WTF !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

WTF !! Taxi drivers halt traffic at Durbar Marg, Kathmandu, protesting the ongoing checking drive by traffic police to track drivers cheating the passengers with tampered meters, on Wednesday, 01 Dec 2010. Source: http://www.nepalnews.com/main/... Last edited: 01-Dec-10 08:50 AM

hit.the.hot · Dec 1, 2010 8:49 AM · 4,151 views

5 Replies

Chor harule protest gardine? Most of these drivers are YCL thugs anyway. MaoBadi bata yasto bhairahancha... Khateharu JPT Garchan. YoTaBhayanaNiSom.

YoTaBhayanaNiSom · Dec 1, 2010 8:55 AM

Only in Nepal... sigh..

riten · Dec 1, 2010 12:12 PM

sabaiko taxi jafat garnu parne gadha haru ko

grgDai · Dec 1, 2010 12:46 PM

'ठग्न नपाएपछि' ट्याक्सी जाम THURSDAY, 02 DECEMBER 2010 09:51 नागरिक ऋचा अर्याल, बद्रीकुमार न्यौपाने, काठमाडौं, मंसिर १६ - बुधबार दिउँसो करिब डेढ सय ट्याक्सी चालकले एकसाथ दरबारमार्ग क्षेत्रमा चक्काजाम गरेपछि राजधानीको आवागमन अस्तव्यस्त बन्न पुग्यो। मिटरमा जान नमान्ने, मिटर बिगार्ने र ग्राहकलाई नटेर्ने ट्याक्सीलाई दस दिनयता कारबाही थालेपछि त्यसैको प्रतिक्रियामा सडक अवरुद्ध पारिएको थियो। आक्रोशित मुद्रामा देखिएका चालकले केहिबेरसम्म दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभाग अगाडि नाराबाजीसमेत गरेका थिए। घटनाको जिम्मेवारी नेपाल मिटर ट्याक्सी व्यावसायी संघले भने लिएको छैन। उनीहरुले एक घण्टा सडकलाई नियन्त्रणमा लिए पनि त्यसको असर दिउँसो अबेरसम्म उपत्यकाभर परेको ट्राफिक कन्ट्रोल रुमले बताएको छ। दरबारमार्गको महेन्द्रशालिक वरपर साढे १२ बजे अचानक बाटो अवरुद्ध पारेपछि नारायणहिटीको दक्षिण गेट, केशरमहल, जमल, कमलादी, कृष्ण पाउरोटी, जयनेपालहल, घन्टाघर, थापाथली, बालाजु र भोटाहिटी क्षेत्रसमेत अस्तव्यस्त बन्न पुगेको थियो। फेरि यस्तो घटना दोहोरिएमा दोषीलाई सार्वजनिक अपराधसम्मको मुद्दा लगाएर कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। केही दिनयता महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारवाही गरेकै निहुँमा चालकले रिस पोखेको महाशाखाका डिएसपी वसन्त पन्तले बताए। पन्तका अनुसार ट्याक्सी चालकले लगातार मिटरको बेवास्ता गरेपछि नापतौल विभाग, वाणिज्य विभाग र ट्राफिक मिलेर संयुक्त रुपमा चेकजाँच एवं कारबाही गर्दै आएको थियो। दरबारमार्गस्थित ट्राफिक प्रहरीका अनुसार नाराबाजी गर्ने ट्याक्सी चालकले मिटर नचलाई भाडा लिन पाउनुपर्ने माग राखेका थिए। साथै भाडा समायोजन र रातो नम्बर प्लेटका सवारी साधनले यात्रु ओसार्न नपाउनु पर्ने पनि उनीहरुको माग थियो। प्रत्यक्षदर्शीका अनुसार बुधबार करिब पन्ध्र वटा ट्याक्सी एक्कासी सडकमा रोकिएको थियो। त्यसमध्ये पाँचजना चालक वार्ता गर्ने भन्दै प्रभागतर्फ बढेका थिए। त्यसैबेला बाँकीका चालकले गुड्दै गरेको ट्याक्सीबाट धमाधम यात्रु ओराल्दै बाटो अवरुद्ध पार्न लगाएका थिए। यसरी केहि बेरमै डेढ सय ट्याक्सी जम्मा भएको थियो। यात्रु झार्न आनाकानी गर्ने कतिपय चालकलाई समेत त्यो भीडले बाटोमै अड्याउन बाध्य पार्दै गरेको देखिन्थ्यो। डिएसपी पन्तका अनुसार करिब एक घण्टा यसरी बाटो कब्जामा लिएपछि क्रेन लगाएरै हटाउने घोषणा गर्नासाथ उनीहरु तितरबितर भएका थिए। यता नेपाल मिटर ट्याक्सी व्यवसायी संघले उक्त घटनामा आफ्नो संलग्नता नभएको बताएको छ। 'यो काम संघले नभइ केही मजदुरले गरेका हुन्,' संघका अध्यक्ष राम बहादुर श्रेष्ठले नागरिकलाई भने, 'यदि संघले गर्थ्यो भने उक्त ठाउमा डेढ सयवटा मात्र ट्याक्सी थुप्रदैनथे।' श्रेष्ठले अवरुद्धकर्ताप्रति सहानुभूति देखाउन भने छाडेनन्। 'सवारी मजदुरले स्वविवेकले गरेको आन्दोलन थियो,' उनले भने, 'त्यसमा केही स्वरोजगार ट्याक्सीसमेत संलग्न रहेको जानकारी पाएका छौं।' बढ्दो महङ्गीका कारण आफूहरुको आम्दानी बृद्धि गर्ने उपाय खोज्न उनीहरु बाध्य भएको श्रेष्ठको तर्क थियो।  प्रहरी अतिरिक्त महानिरिक्षक बिनोद सिंहका अनुसार केही दिन यता महाशाखाले मात्रै मिटरमा जान नमान्ने २५ भन्दा बढीलाई यातायात व्यवस्थाको 'मोबाइल कोर्ट' मार्फत् हजार रुपैयासम्म जरिवाना गरेको थियो। त्यसैगरि मिटरको सिल विगार्ने तीस भन्दा बढीलाई गुणस्तर तथा नापतौल विभागको नीति अनुसार चार हजार रुपैयाँसम्म जरिवाना गराइएको थियो। यस्ता ठगीको चर्को जनगुनासो आएपछि आफै पनि छड्केमा हिडेको डिआइजी सिंहले जानकारी दिए। 'म स्वयं पटक पटक सादा पोशाक लगाएर ट्याक्सी चढेँ,' उनले नागरिकलाई भने, 'आफैँ बारम्बार ठगीमा परेपछि कारवाहीको अठोट गरेको हुँ।' सिंहका अनुसार सुरुको दिनमा गरिएको कारबाहीमा पक्राउ परेका ट्याक्सीले आइन्दा नदोहोर्‍याउने प्रतिज्ञा गरेपछि ट्राफिकले छोड्दै आएको थियो। तर, जति पटक छाडे पनि यस्ता ट्याक्सी चालकको प्रवृत्ति नरोकिएको पाइएपछि बाध्य भएर कारवाही अघि बढाएको सिंह बताउछन्। 'ट्याक्सीमा मिटर हुनु र नहुनु बराबरी भएपछि थामिन नसकेका हौँ,' सिंहले बताए, 'ठगी गर्न पाउ भनेर फेरि बाटो अवरुद्ध पार्न खोजियो भने सार्वजनिक अपराधको मुद्दासम्म लगाउन पछि पर्दैनौं।' आफुहरुको उद्देश्य ट्याक्सी सञ्चालकलाई विचलित गराउने नभई सहज वातावरणको सिर्जना गर्नु रहेका सिंह बताउछन्। यता उपभोक्ता हित संरक्षरण मञ्चका महासचिव नेत्र धितालले राज्यले यसरी ठग्नेहरुलाई अनुगमन गरेकामा खुसी ब्यक्त गरे। उनका अनुसार लगानी गरेको भन्दैमा कसैले पनि ठग्ने उन्मुक्ति पाउदैन। 'कसैले संगठन बनायो भन्दैमा जे पनि गर्ने छुट पाउदैन,' धिताल भन्छन्, 'ठगी गर्ने जुनसुकै रुपमा आए पनि उ कारबाहीको भागीदार हुन्छ।' ठग्न नपाएकोले ट्याक्सी बन्द गर्छु भन्नेलाई बन्द गर्न दिइनु पर्ने धितालले बताए। 'कसैले लुट्ने अधिकारको खोजी गर्न थाल्यो भने त्यसलाई राज्यले कारबाही गर्नुपर्छ,' मञ्चका महासचिव धिताल भन्छन्, 'यस्तो प्रवृत्ति बढ्दै गयो भने ट्याक्सी बहिष्कार गरौं भन्ने अभियान समेत थाल्न मञ्च पछि पर्ने छैन।' बुधबार दरवार्गमार्ग अवरुद्ध पार्नुअघि ट्याक्सी चालकले सोमबार कोटेश्वर र मंगलबार कलंकीमा समेत केही बेरका निम्ति सवारी रोकेका थिए। Source: NagarikNews.com Last edited: 01-Dec-10 10:36 PM

hit.the.hot · Dec 1, 2010 10:35 PM

wtf, jail ma thunde sabai lai

switu · Dec 1, 2010 11:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all