Desdrohi

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Deshdrohi haru ko chartikala उपराष्ट्रपतिका स्वकीय सचिव पक्राउ राज्यबिरुद्धको अपराध गरेको अभियोग प्रतिमा बाँस्कोटा आश्विन १ - उपराष्ट्रपति परमानन्द झाका स्वकीय सचिव राजेश झा 'अहिराज' राज्य विरुद्ध अपराध गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरिएको छ ।   तराईको भुमिगत सशस्त्र समुहसंग साँठगाँठ रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी सम्पादक रहेको साप्ताहिक मधेशबाणी पत्रिकामा तराईको भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य भर्ना सम्बन्धी समाचार विज्ञापन प्रकाशित गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश खरेलले जनाए । उनी विगत २ महिनादेखि उपराष्ट्रपति झाको स्वकीय सचिवका रुपमा काम गर्दै आएको उपराष्ट्रपतिका भतिजा देवानन्द झाले बताए । शुक्रबार प्रकाशित मधेशबाणी पत्रिकामा विभिन्न पदमा १६ हजार १ सय ४५ जना पदको मोर्चाले सैनिक भर्ना आह्वान गरेको बिज्ञापन प्रकाशति गरिएको थियो । Here na yi daka ra hijada haru haseka. Last edited: 17-Sep-10 12:47 PM

timer · Sep 17, 2010 12:47 PM · 1,425 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion