साझाका मित्रहरु, हामी सबैलाई नेपाली गीत संगितको माया लाग्छ, सुन्न मनलाग्छ, गाउन मनलाग्छ, गीत बजाएर नाच्न मनलाग्छ। फरक यति हो कसैलाई आस्था, नेपथ्य र 1974 AD का गीतहरु सुन्न मनपर्ला त कसैलाई नारायण गोपाल र प्रेमध्वज प्रधानको गीतहरुमा लठ्ठ हुन मनपर्छ होला। अहिले धेरै नेपाली गीतहरु अनलाईनमा पनि उपलब्ध छन्। कतिपय साझाकै मित्रहरुले पनि अनलाईनमा उपलब्ध नभएका राम्रा गीतहरु साझाका अरु मित्रहरुको लागि उपलब्ध गराइरहनु भएको छ, जुन प्रंसशायोग्य छ। धेरै आधुनिक नेपाली गीतहरुको शब्दहरु पनि अनलाइनमा पाईन्छ तर मैले थोरै मात्र नेपाली लोक गीतहरु र ती गीतहरुका शब्दहरु अनलाइनमा पाएको छु। जती छन् ती मध्य धेरैलाई त रिमिक्स गरेर ध्वस्त पारीएको छ र बाँकी चाँही खैरेनिमा गेट, दमौलीमा गेट जस्ता सुन्दै वाक्क लाग्ने दोहरी गीतहरु मात्र छन्। मलाई आशा छ हामी मध्य धेरैसँग त्यस्ता पुराना र ठेट नेपाली लोक गीतहरुको सँगालो होला। यदी तपाईंहरु सँग त्यस्ता लोक गीतहरुको छन् भने कृपया त्यस्का शब्दहरुलाई यस धागोमा कोरिदिनु होला साथै त्यो गीत सुन्न र हेर्न मिल्ने कुनै लिन्क भए त्यो पनि टाँसी दिनुहोला। आज एक चोटि फेरी मादल घन्काएर नाँचू नाँचू झै भएको छ। लौ साथी हो, सबै मिली गाउन त नेपालको भिरपाखा पधेरीमा गुन्जने लोक सुसेलिहरु। मेरो तर्फबाट पहिलो प्रयास बिमलराज छेत्रीको स्वरमा रहेको यो लोकलहरी आमा रुँदै गाउ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा - २ आज आउँला भोली आउँला बर्षौ बितिगयो छोरा पर्खी बस्दा बस्दा बुढेसकाल भयो बूढा बाबु ओछ्यानबाट तिमीलाई बोलाँउदैछन् घरका जहान परिवार सम्झी रोईरहेका छन् ए छोरा फर्कन अब त दुखियारी बाउ आमा सम्झेर - २ बरबर आशुँ झर्छ सम्झदा खेरी कती दिन मन बुझाउने तिम्रो चिट्ठी हेरी दिनभर मेलापात धानकोदो गोडेर रुन्छिन् सधैं तिम्री प्यारी भक्कनो छोडेर ए बाबु फर्की आउ अब त मर्ने जोबान कति दिन छ र त - २ घरबारी गोठ पनि पहिरोले लाग्यो दैव पनि हामीलाई मात्र लागे जस्तो भयो दुखियालाई दु:ख पनि झन् थपिदै गयो छोरासँग भेट आशा मर्दै गयो यी आँखामा सधैं आशुँका धारा कुन जुनीमा तिर्नी हौ दुधभारा - २ आमा रुँदै गाउ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा - ३ युट्युबमा चाँही लोकराज छेत्रीको नाममा यो गीत रहेको छ जसको शब्दहरु माथिका शब्दहरु भन्दा अलि फरक छन्
Geology Tiger · Oct 1, 2010 11:27 AM · 75,771 views
नारायण गोपाल र ज्ञानु रानाको स्वरमा रहेको यो मिठो लोकभाका
Geology Tiger · Oct 8, 2010 10:04 AM
- घास काट्ने खुर्केर - Last edited: 09-Oct-10 08:46 PM
black_panther · Oct 9, 2010 8:46 PM
Geology Tiger · Nov 8, 2010 7:49 PM
http://www.youtube.com/watch?v...
chamatkar · Nov 8, 2010 8:09 PM
- लेकाली हे चोयाको डोको ... Last edited: 08-Nov-10 09:24 PM
black_panther · Nov 8, 2010 9:24 PM
- यो देशमा म एउटा मानिस खोजी रहेछु ... Last edited: 08-Nov-10 09:35 PM
black_panther · Nov 8, 2010 9:35 PM
धेरैपछी आज लोक गित सुनियो, साझालाई धेरै धयाबाद|
npthito · Feb 26, 2013 3:30 AM
ल यो लोकगित पनि सुनौ: कमलिकान्त भेटुवालको झम्के [Disallowed String for - inappropriate]ली
Geology Tiger · Feb 26, 2013 9:23 AM
भिडियोको क्वालीटी त्यती राम्रो छैन, तर गणेश रसिककै स्वरमा 'घरबेटी नानी' npthitoको अनुरोधमा
Geology Tiger · Feb 26, 2013 9:36 AM
नखेल्नु जुवा र तास
Geology Tiger · Feb 26, 2013 10:21 AM
काला कुर्तैले
Geology Tiger · Feb 26, 2013 10:42 AM
Purbeli Sorathi....Arun Upatyaka ka lok suseli
Nalapani · Feb 26, 2013 1:22 PM
Baini ko daya chha bhane....
Nalapani · Feb 26, 2013 1:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion