सचिव चढेको गाडी चेकजाँच गर्दा ट्राफिक प्रहरी निलम्बित 22/10/20

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source: Nayapatrika DailyWhat the heck this culprit doing??? I appeal to hang this doggy soon!! http://www.nayapatrika.net/new...

dimehot · Oct 22, 2010 7:11 AM · 10,989 views

2 Replies

traffic le Rs 100 jariwanan garna khojeko recha ni ta...khana lai paisa magyo hola mula le ani fasyo ni...

V2001 · Oct 22, 2010 9:55 AM

http://nagariknews.com/news-hi... How do we find out who is right and who is wrong..  'प्रधानमन्त्री कार्यालयलाई झुक्याए' प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेल गत साल गुल्मीको पुर्ख्यौली घरबाट दसै मानेर फर्केपछि बेल्खुदेखि नागढुंगा सडकको दुरावस्था देखेर अत्तालिए।  सडकको क्षमता भन्दा दोव्वर तेव्वर लोड बोकेर गुड्ने ट्रक/टि्रपर मात्र रोक्न सक्ने हो भने सडक जोगाउन सकिने निश्कर्ष उनले यात्राकै दौरान निकाले। काठमाडौं फर्केपछि यातायात, सडक, ट्राफिकका अधिकारीसँग औपचारिक अनौपचारिक छलफल गरे। कसैले जिम्मा लिएन। सबैले दोषको भारी अर्को निकायलाई बोकाए। ढाला थपेर चिसो वालुवा बोकि पानीको धारो लगाउँदै कठमाडौं उक्लिने टि्रपरलाई दश टन मात्र बोक्न दिने हो भने सडकका लागि सञ्जिवनी हुने राय सबैले दिए। मुलुकको प्रमुख कार्यकारी मातहत सुशासन र भ्रष्ट्रचार नियन्त्रण इकाईको पनि जिम्मेवारी संहालेका पौडेलले यातायात व्यवस्था विभागलाई ट्रक/टि्रपरको भार अनुगमन गर्न निर्देशन दिए। प्रधानमन्त्री कार्यालयले यातायतलाई तत्काल टि्रपरको बढाइएको ढाला काट्न र पानी चुहाउँदै रोक्न भन्यो।  'यातायात विभागलाई हामीले लिखित निर्देशन दियौं,' पौडेलले बिहीबार नागरिकसित भने, 'समय समयमा प्रगति विवरण प्राप्त भइरहेको थियो।' घर जाँदाको भोगाईबाट थालिएको पहलले राष्ट्रिय राजमार्ग ध्वस्त हुनबाट जोगाउन सकेकोमा उनलाई गौरव पनि लाग्यो। कानुन उल्लंघन गर्दै चलाइने साधनले राष्ट्रिय संरचना ध्वस्त हुने र त्यसको पुनर्निर्माणमा अर्वौ रुपैयाँ खर्च नहोस् भनि पौडेलले पहल गरे।  'प्रमुख राजमार्ग विग्रिएपछि जताबाट पनि सरकारले खर्च जुटाउनैपर्‍यो,' पौडेल भन्छन्, 'त्यसका लागि दुर्गमको कार्यक्रमहरु काटिन्छन् भनेर म अझ बढी चिन्तित भएर लागेको हुँ।' अधिक भारका यातायातको आवागमन रोकियो भन्ने रिपोर्टले ल्याएको खुशी धेरै दिन टिकेन। यसपालि दशै मानेर फर्किने क्रममा पौडेल आत्तिए।  गुल्मीबाट बुधबार माइक्रोबसबाट काठमाडौं फर्कने क्रममा बाटामा गत सालजस्तै ओभरलोड ट्रक देखेर उनी दिक्क मात्र भएनन्, मुलुकमा मौलाएको दण्डहिनताबाट दुःखी पनि भए। 'दशै भर्खर सकिएकाले बाटामा ट्रक कम थिए। तर सबैजसो ट्रकले दोव्वर/तेव्वर लोड बोकेको मैले नै देखे,' उनले भने, 'टेबुलमा आएका रिपोर्टले मलाई कति भुक्याएका रहेछन्।' ओभर लोड ट्रक निर्वाध संचालन भइरहेकाले बाटोका अवस्था झनै गएगुज्रेको उनको ठम्याई छ। एक बर्षमा खाल्डा, खुल्डी थपिएका छन्। लगभग आधा सडक कच्चि भैसकेको छ। 'नौविसेदेखि नागढुंगासम्म झनै विभत्स भएको रहेछ,' उनी भन्छन्, 'खाल्डा छल्न माईक्रोले रङ साईडबाट हाक्दा रहेछन्, यसले दुर्घटना, जाम र अरु अलमल हुँदोरहेछ।'   Last edited: 22-Oct-10 05:07 PM Last edited: 22-Oct-10 05:07 PM

hallude · Oct 22, 2010 5:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all