एसपी खरेललाई 'चेतावनी' काठमाडौ, भाद्र ३१ - काठमाडौ प्रहरी प्रमुख रमेश खरेललाई महानगरीय आयुक्तको कार्यालयले चेतावनीयुक्त 'ध्यानआर्कषण' को पत्र थमाएको छ । खरेलले प्रहरीको परम्परा र अनुशासन (चेन अफ कमान्ड) नाघेर माथिल्लो निकायमा अधिकृतहरूबारे औपचारिक गुनासो गरेको आरोप आयुक्त कार्यालयको छ । आयुक्तको कार्यालयमा कार्यरत एक नायव निरीक्षकले गरेको गलत कार्यबारे एसपी खरेलले महानगरीय प्रमुख मदन खड्कालाई कुनै पनि जानकारी नदिई सोझै प्रहरी प्रमुख महाननिरीक्षक रमेश चन्दकहाँ गुनासो गरेको थाहाभएको छ । सोझै गुनासो गरेको घटनालाई प्रहरी प्रमुखले पनि उचित नठानेपछि खरेललाई चेतावनीयुक्त पत्र दिने निर्णय भएको थाहाभएको छ । आयुक्तको कार्यालयले खरेललाई यसअघि पनि काठमाडौंमा आपराघिक घटना बढेकोमा सचेत गराउँदै ध्यानआर्कषण गराएको थियो । खरेललाई अर्को पटक यस्तै गल्ती दोर्याए कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको छ । आयुक्तको कार्यालयले खरेललाई बुझाएको पत्रका बोधार्थ प्रहरी महानिरीक्षकको सचिवालय र प्रशासन विभागलाई पनि दिइएको छ । http://www.ekantipur.com/np/20...
khoikkhoik · Sep 16, 2010 6:16 PM · 2,985 views
fu$kin retarded a$$h0les! This has once again proved that one who does the duty with his ethics and has a self-dignity cannot really sustain in Nepal.. such a mot$erf$cker politics in Nepal Police. That's why the emigration rate of young Nepali generation is increasing.. too much politics $hit !!
hit.the.hot · Sep 16, 2010 6:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion