भनेर ठोकुवा गर्नसक्ने सौरभको ईतिहाससम्बन्धी अध्ययनलाई मैले मान्नै पर्ने हुन्छ। सौरभको लेख सर्सर्ती पढ्दा मलाई के लाग्यो भने अट्टिला देखि कन्स्टान्टिन र रोमन शासक सबैको बारेमा त्यस्तो राम्रो ज्ञान राख्ने सार्थवाहु पक्का पनि धुरन्धर ईतिहासकार अथवा लेखक हुनुपर्छ, एउटा व्यापारीले विश्व ईतिहासको बारेमा त्यतिको ज्ञान राख्नु! त्यो पनि इशाको पाँचौ शताब्दीमा! त्यो पनि नेपालमा! अन्त्यमा सौरभजी तपाईंले रच्नु भएको पुरानो नेपालको नयाँ ईतिहासमा ठुलो भ्वाङ देखिन्छ। कि त यहाँको अध्ययन अनुसन्धानमा कमी छ कि या आफुले चाहे अनुसारको ईतिहास रच्नमा समय खर्चिरहनु भएको छ।      Last edited: 11-Dec-10 12:19 PM

Geology Tiger · Dec 11, 2010 10:06 AM

To understand it needed to study more about history and I am lost as somebody said about those who have not studied economics will be lost by Das Capital. I am not saying I have read it.

Bhojpure01 · Dec 11, 2010 12:49 PM

संघिय-पुनर्संरचनाका कट्टर बिरोधि सौरभ यस्तो पुङ न पुच्छरको लेख सिर्जना गर्न माहिर छन । शब्द-बनोट, इतिहास र शास्त्रका प्रसंगहरु मनगढन्त ढंगले जोडेर उनी आफ्नै डम्फु बजाउँछन बेला बेला - क्लासिक सौरभ स्टाइल । मलाइ चैने तिनमा सत्यता भन्दा प्रपोगाण्डा बढी लुकेको भान हुन्छ । उनका यस्ता लेखहरुले मलाई झनझन उनीप्रति पूर्वाग्रहि बनाउदै लगेको छ । 

chanaa_tarkaari · Dec 11, 2010 6:02 PM

waiyat,this bloke is just bending facts to appease his masters. One thing is for sure, this crook is not a fan of the kirat dynasty, the strongest and the longest rulers in the entire history of nepal.

lamopuri · Dec 11, 2010 6:28 PM

साथी हरु को प्रतिक्रिया देखेर उत्साहित भएर केहि लेख्न मन लाग्यो GT जी ले भने जस्तै   नाम को काकताली को आधार मा आफु लै मन लागेको इतिहास बनाउने प्रयास गरेको देखिन्छ मेरो विचार मा कमुनिस्ट हरु को सब्द सापट लिएर भन्ने हो भने यो लेख प्रतिक्रियाबादी प्रकार को देखिन्छ. हिजो  आज नेपाल मा सबै ले आफ्नो जात जाति को बारेमा बिना प्रमाण एती बढाई  चढाई गरेको देखिन्छ कि भनेर साध्हेय छैन , त्यो सबै विश्वास गर्ने हो भने Egyptian  सभ्यता, रोमन सभ्यता, Mayan   सभ्यता पनि तल्लो लाग्न सक्छ. यो लेख ले के देखौछा भने बिस्तारै बिस्तारै हाम्रो देश कता तिर जादै छ भनेर . यो लेख ले अर्को के पनि देखौछा भने बिना परमाण, किम्बदन्ती र केहि सब्द मिलेय्को भर मा इतिहास लेख्न थाल्ने हो भने अर्थ को अनर्थ हुन जान्छ तर सब्द को स्थानिय भाषा मा रुपान्तार नहुने चाही होइन, नेपाल को कौशी तोश्खाना को धड्दा मा के लेखेको रैछा भने चन्द्र सम्सेर को पाला मा हो कि कसको पालामा हो ( एस बारेमा गोर्खा पत्र मा छापिएको र एस्तो पनि हुन सक्छ भनेर मेरो दाइ ले मलाई सुनाउनु भएको) सरण हरि टन्डन डकुलंथन नेपाल घुम्न आएको र उसको बसाइ  भरि  नेपाल सरकार ले १२ हजार रुपिया खर्च गरेको भनेर. पछि पंचायेत काल मा एक जना अनुसन्धान कर्ता लाइ  यो बहि खाता देखेर अचम्म लागेछ  के हो एस्तो, नाम भने डकुलंथन   रे आनी उसको लागि सरकार ले १२ हजार रुपिया किन खर्च  गर्न पर्ने? पछि बुझ्दै  जादा के भएको रहेछ  भने Sir  Henry  Tondon , Duke  of  London  , नेपाल घुम्न आएका रहेछन अब तेस्को खर्च को लेखा जोखा राख्ने क्रम मा लेखनदास ले सरण हरि टन्डन डकुलंथन लेखेको रहेछ , अब  त्यो बेला को लेखनदास, साएद अंग्रेजी औदैना  थ्यो होला जुन सब्द उसलाई कर्ण प्रिय लाग्यो तेही सब्द लेखि दियो नेपाल मा पनि हिजो आज आफ्नो, जात मिलेको, थर  मिल्यो कि महान, मिलेन भने पत्रु, आफ्नो जात जति को इतिहास  महान आरुको पत्रु भन्ने सोचाइ को  बाढी नै आएको छ , यो एकप्रकार को निषेधित मनस्थिति हो चना तरकारी जी ले भने जस्तै यो लेख अनुसन्धान भन्दा प्रोपोगान्डा हो आनी भोजपुरे जी ले भनी जसतै   complicated  nature  को छ मलाई यो लेख मा मन परेको भनेको आन्तिम पराग्राफ हो , येस्मा चाहि मलाई सहमत हुन मन लाग्छ, मानब सभ्यता को विकास मा कसले कहाँ कुनै उपाधि पौछां तिनका सन्तति हरु ले नैर्संगिक अधिकार को रुप मा तेस्लाई ग्रहण गर्छन र आन्त्य मा तेसै क आधार मा एक अर्का संग, म ठुलो त सानो भन्दै मारकाट गर्छन , यो भन्दा अरु हास उठ्दो कुरा के होला? उदहारण को लागि धेरै टाडा जान  पर्दैन तपाई हरु ले  जंग बहादुर  कुँवर  को नाम त सुन्न भएकै होला तिनै जंग बहादुर क्या जसको नाम बाट पछि तिन का भाई  का सन्तान ले ज. ब. रा राखे अहिले ज. ब. रा र कुँवर को बीच मा फरक देखाउछान  मान्छे हरु , पछि  फेरी तिनीहरु बाटै शमशेर  आए , आहिले पशुपति शमशेर ज. ब. रा लाइ पशुपति कुँवर लेखे बास्तब  मा केहि फरक पर्ने त होइन नि . इतिहास को कुनै क्रम मा , राम्रो , नराम्रो कुनै घटना/दुर्घटना को आधार मा कुनै जात, कुनै थर कुनै पर्व सुरु गरिएको हुन्छ , वर्तमान मा न तिन को कुनै उपादेयता छ , न कति को प्रमाणिक आधार नै छन्,  किम्बदन्ती हरु मात्रै बाची रहेका छन् अनि  तिनै किम्बदन्ती को आधार मा हामि नेपाली हरु एक अर्का संग झगडा गर्न तम्तयार छौ  यो लेख्नु को अर्थ कसरि इतिहास बांगीन्छा   भनेर देखाउनु मात्र हो धन्यवाद

_____ · Dec 12, 2010 11:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all