LOOK AT THESE JOKERS!!! LMAO MORE INFO......................... नक्कली सांसदलाई 'नक्कली डाक्टर उपाधि' FRIDAY, 01 OCTOBER 2010 08:38 नागरिक विज्ञान अधिकारी, काठमाडौं, असोज १५- यसै साता उच्च तहका नेता एवं लोकप्रिय कलाकारलाई 'मानार्थ विद्यावारिधि' दिने र पाउने दुवै नक्कली भेटिएका छन्। मध्य अमेरिकी महादेशमा रहेको सानो मुलुक बेलिजमा रहेको भनिएको ग्रिनफोर्ड युनिभर्सिटी, त्यसका कुलपति गोपाल पौडेल र उपाधि थाप्ने श्रीलंकाली टिएमए उलुमुदेन (अनवर) नक्कली सांसद भएको खुलेको छ। 'यहाँ यस्तो नाम गरेको कोही सांसद छैन,' श्रीलंकाली दैनिक अखबार डेली मिररका संसदीय संवाददाता योहान पेरेराले फोनमा नागरिकसँग भने, 'कहिल्यै भएको पनि देखिन्न।' सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रमुख अतिथि बनाएर काठमाडौँको राष्ट्रिय सभागृहमा गरिएको ग्राजुएसन कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एमाले नेता केपी ओली, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतलाई त्यस्तो उपाधि बाँडिएको थियो। ग्रिनफोर्डका कुलपति बताउने पौडेलले भने विश्वविद्यालय परीक्षणकालमा रहेको बताए। 'हामी परीक्षणकालमै छौं,' उनले नागरिकसँग भने, 'वैधानिक विश्वविद्यालय बन्दैछौं।' वर्षदिनअघि खुलेको 'अनलाइन युनिभर्सिटी' भएको उनको दाबी छ। अनलाइन अध्ययन गराउने भनिएको विश्वविद्यालयले मानार्थ विद्यावारिधिका लागि दुई हजार अमेरिकी डलर सेवा शुल्क तोकेको छ। विद्यावारिधि लिन चाहने व्यक्तिले योग्यताको प्रमाणपत्र पेस गरे पुग्छ। नेपालमा मानार्थ उपाधि दिइएका व्यक्तिलाई भने विश्वविद्यालयले कुनै प्रक्रिया पूरा गरेको छैन। 'यसरी उपाधि दिने भनेको प्रमाणपत्र बिक्री धन्दामात्र हो,' एक शिक्षाविद्ले भने। पौडेलले भने मानार्थ उपाधि पाएका सबैले विश्वविद्यालयको प्रक्रिया पूरा गरेको दाबी गरे। 'सबैको व्यक्तिगत विवरण मागेर बोर्डले अनुमोदन गरेको हो,' उनले भने। अनलाइन पढाइ हुने भएकाले विद्यार्थी यकिन संख्या नभएको उनको भनाइ छ। काठमाडौंको शंखमुलमा कार्यालय रहे पनि नेपाली विद्यार्थीबारे उनले बताउन सकेनन्। 'नर्सिङमा स्नातकोत्तर गर्न चाहने आएका छन्,' उनले भने, 'संख्या यकिन छैन।' कलाकार हरिवंश आचार्यले भने लन्डन जाँदा चिनेको आधारमा मानार्थ उपाधि लिन गएको बताए। 'चिनजानको आधारमा कलाकारमा योगदान पुर्याएको आधारमा दिने भनेकाले गएका हौं,' उनले नागरिकसँग भने। कार्यक्रममा विद्यावारिधि पाउने तीन श्रीलंकालीलाई पौडेलले 'ठूला लगानीकर्ता' भन्दै प्रधानमन्त्री माधवकुमार नेपालकहाँ पुर्याएका थिए। 'हामीले लगानीका सम्बन्धमा प्रधानमन्त्रीलाई मंगलबार साँझ भेटेका हौं,' जोठी इम्पेक्सका प्रमुख कार्यकारी अधिकृत भिटी थियागाराजनले नागरिकसँग भने, 'नेपालमा पूर्वाधार, दुरसञ्चार र फोहोर व्यवस्थापनमा लगानी गर्न चाहेको जानकारी गरायौं।' उनीहरुसँग उपप्रधानमन्त्री गच्छदार, सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल र ओलीले गोकर्ण भिलेज रिसोर्टमा भेटेका थिए। ठूलो लगानी गर्न सक्ने बताएको जोठी भारतका विभिन्न सौन्दर्य प्रसाधनसम्बन्धी कम्पनीको अधिकृत बिक्रेतामात्र हो। दूरसञ्चार क्षेत्रमा लगानी गर्ने भनिएको टेलिकम भेन्चरको भारतमा कलिङ कार्डको व्यापार छ। विश्वविद्यालयले नेपालमा शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र सिटिइभिटी आफ्नो सहयात्री रहेको दाबीसमेत गरेको छ। तर, फ्याकल्टी सदस्यबारे कतै उल्लेख गरेको छैन। Source: NagarikNews.com
hit.the.hot · Sep 30, 2010 11:00 PM · 9,254 views
मध्य अमेरिकी महादेशमा रहेको सानो मुलुक बेलिज???? मैले न बुझेको हो कि बेल्जियम यूरोपबाट सरेको हो? या कतै लेखक पनि नक्कली त परेन? अचम्म छ बा.....
nepali.chhoro · Oct 1, 2010 8:44 AM
Nepali chhoro kina saro tateko sir, yesso Ali Ali research gare ta bheti halinthyo ni, feri Tetro patrika chapne publication ma tapai hami bhanda Ali janne bujne nai kaam garlan
sna · Oct 1, 2010 8:53 AM
Belize bhanne desh hamro northern central America ma cha re,Honduras najikai.... Peace
sna · Oct 1, 2010 8:55 AM
Mitra Beliz bhanne desh hondurus ko cheu ma cha re hoina.. hondurus ko naya naam nai beliz ho
khoikkhoik · Oct 1, 2010 9:03 AM
Je man laagyo tehi bhanya cha..yeso information check garchu chaina.. "Honduras ko naya naam nai beliz ho" re....je paayo tehi..........
jptsamachar · Oct 1, 2010 11:46 AM
Hari bansa/Madan Krishna - Them both Deserve it .
iPwN · Oct 1, 2010 12:13 PM
This is just a free advertisement to make money from Students.
Bhojpure01 · Oct 1, 2010 12:23 PM
OOppss my bad.. JPT samachar thanks for the correction. Actually I did check on the information before posting in the sajha. I found that Belize is formerly known as British Hondurus. But my bad, i just thought it's Honduras only. http://en.wikipedia.org/wiki/B... Last edited: 01-Oct-10 12:31 PM
khoikkhoik · Oct 1, 2010 12:30 PM
हाहाहा ! गछेदार त आखा फुट्या पर्यो पर्यो.....बाकि चै नबुझी क्यारना गका हूँन?अनी के पि ओली ले एकैचोती १० क्लास बाट PhD पाको, के छोद्द्थ्यो ? सित्तईमाँ भनेपछि त अलाकत्र्रा नीलने हाम्रो प्रब्रिती कहिले नजाने भो बा! पुरस्कार दिनुपर्ने ठौ माँ PhD. त्यों पनी ऑनलाइन?. चाहिने कुरो हो? के पि ओली लाई समेत थाग्ना मा सुताउने सक्ने गोपाल चोर् लाइ चै माने. कसले कस्तो भासन गर्यो, हेरना मन लाग्या छ, Youtube माँ छ? Last edited: 01-Oct-10 12:44 PM Last edited: 03-Oct-10 10:30 AM
dimag kharab · Oct 1, 2010 12:31 PM
sounds like a diploma mill to me
arahat · Oct 1, 2010 12:59 PM
"के. पी. वोली लाई समेत थान्ग्नामै सुतौन सक्ने Gopal चोर लाइ चै माने" really liked that part, dude! Why we Nepalese still don't realize that 'Nothing is FREE in this damn stingy world'!! "Everything happens for a reason." I kinda feel bad for Maha-Jodi for all these hassles, but every other people deserved such SLAPs like this, and more.. Finally, although this guy did a really bad thing, but I can't resist to salute him for his great work for slapping on Nepalese politician's faces.. kudos!
hit.the.hot · Oct 2, 2010 11:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion