सुशील सभापतिमा विजयी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, आश्विन ६ - कांग्रेस सभापतिमा आगामी चार बर्षका लागि कार्यवाहक सभापति सुशील कोइराला विजयी भएका छन् । १२ औं महाधिवेशनमा बरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै कोइरालाले कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका छन् । सुशीलको विजयले कोइराला परिवारबाट कांग्रेस नेतृत्व उम्कन सकेन । बुधबार बिहान सकिएको मतगणना अनुसार कोइरालाले १६५२ र देउवाले १३१७ मत पाए । तेश्रो धारको नेतृत्व गरेका भीमबहादुर तामाङले मात्र ७८ मत पाए । कोइरालाले कांग्रेस विधानअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकाले उनी विजयी भएका हुन् । त्यागी नेताकारुपमा चिनिएका कोइराला लामो समय कांग्रेस पदाधिकारीमा रहेर काम गर्दै आएका थिए । निवर्तमान सभापति स्वः गिरिजाप्रसाद कोइराला अस्वस्थ्य भएपछि सुशीलले पार्टी कार्यवाहक भएर पार्टी नेतृत्व गरेका थिए । ४० वर्षदेखि कांग्रेसी राजनीतिमा सक्रिय ७१ वर्षिय अविवाहित कोइराला ३८ सालदेखि केन्द्रीय समितिमा थिए । बाह्रौं महाधिवेशनमा संस्थापन पक्षको नेतृत्व गरेका कोइराला र देउवाको छुट्टाछुट्टै प्यानल बनेको थियो । कोइरालाबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा पद्मनारायण चौधरी तथा देउवा प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव मैदानमा छन् । महामन्त्री, कोषाध्यक्षसहित ६१ सदस्यीय केन्द्रीय सदस्यको मतगणना बुधबारदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा ३ हजार ८८ महाधिवेशन प्रतिनिधिमध्ये ३ हजार ३७ जनाले मतदान गरेका थिए । साँझ पौने ६ बजे मतदान सकिए पनि मतगणना निर्धारित समयभन्दा पौने चार घण्टा ढिलो सुरु भएको थियो । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राति ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि पौने १२ बजेमात्र मतगणना सुरु भयो । तर मतगणना सुरु हुने बेलामा प्रक्रियाबारे विवाद भएपछि मतगणना ढिलो सुरु भएको हो । 

sajhabusaima · Sep 21, 2010 9:19 PM · 12,883 views

5 Replies

कुजाता नानिको बातो खुल्यो अबा ? धिक्कार छ कान्ग्रेशिहरुलाई

dbst · Sep 21, 2010 9:26 PM

@DBST : Sushil is against Sujata's steps in government this might be bad luck for sujata .

iPwN · Sep 21, 2010 9:39 PM

सुशील सभापति भए! त के भयो? कोही काङ्रेसीलाई खुदो पल्ट्यो होला, कोही काङ्रेसीको पेट भत्भती पोल्यो होला। तर सुशील सभापति भए! त नेपाली जनतालाई के भयो? के देशले नयाँ सरकार पाउँछ? के देशले संबिधान पाउँछ? के नेपाली जनताहरुले कसरी बाँचु र कसरी एक छाक साँचु भनेर चिन्ता गर्न नपर्ने दिन आउँछ? सुशील सभापति भए त के भयो? देउवै भएको भए पनि के हुन्थ्यो? कागलाई बेल पाक्यो हर्ष न बिस्मात्!     

Geology Tiger · Sep 21, 2010 10:23 PM

IPwN. सुशिल ले तेती बेला कुजाताको बिरोड़ नगरेको भये आज सभापति हुने थियाना होला, सुशिल ले कुजातालाई आपहुं भन्दा अगाडी पो नजाना भनेको, कुजाताको बिरोद्को नाटक कुजाताको लागी नै थियो, गिरिजाको भक्ताले गिरिजाको सपना ता पूरा गर्नु नै पर्छा नि n

dbst · Sep 21, 2010 11:33 PM

Yeh baat sunkar Atal Bihari Bhajpaai bahut khus huwe...not too sure about Nepali janata.

Kiddo · Sep 22, 2010 7:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all