US Ambassador to Nepal Scott H DeLisi on Wednesday requested Deputy Prime Minister (DPM) and Minister for Foreign Affairs Sujata Koirala not to doubt the existing relation between Nepal and the US. DeLisi met DPM Koirala at the ministry this morning to discuss the possible impact on the diplomatic relation between the two countries following the threat of the whistle-blower Wikileaks, which said it was going to release some 2,600 documents related to Nepal from the US embassy in Kathmandu. "Ambassador DeLisi expressed his fear that there might be negative impacts on the diplomatic ties between Nepal and America following the Wikileaks' announcement," DPM Koirala told reporters after the meeting. According to DPM Koirala, she responded to DeLisi that such the diplomatic relation would never deteriorate. "I assured him that the government is always alert regarding impact on diplomatic relations following the leakage of confidential documents," minister Koirala said
switu · Dec 1, 2010 2:36 PM · 9,934 views
I think wikileaks is just focused in usa. Revelaing its true identity towards diff country.
KYtipusultan · Dec 1, 2010 2:56 PM
अमेरिकाले नेपालसँग सम्बन्धित गोप्य कूटनीतिक दस्तावेज विकिलिक्सबाट सार्वजनिक भए पनि नेपाल-अमेरिका सम्बन्धमा कुनै असर पर्न नहुने जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत स्कट एच डिलिसीले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई भेटी त्यस्ता दस्तावेजप्रति आफू जिम्मेवारसमेत नहुने बताएका छन् । विभिन्न देशमा रहेका अमेरिकी दूतावासले तयार पारेको गोप्य दस्तावेज विकिलिक्सले सार्वजनिक गर्न थालेपछि सम्बन्धित राष्ट्रका अमेरिकी दूतावासमार्फत अमेरिकाले आफ्नो धारणा स्पष्ट पार्न सुरु गरेको हो । सोही क्रममा डिलिसीले कोइरालालाई बुधबार भेटेका हुन् । परराष्ट मन्त्रालयमा करिब आधा घन्टा भएको भेटमा राजदूतले विकिलिक्सले सार्वजनिक गर्ने घोषणा गरेको जस्तो गोप्य दस्तावेज जुनसुकै मुलुकले तयार गर्ने उल्लेख गर्दै घटनालाई सामान्यीकरण गर्न खोजेका थिए । कोइरालाले डिलिसीलाई जुनसुकै अवस्थामा पनि नेपाल-अमेरिका सम्बन्ध नबिग्रनेमा आश्वास्त पारेकी थिइन् । 'अमेरिकासँग हाम्रो सम्बन्ध जस्तोसुकै अवस्थामा पनि बिग्रने छैन भन्ने विषयमा छलफल भयो,' डिलिसीसँग भएको भेटपछि कोइरालाले भनिन् । विकिलिक्सले नेपालसँग कूटनीतिक सम्बन्धका दस्तावेजहरू सार्वजनिक गर्ने कुरा सही हो या होइन भन्ने हेर्न बाँकी रहेको उनको कथन थियो । कोइरालाले गोप्य दस्तावेज सार्वजनिक हुनु दुःखद रहेको बताएकी थिइन् । डिलिसीले गोप्य दास्तावेज सार्वजनिक भएको प्रति दुःख व्यक्त गरेका थिए । विकिलिक्सले काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका पठाएको गोप्य दस्तावेज सार्वजनिक गर्ने आइबार घोषणा गरेको थियो । घोषणाअनुसार विकिलिक्ससँग दूतावासले पठाएको २ हजार २ सय ८९ गोप्य कागजात छन् । विकिलिक्सका अनुसार सन् २००० देखि २०१० सम्म दूतावासले तयार पारेका ती कागजात माओवादी विद्रोह, भुटानी र तिब्बती शरणार्थी, नेपालका भारत र अमेरिका सम्बन्ध र नेपाल सरकारको आन्तरिक गतिविधिबारे छन् । कुल कागजातमध्ये ८४ अति गोप्य र १ हजार ३ सय ९९ गोप्य रहेका विकिलिक्सले जनाएको छ । बाँकी ७ सय ९५ कागजातलाई भने वर्गीकरण गरिएको छैन ।
KYtipusultan · Dec 1, 2010 2:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion