http://nbsansar.blogspot.com/2010/11/blog-post_17.html

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विश्वदीप पाण्डे- २४, बाबुराम भट्टराईका निजी सहायक । विश्वदीपले माओवादी-सरकार वार्ता र असहमति पटक-पटक कम्प्युटरमा टाइप गरेका छन् । बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको कारबाहीसम्मका साक्षी हुन्, उनी । दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर बसेका विश्वदीपले यसरी ती दिन सम्झिए : ६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो । सरकार र माओवादीबीचको युद्ध सेलाएको थियो युद्धविरामले । राजनीति भने तातेको थियो सरकारसँगको वार्ताले । गोरखपुरमा भूमिगत हुनुभएका मेरा बुबा भक्ति पाण्डे अचानक बुटवल आउनुभयो । युद्धविराम भए पनि घरमा जानु खतरायुक्त नै थियो । त्यसैले बुटवल इँट्टाभट्टास्थित गणेश ढकालको घरमा बोलाउनुभयो । उहाँले मलाई लामो समयका लागि कतै जानुपर्ने बताउनुभयो । तर, ठाउँ भने बताउनुभएन । उहाँले भन्नुभयो- 'भाग्यमानी रै'छस् महत्त्वपूर्ण ठाउँमा जाँदै छस् । तँलाई दिएको काममा सफल हुनू !' म त्यतिवेला एसएलसी दिएर बसेको थिएँ । त्यो काम के होला भन्ने उत्सुकता मेरो मनमा आइरह्यो । बाबुसँग प्रश्न गर्ने हिम्मत पनि थिएन मसँग । प्रश्न मनमै बोकेर बुबासँगै गोरखपुर हुँदै लखनउ पुगँ म । more information here http://nbsansar.blogspot.com/2...

fxcmnabin · Nov 20, 2010 11:31 PM · 9,640 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all