negativity by nepali media

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I have been watching news clips like kantipur aaja and few other talks shows for a while thru internet and I feel that Nepali media is only emphasizing the failures faced by the country. Don't you think that they should encourage ppl with some good news too? It is media's responsibility to point out the bad aspects but broadcasting discouraging news everyday only flourishes negativity in ppl's mind. India and China have so many poor ones and underpaid workers but they always try to encourage their ppl not discourage with so many sad news. Even India's prime-minister said in their latest independence day that Media is the third most important body of their nation.

KaLyx · Sep 9, 2010 6:37 PM · 15,658 views

6 Replies

I too have noticed the same. This is just plain criticism. They need to learn that "Constructive criticism" has positive and favorable outcome.

Namaste Kathmandu · Sep 9, 2010 7:12 PM

Actually  Nepal's situation is not bad as compared to other South Asian Countries except Sri Lanka which is way above other countries Normal 0 MicrosoftInternetExplorer4 st1\:*{behavior:url(#ieooui) } /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-fareast-font-family:"Times New Roman";} table.MsoTableGrid {mso-style-name:"Table Grid"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; border:solid windowtext 1.0pt; mso-border-alt:solid windowtext .5pt; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-border-insideh:.5pt solid windowtext; mso-border-insidev:.5pt solid windowtext; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman";} Country Population growth Population below poverty Life expectancy Inflation rate(2009) Nepal 1.281 24.7 65.46 13.2 India 1.41 25.0 66.09 10.9 Pakistan 1.56 24.0 65.26 13.6 Bangladesh 1.29 36.3 60.25 5.4 Sri Lanka 0.90 23.0 75.14 3.4 Bhutan 1.27 23.2 66.13 8.0 source: Cia.gov, world fact book Last edited: 09-Sep-10 07:28 PM

_____ · Sep 9, 2010 7:28 PM

Here is an inspiring article from Rabindra Misra प्रेरक शिवानी र इला रवीन्द्र मिश्र  विदेशमा घरजम गर्ने दौँतरीहरूले ‘परिचय संकट'को पीडा सहँदै गर्दा शिवानी र इला भने राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा आफ्नो देशको परिचय परिभाषित गरिरहेका हुनेछन् । अंग्रेजी माध्यमका राम्रा विद्यालयमा पढेकी, राम्रो शैक्षिक र पारिवारिक पृष्टभूमि भएकी २३ वर्षीया शिवानी बस्नेत अमेरिका, बेलायत गएर राम्रैसँग स्थापित हुने क्षमता हुँदाहुँदै परराष्ट्र सेवाको शाखा अधिकृत परीक्षामा सम्मिलित भएर उत्तीर्ण भइन् । त्यस्तै चिकित्सा शास्त्र पढेर पेसागत अभ्याससमेत सुरू गरिसकेकी इला मैनालीले उनका कयौं समवयीले जसरी अमेरीका, बेलायतमा डाक्टर हुने सपना छोडेर परराष्ट्र सेवा रोजिन्। हालै परराष्ट्र सेवाका २८ वटा शाखा अधिकृत पदका लागि लोकसेवाले लिएको विज्ञापनमा १४ जना महिला उत्तीर्ण भएका छन्। तिनै मध्येका दुईजना हुन् शिवानी बस्नेत र इला मैनाली। बस्नेतले आफ्नो रोजाइबारे नागरिक दैनिकलाई भनिन्, ‘जागिरमा पैसा हेरिन्छ, ममा सेवाको उद्देश्य थियो, जुन सरकारी जागिरबाट मात्र पूरा गर्न सकिन्छ भन्ने मलाई लाग्यो।' इला मैनालीले चाहिँ आफूले चिकित्सा शास्त्र पढेको देश भारतमा डाक्टर, इन्जिनियरहरूले विदेश मन्त्रालयमा नाम कमाएको थाहा पाएर परराष्ट्र सेवामा आकर्षित भएको बताइन्। चिकित्सा पेसा छोडेर शाखा अधिकृतमा जाँच दिन उनलाई घरका कसैले प्रोत्साहित गरेका थिएनन्। भर्खरै बेलायतको विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरिरहेकी र सन् २००६ मा ‘मिस टीन' भैसकेकी खुस्बु ओली पत्रपत्रिकामा चर्चामा आइन्। उनले आफ्नै अग्रसरतामा काठमाडौंको फर्पिंगमा बृद्धाश्रम सुरु गरेकी छिन्। त्यतिमात्र होइन अक्सफोर्डको पढाइ सकिएपछि नेपाल आएर उनी राजनीतिमा प्रवेश गर्न चाहन्छिन्। अमेरिकाको एउटा प्रतिष्ठित मिडिलबरी कलेजमा अध्ययन गरिरहेकी २१ वर्षीया दृष्टी नेपालीको पनि केही समयअघि यस्तै चर्चा भयो। आफूले तयार पारेको लघु जलविद्युत् आयोजनाबारे आफ्नो कलेजलाई विश्वास दिलाएर उनले आवश्यक रकमा जुटाई ललितपुर र काभ्रेका केही गाउँलाई झलमल्ल पारिदिएकी छिन्। अमेरिकाकै अर्को प्रतिष्ठित हार्वड विश्वविद्यालयमा स्नातक गरिरहेका शैलेश मुनकर्मीले आफ्नै अग्रसरतामा पैसा जम्मा गरेर आफू पढेकोलगायत दुईवटा विद्यालयमा ई­पुस्तकालय स्थापना गरिदिए। यो स्तम्भकारले थाहा नपाएका कयौं युवाबाट यस्ता धेरै काम भएका छन् तर थाहा भएकामध्ये माथिका केही दृष्टान्त प्रस्तुत गर्नुका मुख्य दुई कारण छन्। पहिलो, देशको दुःखलाग्दो र दयनीय परिस्थितिको सधैँ आलोचना गर्ने, आफ्नो कर्तव्य बिर्सीने तर अधिकारको मात्र चर्का कुरा गर्ने धेरै सुपठित तन्देरीहरूको थामिनसक्नु भिडमा आफ्नो तहबाट जे सक्यो त्यो गर्न चाहने र गर्नेहरू पनि छन्। आफ्ना सबैजसा दौँतरीहरू विदेशिइरहँदा अथवा विदेशमा अध्ययन गरेपछि त्यहीँ जागिर खाएर नेपाल नै नफर्कने निर्णय गरिरहँदा, क्षमता हुँदाहुँदै पनि शिवानी बस्नेत, इला मैनाली र उनीहरूजस्ता कतिपयले नेपालभित्रैको अवसर प्रयोग गर्ने जुन निर्णय गरे त्यसलाई सबैले नमन गर्नैपर्छ। अबको डेढदुई दशकमा, विदेशमा घरजम गरेपछि अधिकांश आप्रवासीले भोग्ने ‘परिचय संकट'को पीडाबाट आफ्ना धेरै समवयीहरू गुज्रँदै गर्दा, बस्नेत र मैनाली भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको परिचय परिभाषित गरिरहेका हुनेछन्। त्यस्तै, धेरै प्रतिभाशाली नेपाली युवाले ‘विश्वव्यापीकरण' र ‘विश्व नागरिक'को वकालत र बचाउ गर्दै महासागरमा एक थोपा पानी बनेर आफ्नो परिचय गुमाइरहँदा, अक्सफोर्ड विश्वविद्यालमा पढेपछि नेपाल फर्केर समाजसेवा र राजनीति गर्न चाहने खुस्वु ओली, मिडिलबरी कलेजमा पढ्दापढ्दै नेपाली गाउँमा बिजुली बाल्ने दृष्टि नेपाली र हार्वड विश्वविद्यालमा पढ्दै गर्दा पुस्तकालय निर्माण गर्ने शैलेश मुनकर्मीहरू संभवतः नेपाल र नेपालीको गौरव र प्रेरणा बन्नेछन्। उनीहरूजस्ता नेपाली नै नेपालको परिवर्तनका वाहक हुनेछन्। अनि परिवर्तित नेपालको चास्नी चाख्न चाहिँ दुःखमा भाग्ने र सुखमा साथ दिने अवसरवादीहरू परिचयको खोजीमा भौँतारिँदै नेपाल भित्रिने छन्। भारतमा अहिले त्यस्तै भैरहेको छ। देशमा परिवर्तन, अधिकार खोज्ने तर कर्तव्यबाट विमुख हुनेहरूले होइन, आफ्नो ज्ञान, सीप, सिर्जनात्मक क्षमता र सम्पत्तिलाई जहाँ बसेपनि भारतमै प्रयोग गर्न चाहने भारतीयले ल्याइरहेका छन्। अनि त्यो परिवर्तनको रसस्वादन गर्न चाहिँ अवसरवादी भारतीयहरू लाखौंको संख्यामा भारत भित्रिरहेका छन्। त्यस्तो दिन नेपालमा पनि अवश्य आउनेछ। दोस्रो, देशको नीति निर्माणको तहमा माथि उल्लेख गरिएजस्ता अब्बल दर्जाको शैक्षिक पृष्टभूमी भएका र नेपालकै लागि गर्नुपर्छ भन्ने गहिरो प्रतिबद्धता भएका युवा पुग्नुपर्छ। शैक्षीक पृष्ठभूमि, ज्ञानको दायरा र विवेकको स्तरले प्रशासनिक र राजनीतिक नेतृत्वमा ठूलो महत्व राख्छ। तर हामीकहाँ त्यस्ता गुण भएका व्यक्तिको संख्या नेतृत्व तहमा अझै पनि धेरै कम छ। उदाहरणका लागि प्रशासन राज्य संचालनको मेरुदण्ड हो। हाम्रा थुप्रै प्रशासनिक अधिकारी इमानदार र स्वाभिमानी पनि छन्। नेपालभित्रकै परिप्रेक्षमा त ती सक्षम पनि छन्। तर प्रशासने क्षेत्रको नेतृत्व अन्तराष्ट्रिय परिप्रेक्षमै सक्षम हुन आवश्यक हुन्छ। अधिकांश प्रशासनिक नेतृत्वमा पुगेकाहरू देशको कमजोर शिक्षा प्रणालीको उत्पादन हुनाले नेपालभित्र जतिसुकै सक्षम देखिए पनि अन्तर्राष्ट्रिय परिप्रेक्षमा विदेशी समकक्षीभन्दा कमजोर देखिएका छन्। खासगरी तिनको अंग्रेजी बुझाइ, अभिव्यक्ति, लेखन, विश्वासिलो र स्पष्ट तर्क क्षमता कमजोर हुने गरेको पाइन्छ। परिणामस्वरूप, कयौं प्रशासनीक अधिकारी विदेशी दाता वा राष्ट्रका अधिकारीसँग वार्ता गर्दा आत्मविश्वासका साथ प्रभावकारीरूपमा प्रस्तुत हुन सक्तैनन्। भाषागत समस्या भए बरु दोभाषे प्रयोग गरे पनि हुने हो तर अधिकांशले काम चलाउ अंग्रेजी जान्ने हुनाले दोभाषे प्रयोग गर्न रुचाउँदैनन्। समस्या भाषामा मात्र छैन। संसारभर राम्रा विद्यालयमा विद्यार्थीलाई सानैदेखि तथ्यमा आधारित भएर सिलसिलाबद्ध र प्रभावकारी शैलीमा तर्क गर्न सिकाइएको हुन्छ। हाम्रा अधिकांश विद्यालयमा विद्यार्थीको जीवनमा धेरै महत्व राख्ने त्यो पक्ष शून्य बराबर छ। हाम्रा विश्वविद्यालयबाट उत्कृष्ट श्रेणीमा एमए पास गरेका विद्यार्थीलाई समेत आफ्नो तर्क पेस गर्दा त्यसको उपयुक्त संरचना कस्तो हुनुपर्ने हो, तथ्य र सन्दर्भ सामग्रीलाई कसरी, कुन कुन ठाउँमा प्रयोग गर्नुपर्ने हो भन्ने ज्ञान हुँदैन। राम्रा विद्यालयमा पढेका व्यक्तिले त्यस्तो क्षमता विद्यालय स्तरको शिक्षा पूरा गर्दानगर्दै हासिल गरिसकेका हुन्छन्। राजनीतिक नेतृत्वको हालत त प्रशासनिक नेतृत्वको भन्दा पनि कमजोर छ। राजनीतिमा त हाम्रो कमजोर शिक्षा प्रणालीभित्रका पनि कमजोर विद्यार्थीको बाहुल्य छ। वास्तवमा आज देशले भोगिरहेको पीडा सर्वत्र चर्चा भएजस्तै राज्य व्यवस्थाको स्वरूपसँग होइन, राज्यको नेतृत्वको स्तरसँग गाँसिएको छ। भोलि राज्यको पुनःसंरचना भएर नयाँ संविधान लेखियो भने पनि प्रशासन र राजनीतिमा अब्बल दर्जाका युवालाई आकर्षित गर्न नसक्ने हो भने परिस्थितिमा सुधार हुनेछैन। अब सक्षम युवालाई प्रशासनिक र राजनीतिक नेतृत्वमा आकर्षित गर्न के गर्ने त? यसमा सम्बन्धित सबै पक्षले केही न केही योगदान पुर्‍याउन सक्छन्। सबभन्दा पहिले, क्षमतावान युवाले विदेशमै घरजम गरेर आरामदायी जीवन यापन गर्नुमा भन्दा स्वदेशमा अलिकति दुःख गरेर परिवर्तनको वाहक बन्नुमा, राष्ट्रको नेतृत्वदायी तहमा पुग्नुमा, सान, मान र सन्तोष बढी हुन्छ भन्ने बु‰न जरुरी छ। नेपालका सामान्य विद्यालयमा पढे पनि आफ्ना दौंतरीभन्दा अगाडि रहेका अनि राम्रा विद्यालय र विदेशका राम्रा कलेजमा पढेका प्रतिभाशाली व्यक्तिले जिन्दगीको लक्ष्य र अर्थ सम्पत्ति आर्जन र आरामदायी जीवनमा सीमित छैन भनेर सोच्ने हो भने,आउने दिनहरूमा शिवानी बस्नेत र इला मैनालीजस्ता युवा प्रशासन र परराष्ट्र सेवाको नेतृत्वमा हुनेछन्। राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री बन्नेछन् र तिनले देशलाई परिवर्तनको दिशामा डार्‍याउने छन्। छोराछोरी अमेरिका या बेलायतमा डाक्टर छन्, इन्जिनियर छन्, ठूलो कम्पनीमा ठूलो ओहोदामा काम गर्छन् भन्नेमा अभिभावकले पनि गर्व गर्न छोड्नुपर्छ। तिनले पनि त्यो व्यक्ति केन्द्रित सफलता र विवेकहीन दम्भको निरर्थकता बोध गर्नु उचित हुन्छ। काठमाडौं बसेर देश बनाउने भाषण गर्ने, देश बिग्रियो भनेर चिन्ता गर्ने अनि देश बनाउन सकारात्मक भूमिका खेल्नसक्ने आफ्ना छोराछोरीलाई चाहिँ ‘ओहो! यस्तो स्थितिमा नेपाल फर्किन हुन्न है' भनेर नेपाल फर्किन हतोत्साहित गर्ने पवृत्ति घातक आडम्बर हो। राजनीतिक दलहरूले अब्बल दर्जाका युवालाई राजनीतिमा आकर्षीत गर्न छुट्टै रणनीति नै तयार गर्नु उपयुक्त हुन्छ। युवा भएपनि कमसल राजनीतिकर्मीको भिडले मात्र राजनीतिमा सुधार आउँदैन। सुधार गर्नु छ भने सक्षम युवालाई आकर्षित गर्ने प्रयास गर्नैपर्छ। हामी पत्रकारले पनि स्वदेशमै बसेर विभिन्न क्षेत्रमा नेतृत्वत्वदायी भूमिकाको खोजी गर्ने प्रतिभाशाली युवाका गतिविधिबारे कलम चलायौँ भने तिनको बाटोमा हिँड्न अरू धेरै युवा प्रेरित हुनेछन्। सबैले आआफ्नो ठाउँबाट सकारात्मक प्रयास गरेमात्र देश बन्ने हो। नत्र व्यक्ति त बन्लान् देश चाहिँ कहिल्यै बन्ने छैन। शिवानी बस्नेत र इला मैनाली जस्ता युवा यस देशमा बस्न नचाहने, यहाँ फर्किनै नचाहने सुपठित र सुयोग्य नेपाली युवाका लागि प्रेरक र आत्मचिन्तनको कारक बनून्! source :http://www.nagariknews.com/opi...

bhakte dai · Sep 9, 2010 9:56 PM

very good article bro. desh ma euta sthir sarkar chhaina bhanne thaha huda hudai kina bekar sabai dosh sarkar lai launu. afai pani kehi garna sakinchha, ramro dristanta mathiko. let's take a tv program that includes 1 or 2 topics criticizing govt per episode but they don't think that their monthly complaints of around 40 from a single program cannot b solved by the govt overnight......and watching such complaints every night nobody sleeps good and wakes up fresh either.........there should b program like "Mero Jindagi, Mero Biswas" and more frequent articles like above that focuses individual contributions

KaLyx · Sep 9, 2010 10:29 PM

जब नराम्रा कुराहरुले सिमा नाग्छन्, तब कुनै पनि साकारत्मक कुराहरु आएपनी त्यसमा औलो ठड्याउनु स्वाभाबिक हुन्छ।देशका प्रमुख भनौदाले जब जनताको विश्वाशमा खेलवाड् गर्छन्, त्यस्पची कस्ले कस्लाई विश्वाश गर्ने भन्ने भ्रमको श्रीजना हुन थालछ। अत: साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेझै, पत्रकार तथा जनताले हरेक राम्रो कुराको पछाडि पनि प्रश्न गर्न सुरु गर्छन्। मेरो बिचार  मा यो सबै त्यही कारणले भएको हो। विश्वाश भन्ने कुरा एकचोटि गुमायेपछी पाउन सार्है मुस्किल हुन्छ। शायद हाम्रा पत्रकारहरुले यस्ता मन्त्री तथा नेताहरुलाई देश लुट्ने साधनको रुपमा जुन दिनदेखी हेर्न छोड्चन, त्यस्पची मात्र यो नाकारत्मक सोचको बादल हट्नेछ।

dimag kharab · Sep 9, 2010 10:37 PM

Very Inspiring. "Thoughts can be only generated by beautiful mind and very few had beautiful mind in this world." "Rest of us are always barking to each other because we can't see far enough for the enlightenment."

timer · Sep 10, 2010 10:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all