Stolen from ekantipur.com फूल सम्भिmए बास्ना दिन्छु, सिस्नु सम्भिmए काँडा । आफ्नो सम्भिmए माया दिन्छु, विरानो सम्भिmए टाढा ।। उकाली होस् वा ओराली होस् बाटैमा ससुराली होस् । गोरी होस् वा काली होस् ससुरालीमा एउटी साली होस् ।। जलादे उन हसिनोको जो खुदपे नाज करती है, गिराके जुल्फ गाल पे जो ड्राइभरको बदनाम करती है। जनकपुरको माछा मलेखुमा पिस । अरूलाई मुस्कान ड्राइभरलाई किस ।। तिम्री छोरी नै आँखा लाउँछिन् त हाम्रो गुरुजीको के दोष ? जँड्याहालाई खोज्ने केवल दुई ठेगाना कि त भट्टीमा कि त पुलिसचौकीमा । ढिलो गए साहूले पैसा कमाउने छिटो गए त्रिशूलीको माछा रमाउने । राजनीतिको कुरा नगर यहाँ, यो गाडी हो देश होइन । झूटो बोल्ने बानी छैन म खलासी हुँ प्रचण्ड होइन । ब्रेक लगाए गाडी रोकिन्छ कन्डम लगाए एड्स जोगिन्छ । गाडी चलाऊ होसमा कन्डम लगाऊ जोसमा । हर्न मै छ तिम्रो भाऊ अगाडि जाने छ, तिम्रो दाउ बिस्तारै आउ भन्दिया छ, कारण उताबाट आउँदैछ, तिम्रो बाउ । जल्ने जलिरहन्छ २३४२ चलिरहन्छ । चल्ती है गाडी उड्ती है धूल ड्राइभरसे प्यार करना लड्कीका भूल । ओ ब्रो बालै भएन, स्वास्नी पोइला गै थाहै भएन । वान वान टर्निङ, वान वान वाइफ ड्राइभरको जिन्दगी गोल्डेन लाइफ । तरुनी मुसुक्कै, पैसा भुसुक्कै । श्रीमती राख्नु टिपटप दुइटा बच्चापछि फुलिस्टप । जिन्दगी त खलासीको राम्रो । खलासी ? ख माने खायो ला माने लायो सी माने सिध्यायो । फूल दिउ“m भने पात छैन मुस्कान दिउ“m भने अगाडिको दाँत छैन । बुरी नजरबाले तेरा बच्चा जिए ठूला भएपछि तेरै खुन पिए । रगत दिने भए अस्पतालमा देऊ सडकमा होइन । बार्हको फूल, चौबीसको माला साहूको छोरा, ड्राइभरको साला । दम है तो क्रस कर, नही तो बरदास्त कर । मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ड्राइभरका केटी धेरै हुन्छन्, खलासीको हुँदैन । मत सताओ लड्कीको पाप लगेगा तु भि एकदिन लड्कीका बाप बनेगा । खुदा तु ने पलती कम्मर क्यो बनाइ क्या चमडी कम था ? वह किताब क्या किताब जिसपे कोही कभर नही वो लड्की क्या लड्की जिसका कोही लभर नही । चाँदनी रात बितति जा रहि है उल्लुकी पठ्ठी तुम कव आरहि है ? आँखामा आँसु भए पनि मुस्कान दिएर चढ तिमी मेरी कान्छी बूढी भए पनि भाडा दिएर झर। जीवन हो कहिलेकहीँ मोज गर्नु तर हरेक मोडमा परिवारलाई याद गर्नु । मैले तिमीलाई माया गरे अबला सम्झेर तिम्रो बुवाले कुट्यो मलाई तबला सम्झेर । रिसाएर आँखा तरे तरे जस्तो लाग्छ, होइन फेरि एकछिनमा माया गरे गरे जस्तो लाग्छ । याद गर्नुपर्ने कुरा राम्रो व्यवहार गर्नू ः नोकर गरिब र ठूला व्यक्तिलाई । गर्न नभुल्नू ः उपकार, उद्देश्य र उदारता । याद राख्नू ः सत्य वचन र कर्मलाई । सम्मान गर्नू ः माता, पिता र गुरुलाई । सानो नसम्झनू ः रोग, कर्जा र सत्रुलाई । टाढा रहनू ः हिंसा र निद्राबाट । पहाडको बाटो ड्राइभरको मर्म बुझेन कसैले ट्रकमै जाऊँ है भनेको कान्छीलाई लगेछ बसैले । भजन गाउने ओठभन्दा परिश्रम गर्ने हात पवित्र हुन्छन् । आयु केही साथीभाइको हिसाबमा गयो, केही अंशबन्डामा गयो । केही जिन्दगीको भोगाइले निकालिदियो बाँकी तिम्रो सिन्दुरले पुछिदियो । आँखा लाइस् कि जुत्ता खाइस् ।
dimag kharab · Oct 28, 2010 5:28 PM · 17,084 views
Interesting. waiting for more......
hundari · Oct 29, 2010 8:17 PM
सहीद गेट र रत्नपार्क को मिलन हुन्थ्यो होला, सायेद वीचमा तुडिखेल नभईदिएको भए ! तिम्रो र मेरो बिहे हुन्थ्यो होला सायेद, तिम्रो वा’को जाल-झेल नभईदिएको भए तिम्रो सम्झना आई दिदा गीत बनाइ गाईरहे आँखाबाट आशु बहदा पसिना भनी हासीरहे दुईदिनको जिन्दगी भएपनी तिम्रै निम्ती बाचिरहे अन्तमा; तिमीले धोका दिएपछी जीवन अरुलाई नै सुम्पिदि जलादे उन हसिनोको जो खुद्पे नाज करती है गिराके जुल्फ गाल पे ड्राइबरको बदनाम करती है गाडी हो टाटा कच्चा न संझ ड्राईवर हो नुवाकोट बच्चा न संझ
dimag kharab · Oct 30, 2010 10:14 AM
Horn ok please
sna · Oct 30, 2010 11:33 AM
Nice one Dimag Kharab
Maalpaani · Oct 30, 2010 3:01 PM
http://sphotos.ak.fbcdn.net/hp... Last edited: 30-Oct-10 03:39 PM Last edited: 30-Oct-10 03:39 PM
gyanguru · Oct 30, 2010 3:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion