I knew one focking day this gonna happen

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ललितपुर, मंसिर १ - फेसबुकको रिक्वेस्ट लिस्टमा झुल्किएको वा सामान्य चिनजानकै भरमा कसैलाई साथी बनाउनुभएको छ भने सचेत हुनुस् । त्यस्तो साथीले फेसबुकको फोटो र सूचना दुरुपयोग गरी तपाईंलाई फसाउन पनि सक्छ । प्रेमविवाहपछि सुमधुर दाम्पत्य सुरु गरेका ललितपुरका एक जोडी यस्तै घटनाबाट पीडित छन् । आफैंलाई पढाएको शिक्षकले फेसबुक दुरुपयोग गरी चरित्रहत्याको प्रयास गरेपछि ती युवती मानसिक तनावमा छिन् भने उनलाई विवाह गर्ने युवक त्यत्तिकै अलमल्ल छन् । फेसबुक मित्रताको दुरुपयोग गर्ने भोजराज सुब्बा भने हाल प्रहरी हिरासतमा छन् । उनी ललितपुरस्थित एक कलेजका कम्प्युटर अध्यापक हुन् । आफैंलाई पढाएका अध्यापक फेसबुकमा मित्रताको प्रस्ताव गर्ने सूचीमा झुल्किएपछि युवतीले उनलाई फेसबुकमा सजिलै स्वीकारिन् । मित्रता गाँसेपछि उनले फेसबुकमा राखेको तस्बिरमा अध्यापक सुब्बाको पहुँच पुग्यो । ती तस्बिर डाउनलोड गरी सुब्बाले अश्लील तस्बिरमा उनको टाउको जोडिदिने र विभिन्न व्यक्तिलाई इमेलमार्फत पठाइदिने गर्न थाले । ती तस्बिरहरू साथीभाइ र आफन्त सबैकोमा पुगेपछि यो दम्पतीबीच पारिवारिक मनमुटाव बढेको घटनाको अनुसन्धानमा संलग्न ललितपुर प्रहरीका एक अधिकृतले बताए । प्रहरीका अनुसार सुब्बाले ती युवतीको अश्लील फोटो नक्कली इमेलमार्फत विभिन्न व्यक्ति र उनकै श्रीमानको इमेलमा समेत पठाएका थिए । सुब्बाले ती युवतीकै नामबाट इमेलसमेत खोली विभिन्न व्यक्तिलाई आफू यौन व्यवसायी रहेको भन्दै सम्पर्कका लागि आह्वान गरेर अश्लील तस्बिर पठाउने गरेको प्रहरी उपरीक्षक विक्रमसिं थापाले बताए । 'सुब्बाले ती युवतीको घरको ठेगाना र फोन नम्बरसमेत सार्वजनिक गरी दुःख दिने गरेको पाइएको छ,' थापाले भने, 'दुई वर्षअघि अध्यापनका क्रममा सुब्बाले युवतीबारे सबै जानकारी संकलन गरेको देखिन्छ ।' ती युवतीप्रति आकषिर्त सुब्बा आफ्नो उद्देश्यमा सफल हुन नसकेपछि प्रतिशोध स्वरूप यो घटना गराएको प्रहरीको अनुमान छ । युवतीका पतिले यो घटनाका कारण आफ्नो परिवार चर्को मानसिक तनाव बेहोर्न बाध्य भएको बताए । 'अपरिचित ठाउँबाट गलत उद्देश्यले श्रीमतीको मोबाइलमा दिनहुँ फोन आउन थाले,' उनले भने, 'मान्छेले घर र कोठा सोध्दै आउन थालेपछि अति भएर प्रहरीमा खबर गरेको हुँ ।' उजुरीपछि पीडित युवतीको इमेल र फेसबुक एकाउन्टमार्फत शंकास्पद व्यक्तिबारे निगरानी बढाइएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाको विशेष टोलीको सहयोगमा पीडक सुब्बालाई पक्राउ गर्न सकिएको उपरीक्षक थापाले जनाए । यो घटनामा सुब्बासँगै संलग्न भएको आशंकामा फेसबुकमा नक्कली एकाउन्ट बनाएका अन्य केहीमाथि पनि निगरानी बढाइएको उनले बताए । प्रहरी थुनामा रहेका सुब्बाले सञ्चारकर्मीसामु आफूले इमेल र फेसबुक दुरुपयोग गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार सुमधुर सम्बन्धमा रहेको यो दम्पतीमा यो फेसबुक घटनाले नराम्रो फाटो ल्याएको छ । गलत आचरणकी युवतीलाई बिहे गरेको भन्दै उनका पतिलाई अभिभावकले सम्बन्ध विच्छेद गर्न दबाब दिएका छन् । तनावका कारण युवतीले हाल आफूले गरिरहेको काम छाडेर घरमै बसिरहेकी छन् । महानगरीय प्रहरी, अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दका अनुसार पछिल्लो समयमा लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्रहत्या गर्ने र अश्लील सामग्री राख्ने क्रम बढेको छ । 'अरूको नाममा एकाउन्ट खोली फोटोसमेत उसैको राखी झुक्याउने चलन बढेको छ,' उनले भने, 'यसतर्फ प्रयोगकर्ता अत्यन्तै सजग हुनु जरुरी छ ।' अधिकांश लोकप्रिय व्यक्तिका एकाउन्ट नक्कली भेटिएका छन् । साइबर अपराध बढ्न थालेपछि प्रहरीले यससम्बन्धी अनुसन्धानका लागि छुट्टै सेल खडा गरेको छ । एक वर्ष अवधिमा ८/१० उजुरी परेकामा अधिकांशमा प्रहरी सफल भएको चन्दले बताए । प्रहरीका अनुसार ललितपुर प्रहरी परिसरमा थुनामा रहेका सुब्बामाथिको अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । प्रकाशित मिति: २०६७ मंसिर १ १२:०२ Source : Ekantipur.com [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

8848m · Nov 16, 2010 1:15 PM · 6,084 views

2 Replies

Short translation or tl;dr please. I could barely make out the word Facebook and im interested in what this piece is about! TY in advance.

dekchidriver · Nov 16, 2010 1:22 PM

What a sick mOdafocka?

furke · Nov 17, 2010 3:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all