कैले हो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घैटोमा घाम लाग्ने कैले हो ? मलाई मेगा मीलीयोन पर्ने कैले हो ? ३-३ महिना म काम फेर्नु पर्ने यो दुर्गाती होइन मैले हाकिम काम पाउने कैले हो ? क्रेडिट स्कोर मेरो ५५० भन्दा उभो लाग्ने कैले हो ? जेन तेन् गरी किस्त को गाडी को पैसो तिर्ने कैले हो ? होइन, एउटा गतिलो सुट किन्न पाम्ने कैले हो ? लौन, अमेरिका को सपना देख्न पाम्ने कैले हो ? एउटी ब्लोन्ड सँग मितेरी गस्न पाम्ने कैले हो ? होइन भने काली सँग घुम्न पाम्ने कैले हो ? अथवा एउटी पोटिली मेक्सी सँग पिरेम लाम्ने कैले हो ? नभये नेपाली नानी ले पत्याउने मलाई कैले हो ? यो ८ डलर को जागिर बाट बढुवा हुने कैले हो ? ग्यास एस्टेसन बाट छुट्कारा पाउने कैले हो ? एक्नास ले काम गर्द गर्दै ड्याङ गोली लाग्ने कैले हो ? सन्दुकमा बसी, प्रबासी नेपालीको चन्दाले देश फर्किन पाम्ने कैले हो ? देश फर्किन पाम्ने कैले हो?

ramprasadneupane · Sep 15, 2010 6:25 PM · 3,498 views

3 Replies

neupane bro blog update chhai garne kaile ho???? rame ko america anubhav

kaji sahab · Sep 15, 2010 6:40 PM

Gardai chhu Kaji Saab. Ani jyaan laai aaram? Bada Dashami ko agrim suvakamana, h.

ramprasadneupane · Sep 15, 2010 7:29 PM

Sajha chhadera chaaine kura garne kaile ho?

Kiddo · Sep 16, 2010 9:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all