फेरी दशै आयो अनी बिर्सिसकेको कुराहरु याद आउन थाल्यो । हुन त मैले पछील्लो पटक नेपालमा बा आमा को कुरा गरेको थिए तर आज वास्तविकता भन्न वाध्य छु सबै साथी भाई सामु। आज दशै नेपालमा, हरेक दशैमा मेरो मन धुरु धुरु रुने गर्छ, जबदेखी बुवाले हाम्रो परिवार लाई छोडेर जानु भयो त्यो दिन देखी मेरो मन धुरु धुरु रुन्छ। सबैजना हाशी खुशी रमएको देख्दा मलाई पनि लाग्छ मेरो मात्र किन एस्तो ? सबैका साथी हरु को बुवा छन, मेरो मात्र किन होइसिन्न ? मन खिन्न भएर आउछ। आज बुवाको तश्बिर सामुन्ने रखेर धुरु धुरु रोये फेरी एक्चोटी । बुवाले चाडैनै छोडेर जानु भयो अनी त्यो दिन देखी दशै पनि मनाउन मन लाग्दैन। हरपल बुवाको याद आएेरक्छ , कान्छी छोरी भएको ले होकी किन हो असाध्ये माया गर्नु हुन्थ्यो मलाई । बुवाले मुसुक्क हसिरहेको तश्बिर अगाडि हेर्दा लाग्छ बुवा अझै हुनुहुन्छ फेरी वास्तविकता थाहा पाउछु अनी आँखा भरी आसु आउछ। घरमा बिचरा आमलाई फोन गर्छु फेरी आमा पनि रुनुहुन्छ, सानो एउटा भाई छ जस्ले गर्द आज आमालाई साथ भैराखेको छ, बुवा बितेर पनि जानु भयो, नेपाल गएर आमा र भाई सँग दशै मनाउन पनि सकेको छैन । धिक्कार छ मेरो जिन्दगी लाई। सधैं दशै कहिले आउछ भनेर कुरेर बस्थे पहिले, तर आज दशै किन आउछ भन्न वाध्य छु म ।
Racheeta · Oct 16, 2010 10:53 PM · 13,119 views
sad story,be strong n move on . may god bless u.
easy going · Oct 16, 2010 11:21 PM
Racheeta, Dashain t gayo tihar ma ke chha ni?
sajhabusaima · Oct 22, 2010 9:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion