साल्ट लेक, साझा र सन्दूक रुइत...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साल्ट लेक, साझा र सन्दूक रुइत................ एक हफ्ता लामो साल्ट लेक सिटी बसाइ पछी आफ्नो बासस्थान फर्केको छु ।  साल्ट लेक सिटी मा संसार भरिका " रिस्क अनालाइसिस्ट हरुको कुम्भ  मेलामा भाग लिन पुगेको थिएं । साझा प्रयोग कर्ता वा साझा पारखिहरु कोइ छन भनेर साझामा बिज्ञापन गर्दा नि कोइ भेटिएन । अनेक दु:ख कष्ट भोगी ५ घण्टा को यात्रा १७ घण्टामा बल्ल काठमाडौ को झझल्को दिने शहरमा मध्य रातमा पुगियो  । त्यो भन्दा कष्ट त नेट चलाऊन न पाएर झेल्नु पर्यो। ५ तारे होटल मा नेट चलाऊन घण्टा को २० डलर रे, कन्फरेन्स सेन्टर मा घण्टा को १० रे। त्यती खर्चेर नेट चलाऊने सामर्थ्य म मा थिएन । करिब 900 जना जोखिमता बिश्लेषकहरुको ब्रिहत भेलामा नेपाली अनुहार, नेपाली व्यबहार खोज्ने असफल यत्न गरें । एक जना प्रधान थर को विद्वान देखें । अनुहारले  छिमेकी राष्ट्रको नागरिक  भनक दिए नि मन मानेन, सोधी हालें - नेपाली हो कि भनेर । डा प्रधान, छिमेकी राष्ट्र को ओरिसा प्रान्तको हुनु हुंदो रहेछ । दार्जलिङ क्षेत्रमा प्रधानहरु बस्छन तर ती प्रधानहरुको रगतमा नेपाली कोशीका हुन्छन नै । ओरिसा को प्रधान सँग त्यो आत्मियता तार छ कि छैन सोध को बिषय हुन सक्दछ।  ५ दिने सम्मेलन चौठौं साँझ बल्ल नेट फ्री मा चलाउने जुक्ती पाइयो । मानौं आजीवन काराबासबाट मुक्ती पाइयो । पहिलो झ्यालबाट साझा चियाएं । चौतारी धाएं । साझाको एउटा धागो देखें - साझा हिरो २०१० डा सन्दूक रुइत ।  सम्मेलनको अन्तिम दिनको दिवाभोजिय बिशेष सम्बोधन एक जना डाक्टर साहेब को थियो - Dr. Geoff Tabin (Professor of Ophthalmology and Visual Sciences, Director of the Division of International Ophthalmology, University of Utah. Risk Analysist हरुको मेलामा आँखाको डाक्टर को सम्बोधन ? आस्चर्यमय थियो नै । अझ उहां को बिषय "personal risk taking as a mountain climber and his work on cataract and other eye diseases in the developing world " झनै अनौठो थियो । निकै रसिक शैलिमा डाक्टरी पढ्दा पढ्दै पहाड हिमाल चढन गएको बखान गर्दै थिए। सम्बोधन को मध्य तिर आएर सगरमाथा आरोहण को सफल -असफल यात्रा बखाउन थाल्नु भयो   । त्यस पछी नेपाल र नेपाली को बारे बिस्त्रित जानकारी पस्किन थाल्नु भयो आँखाको डाक्टर साहेब ले । ९ सय श्रोता मध्ये एक मात्र नेपाली थिएं । गर्ब ले छाती फुल्यो । म बसेको लन्च टेबुलका अन्य बैज्ञानिक डाक्टर साहेबहरुलाई म नेपाली हुँं भन्ने जानकारी थियो नै ,सब ले बधाई दिन थाले  ।   डाक्टर टाबिन नेपाल नेपाली र सगरमाथा को बखान गर्न मात्र त्यो मन्छ मा उक्लेको हैन रहेछ । डाक्टर सन्दूक रुइत सँगको सहकार्य  र सन्दूक रुइत को बारे अर्को आधा घण्टा बयान गर्नु भयो । एक जना बिदेशी बिशेषज्ञले नेपाली बिशेषज्ञको यति  तारिफ पहिलो पल्ट सुन्दै थिए म । अमेरिका/अष्ट्रेलिया ( जहाँ बाट क्याटर्‍याक  सर्जरी को तालिमा हासिल गर्नु भाको थियो) जहाँ पनि भने जति  पैसा पाउनु हुन्थ्यो डाक्टर रुइतले , तर उहाँले नेपाल र नेपाली को सेवा गर्न रोज्नु भयो, उहाँ को यस महानतालाइ  म सलाम गर्छु - भन्दै डाक्टर टाबिन ले स्यालुट मारे । सगरमाथा क्षेत्रमा मोतिबिन्दु को क्याम्पमा २ दिनमा २७७ जना को क्याटर्यामक सर्जरी गरेको रेकर्ड मा हामी दुइजना को नाम रह्यो - डा टाबिन गर्बिदै भन्दै हुनु हुन्थ्यो । तर २७७ मध्ये २९ चाँही टाबिन को बाँकी २४८ डा रुइत को रे । त्यसो त डा रुइत सँग १५ बर्ष अघी मेरो स्वर्गिय आमा को आँखा को सल्यकृया गर्दा भेटघाट भाको थियो तीलगंगा आँखा अस्पतालमा । त्यति  बेला थाहा न भे नि नेपाल आमाका एक महान सपूत सँग भेट गरेकोमा गर्ब थियो नै । साल्ट लेक मा आएर अझ गर्बिलो महशूश गरें । म नेपाली हुँ, नेपाल मेरो घर हो, जहाँ सन्दूक रुइत जस्ता महान आत्महरु बस्छन्।   अस्तु !!!

rahulvai · Dec 10, 2010 9:51 AM · 22,732 views

10 Replies

Very nice experience. Thank you for sharing.

Srijana 12 · Dec 10, 2010 10:03 AM

Thanks for sharing.

gari khau · Dec 10, 2010 10:18 AM

teso bhaye thuldai le pani aba PhD sakaye pachi nepal farkine daau garya jasto lagyo malai , yaha paine dollar ko satta, nepal gayera samaj sewa ma lagne nirnaya garnu bhayo jasto cha la nikai ramro prerana paunu bhaecha dai, ani subhamakamnai hai

dHwasE · Dec 10, 2010 11:50 AM

Impressive rahulvai dai, I feel blessed for being Nepali after reading your article. I had a few similar situation in my school when some professor start praising about some Nepalis and their work and i can imagine how proud you would have felt at that time when you have hundreds of veterans around you and somebody from the podium is praising about your country. You feel like you're from the most prestigious country. Sad that you couldn't find any Nepalis esp from sajha to hang out. I am sure me along with some other fellows would have love to be with you. I would love to meet you sooner or later if something like that happen in OK. Good luck for your career rahulvai.  astu....

boulevard dreams · Dec 10, 2010 12:20 PM

वाह वाह ठुल्बा राम्रो छ अनुभबहरु  म नेपाली हुँ, नेपाल मेरो घर हो, जहाँ सन्दूक रुइत जस्ता महान आत्महरु बस्छन्।

Smriti44 · Dec 10, 2010 12:53 PM

धेरै मिठो अनुभव सुनाउनु भयो ठुल्दाइ, धन्यवाद! यस्तै यस्तै अरु अनुभवहरु पनि सुन्न पाइयोस्! 

Geology Tiger · Dec 10, 2010 1:53 PM

"अमेरिका/अष्ट्रेलिया ( जहाँ बाट क्याटर्‍याक  सर्जरी को तालिमा हासिल गर्नु भाको थियो) जहाँ पनि भने जति  पैसा पाउनु हुन्थ्यो डाक्टर रुइतले , तर उहाँले नेपाल र नेपाली को सेवा गर्न रोज्नु भयो, उहाँ को यस महानतालाइ  म सलाम गर्छु - भन्दै डाक्टर टाबिन ले स्यालुट मारे ।"

shantipriya · Dec 10, 2010 5:13 PM

nice one rahuldai.....

OBAMA · Dec 10, 2010 6:26 PM

We watched his north Korea visit and his eye camp.  I  heard this story , one fellow Nepali had eye surgery at one of the re-known eye hospital in Honkong and he was surprised to see him as his eye surgeon.

Bhojpure01 · Dec 11, 2010 9:04 AM

राहुलदाईको साल्टलेक यात्रा थाहा थियो तर आफु त्यता परिएन के गर्नु? ६ महिना अघी मलाइ पनि त्यो नुनको शहर यात्रा गर्ने अबसर मिलेको थियो। तर म जानु पर्ने ठाउं चाही साल्टलेक बाट करिब १५० माइल दक्षीण थियो। नगरकोटको घुम्ती भन्दा पनि कठिन बाटो रातीको समयमा गाडी चलार कटाएको थिए। पोखरा बाट काठमाण्डौ यात्रामा त्यस्ता घुम्ती गुरुजीले कटाउने गर्थे तर यांहा भने म आफै गुरुजी भएको थिए। पहाडिया बाटो,सागूंरा लेन जसलतो तसो प्रभो पुगेको थिएं। भोलीपल्ट प्रोभोबाट हन्टिंन यात्रा थियो। अनकंटार हंटिटंन मूस्तागं जस्तो लाग्थ्यो। कुनै पटक मुंस्तागंको यात्रा गर्दे एक खच्चर ब्यापारीले हामीलाई बिकास चाहिएको छ भनेको सम्झें। साच्चै मूस्तांगमा पनि बिकास सम्भब छ जस्तो लाग्यो। फर्केन क्रममा ३ घण्टा जती साल्ट लेक मा समय मिलेको थियो। तर समय अभावले नेपाली रेष्टूरेन्ट जान मिलेन। तर साल्टलेकको उत्तर तिर खुब घुमे। बालाजू बाइपास पुग्यो जस्तो लाग्यो। सारै मोहक छ साल्टलेक सिटी। राहुलदाई क्या है हामी दुबै संगै त्याहां जाने समय जूरेकको भए? छुदा छुदा।

nepalean · Dec 11, 2010 1:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion