टुहुरा विद्यार्थीलाई बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोग काठमाडौं, आश्विन ४ - बेलायतमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरुले भोजपुरका दुई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका छन् । उनीहरुले आमा बाबु गुमाएका भोजपुर गाविस काफ्लेका सीता राई र उनका भाइ संजीत राईलाई १ लाख ४४ हजार आर्थिक सहयोग गरेका हुन् । बेलायतस्थित नेपाली विद्यार्थी संगठनका अध्यक्ष आङ्काजी शेर्पाले सोमबार पासाङ ल्यामु प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पामार्फत पहिलो किस्ता स्वरुप ५७ हजार रुपयाँ हस्तान्तरण गरे । बाँकी रकम २ वर्ष भित्रमा दिइने सहमति भएको छ । दुवै विद्यार्थी स्थानीय विद्वोदय उच्च माविमा अध्यनरत छन् । बेलायतमा अध्यनरत विद्यार्थीहरुबीच भएको मैत्रिपूर्ण फुटवल खेलवाट सो रकम उठाइको हो । Source: http://www.ekantipur.com/np/20...
BKMailo · Sep 20, 2010 8:57 AM · 17,783 views
http://www.ekantipur.com/np/ga...
BKMailo · Sep 20, 2010 8:59 AM
भोजपुरमा उपभोग्य सामाग्रीको अभाव भोजपुर, आश्विन १३ - दशैं नजिकिंदै आएको बेला भोजपुरमा उपभोग्य सामाग्री अभाव भएको छ । बर्षायाममा बिग्रिएको सडक मर्मतसम्भार नभएपछि यातायात सेवा संचालन नहुँदा ढुवानी नभएपछि उपभोग्य वस्तुको अभाव भएको हो । भोजपुर सदरमुकामस्थित व्यापारीका अनुसार चिनी, खाद्यान्न, नुन, तेल, मटितेल, दाल, चामल, थुक्पा, चाउचाउ, बिस्कुट, चिउरा लगायत बिभिन्न उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । यातायात नचलेपछि धनकुटाको लेगुवादेखि भोजपुरका लागि सामान ढुवानीमा कठिनाई भएको छ । बर्षायाममा अत्याधिक बर्षा र बाढीपहिरोको कारण अबरुद्ध हिले-भोजपुर राजमार्ग सडक बिभागले मर्मतसम्भार नगरेपछि यातायात सेवा बन्द छ । धनकुटा र भोजपुरको सिमावर्ती अरुण नदीमा पानीको बहाव नघटेपछि सवारी आवागमनको लागि अस्थायी रुपमा संचालित फेरी समेत बन्द छ । बर्षायाममा अत्याधिक पानी परेपछि बाढी र पहिरोले क्षती पुर्याएपछि लेगुवादेखि भोजपुर हुँदै खोटाङ सदरमुकाम दिक्तेलसम्म यातायात सेवा अबरुद्ध छ । सडक बिग्रिएपछि ढुवानी तथा यात्रुबाहक सवारी चलेका छैनन् । मालबाहक सवारी नआएपछि भोजपुरमा उपभोग्य वस्तुको अभाव हुन थालेको भोजपुर उद्योग बाणिज्य संघले जनाएको छ । भोजपुर सदरमुकामस्थित व्यापारीले तीन महिनादेखि सामान ढुवानी गर्न पाएका छैनन् । एक साताभित्र यातायात संचालन नभए भोजपुर सदरमुकामलगायत आसपासको बासिन्दालाई हाहाकार हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष डम्बर श्रेष्ठले बताए । ढुवानीका लागि संचालित ठूला मालबाहक ट्रकहरु नचलेपछि कतिपयले ट्रयाक्टरद्वारा सामान ढुवानी गर्दै आएका छन् । तर ट्रयाक्टरलाई समेत लेगुवादेखि भोजपुर आइपुग्न १० देखि १५ दिनसम्म लाग्ने गरेको व्यापारी शिव श्रेष्ठले बताए । ट्रयाक्टरबाट जोखिमपूर्ण सडकमा सामान ढुवानी गरेवापत ट्रयाक्टर व्यावसायीले चर्को भाडा अशुल्ने गरेका छन् । कपडा व्यापारीले ट्रयाक्टरलाई प्रतिकेजी २२ रुपैंयाँका दरले भाडा दिएपछि दुई सातामा सामान ल्याइ पुर्याउने गरेका छन् । सुख्खा मौसममा ढुवानी दर प्रतिकेजी ४ रुपैंयाँ छ । उपभोग्य सामाग्रीमा महङ्गो भाडा तिर्दा उपभोक्ता मारमा पर्ने भएकोले सडक मर्मतसम्भार गरेपछि मात्र सामान ढुवानी गर्ने व्यापारी श्रेष्ठले बताए । कच्ची सडकमा ट्रयाक्टर चलाउँदा ट्रयाक्टरको चक्काले सडक भासिने, खाल्डो बनाउने र बिग्रने गरेको छ । जरायोटार, प्याउली, तिवारीभन्ज्याङ, श्यामसिला, भैंसिपंखालगायत बिभिन्न ठाउँमा सडक बिग्रिएको छ । सडक बिभागले दशैंअघि यातायात खुलाउनका लागि सडक मर्मतसम्भार गर्ने आश्वासन दिएपनि हालसम्म काम शुरु नगरेपछि दशैंका लागि व्यापारीले कुनै पनि सामाग्री ढुवानी गर्न नसक्ने जनाएका छन् । व्यापारीले दशैंअघि घर पेन्टिङ र लिपपोत गर्ने चुना, इनामेललगायत रङ्गका सामाग्री ल्याइसकेका छैनन् । इनामेल लगायत रङ्ग पेन्टीङ सामाग्री नपाएपछि भोजपुर बजारबासीले यसपाली घर रङ्गाएका छैनन् । भात पकाउने ग्यास पुरै अभाव रहेको ग्यास बिक्रेता बुद्ध धातु सप्लायर्सका बद्री श्रेष्ठले बताए । गतबर्ष यातायात व्यावसायी आफैले १५ लाख रुपैंयाँ संकलन गरेर सडक मर्मतसम्भार गरेर दशैंका लागि सवारी संचालन गरेका थिए । यसपाली भोजपुर जिविस र सडक बिभागले दशैंअघि नै खुलाइदिने आश्वासन दिएपनि हालसम्म चासो नदिएको उद्योग वाणिज्य संघले जनाएको छ । धनकुटास्थित सडक बिभागका इन्जिनियर कमलदेव साहले तत्काल जनशक्ति परिचालन गर्ने आश्वासन दिएपनि हेभिइक्विप्मेन्ट डोजरले मात्रै सडक मर्मत चाँडो हुने यातायात व्यावसायीले बताएका छन् । सडक बिभागले बर्षा नरोकिएकोले सडक मर्मत गर्न कठिनाई भएको जनाएको छ । लेगुवादेखि भोजपुरसम्म ६६ किलोमिटर सडक बिभागले र भोजपुर जिविसले सदरमुकामदेखि चिहानडाँडासम्म ४२ किलोमिटर सडक मर्मतसम्भार गर्नुपर्नेछ । सडक मर्मत गर्न रकम अभाव रहेको सडक बिभागका इन्जिनियर कमलदेव साहले बताए । कर्मचारीको तलव सापटी लिएर भएपनि सडक मर्मतको लागि यथाशिग्र जनशक्ति परिचालन गर्ने इन्जिनियर साहले बताए । Source: http://www.ekantipur.com/np/20...
BKMailo · Sep 29, 2010 6:26 PM
भोजपुरको साना जलविद्युत गृह जिर्ण भोजपुर , आश्विन १८ - जिल्लाको एक मात्र सिक्तेल खोला साना जलविद्युत गृह मर्मत अभावका कारण जिर्ण बनेको छ । आर्थिक अभाव र दक्ष जनशक्ति नहुँदा मर्मतसम्भार नभएकाले बिद्युतगृहका उपकरण लगायत सामाग्री जिर्ण बनेको हो । द्वन्द्वको बेला ध्वस्त साना जलविद्युत केन्द्र स्थानिय उपभोक्ता समितिले पुनःनिर्माण गरी संचालनमा ल्याएपनि मर्मतसम्भारमा पर्याप्त रकम जुटाउन नसकेपछि क्षमता अनुरुप विद्युत उत्पादन हुन सकेको छैन । करिब २५ बर्षअघि निर्मित २५० किलोवाट क्षमताको विद्युत केन्द्रबाट यतिबेला मुस्किलले ९० किलोवाट विद्युत उत्पादन भइरहेको छ । विद्युतगृहको टर्बाइन, प्यानल बोर्ड, कुलो, मुहान, पोखरी, पोल, ट्रान्सर्फमर, मिटरबक्स लगायत बिभिन्न उपकरणहरू जिर्ण भइसकेको भोजपुरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय प्रमुख इन्जिनियर रामप्रमोद साहले बताए । स्थानिय विद्युत केन्द्रको लाइनमा केन्द्रीय प्रशारण लाइन समेत थप गर्नुपर्ने भएकोले तत्काल मर्मतसम्भार गर्नु पर्ने भएको छ । जिर्ण विद्युतगृह मर्मत गर्न करिब एक करोड ६० लाख रुपैंयाँ खर्च हुने इन्जिनियर साहले बताए । उनले मर्मतसम्भारको निम्ति विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रकम माग गरिसकेको बताए छन् । केन्द्रीय विद्युत प्रशारण लाइनसित जोडदा स्थानिय लाइन पुनःसंरचना गर्नुपर्ने अवस्था छ । भोजपुर बजार लगायत आसपासमा रहेका विद्युत पोलहरू खिया लागेर ढल्ने खतरामा छन् । विद्युत गृहका पूराना उपकरणहरू खिया लागेर काम नलाग्ने भएको छ । उपभोक्ताको घर घरमा राखिएका मिटर बक्सहरु थोत्रा भइसकेकाले विद्युत प्राधिकरणको लोगोसहितको नयाँ मिटरबक्स वितरण गर्नु पर्ने भएको छ । विद्युत प्राधिकरणले धनकुटाको हिलेस्टेसनबाट ३३ किलोभोल्ट प्रशारण लाइन भोजपुरमा दसैंअघि नै जडान गर्ने तयारीमा रहेको जनाएको छ । भोजपुरस्थित निर्माणाधिन विद्युत सवस्टेसनगृहको उपकरण हिले-भोजपुर सडक अबरुद्ध भएकोले ढुवानी हुन सकेको छैन । सैनिक हेलिकप्टरबाट विद्युत सामाग्री ढुवानी गर्न विद्युत प्राधिकरणले १२ लाख रुपैंयाँ जम्मा गरिसकेको भएपनि खराब मौसमका कारण ढुवानीमा अवरोध पुगेको छ । विद्युत सामाग्री ढुवानी भएलगत्तै भोजपुर सदरमुकाबासीलाई विद्युत लाइन वितरण गर्ने प्राधिकरणको फिल्ड कार्यालयले जनाएको छ । SOURCE: http://www.ekantipur.com/np/20...
BKMailo · Oct 4, 2010 6:00 AM
These road are terrible during monsoon and right after. Hope they have resources to repair them.
bhojpure01 · Oct 4, 2010 10:50 AM
मजदुरको २३ लाख रकम लुटियो भोजपुर , आश्विन २१ - निर्माणाधिन भोजपुर-मानेभञ्ज्याङ कृषि सडकमा कार्यरत मजदुरहरूलाई पारिश्रमिक वितरण गर्न गइरहेको टोलीमाथि बुधबार साँझ नकावधारी समूहले लुटेका छन् । भोजपुर सदरमुकामदेखि १५ किलोमिटर दक्षिण दलगाउँ गाविसको मूलबाटो उकालो चौतारामा एक्कासी लुटपाट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलायत सरकारको अन्र्तराष्ट्रिय विकास विभाग (डिएफआइडी)को ग्रामिण पहुँच कार्यक्रम-२ अन्तर्गत निर्माणाधिन हरित सडकमा कार्यरत स्थानीय सडक निर्माण समूहलाई वितरण गर्न २३ लाख रुपैंयाँ लिएर जाँदै गरेका थिए । स्थानीय सडक समन्वय समितिका पदाधिकारीहरू पुष्पबहादुर कार्की, केशव सुवेदी लुटिएका हुन् । कम्ब्याट पोशाकमा रहेका समुहले पेस्तोल देखाएर लुटपाट गरेको बताएका छन् । सडक मजदुरहरूलाई रकम वितरण गर्न बुधबार राष्ट्रिय वाणिज्य बैंकबाट ३२ लाख रुपैंयाँ रकम निकासा दिएको ग्रामिण पहुँच कार्यक्रमले जनाएको छ । दलगाउँ गाविसमा दशैं खर्च स्वरुप मजदुरहरूलाई पारिश्रमिक रकम निकासा गरेको हो । Source: http://www.ekantipur.com/np/20...
BKMailo · Oct 7, 2010 6:31 AM
I wish you, and all of your near and dear ones a very happy Dasain and Tihar of 2067 !
BKMailo · Oct 8, 2010 8:17 AM
रकम लुटिएपछि मजदुरले पाएनन् ज्याला भोजपुर, आश्विन २६ - रकम लुटिएपछि भोजपुरको दलगाउँस्थित निर्माणाधिन सडकमा कार्यरत मजदुरहरु पारुश्रिमिक पाउनबाट बञ्चित भएका छन् । गत बुधबार भोजपु सदरमुकामस्थित बैंकबाट रकम लिएर जाँदा बाटैमा लुटिएपछि मजदुरहरुले ज्याला नपाएका हुन् । दलगाउँ गाबिसस्थित स्थानीय सडक समन्वय समितिका अध्यक्ष पुष्पबहादुर कार्की र सचिव केशव सुवेदी सोही गाउँको प्रधान गाउँमा लुटिएका हुन् । निर्माणाधिन सडकमा काम गरेवापत पाउनुपर्ने १५ लाख रुपैंयाँ रकम लुटिएको समितिका पदाधिकारीले प्रहरी समक्ष जनाएका छन् । तर रकम हराएको नहराएको बिषयमा छानवीन गर्न उनीहरुलाई प्रहरीले नियन्त्रणमा राखेको छ । उनीहरुले मजदुरलाई वितरण गर्नुपर्ने रकम राष्टिर्य वाणिज्य बैंकबाट निकासा गरी लापारबाही तरिकाले बोकेर लगेको हुनाले लुटिएको प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर साहले बताए । बेलायत सरकारको अन्तराष्ट्रिर्य बिकास बिभाग-डिएफआइडि)को आर्थिक सहयोगमा ग्रामिण पहुँच कार्यक्रम-२ अन्तर्गत निर्माणाधिन भोजपुर-मानेभञ्ज्याङ हरित कृषि सडकमा दलगाउँ गाबिसमा १८ वटा समुह कार्यरत छन् । त्यसमध्ये नुवाकोट र रसुवाबाट आएर सडक निर्माण बिशेष समुहको एक लाख १९ हजार रुपैंयाँ लुटिएको समुहका संयोजक धनसिं तामाङले बताए । रकम लुटिएपनि समितिले मजदुरलाई जसरी भएपनि उपलब्ध गराउनुपर्ने उनले बताए । रकम नपाए काम रोकिदिने समेत सडक निर्माण बिशेष समुहले चेतावनी दिएका छन् । स्थानीय मजदुरहरु पारिश्रमिक रकमले दशैं खर्च गर्ने सोंच बनाएकोमा पारिश्रमिक रकम नपाएपछि दुःखित भएका छन् । जिल्लामा भोजपुरदेखि बैकुन्ठेसम्म ३५ किलोमिटर सडकको दलगाउँ खण्डमा कार्यरत दलगाउँ गाबिसका तीन सय ६० जना कामदारले पारिश्रमिक नपाएको बताएका छन् । दशैंको बेला मजदुरले राम्रो चाड मनाउन् भन्ने उदेश्यले बिजुली नभएको अवस्थामा जेनेरेटर चलाएर हतार गर्दै रिपोर्ट तयार गरी निकासा दिएको रकम लुटेराले लगेपछि रोजगारदाता ग्रामिण पहुँच कार्यक्रम-२ का टोलीप्रमुख तुलसीराम न्यौपाने र प्राबिधिक परामर्शदाता सिडेफ कन्सल्टयान्सी कम्पनीका इन्जिनियर रोहितकुमार श्रेष्ठ दुःखित भएका छन् । प्रहरीले भने समितिका पदाधिकारीमाथि रकम लुटिएको नभई लुटाएको आरोप लगाएको छ । 'लाखौं रुपैंयाँ रकम झोलामा हालेर लापारबाहीपूर्ण रुपमा हिंडेकाले लुटिएको हो,' प्रहरी नायव उपरीक्षक गोविन्द साहले भने -'होशियारीकासाथ प्रहरीसित सुरक्षा मागेको भए टोली नै पठाइदिन्थें ।' समितिका पदाधिकारीले सोही दिन ३२ लाख रुपैंयाँ बैंकबाट रकम निकासा गरेर एक जनाले अर्को गाउँका कामदारलाई आधा रकम वितरण गर्न लगेकोले आधा मात्रै लुटेराको हातमा परेको हो । लुटेराहरु दलगाउँ गाबिस आसपासका हुनुपर्ने र रकम निकासा सम्बन्धि जानकारी प्राप्त गर्ने व्यक्तिहरु हुनुपर्ने स्थानीय बासिन्दाको आरोप छ । Source: http://www.ekantipur.com/np/20...
BKMailo · Oct 12, 2010 9:01 AM
भोजपुर सदरमुकाममा बल्ल बल्यो बिजुली भोजपुर, कार्तिक १८ - नेपाल बिद्युत प्राधिकरणले भोजपुर सदरमुकाममा बिहीबार ४:३० बजेदेखि केन्द्रीय प्रशारण लाइन जडान गरेको छ । बर्षौदेखि भरपर्दो उज्यालोको प्रतिक्षामा रहेका भोजपुरबासीले उज्यालो पाएका छन् । चारबर्षघि शुरु भएको हिले-भोजपुर बिद्युत विस्तार योजना कामचलाउ पूरा गरेपछि बिहीबार सर्वसाधारणलाई बिद्युत वितरण गरेको हो । बिद्युत प्राधिकरणले धनकुटाको हिलेस्टेसनदेखि भोजपुर सदरमुकामस्थित पानीटेंकीमा सवस्टेसन निर्माण गरी ३३ किलोभोल्ट बिद्युत विस्तार गरेको छ । केन्द्रीय बिद्युत लाइन विस्तार भएपछि एक हजार पाँच सय घरपरिवार लाभान्वित भएका छन् । स्थानीय सिक्तेल खोला साना जलबिद्युत केन्द्र बन्द भएपछि अन्धकारमा रहेका भोजपुरबासी केन्द्रीय बिद्युत लाइन जडान गर्न माग गर्दै पटक पटक आन्दोलनमा उत्रिएका थिए । बिद्युत सवस्टेसनगृह भवन निर्माण गर्न ठेक्का लिएपनि ठेकेदार हुलास कम्पनीले समयमा काम पूरा नगरेपछि प्राधिकरणले कामचलाउ बिद्युत जडान गरेको इन्जिनियर केशव सिंखडाले बताए । हुलास कम्पनीको ठेक्का सम्झौता दुई महिना मात्र बाँकी छ । लामो समयदेखि केन्द्रीय प्रशारण लाइनको पर्खाइमा रहेका भोजपुरबासी खुशीले गदगद भएका छन् । सदरमुकाममा जडान भइसकेपछि प्राधिकरणले भोजपुरको दिंला, घोडेटार, अन्नपूर्ण, लेखर्क पानधारे लगायत बिभिन्न गाउँमा बिद्युत विस्तार गर्ने जनाएको छ । संखुवासभाको खाँदबारी स्टेसनबाट दिंला र देउरालीमा संबिधानसभा अघि नै बत्ति बालिएको थियो । बिद्युत विस्तार योजना तत्कालिन जलश्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा शुरु भएपनि उनले निर्बाचनमा पराजय भोगेपछि सुस्ताएको विद्युत विस्तार योजना पूरा गर्न भोजपुरबासीले निश्चितकालीन आन्दोलन, धर्ना, जुलुस लगायतपछि बिद्युत प्राधिकरणले बाध्य भएर बिद्युत वितरण गरेको हो । आगामी बर्ष भोजपुर सवस्टेसनबाट दिंला, घोडेटार, पानधारे, अन्नपूर्णसम्म बिद्युत विस्तारको लागि टेण्डर स्वीकृत भइसकेको प्राधिकरणले जनाएको छ । अर्को बर्ष उदयपुर र खोटाङको सिमाबाट समेत भोजपुरलाई जोडने योजना पास भइसकेको समेत प्राधिकरणले जनाएको छ । स्थानीय साना जलबिद्युत केन्द्र समेत मर्मतसम्भार गरी केन्द्रीय सवस्टेसन गृहमा जोडने र निजीस्तरबाट निर्माण हुने नयाँ हाइड्रोपावरलाई समेत समावेश गराउने योजना रहेको इन्जिनियर सिंखडाले बताए । यतिबेला कुलो भत्किएकोले भोजपुरको जलबिद्युतगृह बन्द छ । २५० किलोवाट क्षमताको स्थानीय बिद्युतकेन्द्रको उपकरण समेत खरावी आएकोले मर्मतसम्भार गरेर मात्र केन्द्रीय लाइनमा समाबेश गराउने इन्जिनियर सिंखडाले बताए । Source: http://www.ekantipur.com/np/20...
BKMailo · Nov 4, 2010 7:58 PM
विकाशमा राजनीतिक हस्तक्षेप नगर : नेपाल दोभाने (भोजपुर), मंसिर १० - पूर्व मन्त्री एवम् एमाले पोलिट्ब्युरो सदस्य प्रदीप नेपालले विकाश निर्माणका क्रममा राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका छन् । पुर्वी पहाडी जिल्ला भोजपुरको दोभाने गाविसस्थित सालेवा उच्च माविको नवनिर्मित भवनको शुक्रवार उदघाटन गर्दै उनले राजनीतिक दलका नेताहरुले विकाश निर्माणमा हस्तक्षेप गर्ने गरेकाले मुलुकमा चाहेजस्तो विकाश हुन नसकेको बताए । सरकारले दिगो विकाशका लागि ग्रामिण भेगका जनता सम्म शिक्षाको पहुँच पु-याउनु पर्ने उनको भनाइ थियो । एमाले भोजपुर जिल्ला कमिटी अध्यक्ष शेरधन राईले जिल्लाको विकाशका लागि सवै राजनीतिक दलहरु एक भएर अघि वढ्नु पर्ने बताए । समाजसेवी तथा एमाले जिल्ला कमिटी सदस्य कृपाशुर शेर्पाले दलिय स्वार्थ त्यागेर अघि वढे मात्र विकाश निर्माणमा सहज हुने बताए । विकाश निर्माणमा आफूले कहिल्यै पनि भेदभाव नगरेको शेर्पाको भनाइ थियो । उनले भोजपुरका झण्डै डेढ दर्जन विद्यालय र अस्पताल निर्माणमा सहयोग गरिकेका छन् । दोभाने गाविसको सालेवा उच्च मावि निर्माणका लागि सरकारले झण्डै ३२ लाख रुपयाँ उपलब्ध गराएको थियो । Source : http://www.ekantipur.com/np/20...
BKMailo · Nov 26, 2010 8:51 AM
बिष खाएर हुलाकीको मृत्यु भोजपुर, मंसिर १३ - जिल्लाको भूल्के गाविसमा मुसाको औषधि खाएर एक जना हुलाकीको मृत्यु भएको छ । भूल्के गाविस-८ स्थित ४५ बर्षीय भक्तबहादुर भुजेलको आइतबार राति मृत्यु भएको हो । बिष खाएको थाहा पाएपछि छिमेकी आफन्तजनले भोजपुर जिल्ला अस्पताल ल्याउँदा आइतबार साँझ बाटैमा मृत्यु भएको हो । उनले रक्सी सेवन गरेर आवेशमा आई मुसाको औषधि खाएको प्रत्यक्षदर्शीले बताए । भूजेलको मृत्यु भएपछि पाँच जना छोराछोरी टुहुरा भएका छन् । उनको श्रीमतिले समेत केही बर्षअघि मुसाको औषधि खाएर मृत्यु भएको छिमेकी राजीव भटराईले बताए । उनीद्वारा आश्रति भूजेलका तीन छोरी र दुई छोरा भूल्केस्थित स्थानीय पञ्चकन्या उच्च माविमा अध्यायनरत छन् । स्थानीय अतिरिक्त हुलाकमा कार्यरत भूजेल हुलाकको डाँक बोक्ने काम गर्दै आएका कर्मचारी हुन् । Source: http://www.ekantipur.com/np/20...
BKMailo · Nov 29, 2010 4:55 PM
dummali · Dec 1, 2010 5:11 AM
dummali · Dec 1, 2010 5:13 AM
Old Thread - "Bhojpur" http://sajha.org/sajha/html/op...
BKMailo · Dec 12, 2010 11:59 AM
HAPPY NEW YEAR 2011 !
BKMailo · Dec 31, 2010 8:11 PM
I had some pictures; If got time I will post.
Bhojpure01 · Jan 1, 2011 7:41 AM
Hi Bhojpure01, That will be great. Please post the photos as soon as you get time. Thanks. Happy New Year 2011 !
BKMailo · Jan 1, 2011 9:01 AM
The picture itself tells the story ! http://www.ekantipur.com/photo...
BKMailo · Mar 3, 2011 6:37 AM
BKMailo · Mar 3, 2011 6:44 AM
The picture itself tells the story ! http://www.ekantipur.com/photo...
BKMailo · Mar 3, 2011 6:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion