I think this is a joke!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

असोज १० मा मुलुकले नयाँ प्रधान मन्त्री पाउँछ : कोइराला TUESDAY, 14 SEPTEMBER 2010 16:57 नागरिक काठमाडौं, भदौ २९ (नागरिक)- नेपाली कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले असोज १० गते हुने निर्वाचनबाट मुलुकले नयाँ प्रधान मन्त्री पाउने बताएका छन्। उनले एमाले, माओवादी र मधेशवादी दलले कङ्ग्रेसलाई समर्थन गरेर संसदबाट सरकार निर्माण गर्ने प्रक्रिया बन्द गर्नुपर्ने धारणा पनि राखे।  रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै कार्यबाहक सभापति कोइरालाले प्रधान मन्त्रीको निर्वाचन लम्बिँदा मुलुक अन्यौलमा धकेलिएको भन्दै १० गते नयाँ प्रधान मन्त्री चयन गरेर प्रक्रिया अन्त्य गर्नुपर्ने बताएका हुन। संसदबाट सरकार निर्माणको प्रक्रिया अब बन्द गर्नुपर्छ, त्यसैले एकीकृत नेकपा माओवादी , नेकपा एमाले र मधेसवादी दलले कङ्ग्रेसका उम्मेद्‍वारलाई समर्थन गर्नुपर्छ- उनले भने। कोइरालाले माओवादी, एमाले र मधेसवादी दललाई समर्थनका लागि आह्वानसमेत गरे। माओवादी नेतृत्व गरेर असफल भइसक्यो, एमालेले पनि नेतृत्व गरिसक्यो, अब सबैले हिजोको गुण नबिर्सी कङ्ग्रेसलाई समर्थन गर्नुपर्छ- उनको भनाइ थियो। नेपाली कङ्ग्रेसको प्रधान मन्त्री पदमा उमेद्‍वारी सत्ता प्राप्तिका लागि मात्र नभएको भन्दै शान्ति प्रक्रिया थालनी गरेको कङ्ग्रेसले नै शान्ति प्रक्रियालाई उचित निष्कर्षमा पुर्‍याउन सक्ने भएकाले शान्ति प्रक्रिया र संविधान लेखनका लागि कङ्ग्रेसको नेतृत्व आवश्यक भएको दाबी पनि उनले गरे।  बाह्रौं महाधिवेसनमा सभापति पदमा उमेद्‍वारी घोषणा गरेका कोइरालाले  मुलुक जटिल अवस्थामा रहेको उल्लेख गर्दै प्रजातन्त्रको रक्षा र माओवादी हतियारको व्यवस्थापन गर्दै प्राप्त उपलब्धिको रक्षा गर्न सबै दलसँगको सहकार्यका साथ अगाडि बढाउने दृढता पनि कार्यक्रममा व्यक्त गरे। Source: Nagariknews.com Last edited: 14-Sep-10 08:02 PM

hit.the.hot · Sep 14, 2010 8:00 PM · 2,679 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all