ओलीले गरे फ्रान्समा नेपालको बेइज्जत ददि सापकोटा फ्रान्स देशमा पटक पटकको निर्वाचनबाट पनि नयाँ प्रधानमन्त्री चयन हुन नसिकिरहेको समयमा नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले भने फ्रान्सको राजधानी पेरिस आएर नेपाली कै बेइज्जत गरेका छन् । आल साल्भाडोर भन्ने मुलुकमा जान हिँडेका भनिएका ओलीले फ्रान्सेली कूटनीतिज्ञका सामू हुने नहुने बोलेर नेपालको बेइज्जत गरेका हुन् । सन् १९५० को जून ३ तारिखका दिन पहिलो पटक विश्वका ८ हजार मिटर अग्ला हिमाल मध्ये पहिलो पटक अन्नपूर्ण जेठोको आरोहण गरेका ९२ वषिर्य मोरिस हेर्जोकलाई अभिनन्दन गर्ने कार्यक्रममा सहभागी फ्रान्सेली कूटनीतिज्ञका सामू ओली आफ्नी पत्नीसहित सहभागी थिए । पेरिसस्थित नेपाली दूतावासमा भएको कार्यक्रममा मोरिस हेर्जोकलाई बुद्धको मूर्ती राखिएको पोको उपहारका रुपमा दिएको केहिबेरपछि उनलाई केहि शब्द बोल्न राजदूत मोहन कृष्ण श्रेष्ठले आग्रह गरेका थिए । त्यसपछि उनले अंग्रेजी भाषा अन्कनाउँदै लामो भाषण दिए । हेर्जोगले अन्नपूर्ण हिमाल चढेको आफुले सुनेको, हेर्जोगले लेखेको पुस्तक धेरै भाषमा निस्किएको कुरा आफुले सुनेको तर अहिलेसम्म आफुले देख्न नपाएको भनेर फितलो भाषण दिएका थिए । विश्व भरि प्रसिद्ध उनको नेपालमै भएको आरोहणबारे पूर्व परराष्ट्रमन्त्री भनेर प्रस्तुत गरिएका ओलीको फित्तलो भाषण सुनेका बिदेशी कूटनितिज्ञहरु मुसु मुसु हाँसेका थिए । त्यतिनै बेला एक जना फ्रान्सेली कूटनितिज्ञले “नेपालमा यस्ता मानिसहरु रहेसम्म नेपालले कहिल्यै गतिलो बाटो समात्न नसक्ने प्रतिक्रिया दिए । नेपालमा पहिलो पटक भएको अन्नपूर्ण आरोहण बारे खासै जानकारी छैन भन्न भ्याएका उनले नेपालको हिमालबारे भने बताउन खोज्दै थिए । कार्यक्रममा उपस्थित कुनैपनि कूटनितिज्ञहरुले क्यामरा लिंदै नचाएर फोटो खिच्ने र फोटो खिचिदिन आग्रह नगरेपनि हाम्रा नेता ओली भने कुनै फोटो ग्राफर झैं क्यामरा नचाउँदै मान्छे फेरी/फेरी फोटो खिचिदिन आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित सन् २००२ कि पेरिस सुन्दरी ईसाबेल लामलाई बोलाएर उनले सँगै फोटो खिच्न आग्रह गरेको देखेर प|mान्सेली कूटनितिज्ञहरु अचम्मित भएका थिए । उनको क्यामरा मोहले फ्रान्सेलीहरुलाई अचम्म पारेको थियो । ओलीका नाममा राजदूतसित बिवाद मोरिस हेर्जोगको सम्मान कार्यक्रम सकिएपछि नेपालीहरु एकातिर बसेर खान पिन गर्दै थिए । त्यतिनै बेला पेरिसका ब्यापारी बिनोद ओझाको नेतृत्वमा केहि नेपाली केपी ओलीको भ्रमणको बिरोध गर्न राजदूत मोहन कृष्ण श्रेष्ठको अनुमति र सल्लाह माग्न गए । नेपालमा संबिधान नबनेसम्म बिदेश भ्रमणमा हतोत्साहित गर्न पेरिस आउने सबै सभासद र प्रमुख राजनीतिक दलका नेतालाई नेपालीले यहाँ अस्विकार गर्ने निर्णय गत मे महिनामा गरेका थिए । त्यसको ज्ञापनपत्र गत मे ८ तारिख कै दिन दूतावासमा केहि नेपाली गएर बुझाएका थिए । त्यहि निर्णयको स्मरण गराउँदै ओली यो समयमा देशमै बसेर संबिधान निर्माणमा लाग्नु पर्ने हुनाले आफूहरुले उनको भ्रमणको बिरोध गर्न चाहेको र त्यसको लागि बिरोध पत्र उनलाई दिने वा त्यहिँ भेटेने बारे सल्लाह हुँदै थियो । केहिबेर ध्यानपूर्वक कुरा सुनेका श्रेष्ठ नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारी लगायत केहि नेपालीको ओलीलाई बिरोध गर्न नहुने कुरा सुनेपछि जंगिन थालेका थिए । आफ्नो घरमा आएका पाहुनाहरुलाई आफूले कूटनितिक मर्यादा अनुसारपनि राख्नु पर्ने उनले तर्क गरेका थिए । मेरो घरमा आएका पाहुनामाथि तपाईको के आपत्ति भन्ने उनले तर्क गरेपछि बिरोधपत्र दिन चाहेका नेपालीले पनि उनी सरकार सञ्चालन पार्टीको प्रमुख नेता भएको तर्क गरे । यदि उनी सामान्य पाहुनाका रुपमा आएका हुन् भने मोरिस हेर्जोकलाई सम्मान गर्ने औपचारिक कार्यक्रममा सरिक भएर किन पुरस्कार बाँडे त भन्ने प्रश्न गरेपछि विवाद भएको थियो । आरोहीलाई सम्मान गर्न राखिएको यो कार्यक्रमका दिन ओलीलाई बिरोध गर्नु अनुपयुक्त भएको भनाई राख्दा बिरोध गर्न चाहेकाहरुले त्यसो भए आफनो बिरोध पत्र दिन वा अर्को भेटघाटकालागि आग्रह गरेका थिए । त्यसपछि राजदूत श्रेष्ठले आफू आएको दुई महिना पनि नहुँदै अभिनन्दनको यत्रो ठूलो कार्यक्रम गरेको र यति ठूलो कार्यक्रम यस अघिका दश जना नेपाली राजदूत मध्ये कुनैले पनि गर्न नसकेको बताउँदै भने “ल भन्नुस, यस अघि कुनै माइकलालले गर्न सक्यो यत्रो कार्यक्रम ? मैले गरेर देखाएँ”। उनले आफुलाई कसैले तिन महिनामै लखेटेर देखाउँछु भनेकोले त्यसो गरेर देखाउन चुनौति दिँदै भने “मलाई तिन महिनामा राजदूतबाट लखेट्छु भनेको छ कसैले । ल लखेटेर देखाओस । म च्यालेन्ज गर्छु” । तर उनले त्यो को कर्मचारी हो भन्ने चाहिँ उल्लेख गरेनन् । त्यसपछि उनी निकटका केहि ब्यक्ति सहित बिहान तिन बजेसम्म उनीहरु कार्यक्रम हलमै बसेको स्रोतले उल्लेख गरेको छ । राजदूत पत्नी भने विवादलाई सकभर साम्य पार्न खोज्दै थिईन । copy from - onlinekhabar.com Last edited: 13-Oct-10 03:09 PM
bhijilante · Oct 13, 2010 3:05 PM · 12,474 views
This is nothing, but M.F. Maoist's propaganda !!!!
tmobile · Oct 13, 2010 4:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion