कान्तिपुर काण्ड अदालतमा, थापा थुनामा By mysansar, on September 20th, 2010 सँधै अरुका खबर लेख्ने इकान्तिपुरले १६ भदौमा एउटा खबर आफ्नै हाउसभित्रको छाप्यो– विकास थापा कान्तिपुरबाट बर्खास्त। जलस्रोत बिटमा नाम कहलिएका विकास थापामाथि सहकर्मी मैना धितालमाथि ‘गाली गलौज र अश्लील शब्द प्रयोग गरी इमेल पठाएर अपराध गरेको ठहर’ गर्दै कान्तिपुरले बर्खास्त गर्ने निर्णय गरेको थियो। र, खबर त्यही निर्णयको आधारित भएर महत्वका साथ छापिएको थियो। कान्तिपुरभित्रबाट भएको ठहरलाई नै काठमाडौं जिल्ला अदालतले शुक्रबार सदर गरेपछि थापाले १८ वर्ष कान्तिपुरमा सेवा गरेको विशिष्ट उपहार पाएका छन्– जेलको छिँडी। उता विकासलाई जेल पठाएर मैनाको बढुवा भएको छ। उनी एसिस्टेन्ट सिनियर सब एडिटरबाट प्रमोसन पाउँदै सिनियर सब एडिटर बनेकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा विकासका परिवार र मैनासमर्थित एनजिओवादी महिला तथा कान्तिपुरकै दर्जन जति पत्रकार उपस्थित थिए। ‘टिरर..रिङ…..’ इजलासको घण्टी बज्यो। सबै इजलासमा प्रवेश गरे। न्यायाधीश शेखरप्रसाद पौडेलले निर्णय आयो– ‘कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधिर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन।’ अर्थात् कान्तिपुरको ‘ठहर’लाई अदालतले लालमोहर लाइदियो। आशा नगरेको फैसला सुनेर होला विकास परिवार स्तब्ध देखिए। जेल पठाउने फैसलाको खुशीमा मैना र उनका एनजिओकर्मीले इजलासभित्रै विजय उल्लासको अंकमाल आदान–प्रदान गरे। महिलावादीको बधाई पाउँदै एउटा ठूलो युद्ध जितेर फर्किएको सिपाही जस्तो विजयभावमा मैना बाहिरिइन्। न्यायाधीशले निर्णय नसुनाउँदासम्म मैना पक्षधर एनजिओकर्मीहरु खासखुस गर्दै थिए– ‘विकास धरौटीमा छुट्ने भो। अदालतमा देखापर्न आएको काम नलाग्ला जस्तो छ।’ प्रहरीले हिरासतमा लिएको भोलिपल्टै मुद्दा जिल्ला अदालतमा दर्ता गर्नसक्ने स्थिति थियो। तर काठमाडौं प्रहरीले त्यसो गर्न आवश्यक ठानेन र १५ दिन हिरासतमा राखेपछि मात्रै मुद्दा दर्ता हुनपुग्यो। शक्तिको दबावमा प्रहरीले उनलाई चाहिनेभन्दा बढी दुःख दिएको धेरैले अनुमान गरे। मैनाको उजुरी प्रकृति, तथ्य, अनुसन्धान प्रभावित पार्न एनजिओकर्मी महिलाको सक्रियता र केस पृष्ठभूमिबाटै जोडिएका व्यक्तिको सूचि हेर्दा त्यो गलत हो भन्न सक्ने अवस्था पनि छैन। अदालतकै अर्को दृश्य अदालतमा बयान दिँदा विकास बढी नै आवेगमा देखिएका थिए। बिहीबार अदालतमा बयान दिन आएका उनले निर्धक्क आफू बेकसुर भएको बताइरहँदा उनको अनुहारमा हिनताबोध देखिँदैनथ्यो। ‘मैना धिताल र प्रतिमा बाँस्कोटालाई बढुवा गरिदिने प्रलोभन देखाएर आफूलाई फसाइएको’ दलिल उनको थियो। ‘मैले कुनै गल्ती गरेको छैन, मैना त यो केसमा हाकिमहरुको गोटी मात्रै बनेकी हुन्।’ सम्पादकीय विभागको वामपन्थी–लोकतान्त्रिक दाउपेचका कारण मैनाको काँधमा बन्दूक राखेर सम्पादक सुधिर शर्मा र गोपाल खनाल समूहले आफूलाई निसाना बनाएको आरोप उनको थियो। आफू बस्ने गरेको भनिएको कम्प्युटरमा प्रतिमा बाँस्कोटा बस्ने गरेको बयान थापाले दिए। उनले त्यो कम्प्युटरको ‘कान्तिपुरबी’ पासवर्ड आइटी विभागको नियन्त्रणमा हुने हुँदा उसले जे चाह्यो त्यही हुने अवस्थामा छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। आफू लामो समयसम्म कार्यालय नजाँदा त्यो कम्प्युटर अरुले नै चलाउने गरेको भनाइ उनको थियो। बयान, बहस र निर्णय हुँदा कान्तिपुरका पत्रकार ठूलो उपस्थिति रह्यो। विकासले अश्लील इमेल पठाएको भनिएको कम्प्युटरमा आफूहरु नबस्ने लिखित जानकारीमा कान्तिपुरका पत्रकारहरुले हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्नेहरुमा खिम घले, प्रतिमा बाँस्कोटा, अतुल मिश्र, अनमोलमणि पौडेल, लोकमणि राई, कल्पना घिमिरे, शिला पाण्डे, घनश्याम खड्का, दुर्गा खनाल, योगेश खतिवडाले बयान दिएका थिए। कान्तिपुरका पत्रकारको हुलसँगै एनजिओकर्मी महिला वकिल र एनजिओकर्मी महिलाहरुको ठूलो उपस्थिति त्यो दिन जिल्ला न्यायाधीशले देखेका थिए। पृष्ठभूमि यो सब काण्ड मच्चाउने इमेल ठेगाना हो ashutoshparajuli@yahoo.com आफ्नो जीमेल आइडीमा अपरिचित इमेलबाट पटकपटक अश्लील चित्र र शब्द आउन थालेपछि डेढ महिनाअघि मैनाले कान्तिपुरको आईटी विभागमा जीमेल बन्द गरिदिन खबर गरेको बताएकी छन्। मैनाको जीमेल हेर्दै आईटी विभागले त्यस्ता इमेल अफिसकै कम्प्युटरबाट आउने गरेको ठहर गरेको थियो। यस बारेमा मैनाले सम्पादक सुधिर शर्मासँग परामर्श गरेको उल्लेख गरेकी छन्। आइटी विभागको भनाइ सदर गर्दै सम्पादकले विकासलाई मैनासँग माफी माग्न भनेका थिए। विकासले आफू निर्दोष भएको बताउँदै माफी नमागेपछि त्यही आइटी विभागको भनाईलाई आधार मान्दै उनीमाथि कारवाही अघि बढाइएको थियो। अदालतको निर्णयपछि विकास अहिले सुन्धारास्थित कारागारमा छन्। पुनरावेदनले उनको पक्षमा फैसला नसुनाए मैनाविरुद्धको यो मुद्दा उनले जेलमै बसेर लड्नेछन्। मुद्दाको अन्तिम फैसला टुंगो लाग्न तीन महिनादेखि दुई वर्षसम्म लाग्न सक्छ। मुद्दामा विकास दोषी ठहरिए विद्युतीय कारोबार ऐन अनुसार उनलाई पाँच वर्ष कैद र एक लाखसम्म जरिवाना हुनेछ। अनुत्तरित प्रश्नहरु सयौं कम्प्युटरको विन्डोज लगइन पासवर्ड हातमा लिएर बस्ने कर्पोरेट हाउसका आइटी विभागहरु स्वतन्त्र न्यायिक निकाय हुन् अथवा मालिकको इसारामा नाच्ने कसुले मात्रै? इमेलमा आउने अश्लील सन्देश, फोटो र भिडियो व्यवस्थापनको जिम्मा कसको हुने? जीमेल, याहू जस्ता निःशुल्क इमेल सेवा दिनेहरुले त्यस्ता इमेल आएमा तपाइँ स्वयंलाई स्पाममा रिपोर्ट गर्न वा इमेल आइडी नै ब्लक गरिदिने सुविधा दिएका छन्। तर मैनाले जस्तै स्पाम रिपोर्ट वा आइडी ब्लक गर्नुको सट्टा अनुसन्धान कारवाही अघि बढाउन चाहने सर्वसाधारणलाई ६ महिनासम्म अनुसन्धान गर्न अदालत कहाँ सम्पर्क राख्न आदेश दिन्छ? किनभने मैना जस्तै सबै इमेल प्रयोगकर्ता सर्वसाधारण शक्तिशाली आइटी विभागको पहुँचमा छैनन्। र, प्रहरी यी सब कुरामा सक्षम देखिएको छैन। फलानो ठाउँमा बम पड्काएको भन्ने स्वीकारोक्तिसहितका वक्तव्यहरु इमेलमा आउँदासमेत त्यस्ता इमेल पठाउनेमाथि कारबाही भएको अहिलेसम्म देखिएको छैन। कर्पोरेट हाउसका आइटी विभागको रिपोर्टलाई आधार मान्दै मालिक र विभागीय प्रमुखले ‘अपराधी ठहर’ गर्नासाथ जो कोही अपराधी प्रमाणित हुने अवस्था बनेको हो भने कम्प्युटर सम्बन्धित विषय निरुपणमा अदालतको औचित्य कहाँनेर हुने? न्यायमूर्तिले फैसला गर्दा बहसमा उठेका तर्क, उपलब्ध तथ्य, इन्टेन्सन, इमेल प्रयोग भएको कम्प्युटर र इमेल पठाएको समय, कम्प्युटर आइपी एड्रेस र त्यसको प्रयोगबाट खुल्न सक्ने तथ्यलाई आधिकारिक मान्ने कि कर्पोरेट हाउसका मालिक र विभागीय प्रमुखको पत्रलाई अकाट्य प्रमाण ठान्ने ? कानुन असमान ? समान प्रकृतिको अश्लील गाली गलौज कसैले सडकमा बसेर गरे उसलाई गाली र बेइज्जति ऐन अनुसार कारबाही अगाडि बढाइन्छ। तर कसैले इमेलबाट त्यही काम गरे भने विद्युतीय कारोबार ऐन अनुसार कारबाही बढाउने गरेको देखिएको छ। दुवै ऐनका व्याख्या र सजाय फरक छ। गाली र बेइज्जति ऐन अनुसार बढीमा पाँच हजार जरिवाना वा दुई वर्ष कैद मात्रै हुनसक्छ। यही ऐनको धारा ८ मा एउटा यस्तो व्याख्या छ- आइमाइलाई अपमानित गर्ने नियतले कुनै काम कुरा गरेमाः कसैले कुनै आईमाईको अपमान गर्ने नियतले, निजले देख्ने सुन्ने गरी, कुनै कुरा भनेमा वा कुनै किसिमको शब्द वा हावभाव व्यक्त गरेमा वा कुनै वस्तु देखाएमा वा निजको गोपनियतामा दखल दिएमा एक सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म जरिवाना हुनेछ र ६ महिनासम्म कैदको सजाय पनि हुन सक्नेछ। तर यो मुद्दामा कारबाहीका लागि आकर्षित गरेको भनिएको धारा विद्युतीय कारोबार ऐन २०६३ को धारा ४७ छ। जुन यस्तो छ- ४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने : (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। अर्को मुद्दामा धरौटीमा रिहा इमेलमा गाली गलौज गरिएको एउटा अर्को मुद्दामा अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरिदिएको छ। पोखरा हटलाइन दैनिक पत्रिकाको आधिकारिक इमेलबाट नेपाल आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष हुमबहादुर गुरुङलाई अपशब्द प्रयोग गरी इमेल पठाएको भनी दायर गरिएको मुद्दामा प्रहरीले कर्मचारी हरि पन्तलाई मात्र हैन, पत्रिकाका अध्यक्ष राजु भण्डारीलाई समेत गिरफ्तार गरी केही दिन हिरासतमा राखेको थियो। काठमाडौँ जिल्ला अदालतले पछि उनीहरुलाई धरौटीमा रिहा गरेको थियो। इमेलबाट गाली गलौजका तीन मुद्दामध्ये पुर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाइएका अभियुक्त विकास थापा नै पहिलो हुन्। Source: http://www.mysansar.com/archiv...
boulevard dreams · Sep 23, 2010 10:29 AM · 4,973 views
कास थापा थुनाउने जिमेलको सेरोफेरो By anish, on September 23rd, 2010 अनिश भट्टराई, धरान / सुनसरी कान्तिपुर विकास थापा प्रकरणलाई समग्रमा हेर्दा उनीमाथि पूर्वाग्रह र शक्तिको बलले कारवाही भएको आभास हुन्छ। न्यायाधीशको फैसला पूर्णतः ‘कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधिर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन’ भन्ने आधारमा भएको हो भने मुलुकमा कानुनको राज रहेनछ भनेर कसैले भनिहाले अदालतलाई मानहानी गरेको भनेर भन्ने मान्छेलाई मुद्दा हाल्न कोही नतम्से हुन्छ। किनभने गाँठी कुरा त्यही हो। नारीको इज्जत र सम्मानको कुरा एक ठाउँमा छ, तर त्यही इज्जत र सम्मानलाई हतियार बनाएर कोही निर्दोषको घाँटी काटिन्छ भने त्यो कदापि उचित हैन। जिमेलमा आउने कुनै पनि इमेल कहिले, कहाँबाट आएको भनेर थाहा पाउन मेल खोलेपछि दायाँपट्टी देखिने रिप्लाइमा क्लिक गरी show original मा क्लिक गरी हेर्नुपर्छ । यस ब्लग र कान्तिपुरकै समाचारमा पनि थापाले पब्लिकेसन्समै कार्यरत महिला सहकर्मीलाई इमेलमार्फत गाली-गलौज र अश्लील शब्द प्रयोग गरी लामो समयदेखि मानसिक यातना दिँदै चरित्रहत्या गर्न खोजेको आन्तरिक छानबिनबाट प्रमाणित भएपछि व्यवस्थापन बर्खास्त गर्ने निर्णयमा पुगेको हो भन्ने भनाईले यो काण्ड पूर्ण रुपले इमेलसँग सम्बन्धित भएको बुझिन्छ। त्यसमा पनि मैना धितालले जिमेलको इमेल प्रयोग गर्दिरहिछिन्। विकास थापालाई थुनाउने उनको जिमेलको इमेलबारे कान्तिपुरको आई टी विभाग, व्यवस्थापन र अदालत खोजबिन नगरी कारबाही गर्न हतार गरेको देखिन्छ। तसर्थ म जस्तो कान्तिपुरसँग कुनै आग्रह पूर्वाग्रह नभएको तर कान्तिपुरको वार्षिक ग्राहकलाई पनि भन्न मन लाग्छ “समाचारको मामला त ठिकै होला जस्तो लाग्छ तर न्याय दिने मामलामा १८ वर्ष काम गरेको कर्मचारीप्रति कान्तिपुर पूर्वाग्रही देखियो।“ मैनाको जीमेल हेर्दै आईटी विभागले त्यस्ता इमेल अफिसकै कम्प्युटरबाट आउने गरेको ठहर कसरी गर्यो ? गुगलको ईमेल सेवा जीमेलमा त्यस कम्पनीबाटै कुनै प्रत्यक्ष सहयोग नपाएको अवस्थामा कुनै पनि इमेल कहाँबाट पठाएको हो त्यसको बारेमा भरपर्दो जानकारी पाउन सकिन्न। साधारणतया कुनै इमेल कहाँबाट पठाएको निर्क्योल गर्न इमेल पठाउँदा प्रयोग गरेको इन्टरनेट सर्भरको पब्लिक आई पी एड्रेस (WAN को लागी प्रयोग गरिने IP Address) , इमेल पठाउन प्रयोग गरिने कम्प्युटरको (नेटवर्कमा छ भने त्यसको) प्राइभेट आई पी एड्रेस (LAN को लागी प्रयोग गरिने IP Address) अथवा त्यस कम्प्युटर को म्याक एड्रेस (MAC Address) र त्यो इमेल पठाएको समय थाहा हुनुपर्छ। तब मात्र कुनै पनि इमेल त्यसैले पठाएको भनेर ठोकुवा गरेर भन्न सकिन्छ। तर जीमेलमा माथि उल्लेख गरिएका पब्लिक आई पी, प्राइभेट आई पी र समय मध्ये पब्लिक आई पी र समय मात्र थाहा पाउन सकिन्छ। इमेल पठाउँदा प्रयोग गरिएको कम्प्युटरको प्राईभेट आई पी वा त्यस कम्प्युटरको म्याक एड्रेसको अभावमा पब्लिक आई पी र समयको आधारमा मात्र गरिने दावी विश्वासिलो हुँदैन। यस्तोमा आफ्नो नेटवर्कभित्रका कम्प्युटरहरुको पब्लिक आई पी एड्रेस एकै हुनाले आफ्नो नेटवर्क भित्रका सबैलाई आफ्नो दुश्मन मात्र देख्ने काम हुन जान्छ। विकास थापा प्रकरणमा पनि मैना धितालहरुमा यस्तै लङ्गडो तर्कको आधारमा दृष्टि दोष रहेको भान हुन्छ। उदाहरणको लागि मैले काम गर्ने अफिसको इन्टरनेटको पब्लिक आई पी एड्रेस 203.91.149.164 हो र यसमा लगभग ५०० कम्प्युटरको नेटवर्किङ गरी इन्टरनेट चलाइन्छ। मेरो अफिसको नेटवर्किङ, जुन इन्टरनेट सेयर गरी प्रयोग गर्नको लागि निर्माण गरिएको हो, त्यो नेटवर्कमा मैले प्रयोग गर्ने कम्प्युटरमा प्राइभेट आई पी 192.168.9.253 असाइन गरिएको छ। मानी लिउँ मैना धिताल पनि मैरै अफिसमा काम गर्थिन्। यस्तोमा मैले उनलाई एउटा फेक आईडी बनाएर अश्लील इमेल पठाएँ भने मैनाको जीमेलबाट थाहा पाइने भनेको हाम्रो अफिसको पब्लिक आई पी एड्रेस 203.91.149.164 र मैले इमेल पठाएको समय मात्र हो। अब मैनाले त्यो इमेल पठाउने मान्छेको प्राइभेट आई पीको अभावमा वास्तविक व्यक्ति पहिचानको अभावमा मलाई नै शंका गरे नि हुन्छ, मेरो पल्लो कोठामा बस्ने भाइलाई शंका गरे नि हुन्छ, उनको एक वर्षअघि झगडा गरेको साथीलाई शंका गरे नि हुन्छ। किनभने पब्लिक आई पीको आधारमा त्यो इमेल पठाउँदा प्रयोग भएको आई पी हाम्रै अफिसको भएको थाहा लाग्छ तर प्राइभेट आई पीको अभावमा मेरो वा मेरो पल्लो कोठामा बस्ने भाइको वा एक वर्षअघि झगडा गरेको साथीको नै कम्प्युटरबाट नै त्यो इमेल पठाएको हो भनेर ठोकुवा गर्न सकिँदैन। कुनै ब्यक्तिको नाम र इमेल ठेगानाबाट गलत आशयको इमेल आयो भन्दैमा त्यस ब्यक्तिलाई कारवाही गरी हाल्न सकिन्छ त ? सरकारले नेपालको विद्युतीय कारोबार व्यवस्थित गर्न बनेको कानुन पूर्ण लागू गरी डिजिटल सिग्नेचर ब्यापक प्रयोग/पालना र यसको अनुगमन नगरुञ्जेल आजको अवस्थामा कुनै ब्यक्तिको नाम र इमेल ठेगाना प्रयोग भएर गलत आशयको इमेल आयो भन्दैमा त्यसलाई कारबाही गरी हाल्न मिल्दैन। PHP जस्ता सर्भर साइट स्क्रिप्टको सहायताले जोसुकैको नाम र इमेल प्रयोग गरेर कसैलाई पनि इमेल पठाउन सकिन्छ। मैना धितालकै इमेल ठेगाना र नाम प्रयोग गरेर अर्को इमेल विकास थापालाई पठाउनु पनि आजको समयमा कुनै समस्याको कुरा हैन। यसको लागि जीमेल वा अन्य कुनै मेलको पासवर्ड ह्याक गर्नु पर्छ भन्ने छैन । ( यसलाई एक पटक हेर्नुस न ।) अदालतले यी प्राविधिक कुरा कसरी बुझेका छन्, त्यो प्रष्ट भइसकेको छैन। इमेल पठाएकै कारण थप दुई जना प्रहरी हिरासतमा परिसकेका छन्। अश्लील इमेल गरेको अभियोगमा परेका पोखराका दुई सञ्चार व्यवसायी पोखरा हटलाइनका अध्यक्ष राजु भण्डारी तथा मार्केटिङ म्यानेजर हरि पन्तले गालीगलौज गरी इमेल गरेको भन्दै पत्रकार होम गुरुङले जाहेरी दिएपछि प्रहरीले भदौ १७ गते उनीहरुलाई हिरासतमा राखेको थियो। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई जनही ४० हजार धरौटीसहित पुर्पक्षका लागि तारेखमा छाडिदिएको छ। यसैगरी नेपाल पत्रकार महासंघ, कैलाली शाखाका अध्यक्ष दीर्घराज उपाध्यायले एबीसी टिभीका संवाददाता प्रकाश शाहले नक्कली इमेल आइडीबाट आफ्नी श्रीमतीसहित केही महिलाको नाम जोडेर सन्देश पठाउने गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराएपछि शाह पनि अहिले प्रहरी हिरासतमा छन् । [ यो लेख विशुद्ध रुपमा विकास थापा प्रकरणलाई आधार मानेर कान्तिपुर जस्तो कर्पोरेट अफिसमा गरिने नेटवर्किङलाई मध्यनजर गरी त्यसमा कसरी विश्वसनीयताको खोजी गर्ने भनेर तयार गरिएको हो। इन्टरनेटको लागि तपाईँ यदि डायल अप इन्टरनेट वा ADSL इन्टरनेट चलाउनु हुन्छ र कुनै इमेल कहाँबाट आएको हो भनेर थाहा पाउन चाहनु हुन्छ भने त्यहाँ पब्लिक आई पी र प्राइभेट आई पी खोजेर टाउको नदुखाउनु होला। त्यतिखेर डायनामिक आई पी र स्टाटिक आई पीको कुरा पनि आउँछ। मौका मिले यस बारेपछि लेखौँला। ] Source: http://www.mysansar.com/archiv...
boulevard dreams · Sep 23, 2010 10:31 AM
I don't believe news from mySansar !!!!
tmobile · Sep 23, 2010 11:06 AM
Tmobile, mysansar is not my first news source either but i did enough research to know from other sources to verify that this news is true and Bikash Thapa is innocent.
boulevard dreams · Sep 23, 2010 11:08 AM
tmobile not only mysansar many other media are reporting Mr Thapa would have been victimized. here is what Mr Thapa has to say : विकास थापा । काठमाडौ, २८ भदौ । मलाई कान्तिपुरका सम्पादक र व्यवस्थापकबाट के चार्ज लगाइएको छ भने 'तपाईले तपाईको कम्प्युटरबाट इमेल पठाएर 'सेक्सुअल ह्यारेसमेन्टु गर्नुभो हामीले ३/४ महिनादेखि अनुसन्धान गरिरहेका थियौं र ट्रयाक पनि गर्यौं त्यसो गर्दा तपाईले नै गरेको हो भन्ने पुष्टि भयो ।'तर यो एकपक्षीय आरोप हो । कान्तिपुरको अवस्था कस्तो छ भने त्यहाँ मेरो कम्प्युटर भन्ने हुँदैन । कान्तिपुरले यो विकास थापाको कम्प्युटर हो भनेर लेखेर दिएको पनि छैन । त्यो कम्प्युटर सार्व्रजनिक स्थलमा छ । जतिसुकै ठूलो पब्लिकेसन भए पनि स्थापनाकालदेखि अहिलेसम्म उसका पत्रकारहरुलाई कुर्सी र कम्प्युटर अहिले पनि उपलब्ध छैन । हरेक सोमबारे मिटिङमा कुर्सी र कम्प्युटर नपाएकोमा गुनासो हुन्छ । अर्को कुरा अफिसमा सधैं भइँदैन रिपोर्टिङमा कहिले कहाँ कहिले कहाँ गइन्छ । कहिलेकाहीँ कम्प्युटर खुल्ला भैराखेको हुन्छ फोन गर्न अर्को कोठामा गइन्छ । रिपोर्टिङ शाखाको फोन नसुनिने भएकाले व्यवस्थापनले फोन गर्नका लागि भनेर छुट्टै गोप्य कोठाको व्यवस्था गरिदिएको छ त्यहाँ आधाघन्टा वा एक घन्टासम्म फोन गरेर समाचार तयार पार्नुपर्ने हुन्छ त्यसबेला पनि आफूले खोलेको कम्प्युटर त्यसै छाडेर फोन गर्न गइएको हुन्छ । यस्तो बेलामा कम्प्युटर जो कसैबाट प्रयोग भएको हुनसक्छ । त्यो कम्प्युटर प्रतिमा बाँस्कोटाले चलाउँथिन् । उनलाई त्यसको पासवर्ड थाहा थियो । अहिले आएर यो मुद्दा दर्ता गर्नेमा पनि उनै प्रतिमा बाँस्कोटा अग्रसर छिन् । प्रतिमा बाँस्कोटा मैना धितालको गोटी बनेकी छिन् । प्रतिमा आफैं क्राइमको रिपोर्टिङ गर्ने मान्छेले यहाँ प्रहरी कार्यालयमा आएर एसपी/डीएसपीलाई भनेर मान्छे थुन्न लगाउने उनको विषय नै होइन । तर उनी आफैं यहाँ उजुरी हाल्न आउने र मेरै कम्प्युटर चलाउने भनेपछि मलाई अहिले प्रतिमा बाँस्कोटामाथि शंका लागिरहेको छ । त्यहाँ के लेखिएको छ भन्ने मलाई देखाइएकोसम्म छैन । त्यो कम्प्युटरबाट उसको मैना धितालको इमेलमा के-के सामग्री गयो रे त्यसको जिम्मा विकास थापाले किन लिने मैले यहाँ हनुमानढोकामा आएर बुझेअनुसार त्यसमा मेरो इमेल आइडी पनि छैन । त्यो इमेल आशुतोष पराजुली एट याहु डटकमबाट गएको छ । त्यो मेरो आफ्नो इमेल आइडी पनि होइन । व्यवस्थापनले एकपक्षीय ढंगले अनुसन्धान गरेको छ । के अनुसन्धान गर् यो भन्ने मलाई थाहा पनि छैन । कान्तिपुर दैनिकमा आइटी डिपार्टमेन्ट छ त्यसले तलै बसेर सबै कम्प्युटरहरु खोल्न सक्छ । म व्यस्थापन विरुद्धमा लागेको हुनाले व्यवस्थापन आफैंकॊ पनि यो षड्यन्त्र पनि हुन सक्छ । म मजदुर संगठनको अध्यक्ष पनि भएको नाताले जुन दिन मैले माग राखें त्यही दिन व्यवस्थापनले यस्तो कुरा ल्यायो र १८ वर्ष कान्तिपुरमा काम गरेको मान्छेलाई समान्य सहानुभूति पनि प्रकट नगरिकन निस्कासन गरियो । यसमा म विरुद्ध ठूलो षड्यन्त्र भएको छ । मैना धितालसित मेरो लेना पनि छैन देना पनि छैन । अरुसित मेरो जस्तो व्यवसायिक सम्बन्ध थियो मैनासँग पनि मेरो त्यस्तै सम्बन्ध हो । मैनाजस्ती ३० वर्ष केटी मान्छेलाई जिस्काइरहन मलाई फुस्रदै छैन । मैले त्यस्तो प्रकरण जन्माउने भए त कान्तिपुरमा अरु पनि त महिला स्टाफहरु थिए नि । १८ वर्षमा कुनै पनि रिपोर्टरलाई मैले त्यस्तो व्यवहार गरेको रेकर्ड छैन । विराटनगर शाखामा पनि म दुईवर्ष बसेर आएँ त्यहाँ पनि हेर्न सक्नुहुन्छ । हाम्रा सम्पादक महोदय र हरिबहादुर थापाले के गरेछन् भने तीन महिनासम्म अनुसन्धान गरे रे । सम्पादकको काम न्यूज हेर्ने हो कि अनुसन्धान गर्ने हो अनुसन्धान गर्ने काम त सम्पादकको होइन । कदाचित् मेरो कम्प्युटरबाट त्यस्तो कुरा गएको भए सम्पादकले मलाई चेतावनी दिनुपथ्र्यो एकैचोटी स्पष्टीकरण अनि भोलिपल्ट निलम्बन । निलम्बन त्यो दिनमा आयो जुन दिन हामीले २ हजार रुपैयाँ तलब बढाइदिन माग राख्यौं । यो माग पूरा भएको भए विकास थापाका कारण कैलास सिरोहियाको मासिक २० लाख खर्च बढ्थ्यो । त्यसैले यही मौकामा मैना धितालको केस अगाडि ल्याइयो । यो केस मैले १८ वर्षदेखि साथ दिँदै आएका साथीहरुको षड्यन्त्रको उपज हो । यसमा हरिबहादुर थापाको संलग्नता छ गोपाल खनालको संलग्नता छ र सम्पादक सुधीर शर्माको संलग्नता छ । मैना धिताल त गोटी बनेकी मात्र हुन् । मैना धितालजस्तो डलर खेती गर्दै हिंड्ने मान्छेलाई एउटा सिनियर लेबलमा पुगेको किताव प्रकाशन गर्ने अन्तिम चरणमा पुगेको र स्थापित मान्छेले जिस्काउँदै हिंड्ने फुस्रद नै छैन । मेरॊ परिवार छ बालबच्चाहरु छन् । मेरो आफ्नो करिअर छ । त्यस्ती आइमाईलाई मैले चलाएर जिस्काएर के पाउँछु इमेलमा मैले फोहोर कुरा लेखेर के पाउँछु ? कान्तिपुरमा सम्पादकीय नीति र विचारमा नीतिगत भिन्नता बढ्दै गयो । हरिबहादुर थापाजस्तो आफूलाई डेमोक्र्याट भन्ने मान्छेले प्रकाशशरण महतजस्तो मन्त्रीको पक्षमा लागेर मेरा समाचार र लेखहरु 'किल' गर्ने काम गरे । माथिल्लो तामाकोशीलगायतका कुरामा हरिबहादुर थापा मन्त्रीको भनाइमा लागे । ती मन्त्रीले व्यवस्थापनलाई भने व्यवस्थापनले सम्पादकलाई भन्यो गोपाल खनालसित त मेरो छुट्टै डिफरेन्स छँदै थियो । यी सबै कारणहरु एक्कासी आए । त्यसपछि मलाई निकाल्नका लागि मैनालाई गोटी बनाइयो । यो केसमा मैना र मेरो केही रिलेसन नै छैन । कान्तिपुरमा मेरो प्रभावकारी उपस्थिति थियो । मेरो करिअर देखेर जल्ने साथीहरु पनि थिए त्यहाँ । कान्तिपुरमा राम्रो खोजमूलक काम गर्ने इमान्दार पत्रकारहरुलाई यसै गर्ने गरिन्छ । हिजो कहाँकहाँबाट आएका सामान्य साथीहरुले काठमाडौंमा जग्गा किनेका छन् । करोडौं रुपैयाँ खर्च गरेर घर बनाएको अवस्था छ । यो पनि हामी खोजौं न । यसले कान्तिपुरको व्यवसायिकतालाई कति असर पुगेको छ कसको सम्पत्ति कति छ भनेर हामीले पत्रकारको पनि छानबिन गरौं न अरुको मात्रै हेर्ने ?मैले कान्तिपुरमा काम गर्दाखेरि शत्रुबाहेक केही कमाइँन । मन्त्री शत्रु, विद्युत् प्राधिकरणको एमडी सधैं शत्रु, भ्रष्टाचार गर्ने अनियमितता गर्नेहरुका बारेमा मैले लेख्दै आएको हुँ । खिम्ती र भोटेकोशीले कसरी सत्यानाश गरेको छ भनेर मैले उजागर गरें । आज विकास थापा पक्राउ पर्दा जलमाफियाहरु सबैभन्दा खुशी भएका छन् र ती जल माफियाहरुको गोटी हाम्रा सम्पादक समाचार सम्पादक र चीफ रिपोर्टरहरु भएको अवस्था छ । गोपाल खनाल म भन्दा दुईवर्ष जुनियर उनलाई ममाथि संधै शंका । गोपालले सरकारको एउटा खेमाको संधै चाकडी गर्ने । यस्तो चाकडीका उदाहरणहरु कान्तिपुरमै छन् । त्यसरी सरकारको त्यसको पनि एउटा खेमाको चाकडी गर्ने पत्रकार उनी पनि मैनाका सहायक बन्न पुगेका छन् । शिव गाउँलेलाई हरिबहादुर थापाभन्दा माथि ल्याउनका लागि सम्पादकले निर्णय गर्दा हरिबहादुर थापालाई काँधमा बोकेको कारणले त्यसको दुई वर्षपछि आएर सम्पादकले ममाथि लात हाने ।सम्पादक कम बोल्ने मान्छे । नबोली भित्रभित्रै राख्ने । उनले यही हो मौका ठानॆ हान्दिए । शिव गाउँलेसम्बन्धी सम्पादकले गरेको निर्णय उल्टिएको थियो । यो रीस पनि उनमा थियो हो । यही कारणले सम्पादकले पटकपटक मेरो राजीनामा मागे । एक हातमा राजीनामा माग्ने अर्को हातमा मैनाको केस देखाउने जस्तो बार्गेनिङ गर्ने काम गरियो । पत्रकार भएर यसरी बार्गेनिङ गर्न मिल्छ राजीनामा माग्ने नमाग्ने त व्यवस्थापनले निर्णय गर्नुपर्छ सम्पादकलाई त्यो अधिकार हुन्छ राजीनामा नगरेमा पुलिस केस गरिनेछ भनेर सम्पादकले मलाई बारम्बार चेतावनी दिएका छन् । मैले गल्ती गरेको भए विभागीय कारबाही गर्नुपर्ने हो बर्खास्त भनेको त अन्तिम विकल्प हो । त्यसरी बर्खास्त गर्नका लागि मैले कान्तिपुरलाई क्षति पुर् याएको हुनुपर्छ मेरो कारणले कान्तिपुरको इज्जत नाश भएको हुनुपर्छ । मैले कान्तिपुरलाई भजाएर खाएको हुनुपर्छ या मैले घुस लिएको हुनुपर्छ । त्यो अवस्थामा बर्खास्त गरिनुपर्छ । तर हाम्रै कान्तिपुरमा पुलिससित पैसा मागेको प्रमाण हुँदाहुँदै पनि साथीहरु मजाले अझैसम्म काम गरिराखेका छन् । हाम्रै कान्तिपुरका क्षेत्रीय कार्यालयका साथीहरुले पत्रकार र अरु बाहिरका महिलाहरुलाई यौनशोषण गरेका उदाहरण छन् । उनीहरुलाई के कारणले संरक्षण दिइँदैछ र अहिले एउटा कथित इमेल जसको कुनै ठेगानै छैन का आधारमा कारबाही गर्न खोजिदैछ ।जब कान्तिपुरका सम्पादक सुधीर शर्माको जागिर धरापमा पर् यो उनले मेरा भारतविरोधी न्यूजहरु रोक्न थाले आर्टिकलहरु रोक्न थाले । यसपालीको वर्षायाममा भारतले सीमानामा बनाएका बाँधहरुको समाचार एउटा पनि आएनन् । भारतले बनाएका बाँधका कारण नेपाली जनता डुबानमा परेका सामाचारहरु यसपाली किन आएनन् त किन आएनन् भने सम्पादकलाई भारतीय दूतावासको चाकडी गरेर जागीर जोगाउनु थियो । विनलादेनको समूहले नेपालमा जलविद्युतको लाइसेन्स निकालेको समाचार पनि उनले रोके । नेपालका आकर्षक आयोजनाहरु भारतीय कम्पनीका हातमा गएका छन् । उर्जा मन्त्री प्रकाशशरण महतसितको मेरो मतभेद उनले भारतीयहरुलाई भकाभक जलविद्युतको लाइसेन्स दिए भन्नेमा थियो । भोलि नेपालले कुनै एउटा विद्युत आयोजना बनाउनुपर् यो भने राकेस सुदसित माग्नुपर्ने अवस्था निर्माण गरिएको छ । यो कुरा मैले बारम्बार राष्ट्रियताबारे अडान राख्दै आएको थिएँ । कान्तिपुरमा भारतीय कम्पनीहरुको विज्ञापन रोकियो पछि पेपर रोकियो अनि त्यसपछि सम्पादकको जागीर धरापमा पर् यो र मेरो भारतविरोधी कलम भाँच्ने काम गरियो लेख्न पाइएन । नौमुरेमा भारतले सबै पानी लगिसक्यो हामीले लेख्न पाएनौं । अहिले आएर भारतले दिने विज्ञापन रोकिएपछि कान्तिपुर फेरि भारतविरोधीजस्तो देखिएको छ तर यो तात्कालीन प्रतिकि्रयात्मक अभिव्यक्तिमात्रै हो । यो भर्खरको कुरामात्रै हो । राष्ट्रियताको खोल देखाएर गरिएको विज्ञापनको बार्गेनिङमात्रै हो । आफूलाई पर्दाखेरि राष्ट्रियताको मतलब छैन नपर्दाखेरि राष्ट्रियताको दुहाई दिने ?अहिले एनजीओवादी महिलाहरु विकासको समाचार लेख्ने पत्रिकाविरुद्ध उजुरबाजुर गर्दै हिँडेका छन् भन्ने सुनेको छु । उसोभए महिलाका बारेमा समाचारै लेख्न हुँदैन भने त महिलाका विषयमा टिप्पणी पनि गर्न भएन पत्रकारितै गर्न भएन । महिला भएकै कारणले उनीहरुले गरेका सबै कर्तुतबाट उनीहरुले उन्मुक्ति पाउने त पत्रकार आचारसंहिता र ऐनमा मात्रै होइन संविधानमै संशोधन गरेर 'समानताको हक' भन्ने कुरालाई हटाएर महिलाले जघन्य अपराध गरे पनि कुनै गेष्टहाउसबाट पक्राउ परे पनि उनीहलाई कारबाही गर्न उनीहरुका बारेमा लेख्न पाइँदैन भनेर संविधानमै व्यवस्था गर्नुपर् यो । कानून र नियमावलीमा पनि यसै अनुसार चेन्ज गर्नुपर् यो । हैन भने दुईचारजना महिलाको झुण्ड जसले यस्ता कुरालाई उरालेर डलर खेती गर्ने राम्रो नयाँ क्षेत्र उपस्थित भएको छ अहिले । जो जो यस्तो खेतीमा संलग्न छन् तिनकै घरमा तिनका श्रीमान्हरु कसरी पीडित छन् यो सबैलाई थाहा छ । यहाँ सबैलाई नंग्याउनुपर्ने अवस्था आइसकेको छ । अहिलेको मेरो जुन केस छ यो कुनै केसै होइन । एकातिर मलाई सेक्सुअल ह्यारेसमेन्ट भनेका छन् अर्कातिर विद्युतीय कारोबार ऐन लगाएको छ । कुनै महिलाले आएर दबाब िदंदैमा हुने भए प्रधानमन्त्री पनि महिलाकै दबाबमा छाने भैहाल्यो नि । सातौंपटक किन चुनाव गरिरहने सबै महिलाहरु यस्ता छैनन् तर मैना धितालका पक्षमा आएका महिलाहरु कस्ता छन् भने उनीहरु एनजीओ चलाउँछन् । यो उनीहरुको डलर झार्ने नयाँ तरिका हो भन्ने कुरा सबलाई थाहा छ । एनजीओमा काम गर्ने यी महिलाको कान्तिपुरमा योगदान कति छ पत्रिका पल्टाएर हेरे थाहा हुन्छ । त्यही मैना धितालको कान्तिपुरमा कति योगदान छ बाइलाइन खै ?कान्तिपुरले जसरी मेरो इज्जत प्रतिष्ठालाई धुलिसात् हुने गरी बर्खास्त गर् यो र मेरो चरित्रहत्या हुने गरी प्रचारप्रसार गर् यो त्यसका विरुद्ध मैले काठमाडौं जिल्ला अदालतमा १ करोडको क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको छु । यहाँ अदालतले म्याद थप्नेवित्तिकै यहाँ प्रहरी कार्यालयमा दुई/तीनजना महिला एसपी रमेश खरेल कहाँ आउने र दबाब दिने गर्दारहेछन् । एसपी सा'बको पनि महिला देखेपछि मन कमलो हुँदो हो त्यही भएर मलाई म्याद थप्दै राख्दै गरिएको छ । तर प्रहरीले अनुसन्धान नै गरेको छैन । उनीहरुको दाउ के छ भने मलाई २४ दिन नै प्रहरी हिरासतमा राख्ने । अदालतमा मुद्दा जानेवित्तिकै त्यो स्वतः खारेज हुने अवस्था छ किनभने मलाई दोष देखाउने उनीहरुसित कुनै आधारै छैन । म पत्रकारिता क्षेत्रबाट भाग्नेवाला छैन । यहाँबाट निस्किएपछि प्राण रहेसम्म म विगतको भन्दा अझै सकि्रय रहेर अझै खोजमूलक ढंगबाट पत्रकारितामा लाग्ने छु । माथिल्लो तामाकोशी जस्ता आयोजनाहरु स्वदेशी लगानी गरेर जलविद्युतमा नेपाल आत्मनिर्भर नभएसम्म जीवनको अन्तिम घडीसम्म मेरो कलमको यात्रा निरन्तर जारी रहने छ । यो केही क्षणको षड्यन्त्रले पाठकहरुलाई सधैंभर निराश बनाइरहन सक्दैन । पत्रकारितामा गुण्डाबाट पनि जोखिम हुन्छ माफियाहरुबाट पनि जोखिम छ । यो अहिले ममाथि जे भैरहेको छ यो पत्रकारमाथि आइपर्ने स्वाभाविक जोखिमको एउटा रुपमात्रै हो पत्रकारले यस्तो जोखिमबाट निराश हुने कुरै आउँदैन । म हुन्न । पत्रकार महासंघदेखि ट्रेड युनियनसम्मका कुराहरु पनि छन् । पत्रकार महासंघ पनि पत्रकारको हकहितमा भन्दा पनि एनजीओको रुपमा परिणत भएको छ । खाली डलर ल्याउने खाने । १८ वर्ष काम गरेको पत्रकारलाई बेइज्जतिपूर्ण तरिकाले गलहत्याइँदा महासंघ चुपचाप भएर बस्छ । के धर्मेन्द्र झाले कैलाश सिरोहियाको पैसा खाए यो प्रश्न अब उठ्छ कि उठ्दैन नउठ्ने हो भने त पत्रकार महासंघले पनि यसमा केही पहल त गर्नुपर् यो नि । छानबिन समिति पनि मैले निवेदन दिएपछि बनेको हो । कैलास सिरोहिया भारतसित त लड्न सक्ने मान्छे उनीसित पैसा छ हामीजस्तो साधारण मान्छेलाई उनले जे पनि गर्न सक्छन् जाँड र पैसामा पनि महासंघलाई आफ्नो पक्षमा पार्दैनन् भन्न सकिन्न । हामी त मजदुर हौं हाम्रो कुरा कसले सुन्ने मैले तिमीलाई जिताएको हो भनेर हरिबहादुरले धर्मेन्द्रलाई फोनै गरिसके होलान् । अहिले कान्तिपुरका मेरा युनियनका साथीहरु पनि तितरवितर भएका छन् एमाओवादी युनियनका पनि केही बोल्न सकिरहेका छैनन् । युनियनको अध्यक्षलाई कथित आरोप लगाएर निस्कासित गर्दा केही गर्न नसक्ने हो भने भोलि कसले काम गर्छ युनियनमा आज मलाई खाने बाघले मलाई लागेको यो विष भोलि सुधीर शर्मा हरिबहादुर थापा वा अरु साथीहरुलाई लाग्न सक्छ । कान्तिपुरमा म्यानेजमेन्टले आफ्नो स्वार्थ पूरा गरुाजेलमात्र प्रयोग गर्छ र त्यसपछि सबैलाई यसैगरी गलहत्याइदिन्छ । भोलि कैलाश सिरोहियाले विकास थापालाई निकालेर ठूलो गल्ती गरिएछ भनेर एकदिन पछुताउनुपर्ने छ । पत्रकारितामा गरिएको षड्यन्त्रको पर्दाफास भएपछि कैलासलाई अवश्यै पछुतो हुनेछ । मजस्ता धेरै साथीहरुले झरी बादल घर परिवार नभनिकन सधैं अफिस-अफिस भनेर काम गरेर पो आज कैलाश अर्बपति भएर सान शौकत प्राप्त गरिरहॆका छन् । देश जनता संस्था र पाठकप्रति इमानदार कर्मचारीलाई यसरी नै खरानी पार्दै जाने हो भने भन्न सकिन्न कसको भविष्य कहाँ ठोक्किन पुग्छ भनेर । -२०६७ भदौ २२ गते हनुमानढोका प्रहरी कार्यालय source: http://abcdotcomdotnp/index.ph... sajha link garna pani dido raicha so replace dot with . Last edited: 23-Sep-10 06:39 PM
bhakte dai · Sep 23, 2010 6:28 PM
माइ संसारले ठुलै हल्ला गर्नु , शूद र भारतको बदख्वाइ गर्नुले बिकास थापाको कलम को मसी कुन रंगको भन्ने स्पष्ट छ। जुन रंगको भए पनि बिकास थापा र माइ संसारले लेखेको लेखले मात्र न्याय अन्याय छुट्याउनु मिल्दैन । मैना धितालले थापालाई फसाउन मात्र सेक्स्युअल हारेशमेण्ट को आरोप लगाइन होली त ?? बिचारणिय छ । मैना धिताल को चरित्र बारे मलाई थाहा छैन। आम् नेपाली नारी ले बिना सिट्टै कसैमाथि यौन शोषण को आरोप लगाउदैनन , मेरो बुझाई हो । अर्को कुरा कान्तिपुर जस्तो स्थापित प्रकाशन गृहले यस्तो नीच षड्यन्त्र गरेर कमाएको ख्याती गुमाउन चाहला त ? अझ अहिले त शुद्ध ब्यापारी हरु को स्वामित्व भएको बेला । अहिलेइ नै अन्याय भयो भन्ने अवस्था छैन । यदी अन्याय भएको भए शिहोरिया लगायत का सबै माथि कार्यबाहि हुनै पर्छ ।
rahulvai · Sep 24, 2010 8:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion