एउटा कविता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुराना कागजहरु खोतल्ने क्रममा यो कविता भेट्न पुगे। प्रस्तुत गर्दै छु। युनिकोड को नेपाली मिलाएर पदीदिनु भये आभारी हुने थिए। प्रिस्ठभुमिमा हैतीमा भर्खरै भुकम्प आएको थियो र फोर्ब्स ले हाम्रो काठमाडौंलाई सम्भावित भुकम्पिय विनाशको सुचिमा नम्बर १ म राखेको थियो। नेपालको  नकारात्मक प्रचार ले दिमाग रन्काइ रहेको बेला लेखेको थिए:       भुकम्प हैती मा भर्खरै विनास भएको बेला फोर्ब्स ले हाम्रो काठमाडौं लाई राखेको छ सर्वोच स्थानमा सम्भावित विनाश बाट बिचलित लेखक तिमीलाई म भन्न चाहन्छु :   मेरो काठमाडौं जनरल माओको मिलिसिया बूटहरुले किचिएको छ दैनिक पत्रीकाहरुमा नछापिएका अक्षरहरुमा लेखिएको छ हत्या र आतंक का अभिशप्त डर् हरु युद्ध र शान्तिको नातकिय मन्चनहरु बिच ग्रीययुद्ध  मेरो उमेरको लामो हिस्सा भएको छ   यती लामो द्वन्द बाचेको मलाई तिमी भुकम्प को डर देखाउछौ ?   तिम्रो भुइचालोले केही लाख साधारण मानिसहरु मर्न सक्छन कुनै नाम नभएका, अनुहार नभएका, सपना नभएका तिनिहरु मरेर के हुन्छ ? तिम्रो भुइचालोले प्रचन्डलाई मार्न सक्छ ? बाबुरामलाई गायब गर्न सक्छ ? तिम्रो भुइचालोले अनेकौ जातियतामा बाडियेका हामीलाई नेपाली बनाउन सक्छ ? अनेकौ प्रदेशमा बाडिन आटेको मेरो देशलाई नेपाल बनाउन सक्छ ?   सक्दैन भने - तिमीले देखाएको डरले मेरो मुटु हल्लिदैन भन्छु आफ्नो पहिचान धुमिल भैरहेको बेला तिमीले भनेजस्तै भुकम्पमा म मरे भने के लेक्छौ तिमीले : बाहुन, छेत्री, नेवार, राइ, मधेसी, माओवादी य न-माओबादी के मीर्त् भेटियो - के लेक्छौ तिमीले? के???

OBAMA · Dec 4, 2010 11:46 AM · 13,474 views

6 Replies

राम्रो छ!

Geology Tiger · Dec 4, 2010 11:50 AM

धन्यवाद जिओलोजी तैगर  

OBAMA · Dec 5, 2010 1:21 AM

Awesome chha..

sanju.baba · Dec 5, 2010 3:51 PM

तिम्रो भुइचालोले केही लाख साधारण मानिसहरु मर्न सक्छन कुनै नाम नभएका, अनुहार नभएका, सपना नभएका तिनिहरु मरेर के हुन्छ ? i liked these verses...awesome satire to the current ongoings in nepal

thito1 · Dec 5, 2010 4:38 PM

Thank u sanju.baba. thito1, thank u too.

OBAMA · Dec 5, 2010 10:15 PM

Ramro kavita!!

bhakte dai · Dec 6, 2010 1:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all