Birkhe_Maila shirish Nepe भउते rahulvai Gautam B. Birkhe_Maila deep

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I m missing all of you and your writing. Where are you these days. I m sure you guys haven't stopped writing.please post your writing too.We(i m sure there are other people to) would love to see your writings again.. Hope you will come back.Please come back with your great literature. Birkhe_Maila shirish Nepe भउते rahulvai Gautam B. Birkhe_Maila deep I forgot other names. But would like to see them back.

राछस · Nov 13, 2010 2:34 PM · 25,281 views

17 Replies

साझा धमिलिएको छ सधैं, नौलो कुरा भन्दा हिलो छेपा छेप बडी हुँदै गएकाले टाडिदै जानु भएको हो कि सामयानुकुल् न्मिलेको हो !

NayaSadak · Nov 14, 2010 7:19 AM

हिलो छेपा छेप त जहाँ पनि हुन्छ नि होइन र ..तर तेसो भन्दै मा हामी जस्तो बिचरा हरु लै माया मार्नु त अन्याय होइन र. कमल त जस्तो हिलो मा पनि फुल्छ नि...

राछस · Nov 14, 2010 7:27 AM

राछस जी म पनि उहाहरुको पोस्टिङ् मिस गरिरहेको छु। तर {nayasadak} ले भन्नु भएको जस्ताइ केही कमेन्ट गर्नु भनेको हिलो मा ढुङ्गा हान्नु बराबर हो, छिटा आफ्नै मुख मा पर्छ। 

maalpaani · Nov 14, 2010 7:17 PM

मित्र राक्षस, नयाँ सडक एवं मालपानीजी, सर्बप्रथम त साझाका हस्तिहरुको माझ मलाई पनि जोड्नु भएकोमा आभारी छु । शिरिष दाई , नेपे दाई, भउतेजी, दीप जी,  बिर्खेमाइला का स्तरिय लेखाइ को प्रतिक्षामा तपाईंहरु जस्तै म पनि छु । उहाँहरुको लेखाइ को प्रसंशा गर्न म सँग शब्दहरु छैनन्। ब्यक्तिगत रुपमा उहाँहरु परिचित छु र उहाँहरुको ब्यस्तताको जानकार पनि छु । कोइ हस्तिहरु स्वदेश फर्केर स्वदेशी जिन्दगी सँग घुलमिल हुन प्रयासरत् हुनु हुन्छ। कोइ आफ्नै ब्लगमा ब्यस्त ।  तै पनि यो राहुल भाई को आग्रह छ, केही समय साझा लाई पनि दिनु होस् । जहाँ सम्म मेरो ब्यक्तिगत कुरो छ, केही समय देखी ब्यस्त भएकोले केही नयाँ लेख्न सकेको छैन , क्षमा चाहन्छु। अर्को महिना सम्मन मा मेरो ब्यस्तता सकिन्छ । त्यसो त नेपाल भ्रमण् पश्चात मैले दुई श्रिंखला राखी सकेको छु - नयाँ नेपाल को यात्रा र इलाहाबाद एक्स्प्रेस । अन्तमा हिलो छ्यापिने डर ले सडक हिंड्न् छोड्नु त भएन नि हामी जस्ता सडक छापले, मखुला ? स्वर्गिय हरिभक्त कटुवाल को कबिता को यो अंश सान्दर्भिक होला नै । फुल्नु त यहाँ बेशै हो फुल्नै पर्छ काँडामा गुलाफ भै फुल्नु पर्छ भीरमा गुराँस भै फुल्नु पर्छ , कसैले हावा भरिदिएको बेलून झै न फुलेर हिलोमा पनि कमल भै फुल्नु पर्छ । अस्तु!!

rahulvai · Nov 15, 2010 8:22 AM

Amazing likes it

Amazing · Nov 15, 2010 9:13 AM

बाटै हिंड्न छोडेको हैन समय सापेक्ष अनुसार बाटो तर्किएको भन्दा कसो होला?  राक्षसजी वहाँ हरु साझा चौतारीमा रमाई रहनु भएको छ जस्तो छ !

Syanjali · Nov 15, 2010 9:27 AM

स्याङ्जाली जी, साझा चौतारीमा पनि शायदै उहाँहरुको उपस्थिती देखिन्छ। चौतारीबाट राहुल भाई अलग्गिन सक्दैन । कथा, संस्मरणहरु मन मस्तिष्कमा भए पनि समय धेरै नै खर्चिनु पर्ने भएकोले केही समयको लागि स्थगित गरेको मात्र, समय मिल्ने बित्तिकै लेख्ने छु । धन्यवाद ।

rahulvai · Nov 15, 2010 9:58 AM

सर्बप्रथम त धन्यवाद राहुलभाई(ठुल्दाइ)।  पाठकका कुरा सुनेर प्रतिक्रिया दिदै आफ्ना उच्च स्तरिय लेख पस्किदै जाने पर्तिबद्धताका लागि सादुबाद । राछसको माथिको हस्तीहरुको नामावलिमा अर्को एउटा नाम जोड्न चाहन्छु Sum_off ।   हो यी हस्तीहरुको लेख पढ्न नपाएको धेरै भयो । साझा लाई माया नमार्न अनुरोध छ । ठुल्दाइ मिल्छ भने उहाँहरुको ब्लग बताइदिनुस् हामी त्यहाँ गएर भए पनि लेख पढ्ने छौ !       

bhakte dai · Nov 15, 2010 10:16 AM

एउटा सत्य के हो भने बाटो बदलिन धेरै समय लाग्छ तर त्यसमा हिंड्ने यात्रीहरु हरहमेशा  बदलिरहन्छन्, यस अर्थमा भन्ने हो भने साझाले पनि आफ्नो रुप केही मात्रामा फेर्यो होला तर साझाको बाटो गर्दै हिंड्ने यात्रीहरु हरहमेशा बदलिरहेका छन्। तर साझाको यो बाटोमा लामो समय अटल भएर हरेक यात्रिहरुलाई आफ्ना तितामिठा अनुभवहरु सुनाएर रमाइलो प्रदानगर्नु हुने राहुलभाइको गुणगान जती गाए पनि कम नै हुन्छ। साझाको यात्राको लामो अनुभब नहुँदा धेरै पुराना यात्रिहरुको बारेमा राम्रोसँग थाहा भएन। तर बिर्खे माइलालाई भने अवश्य सम्झन्छु। र यि नामहरुमा छुटाउनै नहुने अर्को नाम भनेको Amazing को पनि हो। यो धागोमा झिल्के स्वयम् उपस्थित भएर लेखेको देख्दा सार्है खुशी लागेको छ। आगामी दिनहरुमा साझाको यात्रा दोहरियोस् झिल्के!          

Geology Tiger · Nov 15, 2010 10:45 AM

टारेमाम!!!! साझा नीद्स यू अल्ल। atomic

atomic · Nov 15, 2010 11:25 AM

यो शहर मा धेरै रहर थिएहर पल मरी रहने जहर भेटे मैले  सपना देख्ने हरु को कमी छैन यहाँ  सपना बेच्ने हरु को लामो लहर देखें मैले. -----Rahul_vai  ओंत खोज्दै हिड्दा भेटे को तिम्रो घर  मंदिर जस्तो लाग्यो तिमीले खेल्दै कोरेका  ती रेखा तक़दीर जस्तो लाग्यो --shirsh dai jasto lagcha galti bhaye maaf. my Journey of sajha started with these lines and bring me so far. Would be very hard to go anymore further without something like these. Tried to dig older threads, but bad luck, somehow it got enrcypted(san dai how it happens, if u have time please consider looking that thread a sher a day part II)..And yes please rahul dai if you have any blog or any website where i can read your and others great piece All of us would be very very greate ful to you......btw nice to see you back here in sajha again....

राछस · Nov 15, 2010 11:50 AM

राक्षस जी , मेरो कुनै ब्लग स्लग छैन। मेरो   लागि साझा र साझा चौतारी नै काफी छ।  तपाईंले माथि लेख्नु भाको हस्तीहरु मध्ये कसै कसैको निजी ब्लग छ । ती ब्लगहरुको बारे यहाँ लेख्न हुने कि नहुने थाहा भएन । 

rahulvai · Nov 15, 2010 12:52 PM

i was amazed AMAZING. Never thought that you would be here.Welcome Back.... Here is the point bato tehi cha, ra batuwa haru pani tehi nai hunu huncha,kebal chup char basi rakhnu bhako cha..I bet now that just like us, almost all of those people browse sajha, read some threads but don't reply...Why just because there are some stupid people out here....Just ignore them...kukur le bhukyo bhandaima haati le batai badalina ta mildaina...... nice to c u guys back...

राछस · Nov 15, 2010 1:30 PM

Rakshyas saathi, please click on the link that says "Fix Unicode" just above the post to convert to regular unicode. Due to the size of the database, it is not possible to do an automatic fix, so please help out by clicking on fix unicode on encrypted pages. This was due to an upgrade of database. You need to be logged on to use the fix unicode link. Thank you.

San · Nov 15, 2010 1:37 PM

san dai dherai dherai dhanyabad...It worked now i m going to fix it...Thank you very much...

राछस · Nov 15, 2010 2:03 PM

राक्षस जी, म पनि अस्तिन देखि सप्पैको लेख खोजि खोजि पढ्दै छु..... नयाँ लेख्ने छोड्नु भो सप्पैले .... ठुल्दाई र फुच्चे बाहेक अरु त सप्पैले साझा बिर्सिए ...... दुखि थाने

ThahaChaena · Feb 21, 2014 10:58 AM

Thèse names reminds me of "satya yuga"..

Alias_ · Feb 21, 2014 12:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all