Most Exciting Bus Ride in World, Common Nepali

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ज्यान जोखिममा राखेर यात्रा By Salokya, on October 28th, 2010 एउटा बसमा जति सिट क्षमता छ, त्योभन्दा बढी त भित्र कोचेकै छन्, छतमा त्योभन्दा बढी कोचिएका छन्। दशैँका बेला ज्यान जोखिममा राखेर गरिएको यस्तै एउटा यात्राबारे आफ्नो अनुभव सुनाउँदै छन् शुभचन्द्र राई। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); – शुभचन्द्र राई हिन्दूहरुको महान पर्व दशैँ र तिहारलाई अहिन्दू नेपालीहरुले धार्मिक र सांस्कृतिक रुपले नभएता पनि सामाजिक रुपले विशेष ढंगले धुमधामसँग मनाउने चलन छ। दशैँमा कर्मचारीहरुले अन्य चाडको तुलनामा धेरै दिन विदा पाउने तथा थप एक महिनाको बोनस पैसा समेत पाउँछन् नै विभिन्न स्थान र ठाउँहरुमा काम गर्न जाने व्यक्तिहरु समेत यसै अवसरमा घर फर्कन्छन्। त्यसैले दशैँ र तिहारको बेला यात्रुहरुको घुँइचो लाग्नु स्वभाविकै हो। सहरमा फाच्चेफुच्चे जागिर खाने म पनि यसपालिको दशैँमा आफ्नो मूल थातथलो ओखलढुङ्गाको ऊबु गाउँतर्फ हुईकिन तयार भएँ। अफिसको विदा असोज २८ गते फूलपातीको दिनदेखि मात्र भएता पनि घर अलि टाढा भएकाले अफिसमा बिन्तिभाउ गरी त्यसको एक दिन अगाडि २७ गते नै धरानबाट हिँड्ने योजना बन्यो। धरानबाट कटारी जाने बस बिहानको साढे ४ बजे नै हिँड्थ्यो। त्यसैले मसँगै पहाड जाने मेरा गायक भतिजद्वय रामकर र रोबनलाई चाडको बेला छ, सिट नपाउन सक्छ, अलि चाँडै गएर हामीलाई सिट घ्याप्पै राकी हाल है केटा हो भनेर २६ गते बेलुका नै दरो हुकुम दिएको थिएँ। भानुचोक बस स्ट्याण्डमा म बिहान सवा ४ बजे पुग्दा कटारी जाने बस हिँड्नै लागेको रहेछ। म पनि हत्त र पत्त भित्र छिरेँ। तर खुट्टा टेक्ने ठाउँ छैन रहेछ। यता हेर्छु, उता हेर्छु मेरा भतिजहरु देख्दिन त। गोजीबाट मोबाइल झिके र डायल गर्दा पो थाहा भयो, उनीहरु आइपुग्दा त सिटको दुमो बाँकी रहेनछ। त्यसैले ओर्लेर ७ बजे जाने गाडीमा पो सिट रोक्न पुगेछन्। भाले नबास्दै बस स्ट्याण्डमा पुगेका हाम्रो यात्रा बल्ल बिहान ७ बजे सुरु भयो धरानबाट। बसभित्र कटारीसम्मै जाने यात्रीहरुलाई गाडीवालाहरुले भेडाबाख्रा झैँ खाँदिरहेका थिए। यात्रीहरु पनि तँछाड मैछाड् गर्दै कोचिएरहेका थिए। आखिर सबैलाई चाँडो गन्तव्यमा पुग्नु नै थियो। गाडी जब हिंड्यो, अघिसम्मको ठीकैको मेरो पेट कटक्कै दुख्यो। लौ आपत्…। भोटेपुलमा गाडीमा हावा हाल्नु पर्ने भएछ हत्त न पत्त म गाडिबाट त ओर्लेँ। अब कहाँ ट्वाइलेट खोज्ने…? नजिकमा चिनेको एउटा ग्यारेज थियो कुदेर त्यहि गएँ र ग्यारेजको थोत्रो ट्वाइलेटमा छिरेँ। तर पानी नै रहेनछ। उता गाडी हिँड्न अघि नै हतार थियो। पर्नु आपत पर्‍यो। पानी बिना नै अलिकति छेरेर त्यतिकै पतलुन तानेर कुदेँ। बस मलाई कुर्दै रहेछ। म बसभित्र त छिरेँ तर सिकसिक लागेर बस्नै गाह्रो भो। पेट पनि दुखेको दुख्यै भयो। बेलुका खाएको पिरो चटपटेलाई त्यत्तिबेला खुब सरापेँ। एक मनले उत्रेर फेरि अर्कै बसमा पो जाउँ हौ भन्ने पनि लाग्यो। तरहरामा पुगेर बस रोकिंदा झण्डै उत्रेँ पनि। तर बस हिंडिहालेकोले बलैले मन थामे। इटहरी बस स्ट्याण्डमा पुगेर निकै बेर बस रोकियो र त्यहाँको सार्वजनिक शौचालयमा पसेपछि भने बल्ल सन्चो भयो। पेट दुख्न पनि निको भयो। त्यसपछि हाम्रो गाडी त गन्तव्यतिर त गुड्यो तर कछुवाको तालमा ध्यारेरे……। होइन यो तालले कसरी समयमै कटारी पुगिन्छ हौ गुरुजी, अलिकति त हाँकौ न हाउ गाँठे भनेर पनि भन्यौ। त्यही तालमा इनरुवा पुगेपछि एउटा ग्यारेजको अगाडि बस ध्याच्चै रोकियो र बन्द भयो। भएको के रहेछ भने बसको त ६ करङ्ग नै पो भाँचिएको रहेछ। हरे…लोदर। कटारी जाने पहिलो गाडीमा सिट नपाउनु, गाडी गुड्ने बित्तिकै पेट दुख्नु, गाडीको पत्ति नै भाँचिनु, आज कटारीमै बास हुने रहेछ भन्ने लाग्यो। गाडीको पत्ति फेर्न झण्डै ३ घण्टाभन्दा बढी लाग्यो। यात्रीहरुले ड्राइभर, खलासी र कन्डक्टरलाई कराएर हैरान पारे। ड्राइभरले २ बजेभन्दा अगाडि नै कटारी पुर्‍याउने किरिया नै खाए। साँच्चै गाडी बनेपछि भने इनरुवाबाट एकाध ठाउँमा केही बेर रोकिन बाहेक कहीँ नरोकिई बेपत्ता गुडेर २ बजे अगाडि नै बसले हामीलाई कटारी पुर्‍यायो। खास यात्रा त कटारी ओखलढुङ्गासम्मको पो हुन्छ। हामी २ बजे टिकट काउण्टरमा पुग्दा काउण्टरमा टिकट काट्नको लागि यात्रुहरुबीच ठेलमठेल, पेलामपेल थियो। बाँसका भाटाका बारभित्र बसेका टिकट बेच्न बसेका बस स्टाफहरु सिडिओ भन्दा ठूला रवाफमा थिए। मानौँ उनीहरु नागरिकताको प्रमाणपत्र नै दिन बसेका हुन्। उर्दी थियो “छोरा मान्छेलाई सिट हुँदैन है..”। १० जनाको टिकटमा ५ जनालाई मात्र सिट, ८ जनाको टिकटमा ४ जनालाई मात्र सिट, ६ जनाको टिकटमा ३ जनालाई मात्र सिट पाइने रहेछ। ठूलो संघर्षपछि ६ जनाको सगोलमा काट्दा हाम्रो भागमा पनि भुसुक्कै ३ वटा सिट पर्‍यो। पछि टिकटमा उल्लेख भए अनुसारको आफ्नो सिटमा बस्न खोज्दा त एउटा सिट त अर्कैको पो भइसकेको रहेछ। टिकट नम्बर हेर्‍यो उनको पनि ठ्याक्कै त्यही छ। हामीले त्यहाँ एउटै सिट नम्बर ३ जनासम्मलाई दिएको भेट्टायौं। ड्राइभर छेउको इन्जिनको बोनार्ड चाहिँ सबैलाई नै लेखिदिँदो रहेछ ए गज्जब..। बसको हुडको सिटमा पनि करिब आधा घण्टाभन्दा अगाडि गएर नबसे पाउन मुस्किल पर्छ। बसको हुडमा त अझ मिल्ने भए घाँसको भारीलाई झै मस्कउनी लगाएर बोक्थे होला गाडीवालाहरुले। यसरी बसभित्र र बाहिर गरी करिब १३० देखि १५० जना सम्मको यात्रीहरु बोकेर भीर पहरामा खनिएका खेतका कान्ला जस्ता सडकमा गाडी गुड्छ। त्यसलाई व्यवस्थित गर्ने कुनै ट्राफिक, पुलिस, प्रशासन, ऐनकानून, नागरिक समाज छैन। यात्रुहरुको सुखसुविधाको कुरा त आकाशको फल हो। गाडीवालाहरुसित यसबारे अलिकति गुनासा गरे सुविधा चाहनेले त आफ्नै प्राइभेट गाडीमा हिँड्नु पर्छ, नजाने भए उत्रनू भन्ने तीतो जवाफ दिन्छन्। सार्वजनिक ऐन कानून पढेको त के सुनेकै भए पो उहाँहरुको जवाफ अलि राम्रो हुन्थ्यो। त्यो बेथिति हेर्दा जो कोहीलाई पनि यस्तो लाग्छ हाम्रो मुलुक सरकारविहीन, कानूनविहीन राज्य हो। बिचरा हामी यात्रीहरु झुण्डेरै पनि, जस्तै पीडा खपेरै पनि गन्तव्यमा त पुग्नु नै छ। यो पीडा र आक्रोश एक अर्कामा बाँडेर मन बुझाउनु बाहेक अरु विकल्प छैन। थुक्क जिन्दगी…..!!! कटारीदेखि हाम्रो यात्रा दिनको करिब २४५ बजे बजे सुरु भयो। गाडी जति-जति उकालिन्छ, त्यत्ति त्यत्ति नै भीरपहराहरुको उचाई बढ्दै जान्छ। गाडीको छतबाट तल देखिने हजारौँ फिटको गहिराइ देख्दा जतिसुकै बलियो मुटु भएको मानिसको मुटुमा पनि चिसो पस्छ। अझ गाडी खाल्डाखुल्डीमा झाल्टुङ्ग खाँदा त लौ गइएछ भन्ने भान हुन्छ। यात्रुहरुलाई थप पीडा ठाउँठाउँको उकालोहरुमा बसले तान्न नसक्दा ओर्लनु पर्छ, यस्तो बेला बसको छतमा बस्नेहरु नै बढी उत्रनु पर्ने भएकोले फेरि छतमा चढ्दा छत मै भए पनि अघि सुबिस्ताले बसेको ठाउँ हराइसकेको हुन्छ। यसरी करिब ४/५ घण्टाको कष्टदायी यात्रापश्चात् बसले बल्ल हामीलाई करिब ७ बजे घुर्मी पुर्‍यायो। हामी त्यसदिन घुर्मीकै ओखलढुङ्गे होटलमा बास बस्यौ भोलिको हर्कपुरदेखि केत्तुकेसम्मको यात्राको परिकल्पना गर्दै। घुर्मीबाट बिहान ७ बजे हामी ओखलढुङ्गा जाने बस स्टेण्डमा पुग्दा काउण्टरमा कटारीको झैँ नाटक मञ्चन भइरहेको रहेछ। एकछिन रमाइलो मानेर हेर्‍यौं। केही हुनेखाने यात्रुहरुले बस रिजर्भ गरेर लाने कुरा पनि गर्दै थिए। तर साधारण यात्रुहरुको चर्को विरोधपछि उनीहरु पनि हच्किए। हामीलाई ठेलमठेल गरेर सिट बिनाको टिकट काट्नु भन्दा बसको छतमा आफ्नो सिट सुरक्षित गर्नु बुद्धिमानी हुने लाग्यो। म, रामकर र रोबन छतमा चढेर आआफ्नो झोला राम्ररी मिलाई बस्यौ। क्रमशः अन्य यात्रुहरु पनि हाम्रो पल्टनमा थपिए। छतमा यात्रीहरुको झोलादेखि, ओढ्ने ओछ्याउने, सुटकेस र टेलिभिजनसम्मको ओइरो लाग्यो। एक ट्रक भन्दा बढी सामान देखियो। सामानसँगै यात्रुहरु पनि छतमा चढ्न छाडेका छैनन्। यहाँ त झन् कटारीभन्दा पनि हरिबिजोग देखियो। बसका तीन जना स्टाफहरु बसमाथि चढे र सामानहरु बाँध्नु पर्छ भनेर यात्रुहरुलाई ओर्ली दिन अनुरोध गरे। आफ्नो सुरक्षित सिट हराउँछ भनेर कसैले माने पो। अन्तमा सामान नबाँधे गाडी नहिँड्ने, सामान बाटोमा खस्छ भनेपछि भने हामी सबैले बाँध्न सघायौं। बस बिहान साढे ८ बजे ओखलढुङ्गातर्फ उकालियो। छतमा बढी मानिस भएपछि बस्ने ठाउँ नभएर सामानहरुमाथि नै चढेर बस्न बाध्य भयौ। ज्यान जोगाउन बाहेक कसको झोलामा के समान बिग्रियो, कसको टिभी फुट्यो, कसको झोलामाथि बसियो, केही पत्तो छैन। बस झाल्टुङ्ग खाँदै केही माथि मात्र पुगेको थियो, सामान बाँधे जस्तो गरेको डोरी खुकुलियो र बाँधिएको सामानहरु तल खस्न झर्न थाले जसले गर्दा बस्ने हामीलाई पर्न पीर पर्‍यो। एउटा कसको झोला त भूइँ मै झर्‍यो नै। त्यसपछि भने हामी सबै कराएर बस रोक्न लगाएपछि बस रोकियो र पुनः सामानहरुलाई राम्ररी मिलाई कस्न बसका स्टाफहरुले हामी सबैलाई छतबाट तल ओर्लिदिन अनुरोध गरेपछि हामी तल झर्‍यौं। तर अरु भने झरेको देखिएन। मैलै केही स्न्याप सो दृष्य समेत खिचेँ। सामान मिलाई सकेपछि हामी चढ्दा त हाम्रो झोलाहरु पनि बेपत्ता, हामी बसेको ठाउँ पनि बेपत्ता…..!! कहीँ नभएको रन्को चढी हाल्यो। बस हिँड्न सुरु गर्‍यो, म, रामकर र रोवन एकै चोटी करायौँ बस रोक। रोक।। रोक।।।.. के भयो, के भयो भन्दै खलासीले तलबाट चियायो। हामीलाई तल ओर्लन लगाएर, हामी बसेको ठाउँ खोई…साले यो बस त हाम्रो घुरेनबारी भएर पो गुड्छ त मान्छे चिन्याछस् खै कसरी अगाडि बढाउँदो रहेछस्- म गतिलै गर्जिएँ। रामकरले तल ओर्लेर गुरुजीलाई घोक्रयाई हालेछ र गाडीको चाबी खोसी हालेछ। रोबनले बाठो हुन खोज्ने कसलाई हो एक लात बजाई हालेछ। गाडी भित्र-बाहिर सुनसान भो। खाइलाग्दा ज्यान भएका तीन जना राई केटाहरुलाई देखेर पनि होला, कोही चुँइक्क बोलेनन्। खलासीले लौ तपाईँहरु झर्नुहोस् मभित्रै ठाउँ मिलाई दिन्छु भनेर बिन्ति गर्‍यो। रोबन ‘पक्का हो?’ भनेर तल झरिहाल्यो। रामकर र मलाई चाहिँ साथीहरुले माथि नै ठाउँ मिलाई दिए। रोबनलाई खलासीले भित्र लगेर ससुराली खातिर गरेछ। यसपछि भने हाम्रो यात्रा फेरि अघि बढ्यो। ठाउँ-ठाउँमा साथीहरुलाई आपत पर्दा अघिको झैं थर्काउनुहोस् न दाइ भनेर गुहार माग्थ्यो। तर हाम्रो नियत कसैलाई थर्काउने, दादागिरी देखाउने थिएन। यात्रामा सबै समान हो, आफूले सुविधा पाएपछि अरुको हनन गर्नु हुँदैन भन्ने मात्र थियो। बस मानेभञ्ज्याङ्ग पुगेपछि पुलिसले छतमा चढ्न दिँदैन, उत्रिदिनुस् भनेर छतबाट हामीलाई ओराली केही बेर हिंडाएर फेरि अर्को हुनसम्मको नाटक देखाए गाडीवाला र पुलिसहरुले। यसरी हाम्रो यात्रा २ बजे केत्तुकेमा पुगेर टुङ्गियो तर अरुको बाँकी नै थियो। कटारीदेखि घुर्मी र घुर्मीदेखि ओखलढुङ्गासम्मको यात्रामा सर्वसाधारणले वर्षौदेखि विशेष चाडपर्वहरुमा भोग्न परेको यो पीडा हाम्रा देशको बेशरम सरकार र नेताहरुलाई त पक्कै थाहा छैन। उनीहरु त त्यही निरीह जनताले कर तिरेर किनेका करोडौँ पर्ने चिल्ला पजेरो र हेलिकप्टरमा आफ्नो गन्तव्यमा पुगिहाल्छन्। कमसेकम जिल्लाका प्रशासकहरुलाई त जनताको यो पीडा र समस्य थाहा हुनै पर्ने हो। तर त्यस्तो देखिंदैन। नत्र किन जनताको जीवनसँग यत्रो खेलवाड? किन यत्रो बेथिति? जनतालाई किन यत्रो सास्ती? यस यात्रामा एउटै बसमात्र पनि तलमाथि भए सयौँ यात्रुहरुले ज्यान गुमाउने पक्का छ। त्यतिबेला समाचारको हेडलाइन बनाउन घटनास्थलतर्फ कुदने मात्र पत्रकारको भूमिका रहने कि अरु बेला पनि सम्बन्धित निकायहरुलाई यो बेथितिबारे झकझकाउन सचेत हुने ? नागरिक समाजले यो दृष्यलाई लाटाले पापा हेरे झै ट्वाँ हेर्न मिल्छ कि मिल्दैन? यसप्रति सबैको ध्यान जावोस्। जय दशा यात्रा…..।

timer · Oct 29, 2010 5:27 PM · 2,758 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all