पोइल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाम्रा चाड पर्व यहाँका जस्ता १,२ दिनमै सकिने कहाँ हुन्छन र? यसै लामा लामा चाड पर्व झन अचेल त ओभरल्याप पनि हुन थालेका छन। १९९६ मा देशभरी सुरु भको गढीमाईको मेला २००६ मा सकियो। मेला त सकियो तर मेलाको धङधङी सकिएको छैन।  फेरी २००८  मा वानेश्वरमा कुम्भको मेला सुरु भो। त्यो कुम्भको मेला सकिने छाँटकाँट त कहाँ हुनु बरु अचेल शिवरात्रीको मेला जस्तो पो देखिन थालेको छ। झन यही जुलाई २१  देखी त शिवरात्रीको मेलामा गाईजात्रा पनी सुरु भो। हाम्रो देशका सर्बोच्च अभीनेताहरुले देखाउन थालेका गाइजात्रे प्रहसन सातौं भागसम्म पुग्दा पनि क्रमश: मै अड्केको छ। अब त हेर्दा हेर्दा दर्शक थाकी सके तर अभीनेता थाकेका छैनन। यता गाईजात्रा चली नै रहेको छ उता तीजलाई डोर्याउँदै बाको मुख हेर्ने दिन पनि आइ सकेछ। अनी मैले पनि फोन गरें बालाई, मुख हेर्न। "हेलो !" "हेलो बुवा---" "हेलो नानु!" "हजुर---" "हेलो!" " नानु के छ तेरो हालखबर? " "ठिकै छ-- मैले आज हजुरको मुख हेर्न फोन गरेको--" "ए हो? ल ल्या त ल्या फलफुल, मिठाइ, लत्ता कपडा के के ल्याकी छस--" "हि हि--- केइ पनि छैन--" "छोरी बिदेश गए पछी सार्है लोभी भै। पहिले पहिले रुमाल, मोजा त दिन्थी त्यो पनि दिन छोडि अचेल--" " अब आको बेला किन्दिन्छु नि मोजा । अनी हजुरलाई आरामै छ? " "आराम त आरामै--- यो तीज लागे देखी अली प्रेसर बढेको छ मेरो --" " तीज लागेर प्रेसर किन बढेको नि? हजुरलाई नि बोलाउन थाले कि के हो दर खान? " " दर खार हैन-- याँ तेरी आमा "पोइल जान पाम पाम---" भनेर नाच्छे। आफु चैं उसैलाई भनेर रामदेव सङसङै लागेर बिहान भरी स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्छु, ऊ चैं त्यस्तो गीतमा नाच्दे पछी मेरो प्रेसर बढ्दैन त? " "हा हा हा--- ममी खै त?" "यही छे-- ल कुरा गर--" " हेलो ममी!" " के छ नानु तेरो हालखबर? सञ्चै छ तँलाई? " " सञ्चै छ --" " अफिस जाने बेला भो त तेरो? " " एती राती काँ अफिस जानु ?" " ए त्यता त राती पो हो त-- कती बज्यो अहिले?" " ९:०० बज्न लाग्यो --" " अनी भुजा खाइस त? " " खाएँ खाएँ--- अनी हजुर त "पोइल जान पाम पाम--" भन्दै  नाचीसिन्छ रे। बुढेसकालमा के आट्या त्यस्तो? " " तैंले पनि काम पाइस अब? तेरो बालाई जिस्काउन पाए पछी के चाहिन्छ र? काँ सुनिसेछ त्यो गीत, त्यस पछी तिमीहरुको तिजको गीत त एस्तो भनेर जिस्काको जिस्काइ होइसिन्छ। गीत पनि के के बनाका हुन अचेल? त्यै बुढाको लागि बर्त बस्नु छ, पोइल जान पाम रे--" " आधुनिक नारीहरुको गीत हो त्यो, त्यसै जागरण आउँछ ?" " आयो जागरण! दुख्ख पाउने पाका पाइ छन, याँ यि मोटिहरु नाचेर के हुन्छ र?" "अनी हजुरहरुको फाईनल दर चैं कता नि---" " मामाघरमा शुक्रबार-- सबै जना आउँछन, तँ मात्र हुँदिनस, खल्लो हुन्छ--" " नजिकै भको भए त आइ हाल्थे नि---" " एउटी छोरी छे, त्यो पनि काँ हो काँ हो---" "अब फेरी किन रुन थालेको ? हरे! " " खै म कुरा गर्छु-- तेरी आमा पिल पिल गर्न थाली अब---" " सम्झाइस्यो न ममिलाई ---" " के सम्झाउनु अब? त्यै तँलाई सम्झेर त रोकी ? अहिले एक छिन्मा आँफै बिर्सिन्छे। मिल्छ भने दशैंमा आइज। झन घर उज्यालो हुन्छ भनेर छोरी पाको, न छोरी आउछे न बत्ती आउछ-- " "हा हा हा-- के आउनु दशैंमा, दक्षिणा त पाइँदैन जस्तो छ--- यसपाली बजेट भाषण नभएर कर्मचारीलाई तलब दिने पैसा त छैन रे ---" " बिजोक छ या--- धन्न चली रा छ--- के के गर्ने हुन----तर तेरो दक्षिणा त त्यै दश रुप्याँ त हो नि, खोज खाज पारेर भए नि दिउँला नि तँलाई --" " मेरो दक्षिणा पनि हाम्रो बारीमा रोपेको अंबाको रुख जस्तो  भो, कहिल्यै नबढ्ने---" "के अंबाको रुखलाई भन्छेस, तँ आँफै जस्तो भो भन न--- तैंले पनि सात क्लास देखी नै हो बढ्न बिर्सेंको---" " भेरी फनी---" "के फनी नि? भाको कुरा--- ल झरी रोकियो, एकछीन कुरा गर--- म चैं गएँ रामदेव कन्टीनीउ गर्न---" " हस् हस्---" "नानु!" "हजुर--- किन रोको? नरोइस्यो---" "छैन रोको--- अब रोएर पनि के गर्नु? छोरा छोरीलाई यतै आउ, यतै बस भन्ने स्थिती भको भए पो--- आँफै छोडेर हिंड्नु जस्तो लाग्छ कैले काँही त ---  यि बाँदर जस्ता नेता चैं बरु सबै पोइल गए नि हुन्थ्यो---" "हा हा हा हा हा हा--- हजुरलाई पनि बुवाको हावाले छुन थालेछ---" "के गर्नु त दिक्क लागे पछी? अनी तिमीहरु पनि दर खानु। सबैजना मिलेर रमाइलो गर्नु है !" " हस हस, डोन्ट वरी---  हजुरहरु पनि रमाइलो गरिस्यो---" " ल ल---" "ल बाई बाई--" "बाई--" फोन राखे पछी आमाको कुरा सम्झे फेरी। कुरा चैं गतिलो गर्नु भाको हो मेरी आमाले। अब यि नेताहरु राजनको शरण परेर आफ्नो नैतीकता अर्घ चढाकै छन बरु एसो उसो उनिहरु सङै पोइल गैदे देखिन ढुक्कै हुन्थ्यो। काले सँग जान मन नलागे चिम्से सँग गए नि हुन्थ्यो। बरु नयाँ आउनेले मेरी आमालाई रुवाउँदैन थिए कि भन्ने आस नि आफ्नो। अस्तु

nakkali keti · Sep 9, 2010 10:03 AM · 20,240 views

12 Replies

daami .. :)

cheli · Sep 9, 2010 10:22 AM

संबादमय प्रस्तुती को उत्तम नमूना। साह्रै राम्रो नक्कली, कथा चाँही सक्कली ?

rahulvai · Sep 9, 2010 10:28 AM

ramronepal · Sep 9, 2010 10:28 AM

हुन त बिदेश गए पछी सबै कुरा बिर्सीइन्छ भनेको त हैन र हेछ। बुडिले ए भोलि त बाउको मुख हेर्नेदिन होनी मुखमा केही नहाली नुहाउन जानु अनी पानी अर्पण गर्ने रेमाइन्डएर सुनिएर हो वा अरु कुनै कारणले पिताजी मात्रै हैन गुरु लाई पनि सपनामा देख्न पुगेछु । ढिलाई भए पनि गुरुपुत्रलाई ए कथा सुनाइ दिए। धन्य हो श्रीमतीजी जुनादिन देखी तिमी जिबनमा प्रबेश गर्‍योउ यि कर्ममा म पछाडि पर्न परेको छैन। खैले काही एसो सोच्छु किन हामी कन्जुस्याइ गर्छौ ? एक अन्जुली पानी त हो नि दिबँगत आत्माको नाममा अर्पन गर्ने ? बेफुर्सदी वा अनस्था ? हो नक्कली,  यि नेता जोईल गए केही हुन्थ्यो कि ? नयाँ तथ्यान्क अनुसार हामी अझै तल पुछारमा पुर्याउन बाकिनै रहेछ ।

Bhojpure01 · Sep 9, 2010 10:48 AM

नक्कली केटी ज्यू , हजूर को मम्मीको इछ्या येही तीजमा पूरा हुने छ ! हाम्रा सबै हिजड़ा नेताहरु उनका भारतीय दलालहरुसंग पोइला जाने तैयारीमा छन ! हजूर को मुवालाइ नरुनुस भंदिनुस ल ! अनी नाजले धेरै माया पठाको पनी छ भंदिनुस नी !

Nas · Sep 9, 2010 10:59 AM

एक्दमै राम्रो प्रस्तुती एसो पढ्दै गएको सकिएला भनेर टेन्सन आफुलाई गज्जब नक्कली 

serial · Sep 9, 2010 11:03 AM

Nice one Nakalli keti.

Allegro · Sep 9, 2010 11:25 AM

dharai ramro lagyo! Sufal

Sufal · Sep 9, 2010 12:37 PM

"तैंले पनि सात क्लास देखी नै हो बढ्न बिर्सेंको---" ड्याडी मम्मी र छोरीको झक्कासको फोन बार्ता पढ्न सुरु गरे बाट हास्न सुरु गरेको उता सेरिअलले फेरी पढ्दा पढ्दै सक्किन्छ भनेर फारो गरी गरी पढेको भन्या जस्तो पढेर म त झन्डै मुर्छै परेको हासेर ! Very well narrated ! Speechless !     Last edited: 10-Sep-10 10:37 AM

ritthe · Sep 10, 2010 9:05 AM

Thank you all for taking time to read my family saga.... को कहाँ पुग्ने हो केही थाहा छैन आघौं भेट फेरी हुने हो हैन तीज को रहर आयो बरी लै .... Happy Teej!

nakkali keti · Sep 10, 2010 9:09 AM

देशको जलदो बल्दो अवस्था, आमा बुवाको विवस्ता र बाध्यतालाई एउँटा फोन संवादमा राम्रोसगँ प्रस्तुत गर्नु भएको छ! राम्रो लाग्यो... तीजको शुभकामना!!!

Hasaune Paree · Sep 10, 2010 9:46 AM

atti uttam!

BABAL Khate · Sep 10, 2010 10:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all