"Nepal Manch" Radio launched from Baltimore

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आदरणीय शुभेच्छुकहरु नमस्ते । हामी बाल्टिमोरमा आधार बनाएर कार्य गरिरहेका विभिन्न क्षेत्रका केही साथीहरु मिलेर विगत केही महिनादेखि ग्लोब नेपाल डट कम -www.globenepal.com_ को प्रकाशन आरम्भ गरेका छौं । नेपालसँग सम्बन्धित समाचार र स्थानीय गतिविधिलाई प्रमुख महत्वका साथ यथाशक्य चाँडो अपडेट गर्दै हामीले सूचना र जानकारी प्रदान गर्ने प्रयास गरिरहेका छौं । ग्लोब नेपाल डट कम सामुहिक अवधारणाको सूचना तथा जानकारीमूलक अनलाईन खबरपत्रिका हो । यसमा लेख,रचना र सिर्जनालाई पनि हामीले समेटेका छौं । साथै बाल्टिमोर र आसपास हुने महत्वपूर्ण कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण पनि हामीले गरिरहेका छौं । शुभेच्छुकज्यूहरु, ग्लोब नेपाल डट कमको आरम्भपछि हामीले यही सेप्टेम्वर २२ तारिखदेखि परीक्षण प्रसारणको रुपमा साप्ताहिक नेपाली रेडियो कार्यक्रम नेपालमञ्च NepalManch को पनि प्रसारण आरम्भ गरेका छौं । नेपालमञ्च रेडियो कार्यक्रम बाल्टिमोरबाट प्रसारण आरम्भ भएको पहिलो नेपाली रेडियो कार्यक्रम हो । हाललाई साप्ताहिक रुपमा हरेक आइतवार ग्लोब नेपाल डट कममार्फत प्रसारण हुने यो कार्यक्रमलाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं । हाम्रो कार्यक्रम सुनेर रचनात्मक सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि हामी आग्रह गर्दछौं । धन्यवाद ।

neerman · Oct 1, 2010 9:55 AM · 3,272 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all