Congrats Nepali

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकालाई पछि पार्दै नेपाल विश्वकै तेस्रो ठूलो मुसुरो उत्पादक Friday, 29 October 2010 19:56 नागरिक 19828 काठमाडौं, कात्तिक १२ (नागरिक)- अमेरिकालाई पछि पार्दै मुसुरो धेरै उत्पादन गर्ने मुलुकमा नेपाल विश्वमै तेस्रो भएको छ। विश्व खाद्य एवं कृषि संगठनको अध्ययनले नेपाल विश्वकै तेस्रो ठूलो मुसुरो उत्पादक भएको देखाएको हो। ठूलो मुसुरो उत्पादक क्यानडा हो भने दोस्रोमा भारत छ।  सन् २००८ मा क्यानडाले १० लाख ४३ हजार टन मुसुरो उत्पादन गरेको थियो भने दोस्रो भएको भारतले ८ लाख १० हजार टन। नेपालले त्यो वर्ष एकलाख आठहजार टन मुसुरोको दाल उत्पादन गरेको थियो। अमेरिकाको उत्पादन एकलाख ८ हजार टनमात्र छ। कृषि मन्त्रालयका प्रवक्ता दाहालका अनुसार नेपालमा सबैभन्दा धेरै मुसुरो उत्पादन २०६३/६४ मा भएको थियो। त्यो वर्ष एकलाख ६४ हजार टन मुसुरो उत्पादन भएको थियो। त्यसपछि भने हिउँदमा प्रतिकुल मौसमले गर्दा मुसुरोको उत्पादन घटेको छ। नेपालमा सबैभन्दा बढी मुसुरो खेती दाङमा हुन्छ। मुसुरोले केही वर्षदेखि राम्रो भाउ पाइरहेको हुँदा किसानहरु स्व-स्फूर्त रुपमा खेतीमा आकर्षित भएका हुन्। दोस्रो बढी निकासी हुने वस्तुमा दाल दालजन्य वस्तुको निर्यातमा सरकारले झण्डै ६ महिना प्रतिवन्ध लगाएपनि नेपालबाट सबैभन्दा धेरै निर्यात भएका वस्तुहरुमध्य दोस्रो भएको छ। गत आर्थिक वर्ष २०६६/६७ मा नेपालबाट भारत बाहेक अरु देशमा तीन अर्ब ९५ करोड रुपैयाँको दाल निर्यात भएको छ। ...नेपालबाट निर्यात भएको दाल मध्य ९० प्रतिशत मुसुरोको अंश छ,' कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले भने। सरकारले दालको मूल्य बढेकोमा त्यसलाई नियन्त्रण गर्न २०६६ साउनमा निर्यातमा पुरै प्रतिवन्ध लगाएको थियो। ६ महिनासम्म प्रतिवन्ध लगाएर खुल्ला गर्दा पनि दाल नेपालबाट सबैभन्दा धेरै निर्यात भएको वस्तुमध्य दोस्रो नम्बरमा आएको छ। गत वर्ष नेपालबाट सबैभन्दा बढी निकासी भएको वस्तुमा ऊनी गलैंचा परेको छ। चारअर्ब ६ करोडको ऊनी गलैंचा पछि दोस्रोमा दाल परेको छ। दाल अन्तरगत सबैभन्दा बढी मुसुरो, रहर, मास, चना लगायत निर्यात भएको छ। ...प्रतिवन्ध नलागेको भए नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा निश्चित रुपमा मुसुरोको दाल पर्नेथियो,' नेपाल दाल चामल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले भने। आव २०६५/६६ मा सबै किसिमका दालगरि नेपालबाट ६ अर्ब २४ करोडको निर्यात भएको थियो। त्यो वर्ष नेपालको प्रमुख निकासीजन्य वस्तुहरु तयारी पोशाक, ऊनी गलैंचा, हस्तकलाका सामान सबैलाई जितेर दाल पहिलो वस्तु भएको थियो। उद्योगीका अनुसार मुसुरोको उत्पादन गर्ने किसानले अहिले सालाखाला किलोको ६२ रुपैयाँ पाइरहेका छन्। यसको खेतीको निम्ति ठूलो मेहनत पनि गर्नुपदैन। ...धान काटेपछि वा धानभित्रै पनि यसलाई छर्न सकिन्छ,' कृषि प्रवक्ता दाहालले भने। कोशेबाली भएकोले रसायनिक मल धेरै चाहिदैन। २०६५/६६ मा नेपालबाट ५ अर्ब ६६ करोडको मुसुरोको दालमात्र निर्यात भएको छ। मुसुराको दालले केही वर्ष अघिसम्म नेपालको प्रमुख निर्यातजन्य वस्तु मानिएको तयारी पोशाकलाई मुसुरोले जितेको छ। नेपालबाट निर्यात भएको दालमध्य ९० प्रतिशत मुसुरोको हुन्छ। नेपाली मुसुरो दालको माग बंगलादेश, टर्की, युएई, इजिप्ट, अमेरिका, सिंगापुर, श्रीलंका, भारत लगायतका देशहरुमा बढी छ। मुसुरोे दालको निर्यात मध्य ६१ प्रतिशत बंगलादेशमा हुने गरेको छ। उन्नत बीऊ, आधुनिक प्रविधि प्रयोग गरेर खेतीगर्ने हो भने मुसुरो नेपालमा ठूलो संभावना भएको बाली देखिएको छ। मुसुरोको माग विशेषगरि मुस्लिम धर्म मान्नेहरु भएको देशमा भैरहेको छ। यसको प्रयोग भारतीय उपमहाद्विपमा भातसँग खानको लागि भएपनि अरु देशमा बिभिन्न परिकार बनाउन प्रयोग हुन्छ। आव २०६५/६६ मा एकलाख ८३ हजार हेक्टर जमिनमा मुसुरोको खेती गरिएको थियो। यसबाट एकलाख ४७ हजार साचसय २५ टन मुसुरो उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ। नेपालमा एक हेक्टरमा मुसुरोको उत्पादन आठसय चार किलोमात्र छ। संसारमा सबैभन्दा बढी मुसुरो उत्पादन गर्ने मुलुक क्यानडामा प्रति हेक्टर डेढ टन हुन्छ। उन्नत बीउ, नयाँ प्रविधि साथ खेती गर्न किसानलाई सहयोग गर्ने हो भने मुसुरोले नेपालको व्यापारघाटा कम गर्न मद्धत पुग्छ। उद्योगीका अनुसार अहिलेपनि दाल निर्यातमा सरकारले एक प्रतिशत कर लगाइरहेको छ। यो हटाउने हो भने अझै किसानले बढी मूल्य पाएर मुसुरो खेतीमा आकर्षित हुने संभावना छ। मुसुरो उत्पादन बढाउन दक्षिण एसियाका देशहरु मिलेर गत वर्षदेखि संयुक्त रुपमा कार्यक्रम सुरु गरेका छन्। भारत, बंगलादेश, नेपाल मिलेर संयुक्त कार्यक्रम सुरु गरेका छन्। तर यो कार्यक्रम अहिलेसम्म किसानलाई आकर्षित गर्ने भन्दा पनि काठमाडौं र चितवनमै सिमित भएको छ। Last edited: 29-Oct-10 12:11 PM

timer · Oct 29, 2010 12:09 PM · 3,168 views

1 Reply

नेपाली क्रिसक हरुले खाद्य प्रसोधन गर्ने प्रबिधी पुरानै रहेकोले ( भुइमा लिप पोत गरी ) अन्य खाध्य सामाग्रीमा झै बालुवा, मसिना ढुङ्गा र माटा तुक्राको कारणले निर्यातमा नाकरात्मक प्रभाब परेको कुरा प्रबक्ताले बताउन बिर्सिए .हाम्रो देश घुस खोरी र नाफाखोरिमा १४६ स्थानमा हैन ? हुन सक्छ तौल् बडाएर मुनाफा बडाउन थपेको हुन सक्दैन र ? 

Bhojpure01 · Oct 31, 2010 6:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all