बनाई नसिदिदै बिग्रियो ......... येस्ता बांदरहरु भएको ठाऊमाँ बिकाश भनेको बांदर को हातमा नारिवल........ धन्ये छौ नेपाली समाज अनी नेपाली जनता......

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अरनिको राजमार्गको तीनकुने-सूर्यविनायक सडकमा दुर्घटनाबाट बच्नका निम्ति बार -रेलिङ) ले व्यापारमा असर परेको जिकिरसहित काट्न सुरु गरेका छन् । जापान सरकारको सहयोगमा विस्तारित मुलुककै फराकिलो सडकमा मानवीय सुरक्षाका लागि मोटो डण्डी र पिलर गाडिएको छ । आपmनो घरअगाडि बाटो बन्द गरेको भन्दै केही ठाउँमा धारिलो हतियार प्रयोग गरी फलामको मोटो डण्डी काटेका छन् भने १४ वटा पेट्रोलपम्पले बार लगाउन दिएका छैनन् । काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाका अनुसार व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि अन्य सडकमा भन्दा यो सडकमा स्तरीय रेलिङ हालिएको हो । 'अन्य सडकभन्दा फराकिलो भएकाले सवारी चालकले तीव्र गतिमा गुुडाउन सक्छन् । बढी स्पिड भएको गाडीले सडक दायाँ-बायाँ हिंड्ने पैदल यात्रीलाई ठक्कर नदिऊन्, जथाभावी गाडी रोक्ने र बाटो काट्ने प्रवृत्ति हटोस् भन्ने मुुख्य उद्देश्य हो,' आयाोजना प्रमुख सरोज प्रधानले भने, 'सडक रेलिङ कसैले व्यक्तिगत स्वार्थ पूरा गर्छ भने भविष्यमा हुुने क्षति पनि उसले तिर्न तयार हुनुपर्छ ।' व्यक्तिगत स्वार्थभन्दा पनि सबैको हित हुुने काममा सहभागी हुुन उनले आग्रह गरे । सडक विस्तार हुनुअघि ५८ वटा बाटो भए पनि सुरक्षाको दृष्टिकोणले १४ स्थानमा मात्रै खुला बाटो राखिएको उनले बताए । अन्य सडकमा राखिएको रेलिङ नाघेर सहजै सडकमा निस्कन सकिन्छ भने विस्तारित सडकमा जान सकिंदैन । फुटपाथबाट सहजै सडकमा जान नसक्ने भएकाले दुर्घटना न्यून हुन सक्ने ट्राफिक प्रहरी वृत्त कोटेश्वरले जनाएको छ । रेलिङ राखेर सहजै सर्वसाधारण पसलमा जान नपाएको र व्यापारमा असर परेको भन्दै कोटेश्वरबाट तीनकुुनेतर्फ आउँदा अवाल हाउस अगाडि रेलिङ काटिदिएको छ । अवाल हाउस र डिल्ली दरबार नाम दिएको घर अगाडि सडक सुुरक्षाका लागि बनाएको रेलिङ काट्दासमेत प्रहरीले यस्ता व्यक्तिको खोजी गरी कारबाही गर्न सकेको छैन । 'कसले काट्यो प्रहरीले त पत्ता लगाउन सकेको छैन,' एनडीईपी बैंकका सुुरक्षा गार्डले भने- 'हामीलाई त के थाहा ?' आपmनो स्वार्थका लागि बार नै काट्ने व्यक्तिलाई कारबाही हुुन नसके अन्य ठाउँमा पनि यस्तै समस्या आउन सक्ने आयोजनाले जनाएको छ । 'सडक प्रयोगकर्ताको सुुरक्षाका लागि बनाएको बारसमेत भत्काएर विदेशीलाई नकारात्मक सन्देश जान सक्छ,' तीनकुुने-भक्तपुुर सडक विस्तार आयोजना प्रमुुख सरोज प्रधानले भने- 'यस्ता गलत काम गर्नेलाई कारबाही गरी जरिवानासमेत तिराउन प्रहरीले सक्रियाता देखाउनुु आवश्यक छ ।'

bunu · Dec 9, 2010 12:51 PM · 13,653 views

1 Reply

nepal ma baneko chiz lai bigarnu bhanda aru k nai janeko chhan ra//

aldineone · Dec 9, 2010 7:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all