नेतृत्वप्रति उपाध्यक्षद्वयको चर्को आलोचना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लुङटार -गोरखा, मंसिर ६ - माओवादी केन्द्रीय समितिको विस्तारित बैठक -प्लेनम) मा दुई उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले नेतृत्वको चर्को आलोचना गरेका छन् ।बन्दसत्रको पहिलो दिन सोमबार आ-आफ्ना दस्तावेजमाथि प्रकाश पार्ने क्रममा उनीहरूले अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली र कार्यदिशाको तीव्र आलोचना गरेका हुन् । अध्यक्ष दाहालले मंगलबार दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ । उपाध्यक्ष वैद्यले 'क्रान्तिप्रति नेतृत्वमा विचलन देखापरेको र पार्टीले निर्धारण गरेका कार्यदिशा कार्यान्वयनमा नेतृत्व चुकेको' बताए । 'हामीले अघि बढाएर नेतृत्वसम्म पुर्‍यायांै तर नेतृत्वले शरीरको बोसो बढाउने काममात्र गर्‍यो । त्यसैले अब बोसो घटाऔं, क्रान्ति अघि बढाऔं,' उनले दाहालले प्रस्तुत गरेको दस्तावेजको धार स्पष्ट नभएको समेत बताए । for other information here www.[Disallowed String for - excessive promotion].com

fxcmnabin · Nov 23, 2010 1:41 AM · 8,724 views

1 Reply

गुलेहरु जङल जाने फेरी ? कस्ला ई घुर्क्याएको ?अब सारा जनताले लाठो लिएर खेद्नु पर्छ, गाउमा भाको माओ बादी दस बर्षमा एका एक शहरमा घर घडेरी जोडे ,गाउमा भने फुस्रा नारा दिन छोडेका छैनन  ? गरीब देसमा एस्तै हो, हरेक सताब्दिमा को ही न को ही निक्ली हाल्छ ठग । जनता जहिलै पनि शोषित , बौद्दिक शोषन , आर्थिक शोषन, राजनीतिक शोषन र अहिले गुण्डा गर्दी .

बैरागिकाइलो · Nov 23, 2010 7:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all