Good News from Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गाउँ नै रमाइलो डम्बरकृष्ण श्रेष्ठ  रसिलाले तीन वर्षदेखि घरैमा सरगम टेलर्स सञ्चालन गरेर चार जनालाई रोजगार समेत दिइरहेकी छन्। कृषककी छोरी रसिला कामको सिलसिलामा राजधानी आउजाउ गरिरहे पनि शहरले आफूलाई तान्न नसकेको बताउँछिन्। मकवानपुरकै आग्रामा घर भए पनि पालुङको पालुङ बहुउद्देश्यीय सहकारीकी कर्मचारी र रेडियो पालुङकी कार्यक्रम प्रस्तोता हुन् सुनिता। चार वर्षदेखि गाउँमै सक्रिय सुनिता शहरमा पाइने सबै किसिमका उपभोग्य सामान र अत्याधुनिक सुविधाबाट सम्पन्न भइरहेकाले पनि गाउँ छाड्ने मन कहिल्यै नलागेको बताउँछिन्। अथाह सम्भावना करिब २५ वर्षअघि परिकल्पना गरिएका दोलालघाट-धनकुटा र पोखरा-सुर्खेत सडक त्यही रूपमा निर्माण नभए पनि पहाडी जिल्लाहरू जोड्ने गरी बनेका सडकहरूले मध्यपहाडी राजमार्गकै आकार लिएका छन्। तर, धेरै घुमाउरो र लामो यस सडक सञ्जालबाट राजमार्गको जस्तो आर्थिक योगदान हुननसकेकाले सरकारले हाल यस क्षेत्रमा वस्ती विकास र आर्थिक उपार्जन हुन दिएर भविष्यमा सुरुङ र पुलले छोट्याउँदै वास्तविक राजमार्गको रुप दिने योजना बनाएको छ। अर्थसचिव रामेश्वर खनाल यसबीचमा यही सडकबाट शहर, जलविद्युत्, खानी विकास र आर्थिक उपार्जन हुने बताउँछन्। भविष्यको तयारी खोटाङको खाल्ले- १ मा मदन राईले सञ्चालन गरेको आवासीय कृषि प्राविधिक विद्यालयका बालबालिका। यहाँ ८-१२ उमेर समूहका ८० बालबालिकाले नियमित शिक्षासँगै कृषिसम्बन्धी तालिम पाउँछन्। तराईका देहातहरूबाट दैनिक ट्रकका ट्रक केरा, तरकारी लगायतका कृषि उपज निस्किरहेका छन् भने शहरबाट सामान लिएर उच्चपहाडी क्षेत्र पुग्ने ट्रकहरू पनि रित्तै फर्कंदैनन्। यसले गाउँको आर्थिक सम्भावना देखाउँछ। सडक विकासले गाउँको जग्गाको मूल्य बढाइदिएको छ। महासंघका प्रवक्ता सिटौला भन्छन्, “टायरले छुनेवित्तिकै हिजो हेपिएको जग्गाको भाउ आकासिएको छ।” ट्रयाक खुलेका भित्री ग्रामीण सडक पिच हुनेवित्तिकै त्यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रमा समेटिन्छ। डडेल्धुरा र लमजुङका भित्री भेगमा अहिले देखिने आर्थिक कारोबार त्यसकै उदाहरण हुन्।    - रोजगारीका अवसर, लघु जलविद्युत् र सहकारी आन्दोलन गाउँमै छन्। दैलेखका घनश्याम भण्डारी भोलिको सम्भावना देखेर विकट गाउँमा रिसोर्ट खोल्ने तयारीमा छन्। झ्ापा महेशपुरका लालबहादुर विश्वकर्मालाई अब गरिखान शहर जानुपर्ला जस्तो लाग्दैन। तनहुँकी विष्णु मल्ल क्षणिक सुखका नाममा शहर ताक्ने अधिकांश घुमिफिरी गाउँमै फर्केको बताउँछिन्। -गाउँ सम्पन्न हुने र आफू पनि समृद्ध भइनेमा विश्वस्त छन्, पर्वतका ऋषिकेश तिवारी। छँदाखाँदाको शिक्षक पेशा छाडेका तिवारी आफू मात्रै कृषिमा रमेका छैनन्, बरु उनको सफलताले कामकै लागि विदेशिएकाहरूलाई समेत गाउँमै फर्काएको छ। http://himalkhabar.com/news.ph...

Srijana 12 · Oct 31, 2010 7:07 AM · 2,250 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all