सौरभ, कार्तिक ३ - राम्रै भयो संविधान नबनेको । किनभने जातीय 'इन्जिनियरिङ' गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ । यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शंका छैन । यथार्थ के भने पटक-पटक 'आदिवासी हौं' भनेर भइरहने एकपक्षको दाबीसँग सहमत हुने ठाउँ छैन । कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ । भाग पहिलो सन् १८५० मा पाल्पाबाट एउटा फूल काठमाडौं पुगेर देशैभरि छरियो, 'दहेला फूल' । अंग्रेजीको दालियाबाट नेपालीकरण भएको भए पनि यतिबेला लाहुरे फूलले चिनिन्छ यो, यसको सबैभन्दा ठूलो एसियाइ केन्द्र लाहोरबाट, नकि कुनै लाहुरे विशेषबाट । तर थकाली भाषामा 'पाल्पु मेन्दो' भनिने यसको नाममा परेको पाल्पु शब्द पाल्पाको निम्ति होइन, काठमाडौंका निम्ति हो । नेवार पुरुष र तिब्बती महिलाबाट सुरु भएको ठानिने थामीहरू सँगसँगै जस्तो बसोबास गर्ने जिरेलहरूमा त नेवार र पाल्पा थर नै हुन्छ । कलाकार अरनिकोको अर्को नाम पल्पु पनि हो, जसलाई बालकृष्ण समले संस्कृतकरण गरिदिए, बलबाहु । यी मंगोल सम्बन्धित तथ्यहरू हेर्दा लाग्छ, चिनियाँहरूले मध्यनेपाली पहाडी इलाकालाई राखेको एउटा पुरानो नाउँ 'पाल्पा' -खेत कुर्ने छाप्रो भएको ठाउँ) थियो । तर वि.सं. १६१६ मा काष्ठमण्डप बनेपछि यो अनौपचारिक नाउँ वर्तमान पाल्पामा अरू सीमित हुँदै गयो । यहाँनेर जिरेल र थामीहरू भएको भेग काभ्रेपलाञ्चोकको पला र सिन्धुपाल्चोकको पाल अंश पनि पाल्पासँग ध्वनि साम्यता राख्छन् भन्ने यथार्थ बिर्सन मिल्दैन । खेतसँग सम्बन्धित यो शब्दलाई नियाल्ने हो भने नरेन्द्रदेवको समय, छैठौं शताब्दीदेखि मात्रै नेपालमा धानखेती सुरु भयो र चन्दननाथले जुम्लामा ७ सय वर्ष अघिमात्रै चामल ल्याए भन्ने हाम्रा ऐतिहासिक लेखाइहरू सबै कोरा गफ हुन् । मार्सीमध्येको एउटा प्रजाति -कल्टिभार) कालो मार्सी उनले ल्याए, त्यति नै हो । यहाँनेर स्पष्ट भन्नुपर्दा चामल खानेलाई नवागन्तुक र कोदो वा अन्य खानेलाई आदिवासीमा दर्ता गर्न खोज्ने जेम्स फिसरको परोक्ष प्रयास नै हावादारी छ -ट्रान्स हिमालयन ट्रेडर्स, पेज ९२) । कारण स्पष्ट छ, मेक्सिकोबाट लाहुरे फूल संकलन गरिएको ६० वर्षभित्रमा पाल्पाको बाटो हुँदै जंगबहादुर राणाले त्यसलाई उपत्यका भित्र्याएका थिए । बारबाडोसबाट भुइँकटहर संकलित गरिएको १२ वर्षपछि नै १६६३ मा भक्तपुरमा त्यो देखापरेको थियो अर्थात् त्यस द्रुतगतिमा खाद्य वनस्पति विस्तार हुनजाने पृष्ठभूमिमा, चीनमा धानखेती सुरु भएको १३ हजार वर्ष र कोरियामा १५ हजार वर्ष भइसक्दा नेपालमा १५ सय वर्ष अघिमात्र धानखेती सुरु भयो भन्नुजस्तो वंशावलीहरूको मूर्खता र चामल खानेचाहिँ नयाँ आव्रजक हुन् भन्न खोज्ने नृवंश शास्त्रीय पटमूर्खता अर्को हुनै सक्दैन । अर्कोतिर ठ्याम्मै उल्टो कुरा के भने वणर्ाश्रमभित्र नपरेका विभिन्न जातजातिबीच लोकपि्रय कोदो -इल्युसिन कोकाना) को अंग्रेजी नाम नै 'अपि|mकन मिलेट' हो । किनभने त्यसको उत्पत्ति इथियोपियामा भएको हो । अनि त्यसको एसिया आगमनको प्राग्ऐतिहासिक उल्लेख चार हजार वर्षभन्दा पुरानो छैन । लिम्बु भाषामा चिलिङ्सेले चिनिने कागुनो पनि पूर्वी एसियाको रैथाने हो र चीनमै पनि यसको खेती ४७ सय वर्षअघि जाँदैन । तुम्ब्री अथवा परामाले चिनिने जुनेलो भूमध्य सागरीयदेखि मध्यएसियाइ हो । क्यावो अथवा साम्मोक्पाले चिनिने मीठे फापर मध्यएसियाइ हो, जसको चीनमै खेती पनि ४६ सय वर्षअघि जाँदैन । रैथाने चिनु -पनिकम मिलिकम) र नाफल -पनिसेटम टाइफइडस) को खेती पूर्वमा पाइएको छैन । मार्से -अमारान्थस कडाटस) अमेरिकाबाट भित्रिएको बढीमा चार सय वर्षमात्र भयो र जइ -अभेना साटिभा) उपत्यकामै पनि ८० वर्षमात्र । सामा -इकिनोक्ला फर्मान्सिया) तराईमा थोरै ठाउँमा मात्र पाइन्छ । तर चामलसँगको संगतले अन्य जाति हिन्दु वर्णवादको फेलापर्न पुगे भनेर ठाडै भन्ने फिसर लगायत लायोनेल कापलानजस्ता नेपालमा जातीय द्वन्द्वका प्रणेता पश्चिमाहरूले भेउ पाउन हम्मे पर्ने यथार्थ के हो भने नेपाली वणर्ाश्रमको विश्वमै दुर्लभ विशेषता 'जुठो' शब्दको 'जु' चामलबाट बनेकै होइन, रैथाने जांै/उवा -हर्डम भल्गार) बोधक संस्कृतको यवबाट हो । जसमा पश्चिम पहाडी भेगमा भातको बल छर्दा, यदाकदा सुनिने 'उँ ठहाय स्वहा' को ठहा शब्द जोडिएको छ र जुन सम्भवतः हुम्लाको रातो मार्सी हुने ठेहे इलाकाको देन हो । पूर्वी हिमाली ग्रामदेव 'पाङ'जस्तै पश्चिम हिमाली ग्रामदेव 'ठहा' हुन् पनि । ऐतिहासिक पात्र 'ठी नरेन्द्र' नाममा परेको ठीको लाक्षणिक अर्थ त्यसैले देवराजा हो भन्ने यसले संकेत गर्छ । यसको अर्थ हो, चामल खेतीभन्दा पनि अघिको जंगली अवस्थाको जौंबाट पारिवारिक शुद्धता -क्लान प्युरिटी) को सूत्रपात पश्चिमी हिमालमा हुनपुगेको छ, राईहरूको पराई, परदेशी र परचक्रीले प्रवेश नपाउने सुत्तुलुङ, फुत्तुलुङ र उत्तुलुङ देव रहेको पारिवारिक अगेनाजस्तै । स्पष्ट भन्नुपर्दा नेपाली वणर्ाश्रमको मौलिक आधार मनुस्मृति नै होइन । यही कारण हो, पहाडी वणर्ाश्रमयुक्त समाजमा वैश्यको उपस्थिति छैन । भएदेखि बहादुरहरूले देखाइदिनुपर्यो । जस्तो कि नेवार समाजमा कोजु, फैंजु, सैंजु र श्रेष्ट -संस्कृतको व्यापारी बोधक श्रेष्टीबाट श्रेष्ट, स्रेस्ता आदि) जस्तो वैश्य थरको स्पष्ट उपस्थिति छ र तराईमा त वणर्ाश्रमका तहहरूको शृङखला गनेरै भ्याइँदैन । जति दक्षिण लाग्यो, उति तहहरू बढ्दै जानुको अर्थ हो, वणर्ाश्रम दक्षिणी प्रभाव हो । यथार्थ के हो भने पहाडी समाज मूलतः अध्येता -भट्ट) र ग्रामरक्षक -अयडीर एडीर अरीर शत्रु सिकारी) को मात्रै हो । दलितको उपस्थितिको छुट्टै व्याख्याले नलम्याउँ । त्यहींनेर 'कालो बाहुन र गोरो दलित' भन्ने विसंगति पुष्करशमशेर राणाको उखान संग्रहले त्यसै दर्शाएको पनि होइन । किनभने पश्चिममा मानिसहरूको आगमन भएकै कस्मिरबाट हो, नकि महम्मद घोरीको दिल्लीबाट र ती कालो हुनु । इस्लामीकरणपूर्वको अफ्गान संस्कृति र पश्तो भाषाको प्रभाव त्यसै दृष्टिगोचर हुने गरेको होइन । शुक्ल यजुर्वेदमा उल्लिखित निवार -अराइजा निवारा) शब्दले नै पनि कोदोखेतीभन्दा धानखेतीको प्राचीनतालाई पुष्टि गर्छ । यद्यपि निवार जडान -टेम्परेट) जातिको नभएर केदार -ट्रपिकल) जातिको धान हो । उष्णीय भए पनि सिमसारमा छरिइने -नेवारीमा उला) भएकाले केदार लेख्नुपरेको हो र अझै पर, नेपाली वैज्ञानिकहरूले हिमालयको दक्षिण ढालबाट नै चामल र यसका इन्डिका, जापोनिका र जाभोनिकाजस्ता खेतीवर्गहरू विकसित भएको मानेका छन् । यसको अर्थ हो चीन, जापान, कोरियादेखि इन्डोनेसियासम्मको धानखेती नेपालबाट विस्तारित हँुदै गएको हो । भारतको त कुरै छोडौं । अर्थात् रैथाने र जंगली युगको उवाको सांस्कृतिक उपयोगीहरू आव्रजक हुने र आयातितको खेती गर्नेहरूचाहिँ आदिवासी हुने कुरा वैज्ञानिक हँुदै होइन । वणर्ाश्रममा नपरेकाको धर्म परिवर्तन गराउने पश्चिमा रणनीतिक खेलखालमात्रै हो । भाग दोस्रो यजुर्वेदको यो वाक्य पनि सम्झनामा आउनैपर्छ, 'ए औषधी तिमी साल र तेजपातको रूख नजिकै छौ ।' यो औषधी भनेको पश्चिम हिमालमै पाइने कूट -सासुरिया लापा) हो । साल -सरिया रवष्टा) र तेजपात -सिनामोमम तमाला) जुध्ने वनस्पति भौगोलिक इलाका -फाइटोज्योग्राफिक रेन्ज) भारतको उत्तराञ्चलदेखि भुटानसम्म रहेको छ अवश्य । तर अर्कोे वाक्य 'वसन्त कपिञ्जल चातक हो' ले तेजपातको रूखमा गुँड लगाउने तर पूर्वी नेपालमा नपाइने जातको कैलो भंगेरा -हिमालयन सिन्नामोमम स्पारो याने पासर रूटिल्यान्सर कपिञ्जललाई तित्रा र चातकलाई काकाकुल मानेर 'कपिञ्जल चातक'को अर्थ लाग्दैन) हो भनेर नेपालको ९१५-१५०० मिटरको भूभागलाई स्पष्टै तोकेको छ- जो नेपाल र यसको परिवेश बाहेक संसारको अन्य कुनै भूभाग होइन । साल, तेजपात र कैलो भंगेराको मिश्रति 'बायोज्योग्राफिक रेञ्ज' त्यही नै हो । त्यस वाक्यको 'वसन्त'ले अझै गहिरो माने राख्छ । किनभने सालको फूल फुलेपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ, सालको फूलको रंग नै हो खास वासन्ती भनेको र पासर रूटिलान्सको छाती पनि वासन्ती नै हुन्छ- सिकारी चराहरूलाई झुक्याउनुपर्ने प्राकृतिक बाध्यताले । यसरी विश्वकै प्राचीनतम कृतिमै स्पष्ट देखिनेगरी नेपालको जैविक सम्पदाको मूल्यांकन गर्न आइसकेकाहरू के साँच्चै नै एघारौं शताब्दीमा महम्मद घोरीको आक्रमण व्यहोर्न नसकेर दक्षिणबाट उत्तर भागे Û पटक-पटकको यस्तो लेखाइ देखेर तीप्रति दयाबाहेक अरू केही गर्न सकिन्न- जो आफूलाई आदिवासी दाबी गरेर कहिल्यै थाक्दैनन् । यद्यपि पंक्तिकार जान्दछ, यस दाबीमा जसले जिते पनि देशले चाहिँ हार्नेछ । यो केवल प्राचीनताको एक झलकका निम्तिमात्रै पाठकहरूसमक्ष उठाइएको सन्दर्भ हो । अझै पर जाऊँ । यजुर्वेदको एउटा शब्द छ- अश्वत्थ हिमालमा छ । यथार्थमा यो सबैभन्दा उचाइमा पाइने भोटे पीपल -पपुलस सिलिआटा) हो कुनै बेलाको, जुन हिमाली वनअश्व -इक्वस हमिनियस कियाङ) को पि्रय आहारा हो । तर भोटे पीपलसँग मिल्दोजुल्दो पीपल -फाइकस रेलिजिओसा) भएको गंगाको भारतीय मैदानमा गधा/गदहा शब्दको जन्मसमेत भएको थिएन, १५ हजार वर्षअघि वेद बन्दा । किनभने त्यसको नामकरणको स्रोत 'गद' -भाङको रेशा) बन्नका निम्ति भाङ एसिया माइनरबाट सप्तसिन्धुसमेत छिरेको थिएन । यसैले त्यस वनस्पतिलाई अश्वत्थ र रूचाउने जनावरको नाम नै तिनले अश्वत्थामा राखिदिए । अश्व शब्द सो जनावर चर्ने ठाउँ पश्चिमको उच्च पहाडी शृङखलामा समेत पाइने गोब्रेसल्ला -पाइनस वालिचियाना विशेष) को पिरल अर्थात् असीबाट बन्दछ । कणिर्कार -टेरोसपर्मम एसेरिफोलियम) नेपाली भूमिमा नपाइएपछि अमेरिकीमूलको 'क्यास्काव्लेआ थेभेटिया'लाई योगी नरहरिनाथहरूसमेत मृगस्थलीको आफ्नो आश्रमअघि कणिर्कारका रूपमा रोप्न पुग्छन् भने वा अमरकोशको अपराजिता -हिविस्कस रोजा साइनेन्सिस) लाई एच.टी. कोलब्रुकहरू अमेरिकी मूलको 'क्लिटरिया टर्नासिया' लेख्न पुग्छन् भने त्यो युगमा अश्वत्थको परिचयलाई लिएर भ्रमहरू हुनु अनौठो होइन । नेपालमा कोका संगमहरूको विशेषता नै हो भोटे पीपलको रूखमुनि नै पुर्खाहरूको सम्झना गरिन्छ र चढाइएका वस्तु खान हाँगामा बसेका काग -देवदूत) नै झर्नुपर्छ । 'अश्वत्थ' त अझै थप, वैदिककालपूर्वको संस्कृतिको प्रतिनिधि हो । किनभने पश्चिम नेपालको अश्वत्थ हुने इलाका कोका खोला र पूर्वी नेपालको कोका संगम दुवै हिमरेखामुनि छन् । तिनका ठीक माथि पश्चिममा कागमारा र पूर्वमा गोराकशेप -तिब्बतीमा कागमारा/गोराक रु काग, शेप रु मर्नु) शिखर छन् । कोका भनेको साढे आठ हजार फिटसम्म पाइने डुमकाग -कर्भस कन्याक्स) हो र कागमारा ५९६१ मिटर एवं गोराकशेप ५१५० मिटर अग्ला छन् । मृत शरीर खाने र आत्माका नाममा चढाइएका वस्तु खान डुमकाग -देवदूत) बस्ने भएकैले अश्वत्थको आध्यात्मिक व्याख्या र काग अमर हुन्छ भन्ने मान्यता बन्दै आएको हो । जसरी गिद्ध सिमल -वम्बाक्स साइवा) मा बस्ने भएकोले पूर्वी पहाड र तराईका जातजातिमा सिमलले भूतप्रेतको निवासको संज्ञा पाउँदै आएको छ । यसरी 'अश्वत्थ'को महत्त्व दर्शाउने कोका संगमहरू नेपालबाहेक उत्तराञ्चलदेखि आसामसम्म कतै छैनन् पनि हिमालय शृङखलामा । यसै पनि कागको आचरणमाथि त्यो बेलाको अध्ययन नयाँ कुरा होइन नै । त्यसै वात्स्यायनको यौनविज्ञानको नाम कोकशास्त्र भएको होइन । कोकशास्त्रको अर्थ हो, अति गोप्य शास्त्र । किनभने कागको सहवास देख्नै सकिन्न र देखियो भने पनि नराम्रो हुन्छ भन्ने धारणा अझै विद्यमान छ । त्यसैले काकतालीको अर्थ हो नै अति दुर्लभ संयोग । लुकेका अक्षर वा शब्द थप्नुपर्दा दिइने चिह्नको नाम 'काकपद' नभन्दै एक यौनआसनको नाम हो र नै त्यस चिह्नमा थोप्ला थपिन्छ । वेदलाई ३५ सय वर्ष अघिको मान्नेदेखि एक लाख वर्ष अघिका मान्ने दयानन्द सरस्वतीजस्ता पनि छन् । चार हजार वर्ष अघिको मान्ने भारतरत्न प्राप्त पी.वी. काणेहरू पनि छन् । तर पंक्तिकारले यहाँ १५ देखि २० हजार वर्षबीचको मान्ने मतलाई विभिन्न कारणहरूले गर्दा लिएको छ । महाभारतको घटोत्कच पुत्र 'वर्वरिक'लाई अन्यायमा परेको किरात भनेर एकोहोरो आलाप गरिरहिएको छ । उदाहरणका रूपमा इन्द्रचोकको टाउकोमात्रै भएका इन्द्रलाई 'वर्वरिक' र उपत्यकामा किरात शासनको प्रतिनिधि मान्ने गरिएको छ । जबकि घटोत्कचको ससुरा मुरका देश हुन्, अहिलेका मोरक्को, मौरिटानियाहरू । जहाँ मुरहरू बस्छन्/जसबाट अंग्रेजीको मोरोन र नेपालीको मूर्ख, मोरा, मोरी, मुरारी अर्थात् मुरहरूको शत्रु शब्द बन्दछ । अनि छोरो 'वर्वरिक'को देश हो, अहिले वर्वरहरू बस्ने लिविया र त्यस वरिपरिका देशहरू । दुवै उत्तर अपि|mकी छिमेकी देशहरू हुन् । यसैबाट अंग्रेजीको वार्वेरिक, वार्वेरियन र उर्दुको वर्वर शब्द बनेको छ । वर्वरिकको अर्थ हो नै घुमि्रएको कपाल भएको व्यक्ति । जिउँदा प्रतिनिधि पात्र हुन्, लिवियाका कर्णेल कदाफी । के किरातहरूको कपाल घुमि्रएको हुन्छ र लिम्बु राजमाताको रूपमा वर्वरिककी आमा हिडिम्बालाई किताबमा तोकिएको -लिम्बुवानको इतिहास) ? जबकि हिडिम्बा शब्द नुवियन मरूभूमि भनिने दक्षिणी सुडानको हो । १५ सय वर्षअघि स्रोन चङ गम्पोले ल्याएका घोडचढी तामाङ हामी लेखिसकेपछि 'बूढानीलकण्ठमा पाइएको ३० हजार वर्ष अघिको ढुंगे औजार हाम्रो पुर्खाको हो' भनेर वेबसाइटमा हाल्नु कस्तो विज्ञता हो ? उतातिर किरात पुर्खा मानिएको एकलव्य आफैंमा नाम नभई सर्वनाम हो, जसको अर्थ हो एकोहोरो । सीता स्वयम्वरमा पहाडी उम्मेदवार मानिएका सुधन्वा पनि नाम नभई सर्वनाम हो, जसको अर्थ हो पोख्त धर्नुधारी । बरु द्रोणाचार्य नाम हो, अर्थ हो 'खोक्चिलिफु' । दुनामा शिवले छाडेको शुक्रकीटबाट जन्मेकाले दुनाबोधक संस्कृत शब्द द्रोणबाट यो बनेको हो, जुन स्वाभाविक प्रक्रिया होइन । त्यसैगरी किरात पुर्खा खोक्चिलिफुको जन्म मुन्धुमअनुसार कालान्तरमा त्यतिबेला हुनपुग्छ, जब पारूहाङले कर्कलोको पातमा शुक्रकीट पोको पारेर छाड्छन् र तिर्खाएकी निनामरिम्दुले पानी ठानेर खान्छिन् । साम्पाङमा खोको अर्थ खाेँरी, खोँगी, दुना पनि हो, वान्तवामा खोक्लिको अर्थ जंगल, १० किरातमध्येको एक धिमालको भाषामा त लाफाको अर्थ पात हो नै, नेवारीमा लप्ते को पनि हो । यसैले अलेक्जेन्डरको नामानुवाद हरिशचन्द्रजस्तै द्रोणाचार्यको नामानुवाद खोक्चिलिफु हुनपुग्छ, जुन तीन हजार वर्षभन्दा पर जाँदैन । महाभारतले खोक्चिलिफुलाई द्रोणाचार्यका नाममा संस्कृतकरण गरेको बुझिन्छ । त्यसमाथि भारवीको किरातार्जुनियमका किरातहरू र अहिलेकाहरू एउटै होइनन् र अझै थप कुरा नेपालका आदिवासी 'नाग' हुन् -नागा होइन) भनेर लेखी नै सकियो । यसै पनि मेचे -भारतमा चिनियाँ प्रान्त फुजियानबाट आएको बोडो मानिने) लाई रेशम बुनाइसँग इमानसिंह चेम्जोङले जोडे । तर पूर्वी नेपालमा सिल्कको कुनै परम्परागत चलन र बुनाई देखिँदैन । अहिले पूर्वी नेपालमा भइरहेको 'अहिंसा सिल्क'को बुनाई हिजोमात्रै भारतको भागलपुरबाट छिरेको शिल्प हो । यसो किन भएको हो भने किरेत शब्दको तिनको अर्थ सायद सही थिएन । बरु स्वामी प्रपन्नाचार्यको 'किंकिरात'को अर्थको खोजी निर्दोष खालको रहेको छ । अरू त अरू, कम्तीमा १४ सय वर्षअघि नै मध्यपश्चिम मूलको गहुँ नेपाल भित्रिसकेको थियो । तर पूर्वमा त्यसको सुनियोजित विस्तार स्वर्गीय चन्द्रवीर गुरुङले गर्नलाई १९६० को दसक आउनुपर्यो । पोलिनेसियन मूलको उखु उपत्यकामा कम्तीमा तीन हजार वर्षदेखि छ र पश्चिमका सोराड लगायत कतिपय ठाउँहरू खुदोका निम्ति जसरी प्रख्यात छन्, जसरी नेवारहरूले त्यसैबाट टोखा, टुखुचा, टुसाल शब्दहरू जन्माएका छन्, पूर्वमा किन कहीं पाइन्न ? यहाँसम्म कि चिनियाँ मूलको मूलाका निम्ति पश्चिम नेपालको प्युठान प्रसिद्ध छ, चिनियाँ मूलको रायो सागका निम्ति महर्जनहरूमा पाछै -चिनियाँमा पेत्साइ) उपथर नै विद्यमान छ, चिनियाँ मूलको तोरीका निम्ति भक्तपुरमा तुकाबञ्जार थर नै छ । चीनबाट आएका हौं दाबी भइरहँदा पूर्वमा चिनियाँ मूलको वेछुर अदुवा -जिन्जिवर अफिसिनाल) र मञ्जुरियन मूलको भटमास -ग्लाइसिन म्याक्स) को बाहेक यी चिनियाँ खाद्य वनस्पतिसँग जोडिएका उल्लेखनीय परम्परा किन देखिँदैन ? एक जिज्ञासुलाई कौतुहल हुन्छ नै । अब पनि आदिवासीको पुष्टिमै लाग्ने हो भने संविधान बन्नुभन्दा पहिला नै जातीय दाबी गरिएका इलाकाका बस्तीहरूमा पाइनसक्ने कृषिमूलक परागकण र स्पोरहरूको अध्ययन -पाइलनलजी) र त्यसको कार्बन डेटिङतिर जाऔं । व्यक्तिका निम्ति दस वर्ष ठूलो कुरा हो, देशका निम्ति होइन । यो किन भनिरहिएको हो भने मुस्ताङकै गुफाहरूमा पनि दुई हजार वर्षभन्दा अघिको अवशेष भेटिएको छैन र मुस्ताङ पारिपट्टकिो झाङफुङमा २२ सय वर्षको । अन्त्यमा भन्नुपर्दा एउटा नृवंश शास्त्रीय संग्रहालय खडा गर्ने प्रयास लिइयो भने त्यसले हामी सबै आदिवासी हौं भन्ने नै पुष्टि गर्नेछ । किनभने मुस्ताङ, मनाङ र पोखरामा देखिएका संग्रहालय हेरेर चित्त बुझाउन सकिँदैन । जातीय अनुहारलाई लोकपहिरन दिँदैमा त्यो नृवंश शास्त्रीय संग्रहालय हुँदैन । अर्थात् पहाडी बाहुन-क्षत्रीले आफूलाई आदिवासी दाबी गर्छन् भने त्यो गलत हुँदै होइन । प्रकाशित मिति: २०६७ कार्तिक ५ ०९:०६ http://www.ekantipur.com/kanti...
_____ · Oct 22, 2010 10:09 AM · 2,597 views
यो सब जनतालाई झुक्याउने खेल हो| एक भन्दा बढी दर्जाको नेपाली हामीलाई चाहिएको छैन| शक्ति हत्याउने खेलमा हाम्रा "दिग्गज" नेताज्यूहरुले यस्तो बिउ रोप्दैछन, जसको फल साम्प्रदायिक हत्या हिँसा र आदिम बर्बरता बाहेक केहि हुन सक्दैन| अधिकांश नेताहरु लुच्चा फटाहा हुन् भन्ने बुझ्दा बुझ्दै पनि यस्ताको पछी लगेर जो साम्प्रदायिकताको बिष फैलाउन चाहन्छन, तिनीहरुलाई मेरो अझ बढी तिरस्कार छ| यस्ता संकुचितहरुको साथ नपाएको भए नेताले मात्रै केहि गर्न सक्दैनथे| सारा नेपाली एकै वर्ग हुन्, यहाँ जसले साम्प्रदायिकताको भरमा राजनीति गर्न खोज्छन, त्यस्तालाई गोलि ठोक्नु पर्छा| यी नेता भनाउदा र यिनका अवसरबादी ग्यांगलाइ मेरो मात्र एउटा टिप्पणी छ - "यो त भएन नि सोम!!!" Last edited: 22-Oct-10 10:50 AM
YoTaBhayanaNiSom · Oct 22, 2010 10:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion