हिजोआज एकोहोरो बाहुनवाद! बाहुनवाद! भन्ने शब्द सुन्दा मेरो कान पाक्न थालेको छ र मलाई झनक्क रिस उठ्न थालेको छ। आखिर के हो त यो बाहुनबाद? बाहुनवादको प्रखर व्याख्याता डा. कृष्ण भट्टचनकै शब्दमा भन्ने हो भने बाहुनवादको परिभाषा यस्तो छ: I define Bahunbad as an ideology, policy and practice of domination of one caste (Bahun-Chhetri), one religion (Hindu), one language (Khasa-Nepali), one culture (Hindu), one region (the Kathmandu Valley), and one sex (male) over others. यो कुरा हामी सबैले मानेको र अनुभव पनि गरेको हो कि ईतिहासको कुनै कालखण्डमा नेपालमा केही सिमित व्यक्तिहरुले अरु बहुसंख्यक व्यक्तिहरुलाई शोषण गरेकै हो, अन्याय गरेकै हो, दवाएकै हो र त्यो हेपाहा, मिचाहा मानसिकता कतिपय व्यक्ति बिशेष र कतिपय स्थान बिशेषमा अझ पनि कायम छ। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने त्यस्ता दवाईएका व्यक्तिहरु न त केवल जनजाती र दलित वर्गका मात्र थिए न त दवाउने व्यक्तिहरु बाहुन र क्षेत्रीहरु जातीका मात्र थिए। भलै दवाउने मध्यका अधिकांश बाहुन क्षेत्रीनै छन्, तर दविनेमा हेर्ने हो भने जनजाती र दलि वर्ग सहित थुप्रै बाहुन क्षेत्री र अरु जातीका मानिसहरु पनि छन्। तर समाजवादका व्याख्याताहरुलाई र जातीय नेताहरुलाई यो तथ्यको कुनै मतलब छैन। सबै दोष जति सिंगो बाहुन जातीलाई हालिदियो, काम तमाम भैहाल्यो। हजारौ नेपालीहरुलाई झुटो सपना बाडेर, हजारौ नेपालीहरुको रगतको खोलो बगाएर, सिमित केही नेताहरुलाई शासनसत्तामा पुर्याउन चलाइएको दशकौ लामो माओवादी पार्टीको कथित जनयुद्दको एउटा मात्र राम्रो पक्ष भनेको यसले नेपाली जनताको राजनैतीक र सामाजिक सोचको स्तरलाई ह्वात्तै बढाइदियो । तर नराम्रो के भयो भने त्यो सोचको दिशा सयौ बर्षदेखि दविइएका र गरिबीले सताइएका आम नेपालीको सामाजिक र आर्थिक रुपान्तरणमा केन्द्रित हुनबाट मोडिएर देश बिखण्डनतिर लगातार अगाडि बढ्दै छ। नेपालमा बर्षौदेखि मानिदै आएका विभिन्न जातीका धर्म, भाषा, संस्कृति, र चाडपर्वलाई जगेर्ना गर्नुपर्ने कुरामा कसैको दुई मत हुनसक्दैन। तर देशलाई जातीयताको आधारमै संघीयतामा लैजाने भन्ने सोच वास्तवमै विभाजनकारी छ। जसरी देशैभरी छरिएर रहेका हरेक जातीलाई एउटा निश्चित स्थानमा थुपारेर संघीय राज्य बनाउने भन्ने कुरा अवैज्ञानिक छ त्यसैगरी एउटै समय र स्थानमा सहअस्तित्वमा रहेका जातीय सामाजिक तत्वहरु एक अर्काबाट निरपेक्ष रहनुपर्छ भन्ने भनाइ पनि सरासर अवैज्ञानिक र अव्यवाहारिक छ। भर्खरै सकिएको दशैमा अहिन्दू नेपालीले दशै मनाउने कि नमनाउने भन्ने बिषयमा ठुलो बहस चल्यो, जुन हरेक बर्ष चल्ने गर्छ। हिन्दू बाहेकका अरु जातीले दशै मनाउनै पर्छ भन्ने केही जरुरी छैन, नमान्नेलाई कसैले जवर्दस्ती मान्नै पर्छ भनेर कर गर्ने अधिकार पनि छैन। तर कसैले मानिआएका छन् भने तिनीहरुलाई 'ए, यो दशै मान्नु हुँदैन, यो त हिन्दूहरुको चाड हो, हाम्रो होइन' भनेर दशै मान्नबाट कसैले थूनछेक गर्न खोज्छ भन्ने त्यसले पक्का पनि समयको साधारण नियम पनि बुझेको छैन। धर्म, संस्कृति, भाषा यी सबैका रुप समयको एक बिन्दुबाट अर्को बिन्दुसम्म पुग्दा अवश्य पनि एक रहदैन। सलाद बलमा राखिएका मिश्रणहरुको फरक अस्तित्व त हुन्छ तर जति लामो समय तिनीहरुलाई सँगै बलमा राखिन्छ तिनिहरुमा एक अर्काको स्वाद सर्दै आउँछ। तिनीहरु एक अर्काबाट पूर्णरुपमा प्रभावरहित रहन सक्दैनन्। नयाँ नेपाल! नयाँ नेपाल! भनेर रातो दिन राग अलापेर हिंड्ने राजनैतीक पार्टीका नेताहरु वा सामाजशास्त्रका विषेशज्ञहरुले बुझेको र जानेको देशको एक मात्र रुपान्तरण भनेको जातियतामा आधारित संघीय राज्यको स्थापना हो। तर उनीहरुले बुझ्न नचाहेको अथवा बुझेर पनि बुझ पचाएको तथ्य के हो भने नेपालीहरुको समग्र सामाजिक रुपान्तरण हुनको लागी सबभन्दा ठुलो बाधक भनेको आर्थिक असमानता हो जुन केही हदसम्म जातीयतासँग सम्बन्धित भए पनि अन्य धेरै कारणहरुसँग सम्बन्धित छ। दलित र जनजाती मात्र गरिव छैनन्, बाहुनहरु पनि गरिव छन्, क्षेत्रीहरु पनि गरिव छन्। काठमाडौं उपत्यकामा बसेका एउटा नेवार जातीको मात्र उदाहरण लियो भने पनि देख्न सकिन्छ, काठमाडौंमा अरबौपति नेवारहरु पनि छन् र केही नभएका सुकुम्बासी नेवारहरु पनि छन्, त्यस्तै स्थिती हरेक जाती, जनजाती र दलितहरुमा पनि कायम छ। निश्चय पनि बाहुन-क्षेत्रीले अरु जातीलाई वा एक जातीले अर्को जातीलाई तल्लो जाती भनेर गर्दै आएको जातीय विभेदको उन्मूलन हुनैपर्छ। हरेक जातीले आफ्नो भाषा, धर्म र संकृति स्वतन्त्र भएर बोल्न र मान्न पाउनैपर्छ। सयौ अस्पताल र मठमन्दिर बनाउने पुनित कार्य गर्दै हिंड्नु भएका हिन्दू धर्मका व्याख्याता पण्डित दिनबन्धु पोख्रेलजस्ता व्यक्तिहरुले हिन्दू धर्मलाई पुनर्व्यख्या गर्ने समय आइसकेको छ। केवल सतहमा गरिने कार्यहरुबाट समाजमा कायापलट सम्भव छैन, यसको लागि नेपालीहरुको मस्तिष्कमा खिचिएको त्यो जातीय विभाजनको रेखा मेट्नु आवश्यक छ।तर नयाँ नेपालको रुपान्तरणको आधार जनताको आर्थिक अवस्थामा आधारित हुनुपर्छ। संघीयताको आधार पनि अर्थमा नै आधारित हुनुपर्छ। जातीय राज्यहरुको पक्षधरहरुले शायद यो कुराको अनुमान गर्नु कहिले आवश्यक ठानेनन्, जातीय राज्य बनाउँदा के कस्ता समस्याहरु आइलाग्छन् र त्यसलाई समाधान गर्न कत्रो मिहेनत र कति समय आवश्यक पर्नसक्छ। राणा शासनको अन्त्यपछि शासन सत्तामा बढेको सर्वसाधारणको पहुँच २०४६ सालको आन्दोलन र एक दशक लामो माओवादी बिद्रोह पछि अझै बढी सुनिश्चित भैसक्दा पनि धेरै जसो समय बाहुनहरुनै शासनसत्ताको नजिक पुगे। तर देश र जनतालाई आर्थिक, सामाजिक रुपान्तरणको जुन आश्वासन दिएर सत्तामा पुगेका थिए त्यो पुरा गर्नु त कहाँ हो कहाँ उल्टै देशलाई सयौं बर्ष पछाडि धकेलेर आफ्नो र आफ्नो परिवारजनको भुँडी भर्ने काम मात्र गरे। तर बिर्सन नहुने कुरा के हो भने सबै बाहुनहरु शासन सत्तामा पुगेका छैनन्, सबै बाहुनहरुले पढ्ने मौका पाएका छैनन् र सबै बाहुनहरुले काठमाडौं टेक्न पाएका पनि छैनन् । रातोदिन परिश्रम गरे पनि दुई छाक खान धौ धौ पर्ने नेपालीहरु जनजाती र दलितमा पनि छन्, बाहुन र क्षेत्रीमा पनि छन्। आफ्नो जातीलाई, आफ्नो भाषालाई, आफ्नो धर्मलाई अपमान गरेको, हेपेको कसैलाई पनि मनपर्दैन र अहिलेको बदलिएको सामाजिक र राजनैतीक बातावरणमा अर्काको आत्म-सम्मानमा आक्रमण गर्ने अधिकार कानूनले पनि कसैलाई दिएको छैन, चाहे त्यो बाहुन क्षेत्रीले अरु जातीमाथी गरुन् या अरु जातीले बाहुन क्षेत्रीमाथि गरुन्। म एउटा बाहुनको छोरो हुँ, तर मैले कहिल्यै पनि कुनै नेपालीलाई उसको जातीयताको आधारमा विभेद गरेको छैन र म ईतिहासका कालखण्डहरुमा यदी मेरा पूर्वजहरुबाट अन्य जातीहरुमाथि अन्याय भएको रहेछ भने त्यसको दोषी आफूलाइ ठान्दिन। त्यति मात्र किन यदी मेरो आफ्नो आमा-बाबुबाटै कुनै कानूनी अपराध भयो भने पनि जबसम्म मैले त्यसमा मिलोमतो गर्दिन म त्यस अपराधको लागि दिने सजायको भागीदार हुँदिन। त्यसो भए गिरिजाप्रसाद कोइराला या प्रचन्डले गरेको कुकर्मको लागि म किन भागीदार हुने? किन सबै बाहुनहरु भागीदार हुने? डा. कृष्ण भट्टचनकै व्यख्यालाई आधार मान्दा एउटा खराब आइडियोलोजी (जुन कुनै पनि जातीसँग सम्बन्धित हुनसक्छ) लाई एउटा जाती बिशेषसँग जोडिएको यो 'बाहुनबाद' भन्ने शब्द जातीय विभेदकारी शब्द हो कि होइन? सिमित व्यक्तिहरुले खराब काम गरे भन्दैमा सम्पूर्ण जातीकै बदनाम गर्ने अधिकार यसका व्यख्याताहरुलाई कसले दियो? साझाका मित्रहरुमा अनुरोध: कृपया आफ्नो प्रतिकृया दिदा सभ्य शब्द प्रयोग गरिदिनु होला, यदी यहाँहरुलाई मेरो कुरा चित्त बुझेन भने रातो कार्ड देखाइ दिनु होला, तर असभ्य भाषामा दिइएको प्रतिकृया मेट्न म बाध्य हुनेछु। Last edited: 23-Oct-10 07:59 PM
Geology Tiger · Oct 23, 2010 4:14 PM · 47,016 views
हन के हो यि साझामा च्या च्या चु चु गरी घोर्लिने झतिनगरे हरु को यो बाहुनबाद को बारेमा यिनिहरुको दर्शन , व्याख्या सुन्न र पदन पाईन्छ भनेको त यो ब्लग तेतिकै सेलाउने भयो। कि यि झतिङरे हरु तेही जथ्था का परेका हुनाले हो ?
Bhojpure01 · Oct 28, 2010 10:28 AM
GTको बिचारसँग म पनि सहमत छु । बिशेष गरेर उस्का अन्तिम हरफ नै दोहोराउन चाहन्छु । सिमित मान्छेहरुले ईतिहासमा गरेका गल्ती र चल्दै आएको परम्पराले गर्दा म जस्तो नयाँ पिढी चाँही यो गलत परम्पराको सिकार भएका छौ । "बाहुन" कै छोरी भएर पनि बिभेदको सिकार भएको महसुस नजिकै बाट अनुभुती गरेको मलाई यो "बाहुन्बाद" भन्ने शब्द पनि जातिय बिभेदकारी शब्द लागेको छ । यस्ता गलत नियम र कानून बनाउनेहरु अनी अहिले आयेर दस थरी ब्यखा गर्ने हरु त अपराधीनै हुन ।
?-????? ???? · Nov 4, 2010 3:35 PM
यो जथ्थाको (बाहुन्बाद) मन्स्थिती र खस हरुको मन्स्थिती, मानसिक्ता , आचरण र व्यबहार प्रिथक छन , हुनत यिनिहरुलाई तागाधारी बनाए अनी धर्म कर्ममा अनी रक्षार्थ को जिम्मा दिएर ना दोस्ती भि अछ्छी है ना दुस्मनी भि बनी बिचै बिचमा राखे , अनी यिनी हरुको स्थिती न त हासको नत बकुल्लाको डुकु जस्ता भएका छन । खसलाई यो जथ्था (बाहुन्बाद) सँग मिल्दो कुरा के नै छ एउटा तगाधारी बाहेक ? तर खत्री मुखिया हरु जो जात देखी बाहेक र बिहे भन्दा अन्यथा जन्मिएका बिचरा हरु आफ्नै सहोदरि ले तल्लो जात बनाएको रिसमा जे पनि गर्न पछी परेनन र कुनै कुनै कार्य मा बाहुनबाद लाई माथ गर्ने भएकाले खत्री मुखियालाई नचिड्याउनु भन्ने चलन छ .
Syanjali · Nov 4, 2010 10:43 PM
खस हरु वास्तवमा दलित जस्तै हुन । बाहुनका दास हुन । किन कि सबभन्दा ठुलो जनसंख्या र स्रोतसाधन सम्पन्न भएर पनि यिनीहरु सबभन्दा बढी अवसरबाट बञ्चित छन ।
तिका: · Nov 5, 2010 10:14 AM
jaat bhaat ka kura garne sab pakheharu hun... "Manis thulo dil le huncha, jaat le hoina" - Mahakabi
YoTaBhayanaNiSom · Nov 5, 2010 10:42 AM
त्यो जथ्थाले दिमागी कब्जा गरेर कजायो.एही कजाइ लाई मेरो ब्यक्तिगत सोचाइमा बाहुनबाद हो।
Syanjali · Nov 5, 2010 10:27 PM
बाहुनबाद, यो बाद, त्यो बाद का जन्म दाता, परिभासा कर्ता हरु, को बिस्लेसन हेर्दा के लाग्छ भने तिनी हरुमा अध्ययन को कमि, समाज को विकास क्रम को कम बुझाई , मानबिये स्वभाब को गलत बुझाई भएको जस्तो लाग्छ, आनी अलि अलि कुरा के बुझ्यो हुट्टी टयेउ ले आकास थाम्न खोज्या जस्तो मात्र हो मार्क्सबाद, लेनिनबाद का जन्म दाता हरुले आन्त्य मा शोभियेत रुस को सत्यनास गर्न सफल भए (जनताको नाम मा) माओबाद का जन्मदाता ले झन्डै चाइना को सत्यनास गर्न लाग्या थे (त्यो पनि जनता कै नाम मा). नेपाल मार्क्सबाद र लेनिनबाद बाट त बच्यो तर माओबाद ले झन्डै डुबाको थ्यो अहिले पनि ढुक ढुकी मात्र बाकी छ अब आहिले फेरी बाहुनबाद, यो बाद, त्यो बाद को नाममा नया औतारी हरुको जन्म भाको छ तिनीहरु ले कहाँ पुर्याउने हुन् नेपाल लाइ साथि हरु, दुस्मन संग युध्हा गर्न सजिलो हुन्छ तर मित्र संग युध्हा गर्न ज्यादै गारो हुन्छ, अरुको मान जित्न सजिलो हुन्छ तर आफ्नो मान नियेंत्रण गर्न गारो हुन्छ ( आफ्नो मन नियेंत्रण गर्न सके बुध्हा हुन सजिलो हुन्थ्यो ) माओबादी मा लगेर आरु लै मर्न काट्न खोज्ने हरु अहिले क्यांतोंमेंट मा बसिराका छन् नेतृत्त दिने हरु रेखा संग नाच्दै, सुकिला मुकिला भन्दै तारे होटेल को चिकेन खाएर झुसिला डकार डकारी रहेका छन् यो देखेर हामी साधारण नेपाली हरु ले चेत्न पर्ने हो र यो बाद को अविस्कार गर्ने र तेस्को नेतृत्त गर्ने संग परै भाग्न पर्ने हो तर के गर्नु यो मन नै हो , नियेंत्रण गर्न गारो हुन्छ, लुतो कन्याएर सन्चो मान्न खोज्ने हरु लै मा के भानुम? तै पनि, लुतो कन्याएर सन्चो हुन्न साथी तेस्ले त बरु रगत पक्च्या पार्छा धर्म को नाम मा, जाति को नाम मा, भाषा को नाम मा, रंगको नाम मा नेतृत्त लिन खोज्ने हरु ले बिगारेका छन्, बनाएका छैनन् तैपनि मान्छे हरु पछी लागि रहेकै छन्, देख्दा अचम्म लाग्छ , कम पढे लेखे का त लौ बुझेनन् भानुम, बढी पढे लेखेका हरु पनि पछी लाग्या देखेर रुनै मन लाग्छ , कुरा बुझेर पछि लाग्या हुन् कि बुझ पचाएर पछि लाग्या हुन् केहि थाहा भएन जाति, धर्म, भाषा को नाम का बाद को पाछि लाग्ने हरुलाई मेरो आनुरोध छ तपैका नेता हरु पछि गएर हिरोनी संग नाचेर आरुलाई गाली गर्दै तारे होटेल को चिकेन खाएर झुसिला दकार्च्हन आनी तपैहरु चाहि क्यन्तोंमेंट मा बस्न पर्ने दिन नआउला भन्न सकिन्न तेसकारण तेस्ता बाद को पाछि लाग्ने नलाग्ने तपाई हरु को मर्जी म चाहि अरुलाई गाली गर्नु भन्दा आफ्नो कमजोरी बिस्लेसन गरेर अगाडी बढी रा छु. तपाई हरुले पनि बुझ्न भए हुन्छ, अब नेता का पछि लाग्ने दिन गए, आफ्नो विकास आफै गर्ने हो, कानुनी मध्यम अपनाएर, कति नेता हरु को गोटी बन्न मन लाग्या तपाई हरु लाइ बाहुनबाद को नाम मा कुनै जाति र को को लै दोषी देखाएर जनता लै मुर्ख बनाउने हरु " ले हेर त माथि आकाश मा चल्ला खाना चिल आयो" भनेर सोजो गाउले लाइ लै आकाश मा हेर्न लगाएर तल आफुले कुखुरा चोर्ने चलाखी मात्र हो , कस्तो नबुझ्या हुन त नेपालमा पिछलग्गु हरुको कमि छैन प्रचण्ड ले माओबाद को सपना देखाएर देस बर्बाद पार्यो , काम चाहि फुटी कौडी केहि गर्न सक्ने होइन रेछ अब अरु भतुवा हरुले बाहुनबाद को सपना देखाएर कति लाइ बर्बाद पर्ने हुन् मलाई चाहि लाग्दैन बाहुनबाद साहुनबाद भन्ने कुरा छ, यो त अरुलाई सपना बाढेर आफु मोज गर्न खोज्ने मान्छे हरु को चतुर्यिए मात्र हो, अब तपाई हरु अरुले बाढेको सपना मा रमौना चाहनु हुन्छ भने कसले रोक्ने? तेस्ता सपना बाढ्ने हरु केहि को नाम लिन चाहन्छु यहाँ, प्रचण्ड, मर्ल्क्स, लेनिन, माओ, साइबाबा लगाएत का थुप्रै बाबा हरु, इरान को खुमेनी , बिन लादेन ( बम पड्काउने बित्तिक तैले आफ्नो लागि स्वर्ग को ढोका खुलेको देख्ने छस र त्यहाँ १६ जना कुमारी तरुनी हरु संग मोज गर्न पौछास भनेर सोजा साजा मान्छे लै फसाउने) , चर्च का Father हरु जसले pedophile बनेर दुस्ट्यै गरे . धार्मिक र राजनीतिक जुम्रा हरुले नेपाली जनता लाइ चुसी रहेका छन् अब बाहुनबाद को नाम मा नया नया जुम्रा हरु जन्मिन थालेका छन्. तेस्ता अबसरबादी हरुको पछि लाग्ने हरुमाथि पो मलाई दया माया लाग्छा यो त्यान्द्रो सुरु गर्ने GT लै धन्यवाद, मैले आफ्नो मन मा लागेको कुरा राख्ने मौका पाए मेरो विचार सुनेर गाली गर्न मन लागे गरे हुन्छ आखिर जान्ने लै श्रीखण्ड, नजान्ने लै खुर्पा को बिड न हो Last edited: 07-Nov-10 12:48 PM Last edited: 07-Nov-10 12:55 PM
timi_mero_sathi · Nov 7, 2010 8:45 AM
- just a bump ... 4 ... GT Last edited: 30-Nov-10 09:33 PM
black_panther · Nov 30, 2010 9:26 PM
Thank you for the great write with facts. I really agree with this fact.
chankhe_keto · Nov 30, 2010 9:41 PM
thank you BP and chanke_keto!
Geology Tiger · Dec 1, 2010 8:29 AM
Bahunbaad bhanne shabda prati nai mero aapatti chha.. Kehi bahun naramro hola.. Kunai pani jaatmaa ramro naramro manche huncha.. Tara pura jaat laai somharule JPT bhandine? YoTaBhayanaNiSom... PS: Yasko saathai GT brolai euta Like pani.. I am sorry to hear about a couple of morons who flagged this thread out. Last edited: 01-Dec-10 09:08 AM
YoTaBhayanaNiSom · Dec 1, 2010 9:07 AM
haina tapailai jun kura ma ni problem hudo raicha tyehi bhayera je kura ma ni yo ta bhayena ni som bhandai hidne? Tyehi bhayera name pani durustai raicha. Dherai negative hunu bhayena som.
grgDai · Dec 1, 2010 9:36 AM
कुनै पनि बाद या सस्थालाई आरोप लगाइन्छ अग्रगमन तर्फ देश नलगेको भनेर,किन त ? अबस्यनै कुनै आरोप आउन्न थिए होला यदि देश बिकासको बाटोमा लम्किरहेको हुदो हो त ! मान्छे असन्तोषि भावनाले बसिभुत भै आरोप नलगाइ रहन सक्दैन कुनै कुरा बिग्रदा। देश समयाचित बिकास गर्न नसक्दा देश चलाउने नै दोशी ठहछन् । तेहीँ राजा, बाहुन , क्षेत्री सबै परे । राजा फालियो अनी बाहुनबाद आयो दोश लगाउदै जातियताको राजनिती गर्ने झुण्ड । मैले बुझ्न नसकेको कुरा जातियतालाई खाडलमा पुर्नुपर्ने बेलाँ किन हामी यसलाई आकास चुलाउदै छौ ? पढ्ने लेख्ने बाठा भए ,बाहुन पढेर बाठो भयो उसलाई पढ्न बन्चेत गरौ भन्नौ भन्दा दलित पिछडीएकालाई पनि शिक्षा बाट सिच्ने की ? पढेर २-४ अक्षर जनेपछी हामी अब्बल दर्जाको भएको भान गर्छौ । सनोतिनो काम भन्दै मुख्य पेसा कृषि लाई धुत्कार्छौ ! सम्मुनत समाज बनाउन जातियताको राज्य सफल हुन्न । बराबर resources हुने बैजानिक राज्य हुनु पर्छ । अहिलेकै ५ बिकास क्षत्र धेरै हद सम्म बैजानिक छ । अब राजा महाराजले गरेको भन्दैमा राम्रा काम का अनुसरण गर्नै नहुने झै गरिदैछ त ! स्कुल पढ्दा कहिलै यो बाहुन्, यो नेवार यो क्षत्री भन्ने आभाष भएन । नेपाली बोलिन्थ्यो , संगै खेलिन्थ्यो । अहिले आएर जातियता बिजारोपण गराउन खोजिदै छ त्यो सोच्दा 'भाई फुटे गवार लुटें' उक्ती याद आउछ ।
bhakte dai · Dec 10, 2010 2:39 PM
I agree with Syanjali. There is no similarity between chhetris and bahuns besides janai. Bahuns used religion and hinduism as a means of livelihood. They took advantages of facial similarity with chhetris (Khas) for their source of income. I am not a racist but what I have seen as almost all bahuns have high degree of 'narcissism' they regard purest and most cultured to themselves and savage and 'untouchable' to rest. UJDACHAMAN has successfully portrayed all the amenities of most of bahun, the most opportunist of all races. They never sheded a drop of their blood and have nothing written in history. So they want to wipe up splendid Nepalis history. They are one who made king the incarnation of Vishnu and again it's them who spreaded king to be a Muslim. What a Namak Haram race !!! All the people who are hazy and misunderstood between Chhetris and Bahuns.......just see on instance... Many Chhetris got beheaded in the making of Nepal and bahuns are chopping nation into pieces to make money.............JAY BAHUNBAD !!!
nalapani · Dec 11, 2010 12:09 AM
You morons need to stop cursing brainy people. :) Btw, priestly castes are everywhere. What do you think about Karmacharya, Amatya, Maskey, high caste Gurungs, Sherpas etc? They all look like Brahmin to me. In fact, every group has a priestly caste.
Pire · Dec 11, 2010 4:14 AM
Nalapani, I don't know in which era you left Nepal budd but what I can infer from your post above is you are a motherphucking racist and one of those looser who can go on blaming other people for his/her bad decisions and backwardness in life. If you still have this wrong idea that you can prosper with this sort of attitude, you doing nothing but cheating yourself more than ever.
sna · Dec 11, 2010 6:22 AM
Human beings are the most selfish creatures in the living things. As somebody said it " should have used an appropriate word rather than this word. Now people are confused by the word बाहुनबाद, it is the mentality and character of those people is बाहुनबाद, . It is a crowd whose mentality matches with the "jattha" as syanjali said. We find people with such mentality all around the world.
Bhojpure01 · Dec 11, 2010 12:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion