http://www.ekantipur.com/np/20... सिरहा, कार्तिक २९ - उपचारको अभावमा संभवतः नेपालकै सबैभन्दा अगली ढोढना - २ सिरहाकी १८ वर्षीया उर्मिला चौधरी मृत्युको मुखमा छटपटाई रहेकी छन् । ७ फिट ६ इञ्च उचाई भएकी उर्मिला नेपालकै सबैभन्दा अगली युवती हुन् । स्थानीय सगरमाथा विद्यालयबाट गत चैत्रमा प्रवेशिका परीक्षा दिई घर आएपछि उनले आत्माहत्या गर्न विष सेवन गरेकी थिईन् । धेरै अग्ली भएकोले अब उनी सित कसले विहे गर्ला र शरीरिक हिसावले धेरै खाने भएकोले पनि गाउँका मानिसहरुले हेला गर्ने गरेको र कतैबाट सहानुभूति महसुस नगरेपछि उनले आत्महत्याको प्रयास गरेको उनका छिमेकीहरुले बताए । विष सेवनपछि उपचारको क्रममा बी.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले उनको शरीरमा चिनी -सुगर) रोग लागेको पत्ता लगाएका छन् । चिकित्सकले उनलाई नियमित औषधि सेवन गर्न र खानपिनमा ध्यान दिन सुझाब दिएका छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण औषधि परिवारले किनेर खुवाउन नसक्दा चौधरीलाई बिरामीले च्याप्दै लगेको हो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेकी उनी ओछ्यानमै दिसा पिसाव गर्न थालेकी छन् । घरको चौपाया बेचेर र गाउँमा ऋण काढेर उपचारमा १ लाख ५० हजार छोरीको उपचारमा खर्च गरेको उनकी आमा चन्नर देवी चौधरीले बताईन् । उनी बिरमी परेको थाहा पाएर हेर्न आएका नेपालकै अग्ला राजन अधिकारीले उपचार गर्न सहयोग गर्ने आश्वासन दिएपनि अहिलेसम्म फर्केर नआएको चौधरीले बताईन । सवै जना बिरामी हेर्न आउँछन् तर अहिलेसम्म उपचारको लागी सरकारी तथा गैरसरकारी संस्थाले एक पैसा पनि सहयोग नगरेको उनको कथन छ । बिरामिले थलिएपनि ५ किलो पिठोको रोटी र १५ लिटर पानी पिउने गरेकोले खानेकुरा समेत जुटाउन हम्मे हम्मे परिरहेको उनको दुःखेसो पोखिन् । उर्मिलको बुवाको सानैमा निधन भएपछि एक छोरा र उनलाई जसोतसो पालन पोषन गर्दै आएको चन्नर देवीले बताइन् । छोरा काठमाण्डौंमा गार्मेन्टमा काम गरेर ल्याएको पैसा समेत उनको खर्चमै सिद्धिने गरेकोले आफूलाई खानसमेत अप्ठयारो हुने गरेको चन्नरदेवीले दुखेसो पोखिन् । Last edited: 15-Nov-10 08:28 AM
Nepalko chhoro · Nov 15, 2010 8:27 AM · 11,798 views
Government can't do anything.. Testa khate desh drohi haruko help chahiyeko ni chaina.. Instead, If we ( I don't know who has an idea about this) inform some concerning authorities in USA, UK or any developed countries and tell them the situation and request for Permanent Residence for her, it will be great. We can give them enough reason for the request like " her height has made her a target at home, have tried to suicide due to frustation".. If Khate-nepalese can file assylum for the sake of GC why not her?? She is the one who needs it..
bhustighre · Nov 15, 2010 2:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion