एमआरपी आगामी साता आइपुग्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एमआरपी आगामी साता आइपुग्ने THURSDAY, 28 OCTOBER 2010 09:44 नागरिक काठमाडौं, कात्तिक ११ (नागरिक)- बहुप्रतिक्षित मेसिन रिडेबल पासपोर्ट (एमआरपी) एक सातापछि 'पहिलो लट' आइपुग्ने भएको छ। कात्तिकको १७ देखि २० गतेभित्र पहिलो पटक फ्रान्सबाट आइपुग्ने लटमा ४ लाख 'ब्ल्याङ्क' एमआरपी भित्रने छन्। फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीले नेपाल पठाउने प्रक्रिया सुरू गरिसकेको जानकारी दिँदै परराष्ट्र स्रोतले बुधबार नागरिकसँग भन्यो, 'एमआरपी छाप्नेकाम ओबर्थरले सक्यो, अब पठाउने प्रक्रिया अगाडि बढाइसकेको छ।' नेपाल आएका खालि पासपोर्टमा व्यक्तिगत सूचना भरिनेछ। फाराम भरेको ६ देखि ८ हप्ता भित्र एमआरपी उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा कार्गो विमान नआउने र अहिले पर्यटक सिजन भएकाले एमआरपी पठाउन ओबर्थरलाई अफ्ठ्यारो परेको स्रोतले बतायो। 'कार्गो विमान नेपाल आउँदैन, यात्रुवाहक विमानमा निश्चित वजन भन्दा बढी सामान राख्न नमिल्ने भएकोले एमआरपी भित्रिन चार दिन लाग्ने भएको हो,' स्रोतले भन्यो। लामो विवादपछि गत भदौको दोस्रो साता सरकार र ओबर्थर कम्पनीले एमआरपी छपाई सम्बन्धी ठेक्का प्रणालीमा हस्ताक्षर गरेका थिए। परराष्ट्रमन्त्री सुजाता कोइरालालले ठेक्का सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न नमानेपछि पधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रका कर्मचारीलाई सम्झौतापत्रमा हस्ताक्षर गर्न निर्देशन दिएका थिए। अन्तराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) लाई प्रतिवद्धता गरेअनुसार नेपालले ढिलोमा २०११ जनावरी १ बाट एमआरपी वितरण गर्नुपर्ने हुन्छ। एमआरपीमा व्यक्तिगत सूचना राख्ने मेशिन काठमाडौं आइसकेको छ। Source: Nagariknews.com Last edited: 28-Oct-10 12:01 AM

hit.the.hot · Oct 27, 2010 11:59 PM · 2,221 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all