म फेरी सपना देख्न थालेछु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म फेरी सपना देख्न थालेछु  बिर्सियर अतित कल्पनमा रम्न थालेछु  न हिजो सुन्दर थियो  न आज रङिन छ  निस्सासिएर भिन्ड्मा, एकान्तमा लुक्न पुगेछु  हराएर बादलभित्रै, सपना म फेरी देख्न थालेछु  कस्तो हुन्थ्यो होला  मेरो खुशीमा कोही एक रमाउने भय एक खुशी भित्र पनि शान्ती मोउलाउने भय कस्तो हुन्थ्यो होला म केबल म हुँदा  बाहिर बाट कसैले रङ नपोतिदिने भये  मागेको केही हैन  दु:ख केही नभय नि खुशी छैन  खुशी हुनु मेरो पनि नैसर्गिक अधिकार होकी  मलाई वास्तवमै बुझ्ने कोही छ कि !  मेरो सपना रहर लाग्दो छैन  कल्पना ठुलो हैन  अटल विश्वाश पनि छैन  अजम्बरी त्रिस्णा त पक्कै हैन   धेरै तर सरल इक्षा पालेछु  म फेरी सपना देख्न थालेछु !!!

Narayangarh suburb · Oct 22, 2010 3:14 PM · 18,836 views

7 Replies

Very nice one !!!! I always like your poems n stories . keep it up !!!!!

love life · Oct 22, 2010 3:26 PM

वाह ! नाराने वाह !! सुन्दर कबिता । कबिता होस् त यस्तो । अर्थपूर्ण , मिठासयुक्त, सरल भाषा ।

rahulvai · Oct 22, 2010 4:15 PM

सपना देख्नु पाप होइन गुरु! जे होस यहाँको सपनाहरु बिपनामा बदलिउन्, यहाँको आँगनमा मायाका फूलहरु फुलुन्, आउँदै गरेको शिशिर ऋतु चाँडै झरेर बसन्तको लालीहरु पोतिउन्, अनि सपनाहरु बिपनामा बदलिउन्....

Geology Tiger · Oct 23, 2010 9:38 AM

nice kavita वाह

bhakte dai · Oct 23, 2010 10:12 AM

Thank you all for the nice words....

Narayangarh suburb · Oct 26, 2010 11:36 AM

यो कविता मैले धेरै चोटि पढेँ । शुन्दर छ, शत्य छ । गालि गर्नुस तर मेरो गल्ति माफ गर्नुस । यहाँ केहि शब्द गड्बड् भएकोले उल्टो अर्थ निस्किएको छ । अनि मैले लामो समय पर्खे सच्याउनु हुन्छ ठानेर । केहि महिना बितेछ क्यारे ... कसैले औंल्याएनन् ।  सोचेँ, किन प्याच्च गल्ति औंल्याउनु - किन गालि खानु - किन जान्ने पल्टिनु !? मन मानेन... अनि यति राम्रो कविता खेर गएको देख्न सकिन । कृपया तल लेखेका शब्द हरुलाई कविजिको भावनालाई असर नपर्ने तरिकाले सच्याउनुहुन अनुरोध गर्दछु । उदाहरण: "निस्सासिएर भिन्ड्मा" "मेरो खुशीमा कोही एक रमाउने भय" "एक खुशी भित्र पनि शान्ती मोउलाउने भय" "म केबल म हुँदा " "दु:ख केही नभय नि खुशी छैन" "मलाई वास्तवमै बुझ्ने कोही छ कि ! "

simple_keta · Dec 5, 2010 9:21 AM

good poem! i love it.

Lahari · Mar 28, 2011 6:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all