खसीबोकामा भ्रष्टाचार , True face of Nepali Burocrats

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कृष्ण ढुङ्गाना, काठमाडौं, कात्तिक १५- दशैँका बेला खाद्य संस्थानले भित्र्याएका खसी-बोकामा खाद्य संस्थानका कर्मचारीले भ्राष्टाचार गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। २ सय ५० खशीबोका मरेपछि गाडिएको भनेको ठाउँमा केन्द्रले सोमबार उत्खनन् गरेपछि यस्तो निष्कर्ष निकालेको हो। उत्खननमा १ सय २० गाडेको भनिएको खाल्डोमा ३० मात्र खशीबोका भेटिए। सढिसकेका खसीबोकाको दुर्गन्ध फैलिएपछि एउटा खाल्डो बाहेक अरुमा उत्खनन् हुन सकेन। 'एक एक गनिरहनु  पर्दैन प्राप्त तथ्यलाई स्याम्प्लिङ मान्दा उहाँहरुको नियत प्रस्ट हुन्छ', राष्ट्रिय सतर्कता केन्द्रका डीएस्पी इन्द्रबहादुर डाँगीले नागरिकन्युजसँग भने। दशैँका बेला खसी भित्र्याउँदा मरेको रिपोर्ट कागजमा तयार पारी अनियमितता गरेको खबर मिडियामा आएपछि केन्द्रले अनुसन्धान थालेको थियो। 'पुलिस,डाक्टरको र संस्थान कर्मचारीको हस्ताक्षर सहितको मुचुल्कामा २ सय ५० नै मरेको भनिएको छ', डीएस्पी डाँगीले भने- 'डकुमेन्टेसन ठिक भए पनि त्यसमा सन्तुष्ट हुन नसकेपछि उत्खनन् गरिएको हो।' थापाथलीस्थित संस्थानको गोदाम रहेको पूर्वी कुनोमा गाडिएका खसीबोकाको उत्खनन दिउसो २ बजेदेखि थालिएको थियो। उत्खनन्‌का लागि केन्द्रले ४ घण्टाका लागि डोजर भाडामा ल्याएको थियो। डोजरलाई बाफलबाट घर निर्माण कार्यका लागि भनेर बोलाइएको चालक अमरध्वज लामाले बताए। खाद्यकै हाकिमहरुले मन्त्री, सचिवलाई उपहार पठाएर कागजमा मारेको आरोप त्यहीँकै तल्लो तहका कर्मचारीले लगाएका थिए। दशैँमा खाद्य संस्थानले ३ हजार ८ सय ५५ खसी-बोका भित्र्याउँदा २ सय ५० मरेको उल्लेख गरेको थियो। निजी क्षेत्रले दशैँमै भित्र्याएका ३० हजार खसी-बोकामध्ये करिब १५ वटा मात्र मरेको पाइएपछि संस्थान अधिकारीको विवरण विवादको घेरामा परेको थियो। खाद्य अधिकारीले तौल बढाउन किसानले अत्यधिक दाना खुवाउँदा अपच भएर खसी-बोका मरेको भन्ने भनाइ सर्वसाधारणबीच ठट्टाको विषय बनेको थियो। दाबी गरेजति खसीबोका खाल्डोमा नभेटिए पनि खाद्य संस्थान बागमती अञ्चल कार्यालयका प्रमुख अमर खड्काले केन्द्रको अनुसन्धानप्रति प्रश्न उठाए। 'एक एक गनेर देखाउनु पर्‍यो', खड्काले नागरिकन्युजसँग भने- 'मुखले भनेर मात्र हुँदैन गनेर देखाउनु पर्छ।' http://nagariknews.com/society...

Srijana 12 · Nov 1, 2010 5:39 AM · 2,670 views

1 Reply

छाल्   गन्न राखदा पनि घुस खोरी गएन भन्ने सुनेको थिए ज्युदा खसी  तेस माथि पनि नेपालीको महान चाड दसै को बेला भेडा च्यङ्रा नभै दसैं नभित्रिने बेला । नेपालीले खान पाए भने अल्कात्रा पनि पीइ दिन्छन जाबो खसी बोकामा किन पछी परुन ?

Bhojpure01 · Nov 1, 2010 2:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all