अमेरिकालाई अवसरको भूमि, सपनाको संसार आदिको नामबाट पनि चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायीत हुन्छन । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरुका लागि विभिन्न प्रकारका भीसाको व्यवस्था गरेको छ । यसरी छुट्याइएका क्षेत्रहरुमा सामान्यतया पारिवारिक भीसा, कामदार भीसा, धार्मिक भीसा, डिभी चिठ्ठा मार्फत आउन पाउने भीसा आदि पर्दछन् । जसका लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवश्यकता पर्दछ । स्पोन्सरले निवेदन दिएर विदेशीलाई अमेरिकामा स्थायी बसोबास गर्न पाउने भनि भीसाको स्वीकृती पाएर पनि विभिन्न वर्गमा वर्गीकरण गरिएका भीसाको संख्या अमेरिका आउन चाहने विदेशीको संख्याभन्दा धेरै कम हुने हुँदा वर्षौंसम्म पालो कुरेर बस्नु पर्दछ । read more at www.globenepal.com
neerman · Sep 13, 2010 11:41 AM · 3,437 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion