चोर र भ्रस्ट दमन नाथ ढुंगाना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चोर र भ्रस्ट दमन नाथ ढुंगाना, आफूलाई  खुब मानवअधिकारकर्मी भनेर मानव अधिकार र शान्ति को कुरा गरेर हिँडथियो  | देखाई हाल्यो नी आफ्नो असली रुप | I despise the people who employ the kids as maids; I won't be surprised if some of them would in fact be working in NGOs for the welfare of the children. This news shows there are many "Damn nath dhungana" types, be it upendra mahato or the likes. This news also proves that it's not only the politicians that are to be blamed for the current state of Nepal. I couldn't find the original news but it was not only the sexual abuse that Daman nath's brother did; you won't believe the physical situation of the victim.  http://www.nayapatrika.net/new... निर्दयी मालिकका हातबाट ध्वस्त बाल्यकाल 08/10/2010 19:09:00Naya Patrika Font size:   ९९ प्रतिशत घरेलु कामदार बालिका यौन दुव्र्यवहारको सिकार हुन्छन् । कि घरमालिकबाट कि घरमा आउने पाहुनाबाट । शारीरिक यातना नपाउने बालक कामदार सायदै हुन्छन् । घरेलु बालबालिकामाथि हुने यस्ता दुव्र्यवहार दिन दुई गुना, रात चौगुना बढिरहेका छन् । बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था सिविसका संरक्षण अधिकृत प्रदीप डंगोलका अनुसार यसो हुनुमा सम्भ्रान्त वर्गमा बढ्दै गएको राजसी ठाँटबाँट जिम्मेवार छ ।   केही महिनाअगाडि यसै पत्रिकामार्फत बालिका-बलात्कारको समाचार आएको थियो । काडमाडौंका मनोज घिमिरे, जो पेसाले इन्जिनियर हुन्, ले घरमा काम गर्न राखेकी नौ वषर्ीया बालिकालाई एक वर्षसम्म बलात्कार गरेका थिए । बालिकाको शरीर बलात्कारले क्षतविक्षत भएको थियो । डाक्टरले दिएको प्रारम्भिक रिपोर्टमै भनिएको थियो- उनको पाठेघर बाहिर निस्केको छ । पूर्वसभामुख दमननाथ ढुंगानाका साढुभाइ हुन् ती इन्जिनियर । उनलाई बचाउन दमननाथले पनि सक्दो प्रयास गरेको समाचार आयो । जसले ती बालिकालाई उद्धार गरेर दोषीलाई प्रहरीसम्म पुर्‍याउने काम गरेको थियो । प्रहरीमा मनोजविरुद्ध बयान दिए पनि अन्ततः पीडित बालिकाका आफन्तले अदालतमा बयान फेरिदिए । अपराधीले मुक्ति पाए । उनको कालो कर्तुत यत्तिकै फासफुस भयो । बालिकाले न्याय पाइनन् । उनको सहयोगका लागि उभिएको संस्था सिविसले पनि बाध्यतावश हात झक्ियो । पीडित नै न्याय पाउन तयार नभएपछि अरूले के नै गर्न सक्छन् र ? - - - एक घरेलु कामदार बालकलाई मालिकले हरेक दिन मर्नेगरी पिट्थे । आरोप थियो- बालक चोरेर खान्छ । त्यही संस्थाकै टोली पुग्यो, बालककहाँ । घरमालिकले बालकलाई पिट्नुको कारण बताए, 'यो बजियाले चोरेर खाएर हैरानै पार्‍यो । पकाउँदै गरेको मासु चोरेर खान्छ । कहाँसम्म भने अक्षतासमेत खाइदिन्छ । यस्ता खाना-चोरलाई नपिटेर के गर्ने ?' बालकले चोरेर खाएको स्विकार्‍यो । किन चोरेको भनेर सोध्दा उसले बालसुलभ अबोधपन देखाएर भन्यो, 'सर असाध्यै भोक लाग्छ । अक्षता त के, ढुंगा माटो पनि खाऊँजस्तो लाग्छ । मासुको स्वाद कस्तो हुन्छ, अहिलेसम्म चाख्न पाको छैन । यस घरका मान्छेले हड्डी मात्रै दिन्छन् मलाई । त्यसैले पकाउँदै गरेको मासु खाएको ।' - - - यस्ता घटना महिनामा कैयौँ घट्छन् । घरमा काम गर्न राखिएका बालिका मालिकबाट यौन दुव्र्यवहारमा पर्छन् । घरेलु कामदार बालबालिकामाथि नानाथरीका अत्याचार हुन्छन् मालिक र मालिकका परिवारबाट । तर, उनीहरू आफूलाई भोगेको अन्यायबारे कसैलाई भन्न सक्दैनन् । तिनका लागि न राज्य छ, न कानुन । कानुनका धारा अदालतका दराजमा थन्किएका छन् । ती दराज कहिल्यै खुल्दैनन् । त्यसैले यस्ता पीडित र निरीह बालबालिकासम्म कानुनले पाउकष्ट गर्दैन । सिविस नेपालमा संरक्षण अधिकृतका रूपमा काम गरिरहेका प्रदीप डंगोलले यस्ता कैयौँ घटना र कथालाई अत्यन्तै नजिकबाट हेरेका छन् । पीडित बालबालिकाका उदास र उजाड अनुहारले उनलाई पछ्याइरहन्छन् । कहिलेकाहीँ त बालबालिकाका हालत देखेर हप्ताँै निद्रा लाग्दैन रे उनलाई । इन्जिनियर मनोज घिमिरेले सफाइ पाएको घटना आफ्नो जीवनकै दुःखद् घटना ठान्छन्, उनी । 'ती बालिकाको उपचारसम्म पनि भएको भए मनमा शान्ति मिल्थ्यो,' उनले भने 'ऊ बसेको कोठा नै गनाउँथ्यो । उद्धार गर्न पनि राति जानुपरेको थियो । कति पीडा खेपेर बसेकी ती बालिका !' प्रदीपले सुस्केरा हालेर भने, 'मालिकको धम्कीले ती बालिकाका आफन्तका हात बाँधिदिएको थिए, सायद ।' यो दसैँपछि आफ्नै पहलमा ती बालिकाको उपचार गर्ने सोचमा छन् । प्रदीपले यी पाँच वर्षमा कैयौँ बालबालिकाको उद्धार गरिसेका छन् । तीमध्ये कतिले न्याय पाएका छन् त ? 'धेरै कमले,' उनले भने, 'यसका दुई कारण छन्, 'पहिलो, म्याद हद नाघिसकेको हुन्छ । अर्काे, पीडकले पीडित पक्षलाई किन्छ या धम्क्याउँछ । विशेषगरी, देशका मुख्य सहरमा घरेलु कामका लागि बालबालिकालाई कामदार राख्ने चलन बढ्दो छ । हुनेखाने सहरिया गरिब बाबुआमाका निमुखा सन्तानलाई कामदार राख्न लालायित हुन्छन् । खासमा, यो एक किसिमको किनबेच नै हो । आफ्नो बच्चा काममा पठाएबापत त्यो परिवारले केही पैसा पाउँछ, या मालिकको जग्गा कमाउन पाउँछ, या परिवारका सदस्यले कतै जागिर पाउँछन् । राज्यमा बालश्रमिकका विषयमा 'बलियो' कानुन छ- 'चौध वर्षमुनिका बालबालिकालाई घरेलु कामदार राख्न पाइँदैन ।' कानुन त छ, तर यस विषयमा धेरै कम मानिसलाई मात्रै जानकारी छ । प्रदीपले एउटा अनुभव सुनाए । तराईतिरका एकजना न्यायाधीशको घरमा बालश्रमिक राखिएको सूचना पाएर प्रदीपको टोली उनको घरमा पुग्यो । नभन्दै बालश्रमिक राखिएको थियो । न्यायाधीशलाई प्रदीपको टोलीले छक्क परेर सोध्यो, 'तपाइर्ंको घरमा बालश्रमिक ?' 'उनको जवाफ सुनेर हामी चकित भयौँ,' प्रदीपले सुनाए, 'यो कानुनबारे ती न्यायाधीशलाई नै थाहा रहेनछ । पछि उनले राष्ट्रिय टेलिभिजनमार्फत माफी मागे ।' कामदार बालबालिकाका नामसमेत बिगारिदिने गरिन्छ । उनीहरूको असली नाम जेसुकै होस्, मालिकका घरमा बसेपछि उनीहरूको नाम कान्छा, कान्छी, काले, गोरे, रामे, श्यामे हुन्छ । अनि, उनीहरूले मालिकका आफ्नै उमेर समूहका सुपुत्रसुपुत्रीलाई 'आइस्यो' जोडेर बोलाउनुपर्छ । 'बालश्रमिक आफूलाई फरक दर्जाका मानिसका रूपमा हेर्छन्,' प्रदीपले भने, 'त्यो हीन भावना जीवनभर रहन्छ ।' सहरमा सम्पन्न मानिस बढ्दै छन् । रातारात धनाढ्य हुने क्रम पनि बढ्दै छ । त्यसरी नै बढ्दै छन्- घरेलु बालकामदार पनि । र, त्यही अनुपातमा यातना पाउने बालबालिकाको संख्या पनि बढ्दो छ । िि दसैँको मुख छ । दसैँ रमाइलो चाड हो । तर, घरेलु बालमजदुरका लागि सबैभन्दा पीडादायी समय हो यो, भन्छन् प्रदीप । 'एकजना बच्चा भन्थ्यो, 'दाइ, यो दसँै कहिल्यै नआइदिए पनि हुन्थ्यो । भाँडा माझेरै सकिँदैन । माझ्दामाझ्दै निदाउँछु म त,' प्रदीपले सुनाए, 'कमसेकम चाडबाडमा त तिनलाई घर पठाइदिनु !' अर्काे पीडादायी समय जाडो महिना हो । कामदार बालबालिकाका हात चर्किएर रगत निस्किने हुन्छन् । त्यसले तिनका मालिकका मन पग्लिदैनन् । उल्टै कुटाइ खान्छन् । 'हरेक घरेलु कामदारले डाडु र कुचोको कुटाइ खाएकै हुन्छन् । राम्रो सफा नगरे कुचोले हान्छन्, खाना गतिलो नभए डाडुले हिर्काउँछन्,' प्रदीप भन्छन् । विशेष गरी श्रीमान्/श्रीमती दुवै अफिस जाने घरका कामदार बढी पीडित हुन्छन् । उनीहरूसँग खाजा खाने पैसा हुँदैन । खानेकुरा पनि केही छुट्टयाएको हुन्न । 'त्यसैले चोर्न बाध्य हुन्छन्, उनीहरू,' उनी भन्छन् । ९९ प्रतिशत बालिका कामदार यौन दुव्र्यवहारको सिकार हुन्छन् । कि घरमालिकबाट कि घरमा आउने पाहुनाबाट । शारीरिक यातना नपाउने बालक कामदार सायदै हुन्छन् । घरेलु बालबालिकामाथि हुने यस्ता दुव्र्यवहार दिन दुई गुना, रात चौगुना बढिरहेका छन् । 'यसो हुनुमा सम्भ्रान्त वर्गमा बढ्दै गएको राजसी ठाँटबाँट जिम्मेवार छ,' प्रदीप भन्छन् । उनले हेरेका केसमा महिला बालश्रमिक दुई अवस्थामा बढी पीडित हुन्छन् । एक, घरकी मालिक्नी सुत्केरी भएको अवस्थामा र दुई, मालिक्नीको महिनावारीको समयमा । 'उनीहरू त्यसलाई बाहिर भन्न डराउँछन् किनकि पीडकले विभिन्न धम्की दिएको हुन्छ,' प्रदीप भन्छन् । अधिकांश बालबालिका मानसिक र शारीरिक दुव्र्यवहारको सिकार हुन्छन् । तर, भन्न सक्दैनन् । छत्तीस दिनको हदम्यादका कारण उजुरी दिन पनि सकिँदैन । काठमाडौंका ८० प्रतिशत घरेलु कामदार सरकारी स्कुलमा अध्ययन गर्छन् । त्यही स्कुलमा चेतनाका कार्यक्रम लगिएकाले घरेलु कामदार आफूमाथि हुने यतानाका विरुद्ध बोल्न सकेका छन् । कति बालबालिकालाई त कुट्न पाउनु मालिकको अधिकार हो जस्तो लाग्नेरहेछ,' प्रदीपले सुनाए, 'यौन दुव्र्यवहारमा परेका बालिकाहरू पनि 'यो त मालिकको अधिकार हो' भन्ठानेर चुप हुन्छन् ।' त्यसमाथि बालिका र उनका आफन्तलाई बदनामीको डर हुन्छ । 'यस्ता केस सार्वजनिक भए भने बालिकाको पछि बिहे नै नहुने डर हुन्छ । त्यसैले यस्ता केस सार्वजनिक हुन नदिनु राम्रो हो,' उनी भन्छन् । धेरैजसो बालकामदार कमैया समुदायका छन् । 'बाबुआमाले मालिकको जमिन कमाउँछन् र बच्चालाई मालिकका घरमा काम गर्न राख्छन्,' प्रदीपले भने, 'कमाएको जमिन खोसिने डरले यातना चुपचाप सहन्छन् उनीहरू ।' केही ठूला नेताको घरमा पनि बालश्रमिक छन् । जो अगुवा, त्यही केजाति भनेजस्तो । 'एक नेतृको घरमा बालकामदारले बिहानदेखि रातिसम्म चिया बाँड्छन्,' उनी भन्छन्, 'नेतृको घरमा बुझ्न जाँदा 'उसको बाबुसँग आएको' भनेर टारियो । हामी कारबाही गर्न सक्दैनौँ । चुपचाप फर्किनुपर्‍यो ।' यातना खेपेका बालबालिकालाई उद्धार गरिएपछि तिनको पुनस्र्थापनाको समस्या छ । 'हामीले उद्धार गरेका बच्चा सुरक्षित हुनेगरी घरमा या कतै पुनस्र्थापित गर्ने गरेका छौँ । सहरको रमझम देखेका बच्चा गाउँमा गएर पुरानो काममा र्फकन सक्दैनन्,' प्रदीपले भने । उनले हेरेका घटनामा यातना दिनेमा बढी सम्मानित पेसाका मानिस छन् । केही महिनाअगाडि एउटा इन्स्पेक्टरले नै यौनदुव्र्यवहार गर्दै आएको रहेछ । बालिकालाई उद्धार गरियो । इन्स्पेक्टर पक्राउ पर्‍यो । उसको मुद्दा फिर्ता लिन कतिले धम्क्याए । यतिसम्म कि केटीको नक्कली बाबु बनाएर अदालतमा पेससमेत गरियो । 'केटीले मेरो बाबु होइन भनेपछि हामी बलियो भएका छौँ,' प्रदीपले भने, 'पीडित बालिका पीडकको सम्पर्कमा पुगेको भए नक्कली बाउलाई सक्कली प्रमाणित गरिदिन्थे ।' उनलाई धेरैपटक आर्थिक लोभ देखाइएको छ । 'कति त खाली चेक भरेर पैसा ली भन्दै आउँछन्,' प्रदीपले भने, 'चेक लिन नमानेबापत मलाई मार्ने धम्की दिनेहरू थुप्रै छन् । एकपटक त मारिने डरले प्रदीपले भेष बदलेर हिँडे, ६ महिनाजति । कति ठाउँमा त उनले कुटाइ पनि खानुपरेको छ । 'म बक्सिङको खेलाडी भएकाले अनुहारमा चोट लागेको छैन,' उनले भने, 'जिउतिर त कति कुटे-कुटे !' उनले आङै सिरिंग हुने एक घटना सुनाए । दोलखाका न्यायाधीशको घर थियो, बालाजुमा । घरमा काम गर्ने बालकलाई न्यायाधीशको आफन्त पर्ने अर्काे बालकले यातना दिँदोरहेछ । उसको याताना दिने शैली साह्रै क्रूर थियो । भनेको नमाने पाइपले लिंगमा हान्दोरहेछ । 'लिंग सुन्निएर हात जत्रो भएको थियो,' उनले भने, 'छिमेकीको उजुरीका आधारमा पुगेका थियौँ । साततले घर । तलैपिच्छे च्यानल गेट । माथि छतमा बच्चा थियो । अर्काे घरको छतबाट त्यो बच्चालाई उद्धार गरियो ।' पीडक पनि नाबालक भएकाले कुनै कानुन लागेन । न्यायाधीशले क्षतिपूर्ति भने तिरेछन् । अहिले ती कामदार बालक आफ्नै घरमा बसेर पढ्दै छन् । प्रदीपका अनुसार, ९ देखि १३ वर्षका बालिका बढी यौनदुव्र्यवहारमा पर्छन् भने बालकहरू शारीरिक यातनाको सिकार बढी हुन्छन् । केही केस मात्रै अदालतसम्म पुग्छन् । तीमध्ये निकै कमले प्रमाण जुटाउन सक्छन् र न्याय पाउँछन् ।

arahat · Oct 9, 2010 10:35 AM · 13,562 views

3 Replies

नौ वर्षीया बालिका लगातार एक वर्ष बलात्कृत « on: April 21, 2009, 06:08:59 PM » नौ वर्षीया घरेलु कामदार बालिका जसलाई आफ्नै साहुले एक वर्षदेखि लगातार बलात्कार गरे । परिणामतः पाठेघर क्षतविक्षत भएर भविष्य बर्बाद भएको छ । दिसापिसाब एकै ठाउँबाट निस्केर वर्तमान पनि बेहाल भएको छ । अबोध बालिकाको जीवन बर्बाद गर्ने 'पुरुष' मनोज घिमिरे एक सरकारी इन्जिनियर हुन् । उनी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत छन् । ४८ वर्षीय घिमिरे अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । पीडित परिवारका अनुसार इन्जिनियर घिमिरेले विराटनगर चारझोराकी बालिका (नाम गोप्य) लाई पढाइदिने सर्तमा ०६४ जेठ ११ गते काठमाडौं ल्याएका थिए । घिमिरेले बालिकालाई घरमा काममा त लगाए, तर विद्यालय भर्ना भने गरेनन् । बरु लगातार बलात्कार गरे । बालिका पाँच वर्षकी हुँदा बाबुसँग झगडा गरेर आमा पोइल गइन्, बाबुले अर्की श्रीमती ल्याए । सौतेनी आमासँग दुःख भएपछि फुपूले बालिकालाई काठमाडौं ल्याएर घिमिरेको घरमा काममा लगाइदिएकी हुन् । घिमिरेले घरमा काम गराउने र त्यसबापत पढाउने वाचा गरेका थिए । 'स्कुल त जानै दिएन, घरमा कोही नभएको मौका हेर्दै जबर्जस्ती गर्‍यो, पछि साहुनीको अपरेसन भएपछि त कोठामा सुताएर जबर्जस्ती गर्न थाल्यो,' बालिकाले रुँदै नयाँ पत्रिकासित भनिन्, 'मेरो ओच्छ्यान त भुइँमा थियो, तर ढोका लगाएर खाटैमा तान्थ्यो ।' घिमिरेले सुरुदेखि नै बलात्कार गरे, तर उनकी श्रीमतीको ०६४ भदौमा पेटको अपरेसन भएपछि बलात्कारको क्रम निक्कै बढ्यो । पीडित बालिकाकी फुपू चन्दा श्रेष्ठ भन्छिन्, 'हरेक राति ढोका लगाएर जबर्जस्ती गरेछ, कसैलाई भनिस् भने मार्दिन्छु भनेर चुपचाप सहन बाध्य पारेछ ।' नियमित बलात्कारपछि बालिकाको दिसापिसाब एकै ठाउँमा खुस्कन थाल्यो, शरीर दुर्गन्धित हुन थाल्यो, तब मात्र आफन्तलाई बोलाएर तिम्री बच्ची तिमी नै लग भनेर जिम्मा लगाए । फुपूहरूले आफ्नो डेरामा ल्याएपछि मात्र बालिकामाथि भएको ज्यादती पर्दाफास भयो । फुपू चन्दाले बालिकालाई १० चैतमा आफ्नो डेरामा ल्याएकी हुन् । चन्दाले भनिन्, 'ऊ बसेको ठाउँमा झिंगा भन्किरहन्छन्, गन्हाएर छेउमा बस्न पनि सकिँदैन । के भएको छ भनेर सोध्दा बोल्न सकिनँ । नभने उपचार गर्न सकिँदैन र मर्छेस् भनेपछि घटनाको बेलिविस्तार लगाई ।' भदै बलात्कृत भएको चाल पाएपछि चन्दा प्रहरीमा जाहेरी दिन महानगरीय प्रहरी परिसर हनुमानढोका पुगिन् । तर, महानगरीय प्रहरी परिसर हनुमानढोकाले घटनाको अनुसन्धान नगरी प्रहरी वृत्त कालिमाटीलाई पत्र लेख्यो । कालिमाटीले घटना आफ्नो क्षेत्रमा नभएको भन्दै नयाँबानेश्वर प्रहरीलाई पत्राचार गर्‍यो । नयाँबानेश्वर वृत्तले पनि कुनै कारबाही गरेन, बरु घटनास्थल सिनामंगल महानगरीय प्रहरी प्रभाग गौशालाको क्षेत्रमा पर्छ भन्दै पन्छाइदियो । चन्दा गौशाला प्रहरीको शरणमा पुगिन् । गौशाला प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रसूतिगृह थापाथली पठायो । 'बालिकाको पाठेघर नै ड्यामेज भएको छ, त्यसैले दिसापिसाब एकै ठाउँबाट हुन्छ,' प्रसूतिगृहले रिपोर्ट दिएको छ । फुपूले बालिकालाई कान्ति बाल अस्पताल पुर्‍याइन् । कान्तिले भिडियो एक्सरे गरेर रिपोर्ट दियो, 'बालिकाको पाठेघर कुहिएको छ ।' पीडित पक्षको उजुरी पर्‍यो, अस्पतालको रिपोर्ट आयो । तर पनि महानगरीय प्रहरी प्रभाग गौशालाले आरोपी घिमिरेलाई पक्राउ गर्न चासो देखाएन । विवश आफन्त आफैंले घिमिरेलाई समातेर महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाइदिएका छन् । 'रुँदा, कराउँदा, रिपोर्ट देखाउँदा र अपराधीको घर देखाउँदा पनि गौशाला प्रहरीले समातेन, त्यसैले हामीले नै समातेर बौद्धमा बुझायौँ,' चन्दाले भनिन् । बौद्ध प्रहरीले बालिका करणीको आरोपमा घिमिरेविरुद्ध अनुसन्धान गरिरहेको छ । वृत्तप्रमुख डिएसपी ओमबहादुर रानाले भने, 'बालिकाको बयान लिइसकेका छौँ, अरू अनुसन्धान भइरहेको छ ।' हिरासतमा परेपछि घिमिरेले उन्मुक्तिका लागि पीडित पक्षलाई फकाउन थालेका छन् । उनले पीडित बालिकालाई महिनाको १५ हजार तिरेर बोर्डिङ स्कुलमा पढाइदिने प्रलोभन पनि दिन थालेका छन् । 'अस्तिसम्म सरकारी स्कुल त नपठाउनेले अहिले महिनाको १५ हजार तिरेर पढाइदिने कुरा गर्छ, मेरो खुट्टा समातेर माफी पनि मागेको छ, तर त्यसले मेरो खुट्टा समात्दैमा यो बिचरीको भविष्य र्फकन्छ र ?,' फुपूले प्रश्न गरिन् । 

arahat · Oct 9, 2010 10:47 AM

  Last edited: 24-Oct-10 07:25 PM

sunsweesh · Oct 12, 2010 4:43 PM

Correction - Manoj Ghimire is a Nephew of Daman Nath Dhungana. A real jackass. Also, as many wouldn't have known so far, he is a younger brother of Midrula Koirala, a self proclaimed socialite/politician (I have no fudging idea how one claims to be a Nepalese politician residing in United States) in New York.

uranus · Oct 13, 2010 12:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all