केपी ढुंगाना, ठमाडौं, असोज १३ (नागरिक)- महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेललाई घुस दिन उनकै कार्यालय पुगेका जनमोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्णबहादुर जर्ती र उनका सहयोगी सुनिलकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जर्तीले २५ हजार रुपैयाँ खाममा हालेर घुस दिएपछि एसपी खरेलले दुवैलाई थुनुवा कोठामा पठाएका थिए। प्रहरी जवान बनाइदिने भन्दै तीन व्यक्ति हरिकृष्ण कोइराला, गणेश भण्डारी र सुनिल दनुवारसँग जर्तीले रकम उठाएको जानकारी पाएपछि प्रहरीले उनीहरुलाई खोजि गरेको थियो। मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवानको खुला प्रतियोगितामा उनीहरुले आवेदन दिएका थिए। प्रहरी जवान बनाउन सिफारिश गर्न हनुमानढोका पुगेका पुगेका जर्तीले खाममा हालेर एसपी खरेललाई खाममा हालेर २५ हजार दिएपछि खरेलले दुवैलाई नियन्त्रणमा लिएर थुनुवा कोठामा पठाएका थिए।
_____ · Sep 29, 2010 5:36 PM · 1,538 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion