काठमाडौं, असोज ३- काठमाडौं महानगरपालिका भ्रष्टाचारको मामिलामा एक नम्बर देखिएको छ। गोंगबु बसपार्क, पूर्व नगरउपप्रमुख तथा वडाध्यक्षबाट ४ करोड पेस्की उठाउन बाँकी सहितका आर्थिक अनियमितता देखाउँदै आइतबार राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरलाई 'एक नम्बर भ्रष्ट्रचारी' भएको उल्लेख गरेको हो। केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गोङ्गबु नयाँ बसपार्कका ठेकेदार ल्होत्से बहुउद्देश्यीयले महानगरलाई वार्षिक रू ५२ लाख बुझाउने गरी विसं. २०५६ मा सम्झौता गरेकोमा विगत केही वर्षदेखि सो रकम नबुझाएको जानकारी दिइयो। पूर्व नगर उपप्रमुख विदुर मैनालीसहित विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीहरूले करिव रू चार करोड ३२ लाख बराबरको पेस्की र सूचना तथा सञ्चार मन्त्रलयलगायत अन्य २२ सङ्संस्थाबाट पनि रू आठ करोड १२ लाख बराबरको पेस्की असुल नगरिएको बताइएको छ। http://www.nagariknews.com/soc...
Srijana 12 · Sep 19, 2010 2:24 PM · 1,891 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion