americamai luke twakendra

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामै लुके टवाँकेन्द्र ! मेरोसिनेमा २६ असोज २०६७, लोकप्रिय टेलिफिल्म 'तीतोसत्य'का ट्वाँकेन्द्र अर्थात गोपाल अधिकारी अब नेपाल फर्कनेछैनन् । सुटिङका लागि झन्डै एकमहिनाअघि अमेरिका पुगेका उनी अमेरिकामै लुकेका छन् । उनीसँगै अमेरिका पुगेका दीपकराज गिरी र दीपाश्री निरौला भने स्वदेश फर्किइसकेका छन् । 'तीतोसत्य'बाट सानो पर्दाको कमेडियनका रुपमा चर्चा बटुलेका ट्वाँकेन्द्र कलाकार भिसामा अमेरिका उडेका थिए । अमेरिकामै खिचिएको 'तीतो सत्य'को कन्सेप्ट भने यसअघि नै प्रसारण भैसकेको छ । जुन कन्सेप्टमा ट्वाँकेन्द्रसहित दीपकराज र दीपाश्रीले पनि अभिनय गरेका छन् । ट्वाँकेन्द्र अमेरिकामै लुकेको कुरा दीपकराजले गोप्य नै राखेका छन् । ट्वाँकेन्द्र 'तीतो सत्य'का निर्माण नियन्त्रक थिए । यसैगरि गायक यम बराल, गायिकाद्धय नलिना चित्रकार र सुनिता दुलाल पनि अमेरिकामा लुकेको हल्ला नेपाली सांगीतिक बजारमा गाईँगुईं चलेको छ । दुईमहिनाअघि कार्यक्रमको सिलसिलामा यी तीनैजना अमेरिका उडेका थिए । उनीहरु पनि स्वदेश फर्कने सम्भावना नरहेको विवरणमा जनाइएको छ । कलाकार अमेरिकामा लुकेको यो पहिलोपटक भने होइन । थुप्रै नेपाली कलाकार यतिबेला अमेरिकामा छन् । यस्ता कलाकार फर्किउन भन्ने हाम्रो शुभकामना छ ।

thearyan07 · Oct 13, 2010 2:11 PM · 10,894 views

3 Replies

http://www.merocinema.com/news...

thearyan07 · Oct 13, 2010 2:11 PM

Aba yo gede le ni greencard banaune ta holani... Yeta twake haru lai fyat fyat dido raicha outstanding alien ho ki k chij bhandai... Jay Amrika

sna · Oct 13, 2010 2:34 PM

अमेरिका मा आप्रबास लिन थाले भने हुदैन र  केको लुके हो र? कोठामा लुके कि सुरुंग्मा लुके, नेपाली मेडिया ले पनि  सै हसौछा यार 

furke · Oct 13, 2010 3:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all