Do you know this song?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Sathiharu tapai lai yo git thaha 6?aru ko bharma parnu hundaina..Narayan gopal was a patriotic person in himself ..he was invited many times to india for singing but he rejected it..He wanted no other countries influence on literarure and music of nepal as Gopal yonjan and it is his dream too.. http://www.youtube.com/watch?v...

chamatkar · Nov 18, 2010 5:19 PM · 18,009 views

9 Replies

I have another one too  http://www.youtube.com/watch?v...

chamatkar · Nov 18, 2010 5:20 PM

Last edited: 19-Nov-10 08:51 AM

harkey69 · Nov 18, 2010 5:40 PM

भाई चमत्कारको देशभक्तिले भरिएको चमत्कारी कुरा सुनेर मलाई धेरै नै खुशी लाग्यो, आशा छ तिम्रो यो देशभक्ति सधैं यसरी नै कायम रहन्छ।  तर तिमीलाई म अलिकति सावधान पनि गराउन चाहन्छु, कहिलेकाँही अन्ध देशभक्तिले फाईदा भन्दा हानी मात्र गर्छ। वास्तवमा नै नारायण गोपाल, गोपाल योन्जन, नातिकाजी, बच्चुकैलाश, अमर गुरुङ, भक्तराज आचार्य, अरुणा लामा, तारादेवी जस्ता संगीत साधकहरुले नेपाली गीत संगीतको भण्डारलाई सम्पन्न बनाउन अतुलनीय योगदान गरेका छन्। एउटा नेपाली हुनुको नाताले नेपाली गीत संगीतलाई माया गर्नु राम्रो हो तर त्यसो भन्दैमा हिन्दी गीत संगीत सुन्नै हुँदैन। हिन्दी सिनेमा हेर्नै हुँदैन, हिन्दी सिनेमा हेर्यो कि त्यो देशको माया नभएको, (तन्नेरीहरुको भाषामा धोती सपोर्टर)   भई हाल्छ भन्ने कुरामा मेरो कत्ती पनि सहमति छैन। पहिलो कुरा त संगीत र साहित्य सर्जकहरु सोचाइको सिमाना हाम्रो राष्ट्रियता र जातियताको भन्दा धेरै फराकिलो हुन्छ। अर्को कुरा यदी आफू सम्पन्न हुनु छ, आफ्नो भाषा साहित्य सम्पन्न बनाउनु छ भने अरुहरुले के गरिरहेका छन् र कसरी गरिरहेका छन् भनेर बुझ्नु पनि त्यतिकै जरुरी हुन्छ। वास्तवमा भारत जस्तो सांस्कृतिक, साहित्यिक र भाषिक रुपले समपन्न मुलुक विश्वमा कमै होला। केही भारतीयहरुले नेपाल र नेपालीहरुलाई हेप्ने प्रव्रिती देखाए भन्दैमा सिङो साहित्य र संगित जगतलाई बहिस्कार गर्नु भनेको छिमेकीसँग रिसाएर आफ्नै झ्याल ढोका बन्द गरेर अधेरोमा बस्नु जस्तै हो। हामीले भारतीयहरुबाट बुझ्नु र सिक्नु पर्ने कुरा धेरै छ। ल तिमीले हिन्दी गीत सुन्न बन्द गर्यौ रे तर केही फटाहा र हेपाहा प्रब्रिती भएका भारतीयहरुले नेपाल र नेपालीको कस्तो दुष्प्रचार गरिरहेका छन् त्यो बुझ्न पनि तिमीले उनिहरुले के भनिरहेका छन् त्यो सुन्न पर्ने हुन्छ। अनि मात्र तिमीलाई थाहा हुन्छ बुद्द आफ्नो देशमा जन्मेको देखाउन उनिहरुले के के गरिरहेका छन्? कति नेपाली चेलीले भारतीय बजारहरुमा नारकीय जीवन बिताइ रहेका छन्? कति नेपाली बालिकाहरुले मेघालयको कोइला खानिमा ज्यान गुमाइ रहेका छन्? एउटा देशभक्त नेपाली को कर्त्यब्य भनेको भारतीयहरु बिरुद्द झ्याल ढोका थुनेर बस्नु होइन बरु यस्ता समस्याहरु बिरुद्द असरदायी भूमिका निर्वाह गर्नु नकी मुढे देशभक्ति देखाएर रितिक रोशन काण्ड मच्चाउनु। हाम्रो नेताहरु जियु जियु गरेर भारतीय नेताहरुको शरणमा पर्न जान्छन् त भारतीय गीतकार र संगितकारको के दोश? हाम्रा नेपाली बाउआमा नै आफ्ना छोरीहरु बेचिदिन्छन् त ती भारतीय संगीतकार र गीतकारको के दोश? सिमामा नेपाली सिमा अधिकारी र सुरक्षा अधिकारिले नेपाली भूमी र जनतालाई सुरक्षा दिन सक्दैनन् त भारतीय गीतकार र संगीतकारलाई के दोश? साझाका कतिपय मित्रहरु यस्ता पनि देखेको छु जसलाई मनपरी अङ्रेजी शब्द बोल्दा गर्व लाग्छ तर भारतीय गीत संगीतको कुरा गर्‍यो भने धोतीको कुरा नगर भन्दै देशभक्ति जाग्छ। त्यस्ता मित्रहरुलाई म भन्न चाहन्छु यदी देशको यति नै माया लाग्छ भने केही गरुँ न त देशको लागि। ल अरु केही नभए पनि आफ्नो बियर खाने पैसा कटाएर नेपालमा खान नपाएका अनाथ केटाकेटी र बुढाबुढिलाई सहयोग गरुँ न त। होइन भने बेफ्वाँकमा के को फोस्रो देशभक्ति देखाउनु! लौ चमत्कार भाई मेरो भन्नु यति हो, मैले भनेको कुरा तिमीलाई चित्त नबुझ्न नि सक्छ, तर मलाई आशा छ एक दिन तिमीले यो सबै कुरा बुझ्नेछौ! ल यो एउटा हिन्दी गीत पनि सुन, मलाई एक दम मनपर्छ।                     

Geology Tiger · Nov 18, 2010 6:18 PM

i agree with geology tiger.

planB · Nov 18, 2010 6:25 PM

हुन त हो,  तर मलाई एस्तो लाग्दछ कि .. ल अहिले नेपाल मा हेर्नुश,नेपाल भारत कै छाया हो भन्दा नि हुन६,नेपालीहरु सबै भारती सन्स्क्रिती ,गित ,संगित लाई माया गर्छन् त्यो त स्वाभाबिक नै हो प्रभाब बढी भएपसी , हरेक देश को आफ्नै पहिचान हुन्छ ,आफ्नै एतिहास हुन्छ ,कला हुन्छ र भारत ठुलो देश छ ,हरेक नेपाली ले अली अली हिन्दी त जानेकै हुन्छ ।देश को प्रभाब देशमा  पर्दनै छ तर अब बाटा बाटामा नेपाली हरु ले टाउको फुटने जरी हिन्दी गीत बजाउचन ,अब हरेक पसल पसल मा हिन्दी चलचित्रका सि.डि ,फिल्म हल म हेर्नुस बुडा ,बुडी ,युवा ,युवती ,देखी बच्चा सम्म हिन्दी फिल्म हेर्नको भिड.. नेपाली फिल्म पनी के हेर्ने छि छि ,त्यस्तो नेपाली गीत पनि कन्हि सुनिन्छ ?हिन्दी फिल्म आएपची नेपाल म हल्ला चलिहाल्छ अनी कुर गर्न थालछन ए सारुख खान ,सल्मान खान क्या राम्रो है ।स्कूल स्कूल ,कलेज ,सबै ले हिन्दी गीत गाउँछन क्लास मा। त्यस्तो त नेपाल म हिन्दी क्यसेट र सि.डि नै बढी बिक्छ नेपाली भन्दा ।म त नेपाल म ओराली लाग्न मा पहिलो कारण हिन्दी प्रभाब नै हो । एदी नेपाल म नेपाली मात्र सुनिन्थ्यो ,बोलिन्थ्यो भनी सबै नेपाली आफ्नै गीत मा  रमाउथे ,आफ्नै संगीत मा झुल्थे ।नेपाल मै जन्मेको नाताले मलाई पनि नेपाल विशवकै  राम्रो देश भनेर भन्न डराउन्न।हरेक देश को मान्छेमा आफ्नो देश को माया अली अली भये नि हुने नै भयो ।जसतै अमेरिका मा जन्मेको नेपाली  भन्छ "मन पर्दैन "-साझ मै पनि छ त्यो थ्रेड।।हामी नेपाल मै जन्मेको भएरपनी भारत मै जन्मेका हौ !!सनै देखी हिन्दी बोल्न सिकियो ,हिन्दी गीत सुन्न ,चलचित्र हेर्न ।।कसै कसैले त अहिले सम्म न नेपाली फिल्म हेर्याछन ,न गीत सुन्याछन !गुरु,गुरुआमा लाई पनि नेपाल को बारेमा केही थाहा छैन ! हो अरु देश को सम्मान गर्नुपर्छ !तर अहिले नेपाल म नेपाल १०% र भारत को सबै चिज ९० % जस्तो लग्६ ।।नेपाली संगीत,चल्चित्र ,गितको गूड्अस्तर घटनुमा भारती प्रभाब को पहिलो हात छ ।।अब नेपाल को बस म हिन्दी चलचित्र लगाउन्छ ।।होटेल होटेल म ।।घर घर म च्यनाल हिन्दी 15o वटा नेपाली यू वटा तर सबै ले हेर्ने हिन्दी मात्र ।।क हो त यो ?सानीबर शनिबार नेपालीच्यानल ले हिन्दी फिल्म हाल्ने ?अरे कम्सेकम नेपाली फिल्म त हाल नेपाली च्यनल मा ? यो त बेइजती नै हो । सबै कार्यक्रम हरु म समेटा हिन्दी गीत बजाइन्छ ,,अस्ती दशै को कार्यक्रममा पनि बजैएको थियो अमेरिका मा । नेपाली र हिन्दी उसता उस्तै छन तर नेपाली जनता ,नेता ले नोसोच्नु र सरकार ले चासो नदिएपछि नेपाल बिस्तारै भारत तिर टानिदै छ !ब्यापक नै छ नि,डायलग पनि हिन्दी मै हानछन।के नेपाल त्यती नै घिन लाग्दो छ ??सङीत त्यस्तो छि छि भन्ने छ ?चल्चित्र छि छि भन्ने छ ?? एसरी त नेपाली हरु ले भरत लाई नै बिकास गरिरहेका छन ।।हुन त जनता म पनि के दोश सरकार ले केइ कदम नचलएपछि ? सरकार म बिचार  पनि आओस कसरी ?खाली कुकुर जस्तो भुक्याछ भुक्याछ । मेरो मामा हरु पनि अरु जसतै हिन्दी फिल्म हेर्ने जैलेनी अनी भन्ने बेला चहिन छि यो धोती हरु साला काम नलाग्ने ।।हो,गित ,सङीत त फिल्म हेर्चन तर त्यस्मा मान्छे लाई धोती भनेर दाज्न बेकार होला तर त्यो एक दमै महतपूर्ण देखिन्छ अहिले को यो संसार मा । म पनि सानो मा मामा हरु सँगइ हेर्थे फिल्म ,गित हरु धेरै सुन्थे (तर मलाई लोक गीत मन्पर्थ्यो ) हिन्दी नै सबै ले सुन्ने भएपची क् गर्नु त !बच्चा नै थिए !घरी घरी राती चहिन एउटा मामा रेडियो सुन्न्नुन्थ्यो ,नरयन गोपाल अनी अरु नेपाली गीत हरु आउन्थ्यो ,सुनिन्थ्यो मलाई मन पर्थ्यो तर खसै त्यस्तो केइ थिएन .. अनी यता आएपछि ईन्टरनेट चलाऊन सिके ।।अनी बल्ल बुजे कि नेपाल भनेको के रहेछ !!सबै एतिहस हरु पढे गूगल बाट अनी मात्र मैले बुजे !आह!! अब तपाईं ले यो फोस्रो भन्नु भयो ,तर त्यो अर्कै समुह मा पर्छ ?हो ,जुन भारती प्रभाब ले पनि नेपाली बिग्रेका हुन !!पहिलो कुरा ।।एदी मानवता नै सिकाउने हो भने देखी आफ्ना सबै जनता लाई झलमल सन्क्स्रिती पढाउने !!भिबुती हरु प्रस्त रुप्मा चिनाउनी ?कला,चमत्कार ,के कसता थिए त भनेर सिकाउने!! अनी आफ्नो माटो त रगत बुजेपछि मात्र मान्छे मान्छे बन्छ ।। आफ्नो देश को लागि सेवा गर्न आफ्नू देश को ज्ञान जरुरै नै छ !! हुन त यो सम्भब छदै  छैन!अब समाजसेवा गर्ने मानिस लाई त अवस्ता देखी नै वाक्क लाग्छ नि!!मैले भन्न खोजेको यो हैन ki अ रु देश लाई सममान नगरनु तर आफ्नो देश को बिकास लागि त्यस्को बाक्लो र कालो छाया हटाउन जरुरत छ ।।नत्र केही बर्षमा एस्तो हुन्छ कि . सबै नेपाली ,नेपाली प्रकिती ,रिती ,रिवाज सिधिन्छ र हामी ले सडकमा नाङै भएर भन्नुपर्छ जय भारत !!     

chamatkar · Nov 18, 2010 7:45 PM

Yo git ...http://www.youtube.com/watch?v...

chamatkar · Nov 18, 2010 8:02 PM

http://www.youtube.com/watch?v... git ...

chamatkar · Nov 18, 2010 8:04 PM

Well said Geology Tiger 100% true.

o ho · Nov 19, 2010 1:24 AM

Maane GT guru

sna · Nov 19, 2010 7:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all