आज म मात्तिएर सबै भुल्न चाहान्छु By: Simple_KeTa [ यस्लाई सच्याउन, सुधार्न सहयोग गर्नुस पिलिज ] [Edited x 1] आज म मात्तिएर सबै भुल्न चाहान्छु अनि बेहोसिएर केहि जिउन चाहान्छु आज म मात्तिएर सबै भुल्न चाहान्छु हिजका यादहरु र भोलिका आशहरुलाई अनि कर्मका कथाहरु र भाग्यका ब्यथाहरुलाई आज म मात्तिएर सबै भुल्न चाहान्छु अनि सबै भुलेर थोरै पिउन चाहान्छु आज म मात्तिएर सबै भुल्न चाहान्छु रित्तिएका गिलास र सकिएका बोतलहरुलाई अनि जिँउदो प्यास र बाँचेका साशहरुलाई भोलि उठि घाम पानि झेल्नु त पर्छ नै त्यसैले आज म सबै भुल्न चाहान्छु अनि म पिएर थोरै बहकिन चाहान्छु आज म मात्तिएर सबै भुल्न चाहान्छु ------------------------------------------- कृपया कमेण्टस दिनुहोला । हतारमा लेखेको छु धेरै गल्ति होलान, औँल्याई दिनुहोला । पढिदिनु भएकोमा धन्येबाद । Last edited: 27-Sep-10 03:07 PM
Simple_KeTa · Sep 25, 2010 4:24 PM · 28,872 views
Aeh Gajjab Chha......! Mattinu pardaina. 1/2 Beer khada hundaina....~!
sanju.baba · Sep 25, 2010 6:23 PM
. ------------------------------------------------------------------ Sanju Baba लाई धन्येबाद छ है । हिजो अलिक हसुरेको मुडमा खै के पो लेखेछु !? अैले फ्रेशमा लाज लाग्दै छ । धत्त, के पो लेखेछु ! Sanju Baba ले मिस्टेकले 1/2 लेख्नु भएछ । नत्र 12 बोतल त घाँटिमै सिद्धिन्छ, पेट सम्म पुग्नलाई त 24 चहिएला । ------------------------------------------------------------------ धन्येबाद, बहुमुल्य कमेण्टसको लागि । .
Simple_KeTa · Sep 25, 2010 11:28 PM
nice one keep it up
amitraja · Sep 25, 2010 11:47 PM
amitraja जि लाई नमस्कार । धन्येबाद । ------------------------------------------- होईन हो गाँठे, मैले जे लेखेनि रक्सिकै बारेमा किन हुन्छ हो ?! -------------------------------------------
Simple_KeTa · Sep 26, 2010 11:54 AM
जिन्दगी त युध्ह हो, मातिएर लडिदैन जिन्दगी त लक्च्य हो, आतिएर पुगिदैन हिजो बिर्सेंर के गर्नु, भोली फेरी आज हिजो हुन्छ जिन्दगी त सम्झना, हो बिर्सेंर बचिदैन सबै भुलेर पिउदा जिन्दगी पो रित्तिन्छ बरु पिउन भुल्दा जिन्दगी बाचिन्छ आज मात्तिएर के गर्नु, भोली फेरी मात्तिनै पर्ने हुन्छ जिन्दगी त कथा हो, नभनीकन सीध्हिदैन जिन्दगी त छाया हो, भागेर छुट्टी पाइदैन जिन्दगी त उपहार हो, नजिती पाइदैन रि-सेट र रि-वाइन्ड छैन जिन्दगी को जिन्दगी त एकतर्फी बाटो हो, फार्किन पाइदैन Last edited: 26-Sep-10 07:43 PM
timi_mero_sathi · Sep 26, 2010 12:24 PM
. timi_mero_sathi जि लाई प्रणाम । सार्है सरल, सुन्दर र सजिलो तरिकाले मातेको मान्छेको मस्तकलाई मिठो माया भरिएको भावनाले भाव बिभोर बनाई बक्सिनु भो । हो त नि, यहाँ ले भनि बक्सया झैं जिन्दगि त युद्ध हो अनि एकतर्फी बाटो हो जहाँ बाट फर्किन पाईदैन । तर के गर्नु ? कैलेकाँई येस्सो बेस्कन मात्तेर छिमेकिलाई जिस्काउन मन लाग्छ । जिस्काएझैं; छिमेकि नि सात वटा छ आफ्नो । पत्याउनु हुन्छ ? काठमाडौं जडयाहाको सहर रे, रक्सि नै नचल्ने कुनै घरै छैन रे ! अनि म नि येस्सो ... हजुरले सत्य बचन ब्यक्त गर्नु भो, "आज मात्तिएर के गर्नु, भोली फेरी मात्तिनै पर्ने हुन्छ" । हो त नि, येस्सो सोच्छु, घर नजिकको ईनार मा रक्सि उम्रने भए... । "जिन्दगी त कथा हो नभनीकन सीध्हिदैन," येस्सो... म नि हेप्पि मुडमा भा' बेला कथा नै सुनाउन खोज्या हो ? खोई... छिमेकि ले सुन्दैनन् ! धन्येबाद । भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला । बाई । Last edited: 27-Sep-10 12:23 AM
Simple_KeTa · Sep 26, 2010 2:03 PM
la la badhai chha tesoo vayee, tarra feri jutta ko barsa aaula, tyo pani hos garnu hai, hijoo aja ka chimeki ko ke thegan
timi_mero_sathi · Sep 26, 2010 8:25 PM
once again, simple keta and tms, you guys are awesome!
Geology Tiger · Sep 26, 2010 10:12 PM
धन्येबाद मित्र महोदय । अैले हतारमा छु, फेरि पछि लेख्नेछु । टा-टा बाई-बाई
Simple_KeTa · Sep 27, 2010 12:28 AM
found this in FB. hope you guys enjoy
WeReNe · Sep 27, 2010 3:10 AM
मैले यहाँ भएको एउटा पोस्ट डिलिट गरेको छु । कृपया नरिसाउनु होला । मुख्य कारणहरु: फेसबुकमा भएको अरुको गिति-कविता टाईप नभएको, फोटो भएको अशलिल अर्थ निस्कन सक्ने, दुई अर्थ निस्कने ---------------------------------------- गिति-कविता शुन्दर छ । कवि-गितकार म भन्दा माझिएको हुनु हुन्छ । आफ्नो ओरिजिनल नाम अथवा पेन नेममा त्यो लेख पोस्ट गर्नुस, म जस्तै अरु पाठकको तारिफ पाउनु हुनेमा म तपाईलाई बिस्वस्त पार्न चहान्छु । खुलेर आउनुस । म पेशेवर गितकार, कवि अथवा संगितकार होईन । म जस्तो नाथेले एउटै पेन नेममा अडिएर साझामा ठस-ठसि कन्दै कविता(?) पोस्ट गर्दै आएको छु । तपाईको त्यो पोस्ट दर्हो छ, माझिएको छ, पेशेवर छ । मेरो नेवेदन छ, पिलिज नलुक्नुस । मेरो शुभकामना तपाईलाई ।
Simple_KeTa · Sep 27, 2010 10:17 AM
मातिने र मताउनेका माझ मेर दुई शब्दे शितन है! मुल्य नै मुल्यको यो जमाना पाचँ पैसे भाव पस्कदै छुँ पारखीका माझ अक्षर शब्दका भै दिवाना पस्कदै छुँ यो साझ तिम्रो दुई मिनेटका वाह! वाह! ले नै भाउ बढायो यो बढ्ने बढाउने ले मजाले ढाड सेकायो यस्ता थोत्रे-खोत्रे भाव किन कस्ले पढोस् आखिर जे होस् तिम्रो दुई मिनेटका वाह! वाह ले ढाड सेकायो लेख्नु कर्म सम्झि लेखें भाग्य के लेख्नु उनी अर्कै सँग पल्केको देखें मर्का कहाँ पोखुं भनि यो लेखें पाचँ पैसे मोल भएछ उनी तेई चाउरे लाहुरे सँगै पोईल गै छ गर्नु गराउनु अब के थियो तै बासी भात भुटेर खानु थियो तिम्रो दुई मिनेटका वाह! वाह थेक्नै गाह्रो भो हुन लागेको प्यार छुटि अक्षर शब्दका रचनाकार भो तिम्रो दुई मिनेटका वाह! वाह ले...
subrath · Sep 27, 2010 12:27 PM
subrath सर ज्युको कविताले । "तिम्रो दुई मिनेटका वाह! वाह!" लाई मेरो प्रणाम । शब्द-शब्दमा दम छ । गहिरो दर्शनले भरिएको आधुनिक कविताले मेरो मन छोयो । सुब्राथजि यस्को मुल्य घटिमा पनि १० रुपैँया होला, कमसे कम एक कप चिया मा त बिक्छ बिक्छ । फोर्मुलामा केलकुलेट गरुम है त: शब्द बनावटि छैन पढ्न या सुन्न गार्हो छैन कवि भन्दा स्रोतालाई टार्गेट बढि छ साधारण पब्लिकलाई टार्गेट गरिएको छ Thriller/Suspense/Twist छ [Hit formula] Intro मुल्य नै मुल्यको यो जमाना (मा) पाचँ पैसे भाव पस्कदै छुँ पारखीका माझ अक्षर शब्दका भै दिवाना पस्कदै छुँ यो साँझ वाह ! Mid Section लेख्नु कर्म सम्झि लेखें भाग्य के लेख्नु उनी अर्कै सँग पल्केको देखें मर्का कहाँ पोखुं भनि यो लेखें गज्जब ! कहानिमा ट्विस्ट आयो । पढ्ने या सुन्नेले आशा गरेको भन्दा फरक आयो । 2nd verse मा कविता लेख्नु को अर्थ खोल्नु पर्छ । "मर्का कहाँ पोखुं भनि यो लेखें" कवि जि सफल हुनु भो । Catch गर्नु गराउनु अब के थियो तै बासी भात भुटेर खानु थियो तिम्रो दुई मिनेटका वाह! वाह थेक्नै गाह्रो भो हुन लागेको प्यार छुटि अक्षर शब्दका रचनाकार भो तिम्रो दुई मिनेटका वाह! वाह! कस्तो सुन्दर ! [यो कवितामा गितकारको गन्ध आउँछ] धन्येबाद ।
simple_keta · Sep 27, 2010 2:42 PM
gr8 one.... keep going !!!
gyanguru · Sep 27, 2010 3:32 PM
Simple_Keta जि मेरो लेखाइको धेरै प्रसन्सा गर्नु भयो भने फेरी म भुत्रुक्कै परुला, subrath ji को रचना पनि ज्यादै भाबपूर्ण छ बेला बेला मा पस्कदै गर्नु होला तपाईं र subrath को रचना पढेपची मलाई तल का हरफ फुरेर आयो हुन त येस्लाई माथिकै continue भनेपनी हुन्छ आन्तिम लक्च्य थाहा भैसकेपछी छेउको, बिचको के चर्चा भयो र सबै ब्यथा सुरुमै जानेपछी जिबन कथा, के कथा भयो र जिबन त एक सस्पेन्स कहानि हो पुरा गरे पछी मात्रै थाहा हुन्छ जिबन त पिकासोको आब्स्त्र्याक्ट् हो बुझ्ने ले मात्र स्वाद थाहा पाएको छ जिन्दगी भाब ले बनेको छ जिन्दगी सद्भाब ले सजेको छ पिर, दु:ख त तक्मा हो जिन्दगी को खुशी र माया त लुकेको छ
timi_mero_sathi · Sep 27, 2010 7:52 PM
timi_mero_sathi जि लाई नमस्ते । कविता सुन्दर छ । एब्सट्रयाक्ट पाब्लो पिकाशो Guernica, 1937, Museo Reina Sofia माथिको चित्रलाई मैले ब्याख्या गर्न सक्दिन अनि मैले के बुझेँ त्यो पनि भन्न सक्दिन । जब म हेर्छु यो चित्रलाई मेरो: आँखिभौं तन्किन्छ । अनुहार बदलिन्छ । कपाल ठाडो हुन्छ । आँखाको नानि सानो हुन्छ । मुटुको गति तेज हुन्छ । मेरो ब्लड प्रेशर हाई हुन्छ । मलाई रिँगटा लाग्छ । कानमा आवाज आउँछ । के येहि हो एब्सट्रयाक्ट ? ----------------------------------------------------------------------------------- आशा गर्छु मैले भन्न खोजेको कुरो तिमि_मेरो_साथिजिले बुझ्नु हुनेछ ।
simple_keta · Sep 28, 2010 1:50 AM
के येहि हो एब्सट्रयाक्ट आर्ट ? नर्क जस्तो तातो, शैतान जस्तो कालो, चुम्बन जस्तो मिठो, कोजि क्याफेमा जाडो महिना । अनि उस्को नरम हात, अनि मेरो जिँदगिको पशिना, अनि मेरो सानो डाईमण्ड रिँग, के येहि हो एब्सट्रयाक्ट आर्ट ? ------------------------------------------------- timi_mero_sathi लाई समर्पित । Last edited: 28-Sep-10 02:59 AM
simple_keta · Sep 28, 2010 2:33 AM
यताको भेलामा म पनि सम्मिलित हुनु पर्यो। हुन त घच्ची घच्ची पोखाईहरु छन यहाँ भावहरुका, तै पनि कोशिसको जमर्को मैले पनि गर्ने आँट गरेँ। -------- अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे भर त अब उस्लाई अरुकै हो रे, भन्छे तर "तिमी पराई होइन" अभरमा अझै सम्झिने "तिमी बाहेक मेरो अरु फेरी कोइ छैन" मन भरी आगो उसै त आफ्नो, आँधी बनेर उ आई निभाउन आएकी रे उ आगो भन्थी, डढेलो लगाएर गै बुझाई उस्ले, उस्को आकास उस्कै घाम् अनि किरणहरु उस्कै बुझेँ चुपचाप, बादल बनेर मैले अब छेक्न भएन उस्लाई अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो
Deep · Sep 29, 2010 11:51 AM
Deep जि, खाँउ भने पिरतिलाई, धोका हुने डर नखाँउ त पिरतिलाई, भोकै हुने डर हिँडूम भने त्यो बाटोमा, उस्लाई भेट्ने डर नहिँडूम त त्यो बाटोमा, त्यतै पर्छ घर भाग्य मानु कर्मलाई, सास रोक्ने डर दुर्भाग्य मानु धर्मलाई, पाप लाग्ने डर आगो लगाई जलाम भने, गर्मि लाग्ने डर नजलाम त Simple_KeTo*, बरफ हुने डर *दिलको जाडो ----------------------------------------------- Deep जि लाई समर्पित Deep जि को मिठो भावना पढे पछि नलेखी बस्नै सकिन । फेरि लेख्नेनै छु... बाई PS: धन्येबाद Deep जि । Last edited: 29-Sep-10 04:17 PM
simple_keta · Sep 29, 2010 4:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion