देश को दुर्गतिमा बौद्दिक जगत बेखबर झै लाग्दै छ!! शायद अब बौद्दिक हस्तछेप जरुरी भैसकेको छ देश लाई भड्खालो बाट जोगाउँन!ताप को नियम अनुसार जुन बस्तु चाडो तात्दछ त्यो चाडो सेलाउछ र जुन बस्तु ढिलो तात्छ त्यो ढिलो सेलाउछ!कारण बिभिन्न होलन, तर दुभ...ाग्य नै भन्नु पर्छ हामी नेपाली हरु ढिलो तात्दछौ तर धेरै चाडो सेलाउछौ जुन चरित्र प्रक्रीती ले पनि निर्माण गरेको होइन र छैन!! दुनियाँ लाई चकित पार्ने गरी हामी अधिकारको लागि जुर्मुरौछौ त्यो पनि धेरै समयले डाँडा काटेपछि! एती चाडो सेलाउछौ कि भोली पल्टै हामी बिर्सन्छौ के का लागि जुर्मुरायेथ्यौ भनेर!! बिगत का कुरा नगरौ र भबिस्य सोचऊ भन्दा पनि नहुने रैछ; आखिर बिगत लाई पनि सम्झना रखिएन भने बर्तमानमा बाटो ठम्यौन गाह्रो हुने रछ! कुन बाटो पार गरेर म आए भन्ने बिर्सने हो भने कहाँ जानु छ भन्ने पनि त स्पस्ट हुन्न र बाटो बिराउन सकिन्छ! तेसैले आत्म समिक्षा गर्नु पर्ने बेला आएको छ; सम्पूर्ण नेता, कार्यकर्ता र आम् जनताले! यस्तै हो भन्ने हो भने त फर्कन नमिल्ने दुर्गति मा हामी फस्ने पक्का जस्तै छ!! सुहाउदो राजनीतिक बेबस्था र प्रणाली नपाएर मात्र हामी बर्बाद भएका हैनौ!! मुहान मा सधैं छप्ल्याङ छप्ल्याङ खेल्ने अनी पुछारमा पानी किन सँलिएन भनेर रोइ कराइ गर्नु पनि हाम्रो कुबुद्दी हो!! म सम्झन सक्छु बिगतका सँसदिये घ्रिणित् खेलका बाबजुध पनि एमाले र कङ्रेस भित्र भ्रस्तचारी लाई हराउने वा पार्टी भित्रै बिरोध को संक्रिति सुरु भैसकेको थियो!! गणतान्त्रिक बहस ले भित्र भित्रै चरम् रुप लिएको उही बेला हो कङ्रेसमा! मेरो मतलब पानी सङ्लिदै थियो फेरी अझ सङ्लो को खोजिमा मुहान् हामीले धमिल्यएका हौ! बागमतीको ढल त सर्लाही पुग्दा पिउन योग्य हुन्छ (Self purification process बाट) भने दुनियाँले तरक्की गर्न सफल भैसकेको प्रणाली सम्पूर्ण रुपले खराब पक्कै थिएन; हामीले सन्लिन नै दिएनौ तेस्लाई र फेरी फोहोर पानी पिउन वाध्य छौ र कहिले नसन्लिने हिसाबले धमिल्याउन उध्हत पनि! बिभिन्न कोण बाट बिभिन्न बिचार सुनिन्छन पक्ष र बिपछमा!!कोइ ठुलो पार्टी को सरकार भन्छन, कोइ सहमतिये त कोइ बहुमतिए!! हामी किन मुर्ख भै राखेक छौ बुझ्न गाह्रो छ!! हामी सबैले स्विकारेको एउता पध्हति छ; हाम्रो संबिधान! संबिधान खोटो होला सुधार्नु पर्छ दुई मत छैन! तर तेही संबिधानले तोकेको बेबस्था भित्र हामी आफुलाई बाध्न किन चाहन्नौ! नेता र पार्टी हरुमा नराम्रो सँग भित्रिएको कुसश्क्रीति हो यो! अनी जनता पनि प्रशिछित छन तेही संक्रिति बाट! अझ गम्भिर बिषय त के छ भने बिग्रिएको राजनीति कुनै दिन ठाउमा आउँला तर राजनीतिक दलका प्रशिक्षाण बाट अनुशासनहिन र जिम्मेदारिबोध बिहिन बनेका सोझा सिधा जनता का छोरा छोरी को पुरै पुस्ता सहि बाटोमा फर्काउन तेती सजिलो बिषय होइन! एस्को दिर्घकालिन असरको समना गर्नु पर्ने हाम्रो तितो यथार्थ अझ धारिदै छ! सत्ता भन्दा बाहिर जहिले पनि अफुलाई असुरछित महसुस गर्ने प्रब्रित्ती पार्टी हरुले त्याग्ने हो भने केही समय भलै कमजोर देखिएला तर सुनौलो भबिस्य को बाटो सधैं खुला भै रहने कुरा किन बुझ्दैनन नेता हरु!श्याम शरण को भ्रमनमा निकै ससँकित् देखिन्थे माओव...ादी नेताहरु! माओवादीलाई थाहा छ अमेरिका र भारत ले दुनियाँमा कम्युनिष्ट चाहन्न भन्ने! फेरी किन जिस्क्याइ रहने तिन्का चारित्रिक गुन थाहा हुँदा हुँदै! के खुत्यौन सकिन्छ उनिहरुलाई गाली गरेर; केबल उनिहरुलाई अझ रुस्ट बनाउनु बाहेक! गजबको कुरा त के सुनियो भने सत्ता समिकरन कै बिसएमा जमेर कुराकानी भयेको थियो अरे श्याम शरण सँग प्रचन्ड अनी उन्का भाई हरुको! बाबुरामले त ठुलै खप्की खाएक थिए अरे श्याम शरणलाई एक्लै भेटेको मा! माओवादीको अमेरिका अनी भारत प्रतिको बिरोध उनिहरुले नेपाल माथि गरेको हस्तछेप को कारण भन्दा पनि उनिहरुको गुलामी गर्न नपाएकोमा हो भन्ने प्रस्त बुझिन्छ! नत्र त श्याम शरणको बिना सुचना अनी कुतनितिक मर्यदा बिपरितको भ्रमण् भन्ने थाहा हुँदा हुँदै पनि घरको दैलोमा उभिएर किन उनको स्वागत गर्न आतुर थिए माओ नेताहुरु?क्या गजब छैन त रास्त्रियता को डम्फु? बिदेसी हस्तछेप गतिलो राजनीतिक खुराक हुने गरेको छ हाम्रो देशमा! कसैले धाबा बोलेको थाहा छैन हाम्रो देश माथि; नेतालाई कानमा भनेको भये जनतलाई थाहा छैन! के भनेर हस्तछेप गरे त्यो पनि कोइ भन्दैनन!अब हस्तछेप गर्ने कुरै गरेको भएपनी नमान्दिये के फरक पर्छ जुन अनुचित हो, त्यो पनि बुझीनसक्नु छ!! सत्तामा पुर्याउन आफ्नु भर्र्याङ् नबने बिदेसी हस्तछेप हुने फर्मुला थोरै भोट् भाका बौद्दिक जमात्ले भएपनी बुझ्छन है भन्ने लाज किन नभको होला धेरै बुद्दी भाका भनिएका नेताहरुमा!६२-६३ को आन्दोलनअंा गहन भूमिका निभाएका नागरिक समाज पनि बेखबर झै छन देश को स्थिती प्रती! अब त कान कोट्यौने बेला आयो नि! बुद्दीजिबी हरुले पनि campaign चलाऊँ; अझ देश रसताल पुग्न बाँकी छैन! हाम्रो भबिस्य त नर्क पुगिसको, आउँदा पुस्ताले सराप्ने मौका कमसेकम नदिउ! सबैमा सुबुद्दी आओस् ! राजनीतिमा निरपेक्ष जवाफ हुदैन यो कुरा साँचो हो; इतिहास र वर्तमान का परिबेस लाई संगै जोडेर राजनीतिलाई मुल्यांकन गर्न जानिएन भने त्यहाँ पनि गलत बिस्लेशन हात लाग्न सक्छ!दुइमत छैन कांग्रेस र एमालेहरुले इतिहासमा जनतालाई दिएको बचन र भरोसाहरु लाइ ...वर्तमान मा बलात्कार गरे! तेसैले त जनताका अघि कुनै बेला ज्ञानेन्द्र शाह हरु जस्ता पनि जनताका अघि धुरन्धर जना प्रेमी ठहरिए!! तर यहाँ फरक अलिकति के छ भने माओबादीले भोका र नांगा जनता हरुमा बाडी दिएका स्वप्निल सपना हरु एती छताछुल्ल सडक मा पोखिएका छन् कि जुन इतिहासमा कहिले र कहिँ पनि बाडिएका वा पोखिएका थिएनन्!! यिनै सपना हरुको जगमा माओबादीले दस बर्से युद्ध छेडेको थियो बिगतका तत्कालिन शासक हरु र राजनीतिक व्यवस्था का बिरुद्द! हतियार बोकेर बन्दि सिविर हरुमा भबिस्य खोजि रहेका लडाका अनि तेही रुपमा अझ धेरै अन्धकार भबिस्य बोकेर घर फर्केका अयोग्य भनाइएका(कारण माओबादी नै) बाला लडाकु हरुको छाया मेटीइसकेको नहुनु पर्छ माओबादीमा!!युद्ध छोडेर शहर पस्दा माओबादीले आफ्ना बिगतका बाचा अनि बेसहारा जनताका भरोसा लाई नबिर्सेंको थियो भने कमसेकम कमल थापाहरु सँग जनाकार्य गर्न पाउ मलाई सहयोग गर भनेर हात थाप्ने दिन कहिले आउने थिएन!एदी आउने हो भने के कमल थापा हरुको समर्थन को जगमा अडिएको सरकारले जनतालाई बाचा गरे बमोजिम कार्य गर्न सक्छ? एदी तेसो हो भने त कमल थापा नै पो महान क्रान्तिकारी ठहरिने भए! अब होइन एस्तो बेबस्थामा त जनताको चाहना बमोजिम कहाँ काम गर्न सकिन्छ र भन्ने हो भने यो भन्दा अझ धेरै अभाब पिडित जनताको भाबना मा बलात्कार के हुन सक्छ?हिजो माकुने ले राजनीमा दिएको भोलिपल्ट बिहान सबै सहमति जुट्छ भनेर बर्शैभरि देश बन्द गर्ने माओबादी आज एकाएक बहुमतको सरकार बनाउन कमल थापा हरु कहाँ हुक्के चिलिमे झैँ लुसुक्क पस्दा आम साधारण जनताले लाज महसुस गरे (....लाइ भन्दा देख्ने लाइ लाज भनेझै)! यहाँ आजै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्दा पनि हिजो उठेका र समाधान हुन नसकेका मुद्दा हरुलाई सम्बोधन गरेर प्रधानमन्त्री चयन भयो कि भएन भन्ने प्रश्न अहम हुन पर्छ! नत्र त उही घुमी फिरी रुम्जटार पुगिन्छ!नेपाल धेरै पटक प्रयोगशाला बनेको कुरा लुकाएर लुक्दैन! तर हुन सक्छ बाहिर साँचो नओकलुम भन्दा पनि कहिले कहिँ फुत्किहाल्ने सत्ता कब्जा ( सक्तिखोर् टेप कान्ड मा भाले भएपछी सबै कानुन सानुन आफ्नै पक्षमा मिलाउने भरोसा दिये जस्तै, संबिधान आँफै घोषणा गर्ने बचन कार्यकर्ता लाई दिये जस्तै) गर्न वा एस पटक स...त्ता हात लागे पछी त पहिला को जस्तो राजिनाम गर्ने गल्ती कहिले नगर्ने र निरँकुस ढंगले चलाई रहने; भलै संबिधान जाओस भाडामा भन्ने मनो बिज्ञानले दरै काम गरेको ले पनि सत्ता माओवादीको निम्ती एक्सुत्रिय एजेन्डा बनेको होला! एउटा प्रमुख राजनीतिक दल जो आँफै सर्बहरा मुक्तिको पर्याय थान्छ, उस्ले नै मलाई समर्थन गरे गर नत्र मधेश बादी दल सँग मिलेर गलत निर्णय गर्न बाद्द्य हुनेछु भन्नु जनता माथि यो भन्दा ठुलो बेइमनी र गद्दारी के हुन सक्छ? तेसैत माओबादीले बाँडेका हजार सपना को सिकार बनेर तराइ दन्दनि बल्दैछ तेस्माथि माओबादी घिउ थप्ने धम्की दिन्छ! के एही हो त माओवादीको राष्ट्र भक्ति अनि कथित राष्ट्रबाद! अमेरिका अनि भारतको खैइरो खन्नुमा नेपाली राष्ट्रबाद खोज्ने माओबादीले नौ महिनामा तात्तो छारो एउटा असमान सन्धि पनि खारेज गर्न सक्या होइन! अझ कहिले कालापानि त कहिले रुपन्देही सिमामा नाच्न पुग्छन! छिमेकिको छोरोले मेरो छोरी लगो भन्नु भन्दा मेरो छोरी उत्तौलि भन्न किन गारो माओवादीलाई बुझ्न सकिदैन?? सबैले बुझ्न पर्छ अझ अस्ती अर्कै सँग भका जनता अस्ती अर्कै सँग थिए, अस्ती अर्कै सँग भका जनता हिजो अर्कै सँग थिए, हिजो अर्कै सँग भका जनता आज माओवादी सँग होलान,आज माओवादी सँग भका जनता भोली अर्कै सँग हुन सक्छन; जनता कसैका खल्तिका दास होइनन! गलत कुराको बिरोधमा प्रतिरोध गर्दा जनता बाट प्राप्त लाइसेन्स लाई ढाल नबनाइयोस!आफ्नु पक्षमा लेखे सिलालेख हुने अनी बिपक्षमा लेखे सुचना का बेपारी हुने, अफुलाई समर्थन गर्ने सबैलाई राष्ट्रबादी देख्ने अनी बिरोध गर्नेलाई राष्ट्रघाती; एस्तो सोचाइले बर्तमान दुनियाँमा कसैलाई खुशी पार्न सकिन्न, भारत र अमेरिका को त कुरै पर जाओस! (यो लेखाइ मेरो एक मित्रको हो, जसको फेसबुक एकाउण्ट हालै क्लोज भएको छ । उनले यो लेख लेखेको बिरुद्धमा टन्नै उजुरी परेछ र फेसबुकले त्यहि उजुरीको आधारमा एकाउण्ट क्लोज गरिदिएछ । ) Last edited: 10-Sep-10 07:34 PM
chanaa_tarkaari · Sep 10, 2010 7:11 AM · 21,808 views
chana bro nice analysis (btw i did not get the title of the thread!!) "गलत कुराको बिरोधमा प्रतिरोध गर्दा जनता बाट प्राप्त लाइसेन्स लाई ढाल नबनाइयोस!आफ्नु पक्षमा लेखे सिलालेख हुने अनी बिपक्षमा लेखे सुचना का बेपारी हुने, अफुलाई समर्थन गर्ने सबैलाई राष्ट्रबादी देख्ने अनी बिरोध गर्नेलाई राष्ट्रघाती; एस्तो सोचाइले बर्तमान दुनियाँमा कसैलाई खुशी पार्न सकिन्न, भारत र अमेरिका को त कुरै पर जाओस! "
bhakte dai · Sep 10, 2010 11:29 AM
chana brole thread ko name disguising/hypedified (mero aafnai sabda ho hai yo) rakhera bhayepani padhna bibas banayo..but very nicely penned..
Narayangarh suburb · Sep 10, 2010 12:20 PM
chana brole thread ko name disguising/hypedified (mero aafnai sabda ho hai yo) rakhera bhayepani padhna bibas banayo..but very nicely penned..
Narayangarh suburb · Sep 10, 2010 12:20 PM
हराम देखी राम डराए, मारिने डर फेरी कराए । चना दाई, बडा सटिक बिष्लेषण । सन्त नेता कृष्ण प्रशाद भट्टराईले भनेको एउटा उक्ती याद आयो " जब मानिसले लाज र शरमलाई पनि जित्छ तब उसल्लाई केही गर्नबाट रोक्न सकिन्न। " बुढाको उक्तिलाई हावामा उदाउछन मान्छेहरु। यथार्थ यही हो , यी आतंकारीहरुको जत्थालाई लाज शरम धरम भनेको केही छैन, त्यसैले जे पनि गर्न सक्छन । माया सदभाव र सहकार्य को कुनै अर्थ छैन ।
rahulvai · Sep 10, 2010 1:04 PM
I was so happy to finally hear that there is actually a way to close my facebook account. Bro le ta ma lai pawn garechha ni.
muji chilyayo · Sep 10, 2010 1:08 PM
ramro lekhyeu babau.. tara timi pakkai kunai patrakar hunu parcha.. ramro cha lekhai.
ANS · Sep 10, 2010 3:54 PM
लौ !!! गलतफहमि भएछ । यो माथिको लेखाइ वास्तबमा मेरो लेखाइ हैन । केहि दिन पहिला मेरो एक मित्रको फेसबुक एकाउण्ट क्लोज भयो । किन भन्दा खेरी उनको बिरुद्ध धेरैले फेसबुकमा कसैको बिरुद्ध घृणा फैलने गरी लेख्यो भनेर उजुरी हालेको रहेछ । उसले फेसबुकसित इमेलयुद्ध त गर्यो, तर उसको पुरानो एकाउण्ट रिओपन गर्न सकेनछ । उसले नयाँ एकाउण्ट खोल्यो र त्यहि लेखाइ फेरी टाँस्यो । साथै, त्यो लेखाइकै कारण उनको पुरानो एकाउण्ट क्लोज भएको जानकारी पनि राख्यो । पढी हेर्दा मलाइ पनि राम्रो लाग्यो । उनका पुराना फेसबुक साथिहरु धेरैसित सम्बन्ध टुटेको हुनाले शायद अब पहिला जस्तो उजुरी पर्दैन होला तैपनि साझामा टाँस्यो भने फेसबुकमा उजुरी परी हालेपनि केहि लछारपाटो लाउँदैन भन्ने ठानेर यता पेस्टेको मात्रै हो । यति कुरा मैले अगाडि नै लेख्नु पर्ने रहेछ । जे होस, साथिले सहि कुरो नै लेखेको छ ।
chanaa_tarkaari · Sep 10, 2010 7:32 PM
yestai ho, bolne ko mukh tunicha, lekhne ko haat katincha, garne lai goli thokincha ra bhanicha tyo ta janata ko chana ho. Chana dai dherai pachi bhet bho, dautari ma pani bhetdai garaula hai. 3 barsa po huna lagyo ta dautari ma jamma bhako.
nepalean · Sep 11, 2010 8:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion