मैले अब हास्न नहुने भो ? छाती फुलाएर बाँच्न नहुने भो ? अनबरत यात्रामा निस्केको म बाटाका काडा पर मिल्काये ति काडाले कसैलाई घोच्यो रे अब मैले तेस्मा टेक्दै हिंड्नु पर्ने भो? आइ लाग्ने माथि जाइ लागे पछरिने हरुलाई अन्याय भयो रे हैन है पातकी हो मैले अब गाला थाप्नु मात्रै पर्ने भो? कसैले बेचेको मैले किनिन कुहिएको सुन्तलामा दाम फालिन म अब अबसरबादी भये रे अब मैले खोला म पैसो बगाउनु पर्ने भो? न कसैलाई कुटेको थिए न कसैलाई लुटेको थिए अब मैले सिर ठाडो गर्न नपाउने रे हैन मैले नजरबन्दमै जिन्दगी बिताउनु पर्ने हो? धोखा मलाई भएको छ, म बाट हैन असरल्ल जिन्दगी समेट्ने प्रयासमा छु मैले अब हास्न नहुने भो ? छाती फुलाएर बाँच्न नहुने भो ?
Narayangarh suburb · Sep 28, 2010 1:31 PM · 5,763 views
Nice poem. Is this written for Anuradha Koirala?
Kiddo · Sep 28, 2010 1:35 PM
गज्जब गयो नाराने गज्जब । यथार्थ अनूभुतिको सुन्दर सिर्जना ।
rahulvai · Sep 28, 2010 1:53 PM
हांसे त हुन्छ तर मुसुक्क हास्नु पादे त हुन्छ तर ठुसुक्क पादनू बेस्सरी हास्दा आवाज आउँछरे क्या सुन्या मात्र हैन मैलेनै देख्या अरु भा ठाममा पाददा लाज हुन्छ रे क्या त्यसैले त मैले यो रुमाल्ले छेक्या नबेचेको सामान तिमीले कसरी किन्छौ? बेचेनी कल्ले बेच्यो बेच्यो, कसरी चिन्छौ? आई लागने माथी जाई लागने हो भने केही भई हाल्यो भने तेस्को जिम्मा लिन्छौ? सिर ठाडो नगर भन्या हो त? छानो सानो छ, ठोक्केला पो भन्या छाती न फुलाऊ कसले भन्यो? पूजा गंजी च्यातेला पो भन्या
Stiffler · Sep 28, 2010 1:55 PM
Narane bro...awesome man.....लौ पोस्ट गर्दै गर अरु पनि........ गज्जब छ यार .
OBAMA · Sep 28, 2010 3:32 PM
ल नारने गुरु गजबको गयो। साँच्चै कसैले हाँस्न नदिएको भए हाम्लाई भन्नु होला, बज्जेका बत्तिसवोटै झारेर सधैं हाँसिरहने बनाइदिउँला नि। अनि दसैंको के मेलो हुँदै छ? खसी सिकार खेल्ने योजना त होला नि कि कसो? अर्का पादकवि stiffler को प्रयास पनि राम्रो छ, यो पादलाई बाद गरेर अरु बिषयमा लेख्ने प्रयास गर्नु भए राम्रो हुने थियो। Last edited: 28-Sep-10 06:31 PM
Geology Tiger · Sep 28, 2010 6:18 PM
तिम्रो जिबन तिम्रै हो अरुले के भन्चन नसोच काटा त हुन्चन बाटामा सबैका तिम्रा मात्रै हो नसोच सबै लाई खुशी पार्न खोज्दा कसै लाई खुशी पार्न सक्किन बाद् को प्रतिबाद गरेर के काम नसुतेका लाई उठाउन सक्किन्न आफ्नो जिबन आँफै बाच्ने अरुको बिगार्न पो हुन्न श्याल झै लुछ्न बसेका हुन्छन बाटमा तिन्लाई सुन्न चाँही कदापी हुन्न घात्, प्रतिघात, धोखा पात्र हुन जिन्दगी का खलनाएक हुन तिनिहरु तिन्लाई जित्न दिन चाँही हुन्न
timi_mero_sathi · Sep 28, 2010 7:07 PM
राहुलदाइ: धन्यवाद। सञ्चै हुनुहुन्छ? हजुरको सधैं मिलीरहने प्रोत्सहानको लागि निकै आभारी छु किड्डो: धन्यवाद।।लेख्नु त पर्ने हो सारा नेपालीको सिर उचो बनाउने बेक्तित्वोको लागि पनि तर खै त्यता तिर सोचेकै थिइन। स्टिफ्लेर: हसाउनु भयो तपाईंले पनि। जिटी गुरुले भने जस्तै पाध्न चै अन्तै जानु होल है :) ओबमा जियु: हजुरको सधैं मिलीरहने प्रोत्सहानको लागि निकै आभारी छु जिटी गुरु: सबैको मुख थुन्न पनि नसकिने दात गन्न पनि नभयैने रेछ। खसी त काटौला नि हजुरले पनि खाने भये त। एक दुई दिनमा काने खुशी गरौला है। हामी सबैको साथी: प्रोत्सहानको लागि निकै आभारी छु
Narayangarh suburb · Sep 29, 2010 11:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion