इदको अँगालोमा तीज [Disallowed String for - ] src="http://www.nagariknews.com/com..." type="text/javascript"> [Disallowed String for - ] src="http://www.nagariknews.com/ind..." type="text/javascript"> उपेन्द्र लामिछाने, वीरगन्ज, भदौ २७- काठमाडौं, जोरपाटीकी अमिशा अधिकारी र पर्सा, परसवाकी सवनम खातुनले तीज र इद संयुक्त रुपमा मनाउँदा गाउँले दङग परे। फरक धर्म मान्ने दुई परिवारले शनिबारको एकै ठाउँ बसेर उल्लासपूर्वक पर्व मनाए। रातो पहिरनमा रहेकी अमिषालाई कालो बुर्कामा रहेकी सवनमले अँगालो मार्दा परिवारले थपडी मारे। इदमा सामेल हुन पति र छोरासहित अमिषा एक दिनअगावै सवनमको घर आएकी थिइन्। 'मैले अघिल्लो रात दरको रुपमा सेवई खाएँ,' उनले भनिन्, 'र, उनीहरुलाई तीजको गीत सुनाएँ।' [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); मुस्लिम समुदायको पर्वमा सहभागी हुन पाउँदा खुसी लागेको अमिशाले सुनाइन्। 'उनीहरुले मेरो हातमा मेहन्दी पनि लगाइदिए,' उनले भनिन्, 'यो मायाको रंग सँधै मेरो मनमा रहने छ।' हिन्दू नारीलाई घरमा पाहुना बनाएर पर्व मनाउन पाएकोमा खातुन परिवार प्रसन्न थियो। 'रातो कपडामा सजिएकी उनलाई मैले आफूजस्तै पाएँ,' सवनमले भनिन्, 'यस्तो अवसर हामीले यसअघि पाएका थिएनौं।' सबनमका ससुरा जाहिर अन्सारीले आफू निकै खुसी भएको बताए। 'हिन्दू र मुस्लिम समुदायबीच हामीले कहिल्यै भेदभाव गरेनौं,' उनले भने। तीज र इद एकैदिन परेकाले यस क्षेत्रका हिन्दू-मुस्लिमले हार्दिकता साटे। बारा, सिमराका कासिम मियाले हिन्दू साथीहरुलाई घरमै बोलाएर भोज खुवाए। 'मैले हरेक वर्ष साथीहरुलाई बोलाउने गरेको छु,' उनले भने, 'उनीहरु पनि दसैं, तिहारलगायत पर्वमा मलाई बोलाउँछन्।' मियाको घरको इदमा वीरगन्ज र सिमराका दुई दर्जनभन्दा बढी पाहुना थिए। यस क्षेत्रका मुस्लिम र हिन्दू धर्मावलम्बीबीच सद्भाव बढ्दै गएको छ। केही समयअघि पर्सामा हिन्दू र मुसलमान दुवैको सहयोगमा मन्दिरसमेत निर्माण भएको थियो।
gyanguru · Sep 12, 2010 1:27 AM · 2,497 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion