Anybody can make us FOOL

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

It seems like anyone can access our high profile officers and politicians  just by saying they are big investors and also they can easily fool them Previously also in that chase or lauda scandal, they open some bogus company and were able to get a deal from RNAC too. I feel pity for our countrymen who vote these thugs. http://www.nagariknews.com/new... नक्कली सांसदलाई 'नक्कली डाक्टर उपाधि' विज्ञान अधिकारी, काठमाडौं, असोज १५- यसै साता उच्च तहका नेता एवं लोकप्रिय कलाकारलाई 'मानार्थ विद्यावारिधि' दिने र पाउने दुवै नक्कली भेटिएका छन्। मध्य अमेरिकी महादेशमा रहेको सानो मुलुक बेलिजमा रहेको भनिएको ग्रिनफोर्ड युनिभर्सिटी, त्यसका कुलपति गोपाल पौडेल र उपाधि थाप्ने श्रीलंकाली टिएमए उलुमुदेन (अनवर) नक्कली सांसद भएको खुलेको छ।   'यहाँ यस्तो नाम गरेको कोही सांसद छैन,' श्रीलंकाली दैनिक अखबार डेली मिररका संसदीय संवाददाता योहान पेरेराले फोनमा नागरिकसँग भने, 'कहिल्यै भएको पनि देखिन्न।' सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रमुख अतिथि बनाएर काठमाडौँको राष्ट्रिय सभागृहमा गरिएको ग्राजुएसन कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एमाले नेता केपी ओली, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतलाई त्यस्तो उपाधि बाँडिएको थियो। ग्रिनफोर्डका कुलपति बताउने पौडेलले भने विश्वविद्यालय परीक्षणकालमा रहेको बताए। 'हामी परीक्षणकालमै छौं,' उनले नागरिकसँग भने, 'वैधानिक विश्वविद्यालय बन्दैछौं।' वर्षदिनअघि खुलेको 'अनलाइन युनिभर्सिटी' भएको उनको दाबी छ। अनलाइन अध्ययन गराउने भनिएको विश्वविद्यालयले मानार्थ विद्यावारिधिका लागि दुई हजार अमेरिकी डलर सेवा शुल्क तोकेको छ। विद्यावारिधि लिन चाहने व्यक्तिले योग्यताको प्रमाणपत्र पेस गरे पुग्छ। नेपालमा मानार्थ उपाधि दिइएका व्यक्तिलाई भने विश्वविद्यालयले कुनै प्रक्रिया पूरा गरेको छैन। 'यसरी उपाधि दिने भनेको प्रमाणपत्र बिक्री धन्दामात्र हो,' एक शिक्षाविद्ले भने। पौडेलले भने मानार्थ उपाधि पाएका सबैले विश्वविद्यालयको प्रक्रिया पूरा गरेको दाबी गरे। 'सबैको व्यक्तिगत विवरण मागेर बोर्डले अनुमोदन गरेको हो,' उनले भने। अनलाइन पढाइ हुने भएकाले विद्यार्थी यकिन संख्या नभएको उनको भनाइ छ। काठमाडौंको शंखमुलमा कार्यालय रहे पनि नेपाली विद्यार्थीबारे उनले बताउन सकेनन्। 'नर्सिङमा स्नातकोत्तर गर्न चाहने आएका छन्,' उनले भने, 'संख्या यकिन छैन।' कलाकार हरिवंश आचार्यले भने लन्डन जाँदा चिनेको आधारमा मानार्थ उपाधि लिन गएको बताए। 'चिनजानको आधारमा कलाकारमा योगदान पुर्‍याएको आधारमा दिने भनेकाले गएका हौं,' उनले नागरिकसँग भने। कार्यक्रममा विद्यावारिधि पाउने तीन श्रीलंकालीलाई पौडेलले 'ठूला लगानीकर्ता' भन्दै प्रधानमन्त्री माधवकुमार नेपालकहाँ पुर्‍याएका थिए। 'हामीले लगानीका सम्बन्धमा प्रधानमन्त्रीलाई मंगलबार साँझ भेटेका हौं,' जोठी इम्पेक्सका प्रमुख कार्यकारी अधिकृत भिटी थियागाराजनले नागरिकसँग भने, 'नेपालमा पूर्वाधार, दुरसञ्चार र फोहोर व्यवस्थापनमा लगानी गर्न चाहेको जानकारी गरायौं।' उनीहरुसँग उपप्रधानमन्त्री गच्छदार, सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल र ओलीले गोकर्ण भिलेज रिसोर्टमा भेटेका थिए। ठूलो लगानी गर्न सक्ने बताएको जोठी भारतका विभिन्न सौन्दर्य प्रसाधनसम्बन्धी कम्पनीको अधिकृत बिक्रेतामात्र हो। दूरसञ्चार क्षेत्रमा लगानी गर्ने भनिएको टेलिकम भेन्चरको भारतमा कलिङ कार्डको व्यापार छ। विश्वविद्यालयले नेपालमा शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र सिटिइभिटी आफ्नो सहयात्री रहेको दाबीसमेत गरेको छ। तर, फ्याकल्टी सदस्यबारे कतै उल्लेख गरेको छैन Last edited: 30-Sep-10 11:00 PM

khoikkhoik · Sep 30, 2010 10:57 PM · 158 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion