कस्ता छन त हाम्रो भारतीये मित्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पैसा तिर्न नसकेपछि भारतीय डाक्टरले निको भएको घाउ काटिदिए 01/10/2010 17:18:00 श्रवण देउवा Font size: कैलाली, १५ असोज : शल्यक्रिया गरेको पैसा तिर्न नसक्दा भारतीय डाक्टरले निको भइसकेको बिरामीको घाउ काटेर घर फर्काइदिएका छन् । उपचार गरेको पैसा तिर्न नसकेपछि भारतको उत्तरप्रदेश राज्यको सितारगन्जमा रहेको टुरना अस्पतालका डाक्टर एसएस टुरनाले मालाखेती-७ का रामबहादुर साउदको निको भइसकेको घाउ काटी आन्द्रा बाहिर निकालेर घर फर्काइदिएको हो । हर्नियाको शल्यक्रिया गर्दा लागेको पूरै रकम तिर्न नसकेपछि साउद एक महिनासम्म अस्पतालमै बसेका थिए । एक महिनासम्म पनि पैसा तिर्न नसकेपछि अस्पतालका डाक्टर टुरनाले घाउ काटेर आन्द्रा निकालिदिएको पीडित साउदले बताए । 'पैसा तिर्न नसकेपछि निको भइसकेको घाउ काटेर जा भन्यो,' उनले भने, 'शल्यक्रियाको ३५ हजार भारतीय रुपैयाँ तिरे पनि थप रकमको माग गर्दै पुनः सोही ठाउँमा काटेर आन्द्रा बाहिर निकालिदिए । त्यसपछि उनीहरूले नै भारतको बनबासासम्म ल्याएर छाडिदिए ।' उनलाई ६ महिनाअघि नै डाक्टरले निको भएको घाउ काटेर घर फर्काएको भए पनि भर्खर मात्रै यो घटना सार्वजनिक गरेका हुन् । ६ महिनाअघि शल्यक्रिया गरेको पैसा नतिरेको भन्दै निको भइसकेको घाउ चिकित्सकले पुनः आन्द्रा काटेर घर फर्काइएको साउदको काटिएको ठाउँको मासु कुहिएको छ भने बाहिर निस्केको आन्द्रा फुल्न थालेको छ । पैसा अभावले पुनः उपचार गराउन नसक्दा उनको अवस्था गम्भीर हुँदै गएको छ । उनी काटेको घाउ र आन्द्रालाई प्लास्टिकको थैलाभित्र राखेर सहयोग जुटाउँदै हिँडेका छन् । सहयोगको याचना गर्दै धेरै ठाउँ पुगे पनि कसैबाट पनि सहयोग नपाएको उनलेे दुखेसो गरे । 'सहयोग माग्दै सबैतिर भाँैतारिरहेको छु । कसैले पनि सहयोग गरेको छैन ।' साउदले भने, 'कसैबाट सहयोग पाए पुनः जीवन पाउने थिए ।' डाक्टरले घाउ काटेर घर फर्काएका साउदलाई परिवारले समेत बोझ भन्दै घरैबाट निकालिदिएका छन् । बाँच्न नसक्ने मान्छे घरमा नबस् भन्दै परिवारले निकालेको उनले बताए । 'बाँच्न सक्दैनस् उपचार गरेर खर्च किन गर्ने भनेर सबैले मिलेर घरबाट निकाले,' गहभरि आँसु पार्दै उनले भने, 'आप\mनै बुबा, श्रीमती, छोरी, भाइ, बुहारीले फोहोरीलाई घरमा राख्नु हँुदैन भन्दै निकालिदिए ।' परिवारले समेत निकालेपछि सडकमा बास बस्न बाध्य उनले बताए । 'आफ्नै भन्नेले पनि छिछि गरेपछि सडकमा बास बस्न बाध्य छु,' उनले भने, 'दिउँसो उपचारका लागि खर्च माग्दै हिँड्छु, राति जुन ठाउँमा पर्छ त्यसैको सडकछेउमा सुत्छु ।

_____ · Oct 1, 2010 7:52 PM · 2,146 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all